Sunday, July 24, 2022

 कुनै पद, शक्ति वा अख्तियारमा रहेका व्यक्तिलाई देवत्वकरण (Divinization) वा त्यसको प्रतिक्रियामा दानविकरण (Devilization) गर्नु सरासर अलोकतान्त्रिक अभ्यास हो । आलोचना र समालोचना बौद्धिक राज्यमा यसको छुट्टै महत्व रहेको हुन्छ जसका कारणले सम्बन्धित व्यक्ति वा विषयले अझ सुधार र उदार हुने अवसर सृजना गर्न सक्दछ । 


प्रशंसा र गाली गरेर नथाक्ने प्रवृत्ति सामाजिक र सार्वजनिक रूपमा घातक संस्कृति र प्रवृत्ति हो । देवत्वकरण र दानविकरण गर्न सिपालु पात्र तथा प्रवृत्तिले त्यसको बदलामा आम जनमानस, समाज र राज्यलाई लाभ हुने खालको बौद्धिक, चेतनशील र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्न सक्नु पर्दछ । नेपाली समाजको संस्कृति नै बनिसकेको देवत्वकरण र दानविकरण गर्नु वा खोज्नु दुवै प्रवृत्तिले समाजलाई ठूलो नोक्सानी गराउन सक्छ ।


सम्बन्धित विषयमा सरोकारवालाले वा स्थानिय तहका अगुवाले सम्बन्धित व्यक्ति, पद वा अख्तियारमा रहेका सम्बन्धित विभागमा जानकारी सम्म गराउन सके आमनागरिक लाभान्वित हुनसक्छौं ।


प्रयास र अभ्यास यसरी सुरू हुन्छ ।

No comments:

Post a Comment