समृद्धिका लागि समाज भित्र राज्य (State in Society for the Prosperity)
आफैमा खण्डित समाज (Fregmented Society) नै समाजको सकारात्मक रूपान्तरण, परिवर्तन र विकासको बाधक हो भने सामन्ती स्वायत्त राज्य (Autonomy State) को निरंकुशता पनि शक्तिराज्य (Strong State) निर्माणको अवरोध हो । समाज र राज्य बीचको आपसी सम्बन्ध र सशक्तीकरण (Mutual Relationship and Empowerment) को विकल्पमा विश्वास र अभ्यास गर्नु समृद्ध समाज र शक्तिशाली राज्य निर्माणक्रमको बाधक हो ।
खण्डित समाज भन्नाले समाज भित्र रहेको आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक विविधता साथै सामाजिक संस्थाहरू लगायत विभिन्न शक्ति संघर्ष समुह बीचको असमानजस्यता एवं एकता, सद्भाव र तालमेल नभएको एक जटिल स्थिति र अवस्था हो । जस्तै कुनै समाज भित्र रहेको विविध पहिचान ,भाषिक, धार्मिक, लैङ्गिक, भौगोलिक, आर्थिक लगायत आधारमा व्यक्ति वा समूह बीच समानता नहुनु, तालमेत नहुनु वा विविधता बीचको एकता र सद्भाव कमजोर हुनु । त्यसरी नै स्वायत्त राज्य भन्नाले राज्यले लोकतान्त्रिक विधि प्रक्रियामा विश्वास नराखी समाज वा समाज भित्रको विविधता एवं शक्ति समुहलाई नजरअन्दाज गर्दै शक्ति प्रदर्शन र निरंकुशताको अभ्यास गर्ने राज्य व्यवस्था हो । जस्तै; राज्यले राज्य व्यवस्था संचालनको क्रममा मनोमानी ढङ्गबाट नातावाद, कृपावाद जस्ता विषयको निकृष्ट अभ्यास गर्ने साथै निरंकुश निर्णय, सामन्तवादी प्रवृत्ति तथा एकाधिकार शक्ति प्रदर्शनमा विश्वास राख्ने जस्ता अभ्यासहरू ।
समाज विकासकालागि समाज भित्र रहेको विविधता बीचको एकता अनिवार्य सर्त हो भने राज्यले शक्ति प्रदर्शन गर्नु भन्दा लोकतान्त्रिक विधि प्रक्रिया र पद्दतिमा रहनु पनि पहिलो र अन्तिम सर्त हो । समाजमा विविधता बीचको एकता साथै राजनीतिमा लोकतान्त्रिक राज्य व्यवस्था भएर मात्र समाज विकास हुन सक्दैन । गुणस्तर विकसित समाज साथै समृद्ध र शक्तिशाली राज्य बन्न र बनाउन विविध सामाजिक शक्तिहरू (Social Forces) र राज्य बीचको पारस्परिक सहकार्य र सहअस्तित्व महत्वपूर्ण रहेको हुन्छ । अर्थात समाजको गुणस्तर विकास र परिवर्तनको क्रममा समाज भित्रको एकता साथै उदारवादी-कल्याणकारी राज्य बीचको पारस्परिक सशक्तीकरण (Mutual Empowerment) अनिवार्य सर्त हो भनेर मान्ने गरेका छन् सामाजिक चिन्तकहरू (Social Thinkers) ।
नेपाली समाजको ऐतिहासिक विकासक्रमको समाजशास्त्रीय दृष्टिकोण बाट अध्ययन गर्दा समाजको पछ्यौटे र कमजोर राज्य वा तेस्रो मूलुकको दर्जामा पर्नुको पछाडिका विविध कारणहरू मध्ये समाज र राज्य बीचको तालमेलमा बेमेल मुख्य हो भनेर नकार्न सकिन्न । सामज भित्रको असमान वितरण र भौतिक पहुँच ले सृजना गरेको अन्याय र त्यस विरूद्धको शक्ति संघर्ष समूहहरू बीचमा एकता हुन नसक्नु । अर्को तर्फ राजनीतिक पद्धतिबाट शक्तिमा पुगेर व्यवस्था संचालन गरिरहेको राज्यले नातवाद, कृपावाद लगायत सामन्तवादी अभ्यास गर्दै सामन्त पात्र (Strong Man) संग साँठगाँठ गर्दै त्यस्ता व्यक्ति वा संघर्ष समूह माथि निरंकुशता र शक्ति प्रदर्शन गर्ने अभ्यास भई रहेको देखिन्छ । राजनीतिक अभ्यासका नाममा शक्ति हत्याउने र राज्य व्यवस्था संचालनमा राज्य नै सर्वेसर्वा हो भन्दै स्वायत्तताको नकारात्मक लाभ उठाउने जस्ता अभ्यास भईरहेको नकार्न सकिन्न ।
यसरी समाजको अस्तित्व फरक रहेको र सकाजको सम्बन्ध राज्यसंग नरहेको राज्यले ठान्नु साथै राजनीति र राज्यको अस्तित्वलाई नस्विकार्ने आफैमा खण्डित समाजको बुझाई र अभ्यास नै समस्याको जड हो । त्यसैले विश्वसमाजका शक्ति राज्यहरूको विकासक्रमको ऐतिहासिक सन्दर्भको वैज्ञानिक अध्ययन गर्दै साथै आफ्नो समाज र राज्यको वर्तमान स्थिति र अवस्थाको वस्तविकता पत्ता लगाउन र सत्यको नजिक पुग्दै मूल जड पत्ता लगाउन जरुरी छ । मूल समस्या पत्ता लगाए पश्चात् दिगो समाधानको वैज्ञानिक योजना र अभ्यास अपनाउन जरुरी छ । त्यसकालागि समाज, राजनीति र राज्यको पारस्परिक र परिपुरक सम्बन्ध रहेको सबै पक्षले स्विकार्नु पर्दछ । सअस्तित्व र ससम्बन्धको संस्कृति र मूल्यमान्यताको अभ्यासमा जानुको विकल्पमा जानू हुन्न ।
समाज मात्र आफैमा निर्णायक होईन र राजनीति र राज्य मात्र पनि आफैमा सम्पूर्ण हैन । तर दुवै बीचको आपसी समन्वय, सहअस्तित्व र कल्याणकारीता जस्ता विषय अविकास राज्य र पछ्यौटे समाजको समस्याको दिगो समाधान हो । समाज भित्रका विभिन्न सामाजिक शक्ति संघर्ष समूह विरूद्ध शक्ति तथा निरंकुशता प्रदर्शन गर्ने स्वायत्त राज्यको अभ्यास गर्ने अर्थात (Society Vs State) नभई सामाजिक एकता भएको समाज र कल्याणकारी राज्य दुवै बीचको पारस्परिक सम्बन्ध (Mutual Relationship) साथै एक अर्को प्रति शक्ति बनेर व्यवहार अपनाउनु पर्दछ । अर्थात समाजमा राज्य (State in Society) भएर सहअस्तित्वमा बलियो विश्वास राख्ने र त्यही अभ्यासमा जान सक्नु पर्दछ । तब मात्र विश्वसमाजमा आफ्नो समाज साथै राज्यलाई विकसित, समृद्ध र शक्तिशाली बनाउन सकिन्छ भन्ने वकालत गर्दछ राजनीतिक समाजशास्त्र (Political Sociology) ले ।
No comments:
Post a Comment