Friday, May 27, 2022

बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक कि गैरराजनीतिकरणका अगुवा !

 बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक कि गैरराजनीतिकरणका अगुवा !


राज्य, राष्ट्र र समाजलाई गैरराजनीतिकरण (Depoliticization) गर्नु समस्याको दिगो समाधान कदापि हैन । विश्व व्यवस्थाले सृजना गरेको अन्याय र असमानता न्यूनिकरण गर्न साथै त्यस विरूद्धको कदमचाल निर्विकल्प राजनीतिले मात्र संभव छ । 


राज्य एक संस्था हो । संस्था संग त्यसको आफ्नो विधान हुन्छ । त्यही विधान हो संविधान । त्यस संस्थाका सदस्यहरू हुन नागरिक । नागरिक नै राष्ट्र हुन् । त्यही राज्य र राष्ट्रको समग्र रूप हो नेपाली समाज ।


त्यही नेपाली समाजले आफ्नो सिमा क्षेत्र भित्र रहेर पहिचानकालागि अन्तर्राष्ट्रिय मापदण्डमा रहेर आफुलाई विश्वसामु संस्थागत गराउदछ । तब मात्र एक देश, देश कहलिन्छ, एक समाज, समाज कहलिन्छ, एक राज्य, राज्य कहलिन्छ जब वैधानिक संस्था कहलिन्छ । 


समाजका सदस्यहरूले संस्था निर्माण गर्छन् । संस्थालाई जीवन्त राख्न र संचालनकालागि आम सहमति बाट विधि विधान निर्माण गरिन्छ । जुन विधविधानले साझा उदेश्य हासिल गर्न संस्थाको प्रणाली मार्फत योजना र कार्यान्वयनको खाका कोर्दछ । त्यही विधानले  सदस्यहरूको काम, कर्तव्य र अधिकार पनि सुनिश्चित गर्दछ । 


लोकतान्त्रिक विधान निर्माण गरे उच्च लोकतान्त्रिक अभ्यास गर्न पाउने हुन्छ त्यस राज्यका नागरिक सदस्यहरूले । "धर्मो रक्षति रक्षितः" ले बोकेको भावअर्थ झै धर्मलाई हामीले रक्षा गरे धर्मले हाम्रो रक्षा गर्ने छ भने जस्तै हामीले लोकतन्त्रको रक्षा गरे लोकतन्त्रले हाम्रो रक्षा गर्नेमा कुनै संका छैन । त्यही लोकतान्त्रिक अभ्यास रहयो स्थानिय तह निर्वाचन २०८९ । 


स्वतन्त्रता हरेक मानवको अधिकार हो । लोकतान्त्रिक विधि प्रकृयाले नै कुनै व्यक्तिलाई मुक्तिको आभाष दिलाउन सक्छ । नेपालमा त्यही अधिकारको सुरक्षा र स्वतन्त्रताको निश्चिता गर्ने साथै मुक्तिको आभाष दिलाउने एक राजनीतिक संस्था नेपाली काङ्ग्रेस हो । 


यस स्थानिय तह निर्वाचन २०८९ मा विभिन्न स्थानमा विभिन्न एकल व्यक्तिको स्वतन्त्र उमेद्वारी वा संगठनले गरेको निर्णय विरूद्ध गरेको वागी उमेदवारीको बिद्रोह प्रति सम्मान व्यक्त गर्नु पर्दछ लोकतान्त्रिक दलले । नेपाली काङ्ग्रेसले बोकेको लोकतान्त्रिक आदर्श, मूल्य, मान्यता संस्थागत नारा मात्र नभई त्यो लोकतन्त्र हरेक व्यक्तिले अभ्यास गर्नु पर्ने र आत्मसात गर्ने प्रवृत्ति, नैतिकता, आचरण र अनुशासन पनि हो । 


समाज र राज्य भित्र त्यसै संग सम्बन्धित बाहुल्य सदस्यहरूको मर्म र भावनालाई सम्मान गर्दै यस निर्वाचनमा नागरिकले स्वतन्त्र उमेदवारी र मतदानको अभ्यास पनि लोकतान्त्रिक आदर्शले निश्चितता गरेको हक अधिकार र मर्यादा हो । यस्ता लोकतान्त्रिक अभ्यास र क्रियाकलापमा हरेक नागरिक सदस्यहरूको साथ, समर्थन र हौसला बन्न सक्नु पर्दछ नेपाली काङ्ग्रेस । 


लोकतान्त्रिक अभ्यासमा विश्वास राख्ने त्यस्ता हरेक नागरिक लोकतान्त्रिक हुन् साथै जो लोकतन्त्रमा विश्वास राख्दछन् तिनको आत्मसम्मान र गौरवको रक्षा गर्नु सक्नु पर्दछ नेपाली काङ्ग्रेस ले । त्यसता विजयी पराजयी स्वतन्त्र र वागी सबै उमेद्वारलाई नेपाली काङ्ग्रेसले सकारात्मक अभिव्यक्ति दिदै बधाई तथा स्वागत गर्न सक्नु पर्दछ । 


समाज, राज्य र राष्ट्रलाई गैर-राजनीतिकरण हुन बाट रोक्न सक्नु पर्दछ । सामज, राज्य र राष्ट्रलाई गैरराजनीतिकरणको अभ्यास प्रतिको आकर्षण र मानसिकता बाट निकाल्न सक्नु पर्दछ । त्यसकालागि नेपाली काङ्ग्रेसले सत्ता र शक्तिका लागि भन्दा पनि जनता जनार्दन नागरिकको धन, मान, प्राण र गौरवको सुरक्षार्थ प्रधान हो भन्ने विचार, नैतिकता र व्यवहार प्रस्तुत गर्नु पर्दछ । 


समाजमा गैरराजनीतिकरण प्रतिको विश्वास हाम्रो वा राजनीतिक अकर्मण्यता र कमीकमजोरीका कारणले होईन भनेर पानी माथिको अोबानो बन्न खोज्नु हुदैन । जिम्मेवारी लिएर राजनीतिलाई गैरराजनीतिकरण हुन बाट रोक्न सक्नु पर्दछ ।  किनकि लोकतन्त्रमा राजनीति नै सबै समस्याको समाधान हो भन्ने आभाष दिलाउन सक्नु पर्दछ अङ्ग्रेजीमा एउटा भनाई पनि रहेको छ  "Politics is the master key for all locks" भने जस्तै । 


विश्व समाजमा चलिरहेको विश्व व्यवस्थाले अभ्यास गरिरहेको अन्याय र असमानता विरूद्ध आफ्नो कदमचालमा पनि एक विश्वव्यापी मान्यता प्राप्त राजनीतिक राज्य हुनु पर्ने कुरा बाट कसैलाई विमुख बनाईनु हुदैन । त्यसैकालागि पनि नेपाली काङ्ग्रेसले हरेक स्वतन्त्र उमेद्वारीको जिम्मा लिन सक्नु पर्दछ । 


लोकतान्त्रिक प्रक्रियाबाट, लोकतन्त्रको गर्भमा विकसित भई जन्मदिईएका बालेन, हर्क र गोपीहरू लोकतान्त्रिक वंश र नश्लका हुन् भन्ने आभाष दिलाउन सक्नु पर्दछ । साथै पूर्ण साथ, समर्थन र जिम्मेवारी लिएर राजनीतिक उदारता एवं  गैरराजनीतिकरण प्रतिको विश्वास र चेतनालाई निस्तेज पार्नसक्नु पर्दछ ।


लोकतान्त्रिक हर्क, बालेन र गोपालहरूलाई हार्दिक बाधाई तथा शुभ कार्यकालको शुभकामना ! साथै लोकतन्त्रमा विश्वास राखी, शक्तिशाली मतको क्षेप्यस्त्र प्रक्षेपण गरेर नोकरशाही र राजनीतिक दादागिरी विरूद्ध बिस्फोटनको शक्ति प्रदर्शन गरिरहने न्यायप्रेमी नागरिक मतदाताहरूमा कोटीकोटी नमन ।


जिल्ला कार्यसमिति सदस्य

नेपाली काङ्ग्रेस, उदयपुर


Sunday, May 22, 2022

अन्तर्घातको आक्षेप लान्छना हो

 अन्तर्घातको आक्षेप लान्छना हो


कुनै निश्चित लिङ्ग, जात, जाति, रंग, वर्ण, वर्ग, भूगोल, भाषा, संस्कृति, समूह, समुदाय, लगायत शारीरिक सबलता दुर्बलता भएकै आधारमा आक्षेप लगाएर धन, मान, सान र प्राणमा ठेस र क्षति पुर्‍याउने आसयले गर्ने गरिएको सांकेतिक, क्रियात्मक वा भर्वल अभ्यासलाई लान्छना मान्ने गरेको पाईन्छ विश्वसमाजको बौद्धिक बहस, छलफल र वकालतमा । यस प्रकारको क्रियाकलापलाई विश्वसमाजमा सामाजिक अपराधको रूपमापनि लिने गरेको पाईन्छ ।


अन्तर्घात किन गरिदैछ भन्ने तथ्यको खोज गर्दै कथित अन्तर्घातको अभ्यास तर्फको सम्मोहन र आकर्षण किन बढदैछ भन्ने मर्म र भावना बुझ्न सक्नु पर्दछ । जसले सत्य र वास्तविकता नजिक पुर्याउनु मद्दत गर्दछ । कथित अन्तर्घातको लोकतान्त्रिक आदर्श, समाजशास्त्रीय सिद्धान्तको कोणबाट बौद्धिक र वैज्ञानिक अध्ययन गर्ने हो भने अन्तर्घात चुनौती भन्दा पनि अवसर हुन सक्छ । सत्यको नजिक पुर्‍याउने तथ्यहरूको गहिरो अध्ययन गर्दै त्यस्ता कारक तत्वहरूको सम्बोधनमा जान र लान प्रज्ञावादी अभ्यास आवस्यक छ । जसले लोकतान्त्रिक विधि, पद्धति, मूल्य, मान्यता र आदर्शलाई अझ मजबुत बनाउने स्रोत बन्न सक्छ । 


आफ्नो वा संगठनको हारको उत्तेजित अवस्थामा लिईएको निर्णयले बनिबनाईएको निजी व्यक्तित्व साथै संगठनलाई नोक्सानी वा क्षति पुग्ने खालका निर्णय नलिन आग्रह गर्दछौं सम्बन्धितमा । लोकतान्त्रिक संगठनमा नेतृत्वले कुनै व्यक्ति वा समुहलाई दोषी बनाउनु वा दोष लगाउनु भन्दा सम्पूर्ण किर्याकलापको आफुले र आफ्नो तहले जिम्मेवारी लिनु नै नेतृत्वको नैतिकता हो भन्ने विषय भुल्नु हुन्न । शत्रुता साँधन कसै निर्दोष व्यक्ति, समुह वा समुदाय प्रतिको लान्छना लगाउना ले व्यहोर्नुपर्ने नोक्सानी अपूरणीय हुन सक्छ । 


लोकतन्त्र र उदारवादमा तथ्यगत विषयको खोज गर्दै वास्तविकतालाई सम्बोधन गर्न सक्नु नै समस्याको समाधान हो । कथित अन्तर्घातको लान्छना लगाउनु वा कारवाही गर्नु प्रतिको विश्वासले संगठन कमजो हुने मात्र नभई लोकतान्त्रिक मूल्यमान्यता साथै मर्म र भावना प्रतिको खेलवाड हुन जान्छ । त्यस्ता अव्यक्त, अघोषित र सांकेतिक विरोध साथै असहमतिलाई पत्ता लगाई सम्बोधन गर्ने तर्फ आकर्षित हुनु नै कुशल लोकतान्त्रिक नेतृत्व मान्न सकिन्छ । 


कथित अन्तर्घात लाई त्यही कोणबाट अध्ययन गर्दा विधि, प्रणाली, भईरहेको अभ्यास साथै नेतृत्वको निर्णय प्रतिको विरोध र असहमति पनि हो । तर यति भन्दै गर्दा लोकतान्त्रिक विधि र प्रक्रियाले त्यसको मर्म र भावना बुझ्न वा बुझाउनकालागि संवाद, सहमति र सहकार्यको प्रक्रियामा प्रवेश नगर्नु वा नगराउनु दुवै पक्षको अलोकतान्त्रिक अभ्यास हो । लोकतान्त्रिक आदर्शको खोल ओढेर निजी स्वार्थ पूर्तिकालागि आफ्नो गलत निर्णय र नेतृत्वको ढाकछोपका लागि अन्तर्घातको लान्छनारूपी वाण कसै प्रति प्रयोग गर्ने मनसाय अपराधीक प्रवृत्ति हो जसले लोकतान्त्रीक आदर्शलाई कमजोर बनाउदछ ।


कसैलाई अन्तर्घात गरेको आरोप लगाएर व्यक्तित्वको चरित्र हत्या गर्ने पक्षमा न्यायिक उदारवादले विश्वास गर्दैन । कसैको आत्म सम्मानमा ठेस पुर्याएर निजी वा संगठनको उदेश्यपूर्तिमा विश्वास नराख्ने पक्ष सम्बन्धित सबैलाई जानकारी हुनु पर्दछ । लान्छना सामाजिक अपराध हो । कुनै पनि समस्याको दिगो समाधान भन्ने कुरा कसैलाई अपराधी घोषित गर्नु, सजाय भुक्तान गराउनु साथै लान्छना लगाउनु नरहेको कुरा नकार्न मिल्दैन । 


प्रज्ञाज्ञानमा विश्वास राख्दै सत्यको नजिक पुग्न वास्तविक तथ्यको खोज गर्दै दिगो समाधानमा विश्वास राख्नु बौद्धिकता मात्र नभई गुणस्तर नेतृव पनि कहलिन्छ । कथित अन्तर्घात साङ्केतिक र अघोषित विरोध भएकोले यो लोकतन्त्रमा चुनौती मात्र नभई लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको विकास गर्ने साथै मर्मर र भावना बुझ्न र बुझाउन सक्ने अवसर पनि हो । मानविय संवेदनशिलता, आत्मसम्मानमा ठेस पुग्न सक्ने र पुर्‍याउन सक्ने कथित अन्तर्घातको अक्षेप लगाई लान्छित गर्नु गराउनु प्रति आकर्षण र अभ्यास गर्नेमा लोकतान्त्रले विश्वास राख्नु अलोकतान्त्रिक अभ्यास हो ।


नेपाली काङ्ग्रेसलाई व्यक्तिगत, सामुहिक र सामुदायिक प्रतिशोध साँध्ने साधन र शस्त्रको रूपमा नलिन र नबुझ्न आग्रह गर्दछौं । लोकतन्त्र र लोकतान्त्रिक विधि प्रक्रियाको नाममा कुनै व्यक्ति, समूह वा समुदायको धन, मान, प्राण र सानलाई क्षति पुग्ने र अपमान गर्नेमा नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति विश्वास राख्दैन । साथै त्यस्तो अलोकतान्त्रिक र असामाजिक अभ्यासमा विश्वास नगर्न र प्रेरित नगराउन अनुरोध गर्दछौं ।


Saturday, May 21, 2022

 देशमा हुदैगरेको राजनीतिक हर्कतले कसैलाई खुशी बनाएको पक्कै छ तर किन खुशी छौं भनेर त्यसको कुनै त्यस्तो कारण छैन तिनीहरू संग जो गदगद छन्। कारण थाहा नहोला तर जो यस्ता राजनीतिक निर्णय र क्रियाकलाप बाट असंतुष्ट छन् उहाँहरू गलत छैनन्। किनकि उहाँहरू अाम नागरिक हुन्।     

                                                                          जहानियाँवाद, वंशवाद, नातावाद र कृपावादमा हुर्किएको न्याय नदेख्ने अन्धविश्वासी राष्ट्रवाद दोषी छ। त्यसमा हुनुपर्ने गुणस्तर, शुद्धता र पवित्रता नास्ती। अपवित्र राष्ट्रवादको ढोल बजाउने शासक र त्यसैको तालमा सिल्ली नाच्ने रैती हुन् सक्छ! त्यस्तो मुलुकका मानिस जनता हुनै सक्दैनन्।


राष्ट्र र राष्ट्रियता भएको देशमा जनता जनार्दन हुन्छन् र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नागरिकको सेवक हुन्छन् तर त्यस्तो नहुदा पनि विडम्बनापूर्वक जबर्जस्त स्विकार्नु पर्दैछ कि म यो देशको नागरिक हुँ भनेर।


राष्ट्रवादको कुरा गर्न जति अासान छ त्यति नै जटिल छ सामाजिक एकता, न्याय, मौलिकहक र मानवअधिकारको प्रसंगको उठान गर्न र ऐ विषयमा एक हुन र बनाउन। अाज पनि ती कर्मठ किसानले पाउने सहुलियत र सुविधा, सम्मानित महिला समुदाय संग नीतिगत र व्यवहारिक पवित्रको व्यवहार र हिन्दु वर्णाश्रमले शुद्र वर्णलाई गर्ने व्यवहारिक र नीतिगत शुद्धताको अभ्यासमा न्याय पर्याप्त देख्न पाईन्न। अाम नागरिकलाई अाधारभूत मौलिक हकको अाभाष दिलाउन नसक्ने नेपाल सरकारले ढोङ्गी राष्ट्रवादको झ्याली पिट्नु पिटाउनु ईन्द्र जालको काला जादुको खेल भन्दा अरू केही हैन।


गुणस्तरीय र व्यवहारिक शिक्षा, स्तरिय स्वास्थ सुविधा, शुद्ध पिउने पानी अनि कला, सिप र क्षमता अनुसारको रोजगारको अाभाष र अवसर बाट विमुख नेपाली समाज नागरिकको दर्जा र अधिकार नपाएपनि सिमानाका लागि राष्ट्रिय एकता देखाउन सक्ने त्यागी नेपाली समाज अान्तरिक रूपमा अतिवाद र गर्झनवादको सिकारले विभाजित देखिन्छ। नेपाली समाज अाज सम्म पनि वैज्ञानिक, व्यवहारिक र समतामा प्रवेश गरिनसकेको अवस्था छ। पहिले शासकले उठाएको राष्ट्रवादको नारा तिनै शासकका लागि मात्र हुने गर्दछ भन्ने विषयलाई ध्यानमा राखेर अाफ्ना मौलिकहक प्रति पनि उत्तिकै सजक रहनु पर्ने हुन्छ।


राष्ट्रवादमा भूगोल र माटो प्रतिको प्रेमले भरिएको आवेग मात्र नभई अघिपछि देखाईने राष्ट्र प्रतिको ईमानदारीता र कर्तव्यनिठाको व्यवहार पनि हो भन्ने पाठ बुझ्न बुझाउन जरुरी छ। धन्यहो केपी प्रशासनले क्षणिक र आवधिक रूपमा भएपनि बेला बेलामा एकताको भ्रम पैदागराउन सकेको देखिन्। शुभकामना डियर कमरेड!


बालेन शाह र हर्ष साम्पाङवादी मतदातामा हार्दिक धन्यवाद

 बालेन शाह र हर्ष साम्पाङवादी मतदातामा हार्दिक धन्यवाद


आफुलाई राजनीति दल ठान्ने, लोकतान्त्रिक समाजवादी संगठन ठान्नेले, साम्यवादी संगठन ठान्नेले स्थानिय तह निर्वाचनमा स्वतन्त्र उमेदवारको परिणाम विचार गरेर संस्था विघटन गर्ने तर्फको तैयारी गर्दा हुन्छ । यदि संगठन विघटन नगर्ने हो भने दलले आआफ्नो संगठन भित्र रहेको बालेन शाह र हर्ष साम्पाङ भन्दा सामाजिक  रूपान्तरणका लागि उत्कृष्ट विश्वप्रकाश शर्माहरू र परिवर्तनकालागि शक्तिशाली विस्फोट गर्न सक्ने गगन थापाहरू अगाडि सार्ने वा लन्चिङ गर्नुको विकल्प नखोजौं । 


हामीलाई थाहा छ यस्ता दलभित्रका सामन्तवादी प्रवृत्ति नेतृत्वले बालेन शाह र हर्क साम्पाङहरूलाई दास र सेवक बनाएर राखेको छ भनेर । अब पनि पार्टी भित्रका बालेन शाह र हर्क साम्पाङहरूलाई बाहिर ननिकाल्ने हो भने, देश र राजनीति अझ अस्थिरतामा प्रवेश गर्ने छ । नेपाली समाज र नागरिकहरूको मर्मर भावनालाई सम्बोधन गर्न नसके, समाजको विद्रोह थेग्न नसक्नुले त्यस्ता मै हुँ भन्ने घमण्ड बोकेको व्यक्ति तथा संगठनको अस्तित्व नै नास हुन सक्छ । 


प्रसव पीडा आफैमा सबैभन्दा शक्तिशाली पीडा हो । यसले सृष्टि मात्र गर्दछ भनेर मान्नु मूर्खता हो । प्रसव पिडाले नयाँ सृष्टिका लागि आफुलाई विनाश गरेर नयाँ सृजना गर्ने पनि गर्दछ । यो पीडा सृजना मात्र नभई विनाशकारी पनि हुन्छ । के को विनाश गर्ने, के को सृष्टि गर्ने भन्ने यही पिडामा निहित हुन्छ । सुशासन, विकास, परिवर्तन र समृद्धि जन्माउने प्रसव पिडामा रहेको समाजको यो विशेष घडीमा छेडखानी गर्नु मूर्खता हो । मूर्खता विनाश को संकेत हो । समाजले निर्माण मात्र गरेको छैन यसले कस्ता कस्ताको विनाश चुट्किमा गरेको ऐतिहाँसिक सन्दर्भ भूल्नु हुन्न ।


जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, हत्यारा राजसंस्था कुनै राजनीतिक दलहरूले वा नेता तथा कार्यकर्ताहरूले फालेको हो भन्ने भ्रम छ भने त्यस भ्रमको चेतना बाट बाहिर निस्कन सुझाउदछ समाजशास्त्रले । परिवर्तन चाहने पनि समाज हो र परिवर्तन ल्याउने पनि समाज हो भन्ने ऐतिहासिक समाजशास्त्रको सिद्दान्तले बोकेको सामाजिक सत्य स्विकार्नुको विकल्प नखोजौं । समाजको क्रियामा प्रतिक्रिया गर्न खोजे त्यस अस्तित्व, व्यक्ति वा संरचनाको विनाश निश्चित हुन्छ ।


बालेन शाह र हर्क साम्पाङवादी न्यायप्रेमी मतदातामा कोटीकोटी नमन र जय नेपालको सेवा ढोग ।


तस्वीरका लागि आदरणीय भाभीजान शारदा पौडेल प्रति हार्दिक धन्यवाद ।


फित्ता चप्पलले सृजना गरेको भ्रमको चेतना

 फित्ता चप्पलले सृजना गरेको भ्रमको चेतना


हामीले लगाएको खराउ(फित्ता चप्पल)ले हामीलाई अनुभव गराएको चेतना त भ्रम हो भने सत्ताको कुर्सी, पदको ताज, शक्तिको राजदण्ड र उच्च वर्गीय काँचको महलले महसुस गराउने त्यो विश्वास भ्रमको चेतना हैन भन्न कस्ले सक्छ र । 


स्थानिय तहको निर्वाचन २०७९ को प्रचार प्रसारको क्रममा निर्वाचन भरि हामीले त्यही फोटोमा लगाएको चप्पल नै प्रयोग गरियो । सायद त्यस अवतारमा देख्ने धेरैको मनमा केही कौतुहलता रहयो होला अनि कोहीले त सिधै उत्सुक्ता राखे पनि । आफुलाई आध्यात्मिक रूपमा हलुका र पातलो बनाउन लगाएको त्यो फित्ता चप्पलले पनि मानसिकतालाई निकै भारी बनायो । हामीले लगाएको यो चप्पल अहंकारी चप्पल हो रहेछ । जो गुणस्तर चेतनाको बाधक पनि ।


हामीले भिरेको यो झोला कसैले दिनुभएको पवित्र प्रेमको उपहार हो । धेरैले सोधे झोलाको विषयमा सधैं किन, यसमा के छ भनेर ! कसै कसैलाई त यो हाम्रो झोलाको तौल पनि अनुभव गराईयो । आफुलाई आन्तरिक रूपमा संतुलित राख्न बोकेको यो झोलाको भित्र त्यस्ता चिज हरू छन् जो तौलमा वजन भए पनि त्यसको तौलले हामीलाई आध्यात्मिक चेतनाका विषयमा झस्काई रहन्थ्यो र मन निकै हलुका बनाउथियो । किनकि त्यस भित्र आध्यात्मिक देखि भौतिक खुराक छ भन्ने हामीलाई थाहा थियो । 


फित्ता चप्पल लगाएर निर्वाचन जितिन्छ वा जिताउन सकिन्छ भनेर हिड्नु भ्रमको चेतना रहेछ । कोहि मतदाताले फाटेको टालेर, कोही खाली पाउ र कोही आङ ढाक्ने सफा बस्त्र पहिरन लगाउन नपाएका, अभाव र गरिबीले सृजना गरेको चेतनशिलताको बिचमा फित्ता चप्पल लगाउने हामीले जो अभ्यास गरियो त्यस्तो अभ्यास वास्तविकता हो हैन भनेर हामीले (मैले) पहिचान गर्न सक्नु पर्नेरहेछ । त्यही चप्पल रहेछ मानवलाई मानव बन्न बाट रोकने । हामीले आफू भित्र रहेको भ्रमको वजन कम गर्न चप्ल लगाएको तर त्यो पनि यति भारी रहेछ बल्ल बुझियो ।


बाहिरी पहिरन, पद, सत्ता र शक्तिमा विश्वास गर्ने हामी यदि कसैले आफ्नो चेतनालाई भ्रम मान्न सक्दैन भने त्यो व्यक्तिले आफुले आफुलाई वास्तवि चेतना भन्द टाढा राखेर आफुलाई सजाय दिईरहेको मान्न सकिन्छ । वास्तविकता, यथार्थ र सत्य चेतना भनेको महान धर्ती, माता प्रकृति र न्याय प्रेमी मतदाता संग जोडिनु र त्यस भावनालाई बुझ्नु हो । सामाजिक असमानता, विभेद र अन्यायाको अध्ययन र खोजमा विश्वास राख्न नसक्ने चेतना त्यो वास्तविक चेतना विमुख रहेको मान्न सक्नु पर्दछ । अभाव र गरिबी सर्वश्रेष्ठ विश्वविद्यालय हो भने त्यसले पढाएको पाठ शिक्षाहरूमा सबै भन्दा तेज अनुभव हो । त्यो नै बौद्धिकता हो । त्यो नै वास्तविक चिन्तन एवं चेतना हो । 


आफू र आफ्नाको, मानवले मानवको वास्तविकता, स्थिति र अवस्था बुझ्न नसक्नु र नखोज्नु नक्कली चेतना हो । नक्कली चेतनाको स्रोत र गुणस्तर चेतनाको पथ छुट्याउने आफुले नै हो । पुज्यनिय पिताजीले किनिदिनु भएको यो फित्ता चप्पलले महसुस गराएको भावले मलाई नक्कली चेतना तर्फ आकर्षण गरिरहेको हरपल महसुस हुन्छ भने; सत्ता, शक्ति र भौतिक साधन माथिको पहुँचले पक्कै पनि चेतनाको निस्पट अन्धकार तर्फ आकर्षित गरेको छैन भन्न सकिँदैन । 


बुद्ध र मार्क्सको मानवतावादी दर्शनले मानव र मानव समाजलाई नक्कली चेतना बाट टाढा राख्न मद्दत गर्न सक्छ । बुद्ध र माक्र्स जस्तो सकिँदैन मान्छे बन्न तर मान्छेको संगतमा रहन त सकिन्छ । हामी सधैं यिनैको संगतमा रहन चाहन्छौं तर चप्पल छोडन नसक्नुले मानवतावादी दर्शन संगको दूरी घटाउन सकिरहेको छैन । त्यही झोला हो मार्क्स र बुद्ध । तौलमा हामीले बोकेको झोला भन्दा कयौं गुणा बजनदार रहेछ यो हलुका देखिने फित्ता चप्पल । लालच, घमण्ड, र असमानता जस्ता चेतनाले भरिएको चप्पललाई पनि यो झोलाले सधैं संतुलनमा रहन मद्दत भने गर्यो । 


हामीलाई यो फित्ता चप्पल लगाउन पनि किन बाध्य पारिदैछ ! यो चप्पल पनि त्यागेर वास्तविकतामा रहन सकिँदैन र ? के यो सत्ता, शक्ति र भौतिकतामा रहेको पहुँचका साथमा कुनै मान्छे भूईमान्छे भएर रहन सकिँदैन र ? वास्तविक चेतनाको बास किन अभाव र गरिबी मा नै हुन्छ ? अभाव र गरिबीले सिकाएको संघर्षको पेवा हो गुणस्तर चेतना ? 


गुणस्तर चेतनाको झोला बोक्न नसके पनि गुणस्तरीय झोला सधैं बोकौं । झोला गर्हौं होला तर मन निकै फराकिलो र हलुका हुन्छ रहेछ । चप्पल जतिसुकै पातलो र हलुका लगाअौं त्यसको वजन हलुका भएपनि चेतनालाई भारी बनाउछ रहेछ । जसले न अघि बढन दिन्छ न त माथि उक्लन । किनकि त्यसले महसुस गराउने भारीपना नै मानवलाई मानव बन्न नदिने प्रमुख बाधक हो । आफू आचेतमा छौं, भ्रममा छौं भन्ने बोध हुन्छ, त्यस भ्रम चेत बाट निस्कनु छ भनेर प्रयास र अभ्यास गर्न थाल्दछ तब मानव मानव बन्ने प्रक्रियामा प्रवेश गर्दछ । हामीलाई बुझाईएको, हामीले बुझेको, हामीले विश्वास गरिरहेको मूल्य मान्यता साथै त्यसै अनुसार गरिरहेको सबै अभ्यास भ्रम हो की वास्तविकता छुट्याउनै पर्दछ ।


राजनैतिक अस्थिरता, स्थानिय तह निर्वाचन र लैङ्गिक न्याय

 राजनैतिक अस्थिरता, स्थानिय तह निर्वाचन र लैङ्गिक न्याय


विश्वसमाज वा कुनै राज्यमा राजनैतिक अस्थिरताले समाजमा भएका आर्थिक, सामाजिक असमानतालाई सामाजिक न्याय भन्दा अझ टाढा धकेल्ने रहेछ । २०७९ सालमा राजनैतिक अस्थिरताका बिचमा भएको स्थानीय तह निर्वाचनमा समान उदेश्य राख्ने केही राजनीतिक दलले गरेको निर्वाचन केन्द्रित गठबन्धनले संविधानले बोकेको न्यायको मर्म र भावना लैङ्गिक समावेशीता, समानता एवं समताका सवालमा खेलबाड गरेको देखिन्छ । 


आम न्यायप्रेमी नागरिकले विश्वास राख्ने राज्य, कानुन र न्यायलय पितृसत्ताको कब्जामा रहेको साथै पितृसत्ताको सस्त्र, शास्त्र, साधन र सेवकका रूपमा रहेको प्रमाण स्थानिय तह निर्वाचन-२०७९ र अप्राकृतिक राजनीतिक गठबन्धनले प्रमाणित गरेको छ, जो हैन भनेर नकार्न सक्ने ठाउँ छैन । स्थानिय तहमा रहेको प्रमुख र उपप्रमुख पद राजनीतिक दलको पेवा नभई नेपाल सरकारले सामाजिक न्यायमा लैङ्गिक समानता दिलाउने एक न्यायको अभ्यास गर्ने पक्ष रहेकाले दुवै वा दुई मध्ये कुनै एक पदमा महिला दिन नसक्नु र त्यसको व्यवस्था गर्न नसक्नुले नारी आन्दोलनको भावनालाई नजरअन्दाज गरेको देखिन्छ । लोकतन्त्रमा लैङ्गिक न्याय र पूर्ण समानुपातिक समावेशीताको सिद्धान्तको अभ्यासको सवालमा राज्यको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका साथै राजनीतिक दलले सामाजिक एवं लैङ्गिक न्यायको पक्षमा आफ्नो आदर्श र कर्तव्य भूलेको स्पष्ट देखिन्छ । 


नेपालमा स्थानिय तहको संख्या कति छन् र लैङ्गिक न्यायको सवालमा कुन लिङ्ग न्युनतममा पनि कति संख्यामा सहभागीता हुनु पर्ने ! समाजको विकासको बाधक मानिने यस्ता सामाजिक असमानताका विषयमा समाजको रूपान्तरण, परिवर्तन, विकास तथा समृद्धि चाहने सबै मानवले चिन्तन, अध्ययन र अभ्यास गर्न जरुरी छ ।  यस्ता न्यायको विषयमा सोच्न बुझ्न सक्ने मानव नै हो । किनकि यो मानव समाज द्वार सृजित, निर्मित र अभ्यास हो न कि कुनै देवता वा सतिको श्राप ।


नेतृत्व, पद हैन प्रवृत्ति हो

 नेतृत्व, पद हैन प्रवृत्ति हो 


नेतृत्व भनेको कुनै पनि संस्थाको मातहतमा रहेको समिति साथै त्यसमा रहेको पद तथा अख्तियार मात्र नभई त्यस संग सम्बन्धित व्यक्तिको व्यक्तित्व, स्वभाव र प्रवृत्ति पनि अझ महत्त्वपूर्ण रहेको हुन्छ । अर्थात नेतृत्व व्यक्ति, पद, संगठन र शक्ति नभई सम्बन्धितको शैली, व्यक्तित्व र गुणस्तर प्रवृत्ति हो ।


अधिवेशनमा धेरैलाई जित सहित पद प्राप्त भयो तर त्यस पद अनुसारको व्यक्तित्व, विचार साथै त्यसलाई आवस्यक पर्ने प्रवृत्ति विकास गर्न सकेको नसकेको स्विकार्नु पर्दछ सम्बन्धित ले । वडा तह देखि जिल्ला हुँदै केन्द्रिय तह सम्म साथै प्रदेश अधिवेशन प्रतिनिधि देखि महाधिवेशन प्रतिनिधि सम्मका सम्बन्धित समिति, पद साथै व्यक्तिले वास्तविकताको अध्ययन अनुसन्धान गरि नेतृत्वको विकास गर्दै लोकतन्त्र मजबुत बनाउन नेपाली काङ्ग्रेसको सबलता तर्फ एक हुन जरुरी छ ।


नेपाली काङ्ग्रेस उदयपुरको क्षेत्र नं. १ अन्तर्गत पर्ने चौदण्डीगढी नगरपालिकामा नेपाली काङ्ग्रेसलाई आम मतदाता नागरिक द्वारा दिईएको मत भारले विजयको रूप लिन नसक्नुको पछाडिको वैज्ञानिक र व्यवहारिक अध्ययन, अनुसन्धान र पुनःखोज गरेर वास्तविकता निकट पुग्न र यथार्थ पत्ता लगाउन बौद्धिक र सभ्य अभ्यास गर्न जरुरी छ । जसले विगतमा भएको कमीकमजोरीका कारणले प्राप्त नतिजा रोक्न साथै लक्ष्य प्राप्तिकालागि भावी योजना तय गर्दै नैतिकता एवं आदर्शवादी कार्यान्वयनको दिशा तर्फको अभ्यासमा जान र लान सकिन्छ ।


यस नगर निर्वाचन क्षेत्र भित्र के भएको छ, किन भएको छ, सबै कुरा सबैलाई थाहा छ । यति हुदा पनि पार्टीको एकता र हित साथै लोकतन्तको स्थापना र मजबुती  जस्तो संवेदनशील विषयमा नसोची उमेद्वार व्यक्तिको हार-जित, नाफा-नोक्सानी, समर्थन-घात, लाई प्राथमिकता दिनुले अर्थ रहन्न । नेपाली काङ्ग्रेस कमजोर हुनुले लोकतन्त्र कमजोर हुन्छ भने सम्बन्धित पदधारण गरेको व्यक्तिमा वैज्ञानिक व्यवहारिक नेतृत्वको अभावले नेपाली काङ्ग्रेस कमजोर हुन्छ भन्ने मुख्य विषय भूल्नु हुन्न । 


लोकतन्त्रमा विश्वास राख्दै नेपाली काङ्ग्रेसमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता साथै लोकतान्त्र मजबुत बनाउन निर्वाचनमा सहभागी हामी जनता जनार्दन सबैमा हार्दिक बधाई, साथै धन्यवाद आदानप्रदान गर्दै अर्को तर्फ मैत्रीपूर्ण प्रतिस्पर्धामा विजयी सम्बन्धित व्यक्ति तथा दललाई शुभकामना व्यक्त गर्नै पर्दछ । 


चौदण्डीगढी नगरपालिकामा नेपाली काङ्ग्रेसको जो नतिजा आएको छ यो क्षणमा नेपाली काङ्ग्रेस चौदण्डीगढीले संयमित भई निकट समयमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकालागि साथै आगामी स्थानिय तह निर्वाचनका लागि एकता र सद्भाव बढाउने खालका क्रियाकलाप, शान्तिपूर्ण अभिव्यक्ति र गुणस्तर विचारमा विश्वास राख्न सक्नु पर्दछ । पदभार ग्रहण गरेर बस्ने भन्दा पनि त्यस्ता व्यक्तिमा भएको नेतृत्व बिहिनताले नै संगठन कमजोर हुने कुरा नजरअन्दाज गर्नु हुन्न ।


पदमा रहने सबै नेता हैनन्, जो संग नेतृत्वको विशेष क्षमता र प्रवृत्ति हुन्छ ति नेता हुन् । नेतृत्व संगठनको पद र शक्ति भन्दा बाहिर पनि हुन्छन् जसले आफ्नो हरेक अभ्यास र प्रयास समुहको, संगठनको, समाजको साझा लक्ष्य प्राप्तिकालागि त्याग वा समर्पण गर्ने वा गराउने विशेष आध्यात्मिक एवं गुणस्तर चेतनाको प्रवृत्तिमा विश्वास राख्दछ । बडो अजिव र विशेष हुन्छ नेतृत्व, जसले समूह, समाज र राज्यलाई नै शक्तिशाली बनाउन सक्छ । स्वयंसेवक तथा कार्यकर्ताले भरिएको नेतृत्व बिहिन अवस्था हो नेपाल र यस भित्रका सामाजिक संस्थाहरू । यस्तो नेतृत्वको संकटकालमा, के नेपाली काङ्ग्रेस अछुतो रहन सक्छ !


Leadership is not a position, its about way of thinking, theorising and way of doing for the justic . Leadership is a quality attitude. 

जय नेपाल!

जि. का. सदस्य

ने.का. उदयपुर


Thursday, May 19, 2022

धर्मको नाममा सरल र सुन्दर हिन्दु सम्प्रदाय भित्र लुकेको अमानवीय अभ्यास र कटरताले पवित्र समाजलाई जटिल र रोगी बनाएको हुन सक्ने कुरा भारतको राजनीतिककर्मीले बुझेका थिए। महात्मा गान्धीले नेहरूलाई सुझाएका थिए कि भारतको संविधान शोषित पीडित समुदाय बाट लेखिनु पर्दछ भनेर। 


अछुत वर्ण बाट प्रतिनिधित्व गर्ने एक्काइसौं शताब्दीका बुद्ध, भारत रत्न डा. भीम राओ आंबेडकर भारतका संविधान निर्माता थिए भन्ने ऐतिहासिक विषयले सामाजिक परिवर्तन ल्याउन खोजेको गहकिलो नजिर देख्न पाइन्छ। त्यो कटरता बोकेको सामाजिक संस्कार क्रमै संग मानवतावादी हुँदै गइरहेको छ भन्ने कुरा नकार्न सकिन्न, तर आज पनि त्यसको अवशेष प्रयाप्त मात्रामा नदेखिने भने होईन।


नेपाली समाजले भारतिय सामाजिक, राजनीतिक, आर्थिक ऐतिहासिक संघर्ष बाट पाठ सिक्नु पर्ने देखिन्छ। किनकि नेपाली समाजको प्रगतिको कारण र बाधक हिन्दु सम्प्रदायको संस्कार नै हो भन्ने कुरा स्विकार्न पछिहट्नु वा अन्यलाई दोष देखाउनु ले नेपालको भविष्य अन्धकारमा धकेलिनेछ। किनकि नेपालमा भएको जनसंख्याको अन्दाजी ८३% हिन्दु संस्कार बाट निर्मित समाजको बाहुल्यता छन् भन्ने तथ्यांक बोकेको प्रमाण देखिन्छ। 


आफ्नो कुल वंशले मानि आएको धार्मिक सम्प्रदायको संस्कार परंपरा भन्दा माथि उठेर समाजलाई आफ्नो नैसर्गिक अधिकार र प्रजातान्त्रिक समाजवाद बुझाउन खोज्ने चमत्कारीक व्यक्तित्व महामानव विश्वेश्वरप्रसाद लाई हामीले सदैव स्मरण गरिरहनुले मानवताको पवित्र पाठ सिकाइरहने छ।