Friday, August 9, 2024

नेपाली समाजको वर्गीय संघर्ष र रोल्पा

 नेपाली समाजको वर्गीय संघर्ष र रोल्पा




सामाजिक विज्ञान अन्तर्गत रहेर विश्वसमाजको विकास तथा परिवर्तनको ऐतिहासिक सन्दर्भको अध्ययन गर्दा कार्ल मार्क्सले भन्नू भए जस्तो "हरेक इतिहास वर्ग संघर्षको इतिहास हो" भन्ने कथनले समाजको रूपान्तरणको अन्तरक्रिया स्पष्ट पार्दछ । फ्रान्सको रक्तिम क्रान्ति, रुसी क्रान्ति, चिनको साँस्कृतिक क्रान्ति लगायत वर्गीय संघर्षले विश्वसमाजको युग वा सामाजिक संरचनामा उत्पादनको स्वरूप नै परिवर्तन गरेको सर्वविधित नै छ । 


त्यसरी नै नेपाली समाजको ऐतिहासिक सन्दर्भ अध्ययनको क्रममा राणाकालीन व्यवस्था र त्यस व्यवस्थालाई टिकाउन शक्तिको अभ्यास गर्न तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणाले जारी गरेको सन् १९१० को मुलुकी ऐनले संस्थागत गरेको सामाजिक विभेद, असमानता र अन्यायको अध्ययन बिना नेपालको सामाजिक विज्ञान अधुरो छ । सामाजिक न्याय, सामाजिक सुरक्षामा भन्दा पनि सत्ता, शक्ति र निजी विलासिता साथै आफू शासक बनेर नागरिकलाई रैती बनाई आफू शासक मै रमाउन चाहने त्यस राणा शासनका विरूद्ध समाजले गरेको वि.सं. २००७ सालको विद्रोह पनि वर्गीय संघर्ष नै थियो । 


राणाशासनको अनत्य संगसंगै सामन्तवादी समाज पनि कमजोर हुँदै गएको मान्न सकिन्छ । नेपाली समाज स्वतन्त्र पूँजीवादी समाजिक संरचनामा प्रवेश पनि गर्यो त्यसै क्रममा समाजमा सामाजिक सुरक्षा, सामाजिक न्याय, स्वायत्तता, प्रजातन्त्र तथा आर्थिक वृद्धिको जुन अपेक्षा गरिएको थियो त्यो पूरा गर्न सकेन पञ्चायती व्यवस्थाले । तत्कालीन पञ्चायती व्यवस्थाले विश्वव्यापीकरणको प्रभावका कारण विश्व पूँजीवाद संगै आर्थिक वृद्धि गर्न विभिन्न कलकारखानाको स्थापना तथा संचालन पनि गरियो । तर राज्य व्यवस्थाका व्यवस्थापकको उद्धारवादी सोच र अभ्यासमा रहेको संकिर्णताका कारण त्यो व्यवस्थाले अपनाएको नीति, नियम र कानुन विरूद्ध विभिन्न राजनीतिक दलका नाममा समाजले प्रजातान्त्रिक आन्दोलन गरे जसलाई जनआन्दोलन भाग एक भनियो । 


प्रजातन्त्र प्राप्ति पश्चात् राजनीतिक आदर्शका आधारमा बहुदलवाद बाट पनि सामाजिक विकास र परिवर्तन गर्न सकिन्छ भन्ने पक्षधर राज्यसत्ताको केन्द्रीय राजनीतिमा प्रवेश गर्यो । सामाजिक, भौगोलिक विविधता तथा जटिलताका कारणले सृजना गरेको अन्याय, असमानताको सम्बोधन गर्न नसक्ने अवस्था स्पष्ट थियो । त्यसैले अर्को तर्फ समाजिक असमानता, विभेद, गरिबी, असुरक्षा लाई परास्त गरि न्याय प्राप्ति र वितरणकालागि संक्रमित पूँजीवादी सामन्तवाद विरूद्ध वि.सं. २०५२ सालमा असन्तुष्ट समुह द्वार छुट्टै वर्गीय विद्रोहको घोषणा गरियो । 


राज्यसत्ताले वर्षौ वर्ष देखि आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौगोलिक लगायत आधारमा असमान व्यवहार गरिएको, पछाडि पारिएको समाज बाट क्रान्ति  सुरू गरियो । त्यही क्रान्ति वर्गीय संघर्षको नाममा त्यस समुहले 'जनयुद्ध' भनेर घोषणा गरे भने राज्य तथा समाजले सशस्त्र संघर्ष नाम दिए । अर्को त्यही वर्गीय संघर्षको इतिहासको सुरूवात गर्ने जिल्लाको नाम हो रोल्पा ।


वर्गीय संघर्षका नाममा सुरू गरिएको जनयुद्ध अर्थात शस्त्र संघर्षको मर्म र भावना भनेकै नेपालमा रहेका निम्नवर्गीय साना किसान जो अभाव, गरिबी, विपन्नता र असमानताको चपेटामा पारिएको थियो तिनको उत्थान र न्यायका लागि थियो । त्यो १० वर्षको शस्त्र संघर्षमा राज्य पक्ष र विद्रोही पक्ष गरेर हजारौं नेपाली नागरिक घरबार बिहिन हुन पुगे, बेपत्ता भए, अंगभंग भए भने त्यसै क्रममा हजारौंले ज्यान गुमाउन पुगेका थियो । युद्धको कारणले धन जनको क्षति र नोक्सानी महसुस गर्दै दुवै पक्षले युद्धविराम गरि बिस्तृत शान्ति सम्झौता गर्ने पक्षमा पुगे । दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र विद्रोही पक्ष (नेकपा माओवादी) ले वि.सं. २०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे । 


०६२/०६३ को जनआन्दोलन भाग दुईका नाममा आम बहुल नेपाली नागरिकले सडक संघर्ष छेडे । त्यस जनआन्दोलनको परिणाम स्वरूप नेपालमा 'नेपालको अन्तरिम संविधान २०६३' जारी गरियो । संविधान निर्माणकालागि संविधान सभाको निर्वाचन दुई पटक भयो वि.सं. २०६४ र २०७० सालमा । बहुमत संविधान सभाका सदस्यहरूको हस्ताक्षर प्रक्रिया बाट  वि. सं. २०७२ असोज ३ गते 'नेपालको संविधान २०७२' जारी गरियो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौँ संविधान हो । यस संविधानमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता विषय मुद्दा स्थापित गरियो ।


नेपालमा नयाँ संविधान जारी गरियो । यतिका घटनाक्रम बाट अगाडि बढेको प्राकृति सम्पदाले भरिएको हरेक पक्ष र क्षेत्रमा उच्च सम्भावना बोकेको नेपाल र नेपालका रोल्पा जस्तो वर्गीय संघर्षको इतिहास बोकेको ऐतिहासिक सन्दर्भ जोडिएको जिल्ला र त्यहाँका आम नागरिकको जीवनस्तर आज पनि त्यस वर्गीय संघर्षको मर्म र भावनाले बोकेको गुणस्तरमा पुर्‍याउन नसके पनि आज पनि त्यसको सपना साकार पार्न त्यहाँका सरकार तथा हरेक नागरिक सम्भावनाको खोजीमा सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ । भौगोलिक प्राकृति सम्पदामा उच्चतम सम्भावनाको खोजी गर्दै विश्वव्यापिकरण, विश्व बजारको अध्ययन गर्दै गर्दा रोल्पा जिल्लाको सामुदायिक र व्यक्तिगत जीवनस्तर उकास्न तथा आर्थिक वृद्धिदर बढाउन चौतर्फी पक्ष र दृष्टिकोण बाट अध्ययन, योजना र कार्यान्वयन तर्फ दृढताका साथ लाग्नु पर्दछ ।


विश्व बजारमा उच्चतम मूल्यमा बिक्ने तर विश्व बजारको माग अनुसारको आपूर्ति नभएकोले रोल्पा जस्तो उच्च सम्भावना बोकेको कृषिजन्य उपभोग्य वस्तुको उत्पादन गर्न कृषि पाकेट क्षेत्र घोषणा गरि त्यहाँ उत्पादित गुणस्तर खाद्यान्नलाई बजारमा लगि त्यहाँका प्रतेक नागरिकको जीवनस्तर उकास्न सक्ने तथा प्रतिव्यक्ति आय बढाउन सक्ने उच्च सम्भावना रहेको छ । त्यही कृषिजन्य वस्तुको पहिचान गरि पाकेट क्षेत्र घोषणा पश्चात् त्यहाँ अर्गानिक कृषि रिसर्च सेन्टरको स्थापना गर्ने, कृषि पर्यटन क्षेत्र घोषणा गरि आन्तरिक र वाह्य पर्यटक भित्र्याउने जस्ता योजना बनाई त्यस क्षेत्रका अम नागरिकलाई लाभान्वित बनाउने मात्र नभई विश्वसमाजमा नेपाल तथा नेपाली कृषिजन्य खाद्यान्नले बोकेको गुणस्तरले परिचित गराउन सकिन्छ । 


भौगोलिक, वातावरणीय तथा प्राकृतिक स्रोतले सम्पन्न नेपालको रोल्पा जिल्ला जहाँ जुन कृषिजन्य वस्तुको गुणस्तर उत्पादनले त्यसैको नाम बाट जिल्ला उपनामले विश्व समाजमा चिनाउन सकिने साथै आम नागरिकको जीवनस्तरमा गुणस्तरको वृद्धि र नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको महत्व र सम्भावना स्पष्ट पार्न सकिन्छ ।

Sunday, August 4, 2024

मन्दिरमा उनी छैनन्

 मन्दिरमा उनी छैनन्



देवादीदेव महादेव हिजोआज 

दुवाई, कतार, साउदी, 

बहराइन र मलेसिया गएको छ । 

त्यसैले पशुपतिनाथको दरबारमा 

कसैले देख्न भेटन पाएका छैनन् । 


उ त्यहीँ श्रमको ब्यस्ततामा छ 

जो नेपालका भक्तजनहरूलाई 

रेमिट्यान्स रूपी आशिर्वाद 

पठाई रहेका छन् । 

तपाईंलाई थाहा छ छैन 

धेरै भयो पशुपतिनाथको दरबारमा

पशुपतिनाथ बस्न छाडेको ।


उनको प्राण र आत्मा त्यहाँ छैन

उनी त हाम्रो प्राणको रक्षार्थ 

वैदेशिक श्रमका खातिर 

अल्लाहको दरबारमा

जिजसको चर्चमा मजदुरी गर्दैछन् ।

महादेवलाई जहाँ खोज्न जानुहुन्छ

त्यहाँ त धातु र पत्थर मात्र छ ।


जमिनको उर्वरता माटोमा 

महादेव 

धान, गहुँ, मकै, 

कोदो फापर फलाउदैछन् ।

गोठमा दूध दुहुदैछन् 

हाम्रो पोषणका लागि ।

हामी तिनको मन्दिरमा गएर खोज्दैछौं

जबकि उनी हाम्रो प्राणका खातिर 

पोषण फलाउदैछन् दुहुदैछन् ।


उनी त हाम्रालागि हिलो, 

गोबर र माटोमा खेल्दैछन्

अल्लाह र जिजसको दरबारमा 

हाम्रालागि दास बनेर 

वैदेशिक श्रम मजदुरी गरिरहेका छन् ।

उनी हिजोआज पशुपतिनाथ मन्दिरमा छैनन् ।

उनी धेरै भयो त्यहाँ छैनन् ।


हामीलाई थाहा छ 

हाम्रो देवादिदेव महादेव 

त्यस स्थानमा छैनन् 

तर पनि हामी त्यही जान्छौं ।

किन जान्छौं, 

आफुले आफुलाई कहिले सोधेनौं ।


२४ जनवरी २०२३, काठमाण्डौ

आत्मवाद

 आत्मवाद



आत्मवादले आत्माको अस्तित्व मान्दछ । यदि यसो हो भने पृथ्वीको उत्पत्ति भन्दा पहिले नै आत्मा थियो कि पृथ्वीमा जीवको उत्पत्ति सँगै !


सूर्यको शासनमा रहेको पृथ्वी र प्रकृतिको शासन व्यवस्थाका सबै प्राणीहरूको आत्माको अवधारणा हो आत्मवाद !


आत्मवाद र पुनः जन्मको अवधारणाको हवाला यत्तिको वर्ष चुटियो, यसले मानव खुशी, अहिंसा, न्याय, सुरक्षा र करूणामा के योगदान गर्दछ ! यदि गर्दैन भने यसको भजन कृतन, शंख घण्टा, र ढोल झ्यामटा किन बजाईरहेका छन् ! 


यस्ता आत्मवाद र पुनःजन्म, स्वर्ग र नरकको अवधारणाले कसलाई फाईदा पुगिरहेको छ ! किन यसरी मानव समाजलाई डर र धम्कीमा राखिदैछ !


मानव प्राणीको मस्तिष्कमा भएको यस्तो क्षमता यही मानव तथा समाजलाई डर र धम्कीमा राख्नकालागि हो र !

Young Generation

 Young Generation



Young generation people are the product of historical society and past generation. All young people do not have scientific way of thinking, doing and theorizing even they pass out from university degree. So present generation is the continue of past generation by the medium of culture, religion, language, caste, ethnicity, identity and gender. 


Young generation people are the reproduction of social structure and interaction, indeed. If they do not want to deconstruct and reconstruct the social structures or if they cannot think and rethink from out of box, than present people are also continuation of past culture and norms & values. It looks different generation but there are same gist from inside. University did not try to teach and practice them to research, rethink and deal with their syllabus.


Young generation cannot think out of box for their social justice and securities, fundamental rights and human rights. Young generation will be the young generation when they think, rethink and act react for their rights enthusiasm. Watching and talking about web series,  global football, cricket and others do not proof them young generation. Or playing on mobile games apps never ever show them young generation. The people with having scientific thoughts and justice act can proof them quality new generation, different generation.


Other wise they/we are not new or young generation and cannot prove scientific generation from the post modern society. Young generation people are with having extremism old generation on new face. The present generation only can prove that they came from fu*king and for fu*king all time and demise with f**king. If these process of living life is called Fu*king Generation not new young generation.

संविधान Vs सनातन धर्म

 संविधान Vs सनातन धर्म



सनातन धर्म हिजो सम्म सुरक्षित थियो जब सम्म वर्णाश्रम व्यवस्थाको आडमा शासन व्यवस्था चलाउन पाईरहेको थियो । मल्लकालमा जयस्थिती मल्लले अभ्यास गरेको जात व्यवस्था, पृथ्वीनारायण नारायण शाहको कथित एकीकरण,  राणाशासनकालमा वर्णाश्रम व्यवस्थामा आधारित जङ्गबहादुर राणाले जारी गरेको १९१० को जातिवादी मूलुकी ऐन, पञ्चायती व्यवस्था लाई सनातन धर्ममा आधारित राजनीतिक शासन सत्ताको उदाहरणका रूपमा लिन सकिन्छ । आज जब विज्ञान र न्याय उन्मुखताले भरिएको नेपालको संविधान-२०७२ जारी गरियो तब देखि सनातन हिन्दु धर्म असुरक्षित भएको छ । यो उत्तर आधुनिक समाज हो, यो विज्ञान तथा प्रविधिको युगमा कस्तो हाँस्यास्पद र काल्पनिक भाष्य र तर्क ! 


हामी नेपालका अधिकार तथा सार्वभौमसत्तासम्पन्न नागरिक हौँ । नेपाल भौगोलिक विविधतायुक्त बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसाँस्कृतिक सामाजिक बनावट भएको राज्य हो । संविधानले नै आन्तरिक र वाहय अधिकार र पहिचान सुरक्षीत गरिदिएको छ । त्यसैले राज्यको मूल कानुन एवं न्याय र सुरक्षाको दस्तावेज मानिने सर्वोच्च संविधान भन्दा माथि न त देवता हो न त कुनै निश्चित धर्मको धार्मिक ग्रन्थ । न्याय, सुरक्षा र अवसरमा समानता सुरक्षीत गर्ने संविधान माथिको हमला तुच्छता हो । हजारौँ हजार वर्ष धर्म र धार्मिक ग्रन्थका आधारमा राज्यव्यवस्था संचालन गर्दा धर्मको नाम र आडमा मानव तथा नागरिकको अधिकार खोसेको हैन भन्ने आधार छैन । यहाँ सनातन धर्म असुरक्षामा परेको भन्दा पनि धर्मका नाममा राजनीतिक गर्ने र राज्यसत्तामा एकल ढङ्गले बसिरहने वर्ग तथा वर्णाश्रम व्यवस्थाका शक्ति पिपाशु असुरक्षामा परेको हो सबैले बुझिसकेका छन् ।


सनातन धर्म असुरक्षामा छ भनेर  भाष्य निर्माण गरेर आम नागरिकलाई मूर्ख बनाउने र धार्मिक अतिवादी, जातिवादी समाज निर्माण गर्ने कार्य अमानवीय र करूणाविहिन क्रियाकलाप हो । धर्मका नाममा सर्वोच्च संविधानको मर्म र भावना माथि खेलवाड गर्ने अधिकार न त धर्म तथा धार्मिक संस्थालाई छ न त नश्लिय, जातिय, पितृसत्तात्मक, धार्मिक अतिवादलाई छ । विविधता बीचको एकताले निर्मित राज्य हो नेपाल । नेपाल राज्य सबैको साझा हो । नागरिकको आस्था र अभ्यास गरिरहेको धर्म तथा धार्मिक संस्था माथि संविधानको सम्मान छ तर संविधानको मर्यादा र अस्तित्वकालागि धार्मिक क्रियाकलापले चुनौति गरिरहेको छ । धर्मका नाममा समाजको एकता भड्काउने जस्ता भाष्य निर्माण गरेर गरिने क्रियाकलापलाई संविधान/कानुनले सहेर बस्ने छैन । समाजलाई धार्मिक द्वन्द्वमा अझ फसाई रहनेको पछाडि लाग्नु भन्दा संविधानले स्थापित गरिदिएको अधिकार, न्याय र सुरक्षाको वितरण गर भन्ने मुद्दामा लाग्नु गुणस्तर हुन्छ । 


३५ सय वर्ष अगाडिको समय छैन जहाँ वर्णाश्रम व्यवस्थाका आधारमा शासन व्यवस्था चलाउन सकिन्थ्यो । त्यो सामन्तवादी सामाजिक संरचना भएको समाज हैन । धर्मका नाममा र धार्मिक ग्रन्थ र काल्पनिकताले भरिएको शास्त्रका आधारमा राजनीति गर्ने र शासन सत्ता चलाउने समय पनि छैन । बौद्धिकतामा आफै बेवकुफ बन्ने अन्तरक्रिया बन्द गरौँ । सनातन धर्मका नाममा नश्लिय अभ्यास, एकल जातिय अभ्यास जस्ता निकृष्ट अभ्यास बन्द गरौँ । यसले सामाजिक सद्भाव र एकता भड्काउने भन्दा कुनै गुणस्तर कार्य गर्न सक्दैन । अमानविय र करूणाबिहिन प्रवृत्ति सुधार गरौँ । संविधानको रक्षा गर्न सके संविधानले हाम्रो रक्षा गर्ने छ भन्ने चेतना हामी नागरिकले राख्न सक्नु पर्दछ । संविधान मातहतको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका माथि नश्लिय जातिय र धार्मिक अतिवादको कब्जाबाट उन्मुक्ति दिलाउने सम्पूर्ण नागरिकको कर्तव्य हो । 


संविधान माथि कुनै पनि धर्म वा सनातन धर्मको आक्रमणबाट बचाउने न्यायप्रेमी नागरिकको हो । अर्को तर्फ सनातन धर्म माथि संविधानले कुनै प्रकारका हस्तक्षेप गरेको देखिदैन तर उक्त सनातन धर्म माथि नश्लिय, जातिय र धार्मिक अतिवादको पूर्ण कब्जामा रहेको देखिन्छ । कुनै पनि धर्म वा धार्मिक संस्थाले जातिय विभेद, पितृसत्ता वा कुनै पनि प्रकारका छुवाछुत विभेद पाल्दछ भने त्यो धर्म अवैज्ञानिक र अमानविय प्रवृत्ति भएकाहरूको कब्जामा छ भनेर बुझ्नु सक्नु पर्दछ । त्यो धर्म के धर्म जसले विभेद र अन्याय देख्दैन । त्यो धर्म के धर्म जसले अमानवियता र करूणाबिहिनता देख्दैन । यसको अर्थ धर्म वा सनातन धर्म संकटमा छ तर संविधान बाट नभई त्यस धर्म वा सनातनमा रहेको नश्लिय जातिय र धार्मिक अतिवादी पितृसतात्मक प्रवृति बाट छ । 


त्यही तथ्य र प्रमाणका आधारमा विश्लेषण गर्ने हो भने धर्म वा सनातन धर्म वास्तवमै संकटमा छ । तर त्यो सनातन धर्मलाई संकटमा पर्ने अन्य धर्म वा समुदाय साथै संविधान नभई त्यही धर्म भित्र रहेका नश्लवादी, जातिवादी, धार्मिक अतिवादी र पितृसतात्मक प्रवृति हो । सनातन धर्मका सनातनीहरूले समयमै शत्रुको पहिचान गर्न नसके सनातन धर्मको अवसान समय भन्दा अगावै हुनेछ । विविधता बीचको एकता सुव्यवस्थित गराउने नेपालको संविधान विभिन्न धर्म साथै सनातन धर्मको मित्र हो नकि शत्रु । सनातन धर्मले आफू भित्र रहेको मित्रको भेषमा रहेको शत्रुको पहिचान गर्न सक्नु पर्दछ । सनातन धर्मको शत्रु बाहिर हैन त्यही भित्र रहेको अध्ययन चिन्तन गर्न सक्नु पर्दछ । अप्प दिपो भव:।