स्त्री/पत्नीलाई त विवाह पश्चात् कमसेमक खानलाउन बस्न र सम्पत्ति माथिको अधिकार दिईएको छ समाज अनुसारको तर नेपालका कुनै पार्टी संगठनका कार्यकर्ता भनेर चिनिने त्यस्ता व्यक्ति आफ्नो घरको रासन पानी खाएर लागेको खटेका छन् । वास्तवमै निशुल्क कामदार झै झोले र सेवक भन्दा माथिको हैसियत देखेका छैनन् । हो हामी नागरिकको हक हित र न्यायकालागि लाग्नु पर्ने तर निजी हित का लागि भनाउदा नेताको सेवक बन्ने साथै कर्तव्यमा नरहने वास्तवमै झोले नै हौं हामीहरू ।
हामी झोलेको वि.पि. स्मृति दिवस यस्तो छ । यी काम गर्दै गर्ने आदरणीय व्यक्तिवहरू हाम्रो लागि कहलिएका नेता भन्दा महान हुन् । हामी यिनको बफादार झोले बन्ने अभ्यास गर्दैछौं । ती श्रमजीवीको पछि पछि सम्मानकासाथ लागियो भने लाभ छ । दुःख टार्न सकिन्छ ।
बईमानि नेतालाई बहिस्कार गरौं । झुटो आस्वासन देखाउने भ्रष्ट र ठग नेताहरूलाई बहिस्कार गरौं । लोकतन्त्रको मतको अधिकार प्रयोग गरेर भूईमान्छेको शक्ति प्रदर्शन गर्ने बेला आएको छ । हामी नेपाली काङ्ग्रेसका स्वयंसेवक हुदाहुदै पनि यदि पार्टीले बुद्धिहिन, बईमानी, दलाल, भ्रष्ट, असामाजिक र ठग लाई उमेदवारी दिए भनेपनि कतै भावनामा नबहकिदै मतदानको अधिकारको प्रयोग गर्दा सहि निर्णय लिनहुन सुझाउदछौं ।
नेपाली समाजमा त्यस्ता अख्तियार, पद, प्रतिष्ठाको तामझाम तिनै र तिनैका परिवारकालागि मात्र हो रहेछ । हाम्रो आफ्नो पुस्ताको कुरै छोडौं, दोस्रो पुस्ताको सामाजिक सुरक्षा, सामाजिक न्याय र मौलिकहकको वितरणमा पनि कुनै सुधार नआउने आकलन गर्न सकिन्छ वर्तमान अभ्यासको मुल्यांकन गर्दा । त्यसकालागि सामाजिक र साँस्कृतिक विद्रोह अत्यन्त जरूरी देखिदैछ । त्यसकालगि आफ्नो बालबालिकाहरूलाई आजै देखि सामज, राष्ट्र र प्रकृति प्रतिको बाफादारिताको संस्कृति र मूल्यमान्यताको महत्व प्रदान गर्न सक्नु पर्दछ ।
विश्वेश्वर बाबुलाई धन्यवाद दिनै पर्छ आजको दिनमा जसले केही त दिएर सिकाएर गए । नत्र त नेपाली समाज आदर्श शून्य समाज हुने रहेछ । विश्वेश्वरप्रसादलाई देवत्वकरण हैन अंगिकार गरौं ।
No comments:
Post a Comment