Tuesday, March 31, 2020

उ उनीको पति

उ उनीको पति,
उस्ले अन्य बाट कहिले त्यो अपेक्षा राख्दैनन्
जो उनी बाट मात्र सधैं राख्छन्।

उनी उस्की पत्नी,
उनिले अन्य बाट कहिले नपाईने अाभाष दिन्छीन्
जो अरूलाई दिन सक्दीनन्।

यही जो अन्यत्रमा खोज्दैनन्
र अरूबाट त्यो अपेक्षा राख्दैनन् त्यस्तो पति।
यही जो अन्यत्रमा सोच्दैनन्
र अरूलाई अाभाष दिन सक्दैनन् त्यस्ती पत्नी।

सयौंको बधले दिने अशान्ति एक्लैले दिनु सक्छीन्।
सयौं बुद्धले दिनसक्ने शान्ति एक्लैले दिनु सक्छीन्।
उनीनै कसैको जीवन हो, यदि भने अाफै चिन्नसकिन्।

यत्तिनै हो सुखी दाम्पत्य जीवनको मुल मन्त्र।
जाने जान,नजाने मान, कहिले पाईन्न अन्यत्र।

८ हजार ८ सय ४८ फिटको हृदयको त्यो सर्वोच्च उचाइमा कुनै पवित्र अात्माले विकट र कठिन यात्रा तपका साथ पार गर्दै प्यारको सुन्दर धव्जा जब गाढदछ तब त्यो ध्वजाको फरफराहट बाट निक्लिएको प्रितको अावाजले मस्तिष्कमा जगाउन सक्ने मानवतावादको अाभाष बडो अानन्ददायी हुन्छ। तर प्यारले जगाउने अाभाष र भावना जस्तै, त्यस्तै भ्रम जगाउदछ त्यो भौतिक अाकर्षणले, पहिचान गर्नु चुक्नु हुन्न। यो व्रह्माण्ड, जगत र प्रकृति प्रति उदार हुन दिदैन भने त्यो प्रेम होईन। प्रेमले मानवलाई उदार बनाउदछ।

मेरी प्यारी कान्छी भान्जी स्वर्णीकाको सम्पूर्ण जीवनमा रूढीवादी र अन्धविश्वासको प्रभाव कहिलेपनि नपारोस साथै जीवनका हरेक पल र क्षणहरू अनुशासित, वैज्ञानिक र बौद्धिक बनोस् यही छ जन्म दिनको लाखौंलाख शुभकामना।


कृपया लापरवाही नगरी अाफ्नो दैनिकी घरभित्रै सिमित राख्नु होला। बस केही दिन र केही हप्ता मात्र। जीवन रहे जोबन रहन्छ।
विश्वमाको उच्च विकसित, सम्पन्न र कल्याणकारी राज्य बेलायत जहाँ कुनै बेला घाम अस्ताउदैन थियो। त्यस्तो सशक्त र शक्तिशाली मुलुकको वर्तमान परिस्थिति र अवस्थाका विषयमा स्पष्ट संग नेपाली राष्ट्रियता भएका बेलायती नागरिक
Ex. Honery Caption,
JCO Guwar Jung Gurung,
Ex. British Army 6 GR, भन्दैछन्;
"म संग पर्याप्त सुन, बैंकमा पैसा (£ १ लाख), तलब, पेन्सन (रू १ लाख ३३ हजार) यहाँ बेलायतमा पनि छ र दुई करोड Bank Balance, घर जग्गा नेपालमा पनि छ। तर ती चिज पैसा, सुन, पद, प्रतिष्ठा केही हैन रहेछ, भएर के गर्नु केही किनेर खान पाईदैन, गु पुछेर फ्याँके भयो त्यो पैसा। Corona Virus संक्रमणका कारण यस्तो संकटको बेलामा पसलहरूमा अालु, सब्जी चामल केही पाईएको छैन मात्र चकलेट छ। तीन दिन भयो चक्लेट र पानी मात्र खाएको, जबकि म अाफुलाई मधुमेह छ। I need food this time. ढिडो सब्जी खान नेपाल जाअौं भने Air flight छैन।"
यदि तपाई बेलायतमा हुनुहुन्छ त्यसरी नै एक अापसमा नजिकै हुनुहुन्छ भने त्यस्ता अग्रज र स्वस्थका लागि अौषधी सेवन गरिरहनु भएका गोर्खाली भनेर चिनिने नेपाली राष्ट्रियता भएका व्यक्तिहरू प्रति विशेष ध्यानाकर्षण गर्नहुन हामी यही नेपाल बाट अनुरोध गर्दछौं।
एक छाक चामल अादान प्रदान भएपनि गर्नुहोला। भातले दिने तागत नेपालीलाई थाहा छ। नेपालीहरू जहाँ जाउन दाल, भात, तरकारी र अचा नै खान्छन्। जतिसुकै संकट अाईपरे पनि भात हाम्रो मानवअधिकार भित्र पर्दछ। Human rights for food and not only food, its about food culture as we wish and want. It keeps us highly satisfied and can make more happy.
Hope there will be the situation get control soon, we pray for you and all and human beings of the earth and pray for us Nepal and Nepali.

WHO पुराणमा उल्लिखित कोरोना रक्षा कवच;

• Wash your hands frequently
• Maintain social distancing
• Avoid touching eyes, nose and mouth
• Practice respiratory hygiene
• If you have fever, cough and difficulty breathing, seek medical care early
• Stay informed and follow advice given by your healthcare provider
• Be Supportive, Be Careful, Be Alert, Be Kind
• Be Informed, Be Prepared, Be Smart, Be Safe

यस्तो कठिन परिस्थितिमा अाफ्नो जीवनको दैनिकीलाई व्यवहारीक, परंरागत र वैज्ञानिक बनाअौं। अाखिर कहिले सम्म अाफुले अाफुालाई गलत धार्मिक र सामाजिक संस्कृतिको रोग बोकेर यो एकपटक पाउने सुन्दर मानव जीवनलाई भ्रम, अन्धविश्वासमा राख्ने! त्यो भ्रमले अाफु र अाफ्नो समाजको अवस्था कठिन हुन सक्छ। सबैले पवित्र विश्वास गर्ने ती ईटालिका पास्टरले गरेको विश्वासघातका कारण के भयो!
नास्तिक हुनपर्छ वा अास्तिकै हुनुपर्छ भन्ने हैन तर अाध्यात्मीक ज्ञान र चेतनाको खोजी भने हरदम प्रयासरत रहनु पर्दछ। अाधारहिन अन्धविश्वास त्यागौं जस्ले मानिसलाई सामान्य जीवको स्तरमा राखेको हुन्छ।

भूमि मंगलम् (भूमि मंगलम्)
उदक मंगलम् (उदक मंगलम्)
अग्नि मंगलम् (अग्नि मंगलम्)
वायु मंगलम् (वायु मंगलम्)
गगन मंगलम् (गगन मंगलम्)
सूर्य मंगलम् (सूर्य मंगलम्)
चन्द्र मंगलम् (चन्द्र मंगलम्)
जगत मंगलम् (जगत मंगलम्)
जीव मंगलम् (जीव मंगलम्)
देह मंगलम् (देह मंगलम्)
मनो मंगलम् (मनो मंगलम्)
आत्म मंगलम् (आत्म मंगलम्)
सर्व मंगलम् भवतु भवतु भवतु
सर्व मंगलम् भवतु भवतु भवतु
सर्व मंगलम् भवतु भवतु भवतु।


भान्से संस्कृति र प्रशासक

भान्सेले हो भान्सा गर्दा नुन हाल्ने
जस्ले हाल्यो त्यसैले हो नुन चाख्ने
लामो जिब्रो निकालेर लपक्क चाट्ने
चाट्टचुट्ट गर्ने अनि मुख मिठ्याउने
हाम्रो समाजमा हरेक घरघरको संस्कार।
प्रशासनमा पनि प्रशासकले त्यतिनै गरेको,
तर त्यो चै भ्रष्टाचार?
सामाजिक संरचनाको जस्तो संस्कृति, त्यस्तै व्यवहार
अाफै चाट्न-चोर्न सिकाउने, फेरि भन्ने घुसखोरी सरकार!

Monday, March 30, 2020

सिंहको टाउकोमा स्याल र गधाको पुच्छर

नेपालमा कम्युनिष्ट संघर्षको इतिहास हेर्दा  सिंहको टाउकोमा स्याल र गधाको पुच्छर जोडेको स्पष्ट देखिन्छ।

विश्व समाज बुझ्ने क्षमता राख्ने स्व. मदन भण्डारीको जनवादमा सामाजिक, व्यवहारीक र वैज्ञानिकता थियो।

असत्य, झुठ र ठग प्रवृत्ति एवं मनसायले मानसपटलमा क्षणिक भ्रम (सत्य र यथार्थ) पैदा गराउन सक्ने क्षमता राख्छ। जो कदापि दिगो हुन्न भन्ने ज्ञानमा पनि इन्द्रजालको जस्तो काला जादु गर्न सक्छ।

नेपालको मौलिक कला,भाषा, धर्म, संस्कार, संस्कृति, भूगोल, परिवेश, परिस्थिति एवं ऐतिहासिक पृष्ठभूमि अन्य भन्दा फरक भएकोले चिनको भौतिक, अार्थिक, सामाजिक तथा राजनैतिक विकास निति र योजना लागुहुन सक्दैन भन्ने गहिरो अध्ययन विगतको अौद्योगिकिकरण, अाधुनिकिकरण र विश्वव्यापीकरण सिद्धान्तले प्रमाणित गरिसकेको छ। वैदेशिक विकास योजना र नीति निर्माण भन्दा वैदेशिक वा चाईनिज इमानदारीता, तत्परता, अनुशासन र लगनशीलता भने सिक्न र स्विकार्न जरुरी छ।
माक्र्सवादको अादर्श प्रति सम्मान छ।

नेपालमा रहेको कम्युनिष्टको चिन्ता भन्दापनि त्यो विशुद्ध माक्र्सवादको शुद्धतामा सैद्धान्तिक, व्यवहारिक फोहोर मिलाउनेहरू संग केन्द्रित हो।
न वेद कसैको पेवा थियो न माक्र्सवाद कसैको पेवा हो।

नेपालमा कम्युनिष्ट संघर्षको इतिहास हेर्दा सिंह (माक्र्सवाद)को टाउकोमा स्याल र गधाको पुच्छर जोडेको स्पष्ट देखिन्छ।

नेपालमा अाफुलाई कम्युनिष्टको वा कम्युनिष्ट जस्तै परिचयमा स्थापित गराउन सफल व्यक्ति वा संस्थाको प्रमुख अालोचक अादरणीय गुरू प्राध्यापक चैतन्य मिश्र लगायत वहाँको विचारमा समर्थन गर्ने विद्वानहरू हुन्। मेरो पनि ऐक्यबद्धता।

अादिम समाज (Native Society) झै समतामूलक समाज निर्माण गर्न असम्भव छ। तर एक कलखण्डमा त्यस्तै नभएपनि फरक खालको मानव केन्द्रित समाजवादी समतामूलक समाज (Socialism Egalitarian Society) निर्माण गर्न र स्थापित गर्नकै लागि राजनीति गरिन्छ र गरिनुपर्छ।

गजल

हेर्दै खेरि नशा लाग्ने तिमी, छुनेको त कुरै छोडौं।
यही नशाको सुरै सुरमा, कि म अाज दूरी तोडौं।।

हिड्नु भन्दा उठन नसक्ने,सुत्यो कि त भनभनिने।
कि बेहोसीको सुरै सुरमा, रहरको भाँडो फोडौं।।

भोक मेटन मन त भन्छ, तातै खाँअौं जली मरौं।
यही तृष्णाको सुरै सुरमा कि म बाटो अन्तै मोडौं।।

गाँस बास कपास प्यार जीवन धान्ने यही हो कि त।
हाँसो खुशी सबै दिन्छु, अाउ माँयाको बारी गोढौं।।

"क्षमस्व नेपालेश्वरी !"


गौ माँता हौ हाम्री तिमी, तिमी रंगमा सिम्रीक रानी ।
मुहार तिम्रो गुराँसझै, तिमी हिमालकी डाँफे रानी ।।

(यहाँ तिन त्रिलोक भन्नाले हिमाल, पहाड, तराई र चौध भुवन भन्नाले चौध अञ्चल बुझ्नु होला।)
तिन त्रिलोक चौध भुवनको, तिमी प्यास मेट्ने पानी ।
ताज तिम्रो सगरमाथा, तिमी जनककी छोरी सानी ।।

पापको हामी पराकाष्ट; तिमी दिन्छौ क्षमा जानी।
जे गर्दानी सहिदीन्छौ, तिमी अभय दानकी खानी।।

हामी घुम्ने मेचको अन्धो मान्छे, भनी वीर बुद्धू मानी।
क्षमस्व नेपालेश्वरी! पुजाम् चैव समर्पणम् नजानामी !!

१२:१० मध्यरात
२०७१/०४/२८ गते बुधबार

लाज छोप्ने धोती र कन्धनी पनि लुछ्नेछन्

साम्यवाद समाजको एक काल्पनिक चरण हो, यसमा रहने सबै समाजका सदस्यहरू साम्यवादी (Communist) कहलिन्छ। यो विशुद्ध सामाजिक रूपान्तरण र परिवर्तनले ल्याउने उत्पादनको स्वरूप हो।  Communism लाई नेपालीमा साम्यवाद भनिन्छ। 
माक्र्सवादको करोडौं अर्थरूपि कोषहरू मध्ये एक कोषलाई बुझ्न खोज्दा उत्पादनको स्वरूप मध्येका साम्यवाद अाफैमा उत्कृष्ट स्वरूप हो। जो सामाजिक पृथ्वीमा राज्य र वर्ग विहीन अर्थात वैज्ञानिक अादिम समाजको कल्पना गरिएको अादर्शवाद हो। यसैलाई मध्यनजर गर्दा विश्व समाज एक समाजको कल्पना गरिएको छ जहाँ राज्य, राष्ट्र साथै त्यस संग जोडिएको भावना राष्ट्रियताको कुनै तुक हुन्छ मान्दैनन्। माक्र्सवाद अाफैमा अति उदारवादी वाद देखिएको स्पष्ट हुन्छ।
साम्यवादको अर्थ, परिभाषा र विशेषता रहेको जस्तो स्पष्ट र पवित्र वादको कल्पना अाज सम्म कुनै शास्त्रले गर्नसकेका होलान्। यो वाद अाफैमा एक समाजको संरचनात्मक स्वरूप हो अर्थात माक्र्सवादले व्याख्या गरेको उत्पादनको स्वरूप हो। यो यस्तो स्वर्गीय कल्पना सहितको  सामाजिक चरण हो जहाँ स्वतन्त्र मानिसको मानवतावादी मस्तिष्कको गुणस्तरीयताको मापन अाजको, अहिलेको र पुँजीवादी मस्तिष्कधारी सोचबाट असम्भव छ।

मानवतावदी माक्र्सद्वारा प्रतिपादित माक्र्सवादका अनुशार यो पुँजीवाद, समाजवाद र साम्यवाद विशुद्ध सामाजिक चरण हो। यसलाई कसैले राजनीतिक चरण वा स्वरूपमा व्याख्या गर्छन् भने सम्झनुस् त्यसले सिङ्गो माक्र्सवादको पवित्रता माथि छेडखानी गर्दैछ र अाफ्नो दुनो सोझ्याउदैछ भनेर। मानिसको सोच्ने गुणस्तर क्षमता राख्ने मस्तिष्कमा सांस्कृतिक अाक्रमण गरेर साम्यवादलाई राजनीतिक कमेरो दल्ने त्यस्तो बौद्धिक भ्रष्टाचार गर्ने विर विचारलाई ठुटे सलाम।

अाज कम्युनिष्टको नाममा पण्डित्याई गर्नेहरू विश्वसमाजमा रहेको वर्तमान पुँजीवादलाई ढालेर समाजवाद ल्याउने र साम्यवादको चरणमा जाने भनेर जोडतोडले लागेको देखिन्छ। वहाँ हरूलाई थाहा हुनु पर्छ कि अाफ्नो पिताजीले स्याहारसुसार गरेको एक पटक फलिसकेको केराको दाम्चा ढालेर देखाउन सकोस्! अनि कुरा हुन्छ। अरूलाई मूर्ख बनाएर अाफु बौद्धिक भ्रष्टाचार विचार भएकाहरू हामी पनि परै चिन्छौं। चाल, ढाल र कपाल कस्तो हुन्छ भनेर।

विश्वसंकटको यो विपतको बेलामा यस्तो कुमन, कुवचन र कुकर्म गर्न सक्ने भनेको नै नेपाली समाजका वृय हुन्। कम्युनिष्टको बदनाम गराउने अौंसी र पूर्णेकाहरू कम्युनिष्ट हो भनेर जाँच गर्न वहाँहरूको कम्युनिष्ट राजनीतिक शैली र कम्युनिष्ट सोचको सांस्कृतिक लाई समाजशास्त्रीय अध्ययन अनुसन्धान र चिरफार गर्ने र फरेन्सिक रिपोर्ट हेर्ने हो भने नेगेटिभ रिपोर्ट अाउछ। (Communism = 0%) Report is negative.

यस्तो विपत्तिको घडीमा चोर्ने, ठग्ने विचार र व्यवहार देखाउने अर्थकेन्द्रीत कुनैपनि घुसखोर मानसिकता भएको व्यक्ति कम्युनिष्ट हैनन् र हुनै सक्दैनन्। त्यो कम्युनिष्ट खराब हैनन्, कम्युनिष्टको नामको जिउदो गन्हाउने सिनो हो जो बाउको बीउ र अामाको दुधमै दोष अाउछ। माक्र्सवादमा रहेको कम्युनिष्ट उत्पादनका स्वरूपको सदविचार, समतामूलक र मानवतावाद विचार संग हामी पनि परिचित छौं। दिउसै रातपार्ने कार्य बन्द गर। समाजले थाहापाएको दिन त्यो लाज छोप्ने धोती र कन्धनी पनि लुछ्नेछन्।

 पुँजीवादी समाजमा रहेर अाफुलाई कम्युनिष्ट कसेले ठान्छन् भने त्यो पानी बाट टाउको निकालेर म अोबानो छु भने जस्तै हो। र त्यो भ्रम पैदा भएको हो वा कुनै कुराले चेतनामा अाउन नदिईरहेको विषयमा अाफुलाई ध्यानाकर्षण गराउनु पर्दछ। पुँजीवादी समाजको स्वरूमा रहेर, अाफ्ना सबै संस्कृति, मन, वचन र कर्म त्यही अनरूप रहदै गर्दा कसैले फेरि पनि अाफुलाई कम्युनिष्ट भन्छ भने, त्यो सुन्ने र पत्याउने मानिस महामूर्ख नहोला भन्न सकिन्न।

९ दिनमा नौलो २० दिनमा बिरानो



कात्रोको न गोजी न डिजाइन,
दर्जीको काम हुन्न।
मपाई भुवन, अात्म न शरीर,
मुर्दाको नाम हुन्न।।

न पाजी न काजी, हेर्दैन खाल
न बूढो न तन्नेरी, अाउछ काल

न रंग न गोजी, कात्रो हो काम
अार्यघाटमा पुग्दा मुर्दा हो नाम

शंखको ध्वनि ,न सुर न ताल
भुटेको धान-पैसा, बाटोमा फाल

मेरो सुःख-सम्पत्ति मेरै हो ताज
मरे पछि मलामी, डुमको राज

नौ दिनमा नौलो बीस मै बिरानो
अाफ्नैले बीर्से कता चिहान हो!







तिमी हौ माँयाको अर्थ मैले बुझ्दा



तिम्रो लागि कलम टिप्छु,
अौलाहरू सिथील हुन्छन्,
शब्द अाफै पछि हटछ,
तिमी लाई सम्झी लेख्न खोज्दा।

प्रेम का ति छाल हरू, 
सुनामी झै अाउन थाल्छन्,
म अाफै अातीन थाल्छु,
माँया तरंग लेख्न खोज्दा।

माँयाका ती लाभाहरू,
ज्वालामुखी झै फुट्न थाल्छन्,
मेरो अाफ्नै सातो जान्छ,
भावना लाई समेट्न खोज्दा।

हृदयका झनकार हरू,
सा नि ध प म ग रे सा,
कलम अाफै कमजोर बन्छ,
तिम्रो प्रित-गित लेख्न खोज्दा।

मुटुका ती धड्कन हरू,
म सुत्दा नि जागै बस्छन्,
रगत अाफै गलिदिन्छ,
तिम्रो प्रितको दौड  लेख्न खोज्दा।

Bhuwan Man
मिति २०७२/०८/०४ शुक्रबार  विहानीको ०२ बजे




नजानुहै सती बनी



मेरो मृगौलाको बजार भाउ, नेरू हुन्छ यति;
कतै अाउछ होला, तीन अाना जग्गा जति।

मुटु मात्रै होईन मेरो कलेजोनी मोलीदिन्छु;
अानन्दले निद्रा लाग्ने घर पनि जोडिदीन्छु।

अाँखा को नि केही अाउला, धेरथोर जे जति;
कान घाँटी खाली हुन्न, नलजाउनु एकै रति।

चिन्ता तिमि कत्ती नलेउ, मलाई कै हुन्छ भनी;
अाउछु फेरि अर्को जुनि, नजानु है सती बनि।


Sunday, March 29, 2020

म तेस्रो विश्व युद्ध हुँ



म हराई राखेको छु
म अाफुलाई खोज्न व्यस्त छु !
म को हु?
म के हुँ?
म कस्को हु?

म बिर्सि राखेको छु
म अाफुलई सम्झन व्यस्त छु !
म नेपाल हुँ !
म देश हुँ !
म नेपालीको हुँ !

म हराएको हुँईन
म बिर्सिएको हुँईन
म अाफुलाई पत्ता लगाउनेछु!
म अाफुलाई सम्झाउनेछु!
म स्वतन्त्र हुँ।
म सार्वभौमसत्ता सम्पन्न हुँ।
म दुई ढुङ्गा बिचको तरूल हुँईन, बम हुँ।
हो, मलाई पुजे बुद्ध हुँ !
नबुझेमा, तेस्रो विश्व युद्ध हुँ !

Bhuwan Man

विज्ञानको प्राकृतिक प्रकृति

मेसिनलाई मानवता देखाउने संस्कार रोकौं।
पशुपंक्षीमा मानवता खोज्ने मानसिकता त्यागौं।

विज्ञानको चमत्कारीक अविस्कारको सहारामा बढ्दै गएको उच्च प्रविधिकरण र डिजिटलीकरणले यो २१अौं शताब्दीमा मानवको शाश्वत सत्य मानिने मृत्यु हुने Trend को Pattern Change गरिदिएको छ। हिजोको जस्तो प्राकृति देहत्याग अाजको समयमा रहेन। हिजोको दिन सम्म कालले लैजान्छ भन्थ्यौं, एकचोटि परिवेश नियालौं, अाजको दिनमा त्यो काममा विज्ञानको अविस्कारले धमाधम सघाउदैछ।

विज्ञान र वैज्ञानिक अविस्कारलाई देवत्वकरण नगरौं। प्रविधि हाम्रो खोज हो, अनुसन्धान हो, हाम्रो अविस्कार हो। त्यसैले यसमाथिको पूर्ण निर्देशन, दिशानिर्देश र नियन्त्रण हाम्रै हुनुपर्छ भन्ने हामीमा त्यो चेतनाको_विकास नभएसम्म हाम्रो अविस्कारले हामी मानव माथि अचेतन रूपमा पूर्ण संहारवादी र अधिनायकवादी शैलीले राज गरिरहनेछ। दासी बनाउने छ। त्यति कि जीवन मृत्युको निर्णय सम्म गर्दैछ र गर्नेछ। यसको अाफ्नो दबाबको शक्ति र गति बढ्दो छ, दिन दुई गुणा रात चौ गुणा।

जसरी अाज हामी भोग्दैछौं। तर संवेदनशील विषय महसुस गर्न सकिरहेको छैनौं। त्यो वैज्ञानिक अविस्कार माथि हामी अविस्काररूपी मानवले सशक्त_पकड र नियन्त्रण गुमाउनु नै अाफ्नै विनाशको कारण बनिरहेको छ।

मेसिनलाई मानवता देखाउने संस्कार बढनु नदिअौं, रोकौं र घटाअौं।
पशुपंक्षीमा मानवता खोज्ने मानसिक्ता बढाउन र बढनु रोकौं।
यो जगतमा मानवता मावनमा भन्दा अरूकुरामा खोजे मरे पाईन्न। ती मेसिन हामीले नियन्त्रण गर्ने हो। ती पशुपंक्षीलाई हामीले मानवता देखाउने हो। ती मेसिन र पशुपंक्षीलाई प्रदान गरेको प्रेम जस्तै मात्र त्यो प्रेम र सद्भाव देखाअौं, प्रदान पनि नगरौं। अनि प्रतिक्रिया विचार गरौं।
यो जगतको मानिसमा मात्र पाईने महाशक्ति मानवता भन्दा उच्च अरू कुनै जात र वाद छ कसैले भन्छ भने, त्यस्लाई के भन्ने अाफै भन्नुस्...
शुभकामना!

बडो अचम्मको समाज

समाजरूपी शक्तिले कस्ताकस्ता मै हुँ भन्ने वादशाहका वादशाह अधिपत्य(Empire) त ढालेको इतिहास छ। हजुरपनि जोगिनु होला!

बडो अचम्मको समाज

ठगलाई साधु सम्झीने यो समाज
साधुमा ठग खोज्ने यै समाज 
झुटमा सत्य देख्ने यो समाज
सावधान!
जब सत्यमा सत्य खोज्न निस्कन्छ समाज 
तब अाधिपत्य अमर विजयी सभ्यता परिवर्तन गर्न सक्ने पनि यही समाज।

पुजा अारधना गर्ने यो समाज 
महादेवलाई विष पिलाउने यै समाज
वृहष्पतिलाई झुठो बनाउने यो समाज
खबर्दार!
जब ईमानदारीतामा ईमान खोज्न निस्कन्छ समाज
तब तिनत्रिलोक चौध भुवनको अाशन हल्लाउन सक्ने पनि यही समाज।

द्वन्दमा शान्ति खोज्ने यो समाज
राजकुमारलाई जोगीबुद्ध बनाउने यै समाज
शान्तिमा द्वन्द देख्ने यो समाज
नबिर्सिएस्!
जब शान्तिमा शान्ति खोज्न निस्कन्छ समाज
तब पवित्र मन्दिरबाट देउतालाई उठिबास लाउन सक्ने पनि यही समाज।

क्रान्तिमा वाद खोज्ने यो समाज
छविलाई प्रचण्ड बनाउने यै समाज
राजनीतिलाई अनैतिक बनाउने यो समाज
होसगरेस्!
जब राजनीतिमा नैतिकता खोज्न निस्कन्छ समाज
तब राजसंस्थाका शक्तिशाली राजा सत्ताच्युत गर्न सक्ने पनि यही समाज।

प्रचण्डलाई प्रधान बनाउने यो समाज
बालमिकीलाई रत्नाकर बनाउने यै समाज
देशलाई भ्रष्ट बनाउने यो समाज
सावधान!
जब राज्यमा सुशासन खोज्न निस्कन्छ समाज
तब प्रचण्ड प्रतापी भूपति विष्णुलाई धोबीको कुकुर बनाउने पनि यही समाज।



जंगबहादुर, महेन्द्र, विश्वेश्वर फेरि जन्माउछौं


नेपाली काङ्ग्रेसमा अाचरण जागरण नत्र मट्यांग्राको नास

                 


विकसित, शक्तिशाली राष्ट्र र कोभिड -१९

विकसित, शक्तिशाली राष्ट्र र कोभिड -१९

भुवनमान श्रेष्ठ ,उदयपुर । समय र परिस्थितिले कठिन जाँच लिएको विपत्तिको बेलामा कुनैपनि राज्य वा प्रशासनले आफ्नो समाज, विश्वसमाज वा सिङ्गो मानव सभ्यता र प्रकृतिको रक्षा गर्नसक्ने साहस र क्षमता राख्न सक्छ भने त्यस्तो कुनै पनि समाज, प्रशासन वा मुलुकलाई विकसित र शक्तिशाली मान्न सकिन्छ।
विकासको अर्थ तथा परिभाषा पढन र सुन्न जति सजिलो देखिन्छ त्यति नै कठिन छ यसको पूर्णप्राप्ति अझ भन्दा पूर्ण र उच्च विकसित के लाई भन्ने, मान्ने र कसरी प्राप्त गर्ने विषय असम्भव छ। किनकि यो सिधै मानवको स्वतन्त्रता, आवश्यकता र गुणस्तर जीवन संग जोडिएको हुन्छ जो समय अनुशार परिवर्तन भईरहन्छ।
यसै क्रममा UNDP (United Nations Development Programme) को Human Development Report- अनुसार "विकासको मुख्य अभिप्राय मानिसहरूको छनौटलाई विस्तार गर्नु हो"(The basic purpose of development is to enlarge people's choices।1996)।
"Human development is the end- economic growth a means।"- 2009 मा भनेका छन् भने Dictionary of Sociology मा "व्यक्तिका सम्पूर्ण पक्षहरूको सम्मुनत अवस्था नै विकास हो" (Development is the fruitful betterment of individual in all aspects।)। अर्थात समग्रमा भन्दा मानवको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रक्रिया विकास हो (The process of improving the quality of all human lives is development)

यसरी नै शक्तिको अर्थ र परिभाषामा Anthony Giddencs ले "परिस्थितिलाई रूपान्तर गर्न सक्ने क्षमता (Ability to transform the situation)" भनेका छन्। यी सबै विषयको चिन्तन मन गर्दै गर्दा आज सम्म समाजको Pre-modern, Modern र Post-modern Society को अध्ययन गर्दै गर्दा पुनर्जागरण युग भन्दा पहिले, फ्रान्सको महान रक्तिम क्रान्ति, पहिलो-दोस्रो विश्वयुद्ध, अौद्योगिकरण हुँदै अाज सम्म अाईपुग्दा जे जति भएको थियो सबै विकास र शक्तिका लागि भएको थियो भन्ने कुरा अस्विकार गर्न सकिन्न। यत्रो विज्ञान तथा प्रविधिको सहारामा अार्थिक वृद्धि गर्दै आफ्ना नागरिकको सामाजिक सुरक्षा, सामाजिक न्याय र कल्याणकारी राष्ट्रको ढोल पिट्दै अाफ्नो मुलुकलाई विकास गरेको भनेर प्रमाणित गराउथे। अन्य मुलकलाई अाफ्नो नियन्त्रण र निर्देशनमा राख्न विभिन्न योजनाको लोभ देखाएर आर्थिक साथै सैन्य बलको भरमा दादागिरी देखाउदै सर्वशक्तिमान पहिलो मुलुकहरू हौं भन्थे। तर विकास र शक्तिको परिभाषाको मापदण्ड भित्र नपरेको एउटा कोरोनाले प्रमाणित गरिदिएको छ। न विकासले दिने त्यो मानव सुरक्षा दिन सकेको देखियो नत परिस्थितिलाई रूपान्तरण गर्ने शक्तिशालीमा हुने क्षमता नै देखियो। आफ्नो नागरिक र विश्वसमाजको सुरक्षा गर्न नसक्नुले तिमी जस्तो राष्ट्रको परिचय फेरि एक पटक संकटमा परेको छ। के तिमी साँचैमा उच्च विकसित र महाशक्तिशाली हौ त !
क्षेप्यस्त्र, परमाणु बम, जैविक-अजैविक हतियार बनाएर मानव जगत तर्साउने, नियन्त्रणमा राख्न चाहने र निच एवं विनाशकारी क्रियाकलाप सहित विस्तारवाद, साम्राज्यवाद र दादागिरी प्रदर्शन गर्ने यस्ता मुलुकहरूको नामावली विश्वको हरेक मानवलाई थाहा भएको विषय हो। तर त्यस्ता मै हुँ भन्नेहरू एउटा सामान्य रूघाखोकिको अौषधी पत्तो लगाउन नसक्नेले आफुलाई उच्च विकसित र सम्पन्न मुलुक ठान्न्नेहरूको हैसियत बेला बेलामा उदाङ्गो बनाई रहेको छ।
माक्र्सवाद अनुसार उत्पादनका साधनमा हुने पहुचको अाधारमा निर्माण भएको वर्गहरूमा हुने त्यो असमानता र शोषणका कारण उत्पति हुने रोग समाजले वा समाजबाटनै सृजना भएको मान्दछ। त्यही रोगहरू मध्ये असामाजिक जीवनशैली बाट देखापरेको सामान्य सर्दिमौसममा देखिने कोरोना भाईसर (COVID-19) ले उच्च वर्गीय र विशिष्ट ठान्ने मुलुकहरूको जबर्जस्त बनिबनाएको सिर-नाक काटिएको र इज्जत नङ्ग्याईदिएको अजिवों गरिब अवस्था छ। मानवको वा आफ्नो मुलुकका नागरिकको गुणस्तर जीवन, सुख, खुशी, स्वास्थको सुरक्षा र ग्यारेन्टी जस्ता कुरा आर्थिक वृद्धिदर, सैनशक्ती र आविस्कार मात्रले निर्धारण गर्न नसक्ने रहेछ भन्ने पाठ सिकाएको छ ।
विज्ञान तथा प्रविधि विकास प्राप्ति गर्ने साधन मात्र हो, साध्य होईन त्यसैले यसलाई दास बनाऔं , यसको दासी नबनौं। विज्ञान तथा प्रविधिको विकास र उच्चतम प्रयोग नै उच्च विकसित मान्न नसकिने अवस्था स्पष्ट देखियो। यस्तो विशेष परिस्थितिमा नेपालले आफ्नो दैनिक जीवनमा यस प्रकारको सशक्ताको स्तर देखाउन सकेको छ त्यस्लाई विकास मान्न सकिन्छ कि सकिँदैन? प्रश्न यहाँ छ।
कुनै पनि कृतिम संकट होस् वा प्रकृतिक विपत्ति, त्यस्तो विशेष परिस्थितिमा अाफ्नो समाज र मुलुकलाई स्थिर, संयम, सरल र सामान्य अवस्थामा राख्न सक्ने र रहन सक्ने नेपाल र नेपाल जस्तो अन्य समाजलाई विकसित मान्ने कि नमान्ने? थोरै प्राकृतिक वा कृतिम विपत्ति वा सामाजिक संतुलनमा दायाँबायाँ, माथितल वा कुनैपनि खालको सामान्य गडबडी हुदा मानव सभ्यतानै संकटमा पर्ने धराप राष्ट्रहरू आफुलाई विकसित र शक्तिशाली भन्दै गर्दा सबैभन्दा बढी हाँस्यासपद विषय हुन सक्छ। तिम्रो विकासको परिभाषा भित्र तिमी आफैँ पर्न नसक्दै गर्दा तिमीलाई के अाधारमा हाम्रो जस्तो मुलुकले महाशक्ति राष्ट्रको गन्तिमा राख्नु!
अन्त्यमा, यो मानव सभ्यता नै धरापमा पर्नसक्ने अवस्था अाउदै गर्दा टुलुटुलु हेरेर बस्ने अाफुलाई पहिलो र महाशक्तिशाली मुलुकमा राखेर अरूलाई दर्जा प्रदान गर्ने तिम्रो हैसियत छ कि छैन रहेछ भन्ने अाफै बिचार गर। श्रोतसाधनको उच्चतम परिचालन गर्दै अार्थिक वृद्धिकालागि प्रमुख सहयोगी बनाईएको औद्योगीकरण, विज्ञान तथा प्रविधिकरण, आधुनिकिकरण, प्रजातान्त्रिकरण र जैविक अजैविक हतियारको अविस्कारले उच्च विकसित, उच्च सम्पन्नता र महाशक्तिशाली हुनुको मापन गर्दैन रहेछ भन्ने सामान्य COVID-19 ले सबै राज्यहरूको क्षमता र भ्रम उदाङ्गो बनाईदिएको हुन सक्छ। अर्थात विकास र विकसित, सम्पन्न र सम्पन्नता, महाशक्ति मुलुकको परिभाषा र परिचय समय र अवस्था, परिवेश र परिस्थितिले निर्धारण गर्ने रहेछ भन्ने कुराको पाठ सिक्न जरुरी छ। सामाजिक सभ्यता, मानव सभ्यता र प्राकृतिक पर्यावरणको विनाशक वा सुरक्षा गर्न नसक्ने कुनै पनि मुलुक वा प्रशासनलाई कसरी विकसित र शक्तिशाली मान्नु !
१२/१३ औं शताब्दीमा जब धेरै यस्ता देशहरूको जन्म र न्वारान नभएको बेला आफ्नै कला, भाषा धर्म, संस्कार, संस्कृति, र परंमपरागत प्रविधि बाट सुसज्जित अति सभ्य र सम्पन्नताले परिचित वर्तमान नेपाली समाज, नेपाल र नेपाल जस्तो शान्ति र सुखी मुलुकलाई अविकसित भन्ने, अन्य मुलुकलाई दर्जा प्रदान गर्ने र दोस्रो, तेस्रो दर्जामा राख्ने मुलुकहरू पनि संकटमा परेको छ। यो विपत्तिको घडीमा र विशेष परिस्थितिमा आत्तिहाल्नु हुदैन र सामान्य अवस्थामा मात्तिहाल्नु हुदैन भन्ने पाठ सिक्दै विशिष्ट वर्गका राज्यहरूले अाफ्नो‍ सामाजिक, भौतिक, मनोवैज्ञानिक अवस्था, अनुशासन एवं हौसलाको स्तरलाई कायम राख्नु पर्दछ।
ब्रह्माण्ड, पृथ्वी र विश्वसमाजको शुभचिन्तकको हैसियतले कोरोना भाईरसको संक्रमण बाट विभिन्न स्थानमा मृत्यु हुने मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं साथै संक्रमितहरूमा शिघ्र स्वास्थ लाभको कामना। दर्द र पिडा सबैको एकै हो। तिम्रो मुलुकलाई चोट लाग्दा हामीलाई पनि दुख्दछ र हामीलाई चोटलाग्दा तिमीलाई पनि दुख्नु पर्दछ। हर परिस्थितिमा विश्वसमाज एक भई हर सुख-दुख, हौसला र सहानुभूति आदान प्रदान गर्ने, अाड भरोसा बन्ने एवं मन, वचन र कर्मका साथ मानवतावाद प्रदर्शन गर्दै कोरना भाईरस मात्र नभई हरेक विश्वसंकट र विपत्ति बिरूद्ध लडौं, बाँचौं र बचाऔं ।

कोभिड -19 र नेपालको प्रशासन

भुवनमान श्रेष्ठ, उदयपुर । आफ्नो देवतारूपी करदाता जनतालाई राष्ट्रसेवक प्रहरीले सुनसरीको सोनापुरमा विद्यार्थी र काठमाण्डौको सुनधारामा एक महिलामाथि यस प्रकारको व्यवहार आफैंमा निन्दनीय छ साथै ती अबोध युवा माथि बल प्रयोग गर्ने ती दुई विभागीय कारवाहीको भागेदारी हो। जो विभाग उक्त निर्णयमा पनि पुगेको छ। प्रहरीलाई हदै सम्मको सम्मानपूर्वक कारवाही हुनु पर्दछ यसमा दुईमत छैन।
बौद्धिक संतुलन गुमाएको जस्तो, हिंस्रक जनावर ले लाचार जनावर लाई गर्ने व्यवहार जस्तो, रैतीलाई सामन्तवादको सिपाहीले गर्ने क्रियाकलाप जस्तो अभद्र व्यवहार निन्दनिय छ। सम्झाउदा पनि हुनेथियो, फकाएर पठाँउदा पनि हुने थियो, खुशी बनाएर पठाँउदा पनि हुने थियो तर त्यसो नगर्नाले सिङ्गो नेपाल प्रहरीको साखमाथी प्रश्न उठेको छ। नेपाल प्रहरी संगठनमा मान्छेहरूको स्तर विवेक र बुद्धि भएकाहरूको भर्ना तथा छनौट र प्रशिक्षण गराउन नसकेको ठूलो कमजोरी र लापरबाही देखिन्छ। मान्छे भन्दा बढी जनावर देखिन्छन्। नेपालको लोकतान्त्रिक संविधान अनुसार नेपाल प्रहरी संगठनले अलोकतान्त्रिक व्यवहार प्रस्तुत गरेर मानवअधिकार विपरीत आकर्षित हुनु गैरजिम्मेवारी हो ।
यो संकटको बेला स्पेनमा प्रहरीहरूले आफ्नो कर्तब्यपालना अतिनै बौद्धिक र सभ्य ढङ्गले प्रस्तुत गरेको भिडियो भाईरल हुँदै गर्दा यता नेपालमा भने असभ्य घटना सुन्न परेको छ। यो समय र परिस्थितिमा सबैले संयमता अपनाउदै भद्रताका साथ जनता संग सुख दुख साटासाट गर्ने हो, सहयोग गरागर गर्ने हो, बल प्रयोग गर्नु निच र स्तरहिन कार्य हो। किनकि मृत्युको भय सबैलाई उत्तिकै रहेको हुन्छ ।
ती प्रहरीहरूमा विभागीय कार्यवाही तोकिएको भएता पनि यो विशेष बेलामा कर्तव्यपालनाको क्रममा उक्त नेपाल प्रहरी संगठनका सदस्य द्वयको आत्मा-सम्मान गिर्न दिनु नहुने खालका निर्णय लिन जरुरी छ। कारण विभागले उनिहरूलाई गरिएको व्यवहार र निर्णयले अन्य कोरोना भाईरस विरूद्ध खटने ईमानदार कर्तव्यनिष्ठ राष्ट्रसेवक रूपि सिपाहीहरूको मनोबलमा गिरावट आउन नदिने विषयमा पनि सोचनु पर्ने हुन्छ। मानसिक रूपमा यस्ता खटिएका सदस्यहरूलाई जनता प्रति सकारात्मक बनाउने कर्तव्य र दायित्व ने.प्र. संगठनको वा सरकारको नै हो।
यसको जिम्मेवारी सरकार वा संगठनले लिनु पर्दछ। कार्वाही मात्र होईन क्षमायाचना गर्दै करदाता जनतारूपि मालिकको मान सम्मान संग अबका दिनमा छेडखानी र अभद्र व्यवहार नगर्ने भन्दै सार्वजनिक माफि माग्नु नै उत्तम उपाय हो। ती युवालाई शारीरिक र मानसिक चोट दिदैगर्दा कोरोना भाईरसको संक्रमण बाट हुने हजारौं हजारको जीवन क्षति जोगाउन सकिन्छ भन्ने मानसिकता संकिणता हो। नेपाली समाजमा रहेको गरिबी, चेतनाको अवस्था, अन्धविश्वासको स्तरको प्रतिनिधि पात्र हुन ती युवा। जसलाई प्रेमका साथ सम्झाउने र मानवता प्रस्तुत गर्नेको विकल्प छनौट गर्नु मूर्खता हो।
समाजको हितकालागि स्थापित सामाजिक संस्थाहरूले विभिन्न बौद्धिक उपायहरू प्रयोग गर्दै समाजको सुरक्षा गर्नु पहिलो कर्तव्य र दायित्व हो, नकि बल प्रयोग गरेर। यस्तो बल प्रयोग गर्ने जमाना होईन अहिले र यो समय। शान्त मस्तिष्क बनाएर पटक पटक सोचौं। समाजलाई आतङ्कित बनाउनु र समाजको मान सम्मानमा र मस्तिष्क संग छेडखानी गर्ने अधिकार कुनै राज्य, विभाग तथा संस्था संग नरहेको सधैं सबैले स्मरण गर्नु पर्दछ।
परिचर देखि महानिरिक्षक, गृहमन्त्रालय र प्रधान प्रशासन सम्म विभिन्न काम, कर्तव्य, अधिकार र दायित्व पदसोपान र दर्ज्यानी चिन्ह भएकोले समग्रमा हबल्दार सापले मात्र गर्ने व्यवहार सबैले देखाउनु खोज्नु ले निम्त्याउने बौद्धिक संकटको अारोप नेपाली समाजले सहनु सुन्नु पर्ने हुन्छ। लोकतान्त्र, मानवअधिकार र मानवतावाद भन्दा बाहिरको जंगली व्यवहारको प्रशिक्षण गराउने, फटाही संस्कार सिकाउने सिङ्गो नेपाल प्रहरी संगठन दोषी छ। जनताको रगत पसिनाले सिचेको नेपाल प्रहरी संगठनको व्यवहारले सिङ्गो नेपाली समाज राष्ट्र र राज्य अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुनेकुराको चेत गुमाउनु हुदैन बर्दिवाल, बहालबाल र दर्जाबाला नेपाली नागरिकहरूले। नेपाल प्रहरी संगठन नेपालको संविधान मातहत र नेपाल प्रहरी ऐन-२०१२अन्तर्गत चलेको हुन्छ नकि कुनै व्यक्ति वा व्यक्तिको भावनाले, जोस, रिस, ईख र समवेदनशीलता बाट। मानवता र बौद्धिकतामा गुणस्तर भाव प्रस्तुति गर्नु मानवको परिचय हुन सक्छ। कसैलाई शारीरिक वा मानसिक रूपमा चोटपुग्ने व्यवहार प्रस्तुत गर्ने अधिकार कुनै व्यक्ति वा संस्था कसैलाई नभएको सिवाय प्रकृति वा देवतालाई।
इतिहास बोकेको गौरवशाली संगठन नेपाल प्रहरी संगठन संविधान, मानवअधिकारको पालना साथै अाफ्नो ऐन नियममा बस्नु पर्छ भन्ने हो। यदि नेपाल प्रहरीले ती युवा-युवतीहरूलाई देखाएको व्यवहार जायज हो भने ती दुई प्रहरीहरूको कार्यवाही फुकुवा गर्ने तिर लाग्नुस् सबै साथिहरू, तर ती अबोध युवाहरूको ज्यान नै लिने खालको अभिव्यक्ति ले अाफ्नो मस्तिष्कको गुणस्तरमा नकारात्मक असर पर्न सक्छ। नियम कानुन भन्दा बाहिर गएर क्रियाकलाप गर्नाले र अभिव्यक्त दिनुले विषयवस्तुलाई अझ उल्झ्याउ सक्छ।
यो विश्वसंकटको घडीमा स्वास्थ्य, सुरक्षा निकाय लगायत विभिन्न स्थान बाट, विभिन्न पेशा व्यवसाय बाट अाफ्नो कर्तव्य पालना गर्नुहुने साथै नेपाल भित्र रहेका सुरक्षा संगठन बाट अहोरात्र खटिरहनु हुने अनुशासित, नैतिक, कर्तव्यनिष्ठ होनहार र इमानदार राष्ट्रसेवक सदस्यहरू प्रति उच्च सम्मान छ। मानवको शारीरिक मानसिक अवस्थालाई क्षति नपुर्‍याई मानव हितमा खट्ने हरेक राष्ट्रसेवक हजुरहरूनै नेपाली समाजको सान, मान र ईज्जत हो। हजुर हरूमा विशेष विशेष धन्यवाद !
नेपाल सरकारको मातहतमा रहेको गृहमन्त्रालय अन्तर्गतको सुरक्षा निकाय नेपाल प्रहरी संगठनले विभागीय कार्यवाही गर्न प्रस्ताव गरेका लठ्ठी प्रहार गर्ने द्वय प्रहरीहरू, विभिन्न स्थानमा लठ्ठी खाने वा अपमानित महसुस गर्ने पैदलयात्रीहरू र अन्तर्राष्ट्रिय एवं स्थानीय सरकारको लकडाउन लाई पालना गरेर वा मानेर सहयोग पुर्‍याउने सम्मानित समाज सबै पक्षले उक्त घटना बाट पाठ सिक्दै, जित्दै-जिताउदै कसैलाई शारीरिक, मानसिक क्षति र हानी नपुर्‍याई बाँचेर-बँचेर, बाँच्दै-बँचाउदै जानुनै मानवतावाद हो। यही पहिलो र अन्तिम उपाय हो।
अचम्मको समाज,आफ्नो जीवनको यतिधेरै माँया गर्नेले अरूलाई प्रेम गर्न सक्दैनन् भन्ने होईन, गर्छ जब गर्छ बेधडले गर्छ।लेखक नेपाल मानवअधिकार संगठन का प्रतिनिधि हुन् ।
https://darpandainik.com/2020/3/13274

धर्म, शिक्षा र मानवसभ्यता

धर्म, शिक्षा र मानवसभ्यता

कसैलाई कुटनु पर्छ, मार्नु पर्छ, अनि आफ्नो सुरक्षा हुन्छ भन्ने संस्कारको विकास त्यहाँ बाट तब सुरूहुन्छ जहाँ सामाजिक संस्था धर्म र शिक्षा ले संरचनात्मक प्रकार्यवादका लागि आफ्नो नियमित कार्य गर्न नसकेको देखिन्छ। अर्थात धार्मिक संस्था र शैक्षिक संस्थाको स्वस्थ क्षमतामा ह्रास आउँछ, सन्तुलन गुमाउँछ, वा कार्यविमुख हुन्छ तब यस्तो संस्कारको विकास हुन्छ। यसले निकट वा दुर भविष्यमा मानवता वा मानव सभ्यताले बोकेको सुन्दरता माथि कुरूपताको कालो पोतो पोत्ने निश्चित छ। मानिसहरू रहने त छन् यो पृथ्वीमा तर त्यो सुन्दर मानवतावाद र मानव सभ्यता ध्वस्त हुनेछ।
अरूको चोटमा मनोरञ्जन गर्ने आदतको विकास हुँदै जानू। अन्यको दुखमा रमाउने घातक मनोवृत्ति वृद्धि हुँदै जानू। अरूको चोटमा आफ्नो समस्या समाधान खोज्ने सोचको विकास हुदैजानु। अन्यको बगेको रगतमा आफ्नो मुक्ति देख्ने दृष्टिकोणमा रूपान्तर हुदैजानु। अर्काको मेहनत र पसिनामा आफ्नो नाफा र अतिरिक्त मूल्य खोज्ने शिक्षाले दिक्षीत हुदैजानु। अर्काको मृत्युमा आफ्नो जीवन देख्ने धर्मको विकास हुँदै जानू ले मानिस त रहला तर मानव सभ्यता र समाज कालान्तरमा संकटमा पर्न सक्छ।
यस्तो स्वभाव सबै मानिसमा थोरै मात्रामा नहुने भने होइन जो प्राकृतिक हो। कसै अरूको प्रगति वा सुखमा कोही चाहिने भन्दा बढी दुखी हुनु र कसैको दुख वा मृत्युको खबरमा चाहिने भन्दा बढी रमाउनु भनेको गहिरो मनोरोग हो।
भ्रष्टाचार, अनैतिकता,असमानता, विभेद, शोषण वा विभिन्न राजनितीक, सामाजिक, व्यक्तिगत घटनाले प्रेरित गरेको हत्या-हिंसा, अातंकमा प्रत्यक्ष परोक्ष सहभागीमा पर्न गएको खुशीको भाव र उक्त घटनाका पिडीतहरूमा दुखी हुदा बदलाको भावना बाट विकसित हुँदै यो एक घातक मनोरोग बन्न पुगेको हो। यो नेपालमा मत्र नभई विश्वमा बढदो सम्स्या बन्दैछ जसले मानिसमा हुने स्वभाव "मानवता"को संवेदनशीलतामा ह्रास ल्याउदैछ। यो मन्दविषले त्यही दिन देखि गति लिएको हो जुन दिन देखि राजनीतिक क्रान्तिको नाममा एक मानवले मानवता त्यागेर मानव र मानवताको हत्या-हिंसा गर्न थाल्यो। त्यही दिन देखि धार्मिक र शैक्षिक सामाजिक संस्थाको अाफ्नो कार्यक्षमतामा ह्रास हुँदै गएको पनि मान्न सकिन्छ।
यस प्रकारको मनोबैज्ञानिक त्रुटिलाई न्युनिकरण गर्न धार्मिक र शैक्षिक संस्थाहरूमा स्वस्थता र पवित्रता पूर्वक कार्यगर्नसक्ने सामाजिक वातावरण निर्माण गर्नु पर्ने हुन्छ। धर्म र शिक्षाको परिचय, परिभाष ,क्षमता, विशेषता र यसले समाजको सामाजिक संरचनामा खेल्न सक्ने भूमिका र यिनिहरूले गर्नसक्ने प्रकार्यवादको क्षमताको शुद्धतामा कमिअाउन दिनु नहुने कुरालाई विशेष ख्याल राख्नु पर्दछ।
धर्म र शिक्षालाई व्यक्ति वा समाजको दैनिक क्रियाकलाप संग जोडनु पर्ने हुन्छ। यसको सुरूवात व्यक्ति बाटै हुनु पर्दछ वा संरचना बाट नै। व्यक्तिको सोचले संरचनाको परिचय र सहमति निर्माण गर्ने हुन्छ। भने संरचनाले पनि व्यक्तिको संस्कार र नियमको निर्माण गरेको हुन्छ। सुक्ष्मता बाट जाँदै गर्दा पहिले निस्वार्थ मानवता भावलाई अाफुमा त्यो हाँसो-खुशीका साथ जीवित र सकृय रख्न जरुरी हुन्छ। केही उपाय हरूमध्य विश्वासका साथ धर्म विज्ञान, अाध्यात्म विज्ञान, प्रेम विज्ञान लगायतमा हार्दिक मन, वचन र कर्म लगाउनु नै हो।
आजै देखि विभिन्न घटना बाट पाठ सिक्दै अाफ्नो मनोविज्ञानको उपचार गर्नेतर्फ नलागे एक दिन आफ्नै संतानकालागि आफु धेर हुने दिन आउने छ। त्यो विषय तब महसुस हुनेछ जब बुढेसकालमा अाफुले जन्माएको सन्तानले सडकाको पेटिमा, चौतारीमा वा वृद्धाश्रममा छोडेर "Take your time mom and dad, I hope both of you will take care well after me." जब भन्नेछ अनि आफ्ना बिगतको सबै कुरा झलझली आउनेछ। हो हिजोको अाफ्नो मन, वचन र कर्मले आजको परिवेश निर्धारण गरेको हुन्छ त्यसरी नै आजको ले भोलिको भविष्य निर्धारण गर्ने हुन्छ। त्यसैलाई ऐतिहासिक सन्दर्भको सिद्धान्त मान्न सकिन्छ जो भूत, वर्तमान र भविष्य एक अर्कामा गहिरो सम्बन्ध रहेको हुन्छ र मानिएको छ। यति मात्र हैन कि हरेक कुरा हरेक संग सम्बन्धित हुन्छ र निर्धारीत हुन्छ भनेका छन्।
यस विषयमा माक्र्सले माक्र्सवादमा ऐतिहासिक द्वन्दात्मक भौतिकवादमा स्पष्ट पारेका छन् भने र अल्बर्ट अान्स्टाईनले सापेक्षताको सिद्धान्त नै प्रतिपादन गरेका छन्। हरेक कुरामा, कार्यमा तर्क हुन्छ त्यही तर्कले भविष्य निर्माण गर्ने हुन्छ। कस्तो भविष्यको निर्धारण भन्ने विषय चै उक्त तर्कमा रहेको गुणस्तरको स्तरले निर्धारण गर्ने हुन्छ। अाजै देखि समाजिक संस्थाहरू विशेषगरेर धर्म र शिक्षा स्वास्थ बनाएर तिनलाई नियमित कार्य गर्न नदिने हो भने भविष्यमा मानिस त रहला तर मानव सभ्यता, समाज र सामाजिक सभ्यता नै संकटमा पर्न सक्छ।
आजै देखि चिन्तन र अध्ययन थालौ सामाजिक संरचनात्मक प्रकार्यवादमा धर्म/शिक्षा भनेको के हो? धार्मिक/शैक्षिक संस्थाका काम, कर्तव्य र विशेषता के हो? यसको नियमित सक्रियताले समाजमा कस्तो सुव्यवस्था कायम गर्न सक्छ र यसको अनियमितता ले समाज कसरी चल्ने रहेछ भन्ने विषय सोच्न जरुरी छ।

Locked down समाज र गोठाले सरकार

Locked down समाज र गोठाले सरकार

कुनै पनि मुलुकले अाफुलाई परेको संकट, संक्रमण वा प्रकोप बाट निकाल्नसक्ने विभिन्न उपायहरू मध्य सामाजिक, राजनीतिक, प्राविधिक, र संवैधानिक प्रयास रूपी कार्यहरू नै महत्वपूर्ण विकल्प रहेको हुन्छ। तर राज्यले नियम कानुन बनाएर जनता वा समाजलाई नियन्त्रण, निर्देशन र पालनामा राखेर मात्र अाफुलाई राज्यको दर्जामा र सरकारको हैसियतमा राख्ने संवैधानिक अधिकार हुदैन। त्यसकालागि निश्चित काम, कर्तव्य ,उत्तरदायित्व र अधिकारको ईमानदारीताका साथ रातदिन नभनी पालना गरेको हुनु पर्दछ। राज्यमा रहेको विशिष्ट र सक्षम मानवसाधन साथै विभिन्न प्राविधिक, भौतिक, अार्थिक, राजनीतिक साधनस्रोतहरूको वैज्ञानिक, न्यायिक र मानवतावादी ढङ्गले उच्चतम प्रयोग गरेर संकट, प्रकोप र संक्रमण जस्तो विशेष समय र परिस्थिति बाट अाफ्ना नागरिकहरूलाई सामान्य दैनिक जीवनमा यथासक्दो चाँडो फर्काउने कार्य तिर जोडतोडले योजनाबद्ध ढङ्गले लाग्नु पर्दछ। जो एउटा असल, सक्षम र सफल राज्यको कर्तब्य हो।
नोबल कोरोना भाईरस रोग (Covid-19) संक्रमणलाई जित्ने प्रक्रियाहरू मध्य Lockdown वास्तविक सामाजिक प्रक्रिया अन्तर्गतको अत्यावश्यक समाधानको प्रक्रिया हो त्यसमा कुनै संदेह छैन। जो समाजले वा नागरिकहरूको अाफ्नो विशुद्ध रूपमा गरेएको प्रयासबाट नै सम्भव हुन्छ। त्यसैले यस अवस्थालाई अाम सर्वसाधारणले राज्यलाई सहयोग गरेको भन्ने अर्थमा बुझिने गरिएको छ। अाज सम्म अाम नागरिकले राज्यलाई सहयोग त गरिरहेका छन् तर राज्यले अाफ्नो तर्फबाट समाजको दैनिकी सामान्य बनाउन के कस्ता प्रयासहरू गर्दैछन् र अाफ्ना नागरिक प्रतिको कर्तव्य पालना गर्दैछन्! भन्ने कौतुहलता र जिज्ञासा जनताको मस्तिष्कमा घुम्नु स्वभाविक बन्दैछ। नागरिकलाई यति बुझ्ने अधिकार छ। दबाब र ध्यानाकर्षण गराउने अधिकार छ। किनकि जनता Lockdown मा बसेर राज्यलाई साथ भरपुर सहयोग गरिरहेका छन्।
चिन देखि सुरू भएको त्यो महामारी संक्रमण एसिया, युरोप र अमेरिका लगायत विश्व का शक्तिशाली र स्रोत साधन सम्पन्न मुलुकहरूको अस्तित्व, परिचय, अार्थिक, सामाजिक, राजनैतिक, सामाजिक र मानव सभ्यतालाई चुनौती दिदै संकटमा पारेको अवस्था जगजाहेर छ। जो अझ बढदो छ। हरेक मुलुकहरू ले भोगेको भोगाइ बाट पाठ सिक्दै त्यसै मध्ये यस्ता केही मुलुकहरू छन् जसलाई अनुसरण नै गर्नु पर्ने देखिन्छ। जस्तै चिनले कसरी त्यस बिरूद्ध विजय प्राप्त गर्यो! दक्षिण कोरीयाले अाफ्नो प्रविधि, ज्ञान, सिप र साधनस्रोतको उच्चतम प्रयोग गरेर कसरी विजय प्राप्त गर्यो Lockdown नगरी नै! सिंगापुर, ताईवान लगायत यस्ता केही चमत्कारीक मुलुकहरू छन् जस्ले Lockdown घोषणा गरेर जनताको वा समाजको साथ सहयोग बाट मात्र कोरोना भाईरस संक्रमण बिरूद्ध जित हासिल गरेका हुन् र! र ईटाली कसरी त्यस अवस्थामा पुग्यो र अमेरीका के गर्दैछ भन्ने राज्यले अाधिकारीक जानकारी राख्नु पर्ने हुन्छ।
राजनीतिक समाजशास्त्रीय सिद्धान्त अनुशार कमजोर राष्ट्रहरूले अाफ्नो नपुसकता जनतामाथि थुपार्छन्, दोष जति जनतालाई लगाउछन् भन्ने भावअर्थ दृष्टिकोण प्रस्तुत गरेजस्तै अाम सर्वसाधारणले पूर्णरूपमा नियम पालना गरिरहेको छैन भन्ने खालका लज्जास्पद अभिव्यक्तिहरू प्रस्तुत गरिरहेका हुन्छन् र अहिले त्यही हुदैछ।
नेपालमा हुने Lockdown मा नागरिकहरूले राष्ट्रलाई कहिले सम्म सहयोग गर्ने अवस्था रहला! कहिले सम्म Lockdown हुने हो निश्चित छैन! जनताले अाफ्नो कर्तव्य पालना र सहयोगमा कुनै कमी छोडेका छैनन्। तर एउटा संवैधानिक राज्य र सरकारको हैसियतले हेर्ने हो भने नेपाल सरकार के गर्दैछ! जनताको हौसला बन्न नसक्नुको पछाडिका कारणहरू के के हुन हामी अध्ययन गरिरहेका छौं। राज्यको कम, कर्तब्य, दायित्व र अधिकार संक्रमितको तथ्यांक राख्ने मात्र हो र?
विश्वसमाजको अवधारणामा गईसकेको र स्विकारीसकेको मुलुक नेपाल राज्यले अाफ्ना भित्र रहेका वा परराष्ट्रका विज्ञहरूको टोलीलाई सक्रिय बनाएर उपलब्ध स्रोत साधन वैज्ञानिक ढङ्गले परिचालन गर्न दिनुको विकल्प छैन। नेपाल प्रहरीमाथि भरपरेको जस्तो देखिएको सरकारलाई होस रहनु पर्दछ कि यस्तो सुरक्षा विभाग समस्याको समाधान गर्ने र गर्नसक्ने निकाय होईन। सम्बन्धि निकायलाई साधन सम्पन्न बनाअौं। गुणस्तर र सशक्त बनाअौं। समाजलाई सामान्य जीवनमा चाँडोभन्दा चाँडो फर्काउनकालागि राज्यले उच्चतम वैज्ञानिक र व्यवहारिक प्रयासहरू गर्नु पर्दछ।  विभिन्न संघसंस्था र परराष्ट्रहरूसंग हरप्रकारको सहयोगको अपिल गर्नुमा पनि ढिलाई गर्नु हुन्न। जनताका कमजोरी कोट्याएर जनता माथिनै अारोप थोपर्ने संस्कार राज्यको देखिएको छ। त्यस्तो गिरेको हरकत र मानसिकता त्यागेर सबै जिम्मेवार कार्यपालिका, संस्था, विभाग ईमानदारीताका साथ मन, वचन र कर्मले संकट मोचनमा लागौं। हनुमान चालिसा जनताले पढ्छन्, अल्लाको कल्मा हामी पढछौं, प्रभुको प्रर्थना हामी गर्छौं, भगवान गौतमबुद्धको पुजा पाठ हामी गर्छौं। राज्य वैज्ञानिक र व्यवहारिक ज्ञानको प्रयोग गर्दै संक्रमित मुलुकहरूले भोगेको भोगाईबाट पाठ सिक्दै सहयोग माग्दै रोकथाम र न्यूनिकरणकालागि दृढताका साथ दत्तचित्त भएर लाग्नु होला। हजुरहरूकालागि अाध्यात्मिक बलकालागि हामी पलेटी कसेर हरेक पल पुजापाठ, नमाज र प्रार्थना गर्नेछौं। तपाईहरू हाम्रो सामान्य जीवन र दैनिकालागि सक्दो प्रयास गर्नुहोला अनि हामी सके सम्म साथ दिने प्रयास गर्ने छौं।
हामी व्राह्मण हौं, हामी क्षेत्री हौं, हामी वैश्य हौं, हामी शुद्र हौं,हामी कृषक हौं, हामी मधेसी हौं, हामी विकट बासि हौं, हामी महिला हौं, हामी तेस्रो लिङ्गी हौं , हामी फरक क्षमताका हौं, हामी पेशाकर्मी हौं,हामी व्यवसायी हौं, हामी मध्यस्तकर्ता हौं ,हामी दलाल पुँजीपती हौं, हामी श्रमिक हौं, हामी कर्मचारी हौं, हामी मजदुर हौं, हामी निम्न वर्गीय हौं। यो मुलुकमा रहेको विविधिकरण, वर्गीकरण, पदसोपान वा महिला-पुरूष, धनि-निम्न, सबल-दुर्बल, हिमाल-पहाड-तराई, जेजे भनेपनि हामी जनता नै हौं। विश्वमहामारीको रूप लिएको नोबल कोरोना भाईरस रोग संक्रमणले प्रताडित हाम्रो कठिन परिस्थितिमा केही विशेष समूहलाई मध्यनजर गरेर राहत दिनु ध्यानाकर्षण गराउदछौं। तर यो प्रकोपको घडीमा अाम मानवलाई राहतको खाँचो रहेको हुन्छ जो राज्यले यस्तो विषय समयमै बुझ्नु पर्ने हुन्छ। दैनिक गरिखाने वर्गकालागि र निम्नस्तरको दैनिकी गुजार्नेहरू लाई केन्द्रित भई विभिन्न दलले, नागरिक समाज, ऐच्छिक समुहले, व्यापारी, बुद्धिजीवीले राज्यलाई ध्यानाकर्षण गराएको पनि देखिदैछ। तर यहाँ कसैले बिर्सनु हुदैन कि lockdown रहिरहदा वा लम्बिदा सबैलाई सबै खालका असर र नोक्सानी भईरहेको हुनसक्छ। गाउँ समाजमा खट्ने र सहयोग बोकेर राहत बाड्न हिडने वा सहयोग गर्ने व्यक्ति एव ऐच्छिक समुह माथी राज्य कत्ति पनि भर पर्नु हुदैन। तर वहाँहरूलाई सम्मान र प्रशंसा गर्न भने अापती छैन। हो यहाँ दैनिक ज्यालादारी लाई राहतको विशेष खाँचो रहेको छ र त्यहाँ मात्र अापत परेको होला भन्ने मानसिकता लाई अझ उदार बनाउदै यो परिस्थिति लम्बिदै गएमा समाजका हरेक सदस्यहरूलाई कृषक, व्यपारी, पेशाकर्मी, महिला, बालबालिका, अशक्त,वा नियमित अौषधी सेवन गरिरहनेहरूमा अाअाफ्नेखालका समस्याहरू पर्ने हुन्छ भन्ने विषयलाई अस्विकार गर्नु हुन्न। विशेष गरि स्वास्थमा समस्या भएर अौषधी सेवन गरिरहने, सबैलाई समस्या परेको हुन सक्छ। यस्ता विषयमा राज्यले सहुलियत प्रदान गर्नु पर्ने हुन्छ सबै तहतप्का र विविधिकरणमा अाबद्ध मानिसहरूलाई। तर यही राहत दिएर रमाउन खोज्ने सरकार हैन जनजीवन सामान्य बनाउन सक्ने सरकारको हर प्रयास र क्षमता प्रयोग गर्नु पर्ने देखेएको छ । राज्य ले अाफ्ना जनतालाई सामान्य दैनिक सामाजिक जीवनमा चाँडो भन्दा चाँडो फर्काउन सबै भन्दा ठूलो राहत हुनेकुरामा विश्वास राख्नु पर्दछ र त्यही मुताविक अाफ्ना शक्ति र क्षमताको बौद्धिक र वैज्ञानिक ढङ्गले योजना तथा कार्यक्रम बनाउनु तर्फ ध्यान जान जरुरी छ।
मुलुक हिजोका दिनमा पनि हामी जनताले थेगेका थियौं र भोलिपनि हामीले नै थेग्ने छौं, बस अब राज्य, सरकार वा प्रशासनको पहिलो र प्रमुख काम, कर्तव्य र उत्तरदायित्व भनेको सामाजिक जीवनलाई वा अबस्थालाई सामान्य बनाऊ नै हो। चरानमा गएको बस्तुलाई गोठ भित्र धपाउने गोठालो मात्र होईन सरकार। अाफुलाई त्यो गोठालो खेताला भन्दा माथिल्लो सम्झदै यो परिस्थितिलाई न्युनिकरण गर्ने तर्फ केन्द्रित हुनु पर्दछ। नेपाली समाजको नेपाली सरकार मात्र नभई विश्वसमाज र विश्व सरकार एकै भएर एकअापस बिच यथासक्य भौतिक, अाध्यात्मिक, अार्थिक, राजनैतिक, प्राविधिक, सामाजिक सबै खालका सहयोग, प्रेम, हौसला अादानप्रदान गर्ने भावनाको विकास गर्नुपर्ने हुन्छ र भईरहेको पनि छ।
यो विश्वमहामारीको बेलामा हीरा, मोती, सुन, चाँदी, धन, पैसा, कला, क्षमता, सीप, विज्ञता, बल, यौवन, सुन्दरता, मेहनत नबिक्ने बेलामा, मानवता प्रति प्रश्न उठ्नसक्ने अवस्थामा हामी सबैको जनजीवन दिनदिनै कष्टकर बन्दै गईरहेको छ। सरकारले अन्य उपाय भन्दा अाफ्नो नागरिकलाई क्वारान्टाईनमा मात्र राखेर यो संकट, महामारी टार्छौं भन्ने मानसिकता राखेको नहोस्, ध्यानाकर्षण गराउदछौं। यो संवेदनशील र संकटको घडीमा एक अभिभावक रूपि राज्यले गर्नसक्ने अान्तरिक-वाह्य सबै उपायहरू अपनाउन र सहयोग लिने सबालमा ढिलाई नगरौं। नेपाली समाजमा सुन्दर जातीय विविधता छ तर त्यस्तो असमान वर्गीय विविधताको खाडल त्यति नदेखिएको मुलुकहरू मध्ये एक हो। हामी सरदरमा सबै गरिखाने वर्गमा पर्छौं। गरिखाने वर्ग र लगानीकर्ता बिचको सम्बन्ध उत्पादनका साधन र नाफा संग मात्र नभएर एक अर्काको रोटी, कपडा अौर मकाम संगसंगै हरेक दैनिक भौतिक तथा अध्यात्मिक जीवन संग प्रत्यक्ष परोक्ष सम्बन्धित हुन्छ। अर्थात राहत सबैलाई चाहिएको हुन्छ, त्यसैले सामान्य जनजीवनमा जतिसक्दो चाँडो प्रवेश गर्न सके नेपाल र नेपाली समाजमा हुनसक्ने संकटलाई न्युनिकरण गर्न सकिन्थ्यो।
यहाँ यही Lockdown को समयअवधी यसरी नै लम्याउदै जाने हो भने हामी सबै सिंहदरबार छिर्नुको विकल्प हुदैन। हाम्रो दैनिकी दिनदिनै कठिन बन्दै जाँदैछ सरकार। हामी हरेक नागरिकलाई  चाँडोभन्दा चाँडो हाम्रो दैनिक जीवनमा सामान्य अवस्था सृजना गर्न, गरिखाने वातावरण बनाउने तर्फ कार्य गर्नु नै सबै भन्दा ठूलो राहत वितरण हुनेकुरामा राज्यले विश्वास राख्नु पर्दछ। यो विपत्ति रूपी  संक्रमणलाई जितेर Lockdown लाई हराउदै जनताको दैनिकी जनतालाईनै फर्काएर जिम्मादिने पहिलो संवैधानिक संस्थानै राज्य हो।
WHO (World Health Organization) का अनुसार Comprehensive Approach हरू निम्न प्रकार छन्;
• Test
• Trace
• Treat
• Isolate
यो विधि जसले कोरोना रोग संक्रमण र Lockdown लाई पूर्णरूपमा जित्न सक्ने प्रयासहरू राज्यले गर्नसक्ने प्रक्रिया हुन् जो जनताले व्यक्तिगत गर्न सम्भव हुदैन। यो विधि अन्तर्गत रहेर योजनाहरू र कार्यान्वयन पक्ष कति तैयारी हुदैछ भन्ने जिज्ञासा वा प्रश्न राख्दैछौं। जसको जबाफमा जनतालाई अारोप लगाउन मिल्दैन र जो सत्ताले जनतालाई अाक्षेप लगाउदछ त्यो कमजोर राज्यको नपुंसक प्रशासनको परिचय हुन सक्छ।
यो संकटकाललाई न्यूनिकरण र वैज्ञानिक र प्रविधिक समाधानमा नलागि यसरी नै lockdown लम्ब्याउने कोसिसमा मात्र रहनेहो भने कोरोना भाईरस रोग (Covid-19) लाई नियन्त्रणमा लिन त सकौला तर नागरिकले भोग्नु परेको पीडा, सास्ती बाट सृजित ताण्डव नृत्य सम्हाल्न नसक्ने भोलिको अवस्था अाजै अनुमान गर्नु पर्ने हुन्छ।
यो राजनीतिक भाषा हैन सरकार! अाफ्नो भोक त जसोतसो सहौंला तर जब हाम्रो बुबा अामाको भोक र  हाम्रो बाल बच्चा परिवार दिदिबहिनीको भोक संगको कुरा कतै जोडिन्छ भने हामी अाफ्नै मन्दिर बाट अाफुले पुज्ने देवतालाई उठिबास लगाउन सक्छौं भने जनताजनर्दनको शक्तिलाई नजरअन्दाज गर्नु अधिनायकवाद मान्नु पर्ने अवस्था अाउन सक्छ।
सरकारलाई यो हाम्रो साथ,सहयोग र सहकार्य कर्तब्य पालनाको रूपमा रहने छ भन्दै संकटमोचनकालागि हरप्रयासको शक्तिको शुभकामना! तर Lockdown मा बसेर नागरिकले राज्यलाई दिन सक्ने समाजको र जनताको साथ अाखिर कहिले सम्म? सहनेको सिमा हुन्छ, लाटो गाँडो सम्झेर हामीलाई बन्दी बनाउने र अाफु र अाफ्ना समुह लाभान्वित हुने सोच नरहेकोहोस्। साधनस्रोत सम्पन्न राज्यले चहादै गर्दा विश्वसमाजलाई सहयोगको अपिल गर्न ढिलाई नगरौं। अहिलेको यो घडीमा PPE(Personal Protective Equipment)का लागि ठेक्का प्रक्रियामा समय व्यतित गर्ने र अार्थिक अनुशासन पालना गर्ने कि नगर्ने भनेर सोच्ने घडी होईन।

चौदण्डीगढी नगरपालिका, उदयपुर
नेपाल मानवअधिकार संगठन, उदयपुर