धर्मशास्त्र मात्रले मुक्तिको मार्ग प्रशस्त गर्छ ।
धर्मशास्त्र मात्रले व्रम्हाण्डको सबै ज्ञान राख्छ ।
धर्मशास्त्र मात्रले चेतनाको चच्क्षु खुलाउ सक्छ ।
धर्मशास्त्र नै सबैथोक मान्न सकिन्छ र यो आफैमा पूर्ण छ ।
धर्मशास्त्र मात्रले जीव जलाचरका सबै समस्याको समाधान गर्नसक्छ ।
धुपबात्ती र केन्डल बालेर च्यादर चढाएर चर्काचर्का ध्वनिमा भजन कृतन गरेर, प्रार्थना गरेर र नमाज पढेर मानव समाजमा मानवतावाद स्थापित गर्न सकिन्छ ।
यदि यसो हो भने विद्यालय विश्वविद्यालयमा यस्ता मुक्तिमार्गी क्रियाकलाप र सुन्दर विषयको पूर्ण अभ्यास, अध्ययन अध्यापनकालागि किन राखिएको छैन ! साथै धुपबात्ती र केन्डल बालेर च्यादर चढाएर चर्को आवाजमा भजन कृतन, प्रार्थना र नमाज किन गराईदैन ती विद्यार्थीहरूलाई !
हजारौं हजार विगत वर्ष देखि धर्मशास्त्र नै पढियो पढाईयो तरपनि यो विश्वसमाज, दक्षिण एसियाली समाज र नेपाली समाजमा न्याय, समता र मानवतावादको व्यवस्था किन आएको छैन ! अनि किन अझैपनि त्यस्ता शक्तिशाली राज्य र समाज आफुलाई विकसित र समृद्ध ठान्दैनन् !
यति हुदाहुदै पनि धर्मशास्त्र मात्र पढेर र धर्मदरबार गएर मात्र चेतनशील हुन सकिन्छ भने र त्यसको यतिका महत्व छ भने हामीलाई किन दोधार बनाईदैछ ! आखिर के हुदैछ र के चल्दैछ विश्वसमाजमा ! स्पष्ट छ ती व्यक्ति तथा स्वार्थ समुहले हामीलाई बेवकुफ बनाईदैछ र लाभ लिदैछन् । हामीलाई त बेवकुफ बनायो बनायो अब दोस्रो पुस्तालाई पनि हामी जस्तै बन्न र बनाउन दिनु ! आखिर कहिले सम्म ?
बेवकुफ बनाउने माथि चेतनशिल बनाउने स्वार्थसमुहको जब विजय हुन्छ, जुनदिन असत्य अमानव प्रवृत्तिमाथि सत्य मानविय प्रवृतिले राज गर्नेछ त्यही दिन फेरि धार्मिक सत्ययुग आउनेछ भने त्यही दिन माक्र्सवादी वैज्ञानिक साम्यवाद आउनेछ र त्यही दिन देखिको बुद्धको मानवतावाद आउनेछ ।
यदि कोही कसैले आफुलाई धर्मगुरू ठान्छन् मुक्ति दिलाउन सक्छौं, भवसागर तार्न सक्छौं, भन्छन् भने त्यो झुट हो किनकि आध्यात्मिक र चेतनशील गुरूपनि आफै र शिष्य पनि आफै हुन्छ तर केही तहसम्म सहयोग भने लिनदिन सकिन्छ । बुद्धले पनि बुद्धत्व प्राप्ति आफ्नै अभ्यास र चेतनाले प्राप्ति गरेका हुन् । तर हिजो देखि आज सम्म धर्म, धार्मिकता, धर्मशास्त्र र धर्मालय बिकाउ, भ्रष्ट र बदनाम छन् जुन कदापि हुनुहुदैन थियो । धर्म र धर्मशास्त्रलाई भ्रष्ट बनाईएको प्रमुख कारणले विश्वसमाजको विकास, समृद्धि र मानव खुशीको लक्ष्य प्राप्तिको गतिअवरोध भएको हुन सक्छ ।
विश्वव्यापी रूपमा धर्मको अर्थ परिभाष, मर्म र भावना एकै छ तर धर्मशास्त्र फरक फरक छन् । मानव चिन्तन र चेतनाको स्तरका कारणले धर्मशास्त्र फरक फरक भएपनि धर्म एकै हुनु पर्ने त्यो नहुनु व्रह्माण्डकै लागि दु:खद पक्ष हो । धर्म र धर्मशास्त्र फरक भएपनि मानव धर्म एकै छ तर अमानविय क्रियाकलाप बाट विभाजित र तुच्छ हामी मानव छौं । किनकि मानव माथि मानवले नै लाभ, शोषण, विभेद, अन्याय, अत्यचार, गर्नु पर्दछ र मानवले मानवमाथि नै शक्तिको अभ्यास र राज गर्नु पर्छ भन्ने निकृष्ट सोच राख्दछौं ।
धर्म र धर्मशास्त्र भनेको न्याय, आध्यात्मिक र चेतनशीलता प्राप्ति मार्गको सबै भन्दा शक्तिशाली विषय हो । यो आफैमा आध्यात्मिक र उच्च चेतनशील विषय जोकोही सबैले अध्ययन अध्यापन गराउन सक्दैन त्यसै कारणले विद्यालय र विश्वविद्यालयमा नराखीएको हुन सक्छ । किनकि अहिले पनि वैश्य युग (कलियुग), शोषक पुँजीवादी युग (विश्व आर्थिक प्रणाली) नै छ जुन युगमा समाजको केन्द्र द्रव्य हुन्छ नकि चेतना ।
No comments:
Post a Comment