Friday, June 11, 2021

बहुराष्ट्रिय नेपाल

 ०६२/०६३ मा भएको जनआन्दोलन भाग-२ को उपलब्धिले स्थापित केही मुख्य मुद्दा मध्ये एक हो "नेपाल बहुराष्ट्रिय राज्य" । नेपालको संविधानको नारा "विविधता बिचको एकता" ले नै स्पष्ट हुन्छ नेपाल र नेपाली समाजको महत्त्वपूर्ण परिचय ।


सामाजिक सद्भाव र शान्ति, सामाजिक सुरक्षा, सामाजिक न्याय, बहुलवाद, मानवअधिकार, साँस्कृतिक राजनीति लगायत लोकतान्त्रिक विषय र मुद्दामा बहस र वकालत गर्न अाफ्नो आदर्श सिद्धान्त बनाएको प्रजातान्त्रिक समाजवादी पार्टी नेपाली काङ्ग्रेसको नाराको रूपमा रहेको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद  आफैमा बहुराष्ट्रियवाद हो । नेपाली काङ्ग्रेसको अगुवाइमा अन्य दलहरूको मुख्य सहभागीले नेतृत्व गरेको नेपाली जनताको उपस्थितिले सम्भव दोस्रो जनआन्दोलको उपलब्धि नेपालको अन्तरिम संविधान २०६३ साथै नेपालको संविधान २०७२ ले बहुजातीय, बहुधर्मीक, बहुसाँस्कृतिक, बहुभाषिक, र भौगोलिक विविधतायुक्त भनेर बहुराष्ट्रियताको सवालमा स्पष्ट स्थापित र उल्लेख गराएका छौं । तर पनि यस सवालमा नेपाली समाजमा र प्रजातान्त्रिक पार्टीका स्वयंसेवकमा विवाद देखिनुले नेपाली काङ्ग्रेस नै अझ कमजोर पर्दै जानु हो । नेपाली काङ्ग्रेसमा आबद्ध रहेर विषयको गम्भीरता माथि छेडखानी गर्दै अपमानजनक ढङ्गले अप्रजातान्त्रिक र अलोकतान्त्रिक अभिव्यक्ति दिनुले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा अास्था र विश्वास राख्ने हरेक नागरिकको चित्तमा ठेेस पुग्न सक्छ । संयमित रहेर हरेक चुनौतीलाई अवसरमा बदल्ने प्रयास गर्नु र लोकतन्त्रको लागि अाफुलाई पक्षमा रखेर सामाजिक एकता र जनताको चेतनामा वृद्धि गराउन हरदम लागि पर्नुको विकल्पमा नजाअौं।


पहिले आफु बहुराष्ट्रियवादी हो होईन स्पष्ट हौं अनि अाफु सहभागी भएको दल बहुराष्ट्रियवादी हो होईन ठम्याअौं । नेपाल र नेपाली समाज के हो भन्ने सवालमा नेपालको संविधानले स्पष्ट बोलेको छ जसरी श्रीमद्भागवत गितामा धर्म, अर्थ, काम, मोक्ष, कर्म, संसार, योग, भक्ति, मायाक, पूजाका विषयमा उल्लेख छ। नेपाली समाजमा शान्ति र सद्भाव चाहने जुनसुकै दलका स्वयंसेवक, वा समाजका सदस्यले अाफ्नो अभिव्यक्ति प्रस्तुत गर्दै गर्दा मानवतावादी र सामाजिक न्यायको विषयको केन्द्रमा रहेर दिदा "सर्वे भवन्तु सुखिन: । सर्वे सन्तुनिरामय: ।।" को आदर्शको सार्थकता हुनेछ । नत्र मुखमा रामराम बगलीमा छुरा भने जस्तै हुनेछ ।


संकिर्ण संस्कृति

  नेपालको प्रगतिको बाधक नेपाली समाजको अघोषित संस्कृतिमा रहेको संकिणता पनि हो जसले सामाजिक सद्भाव बिथोलि रहेको पाईन्छ । यहाँ हरेक विषय र मुद्दाको व्यक्तिगत वा सामुहिक अर्थ, परिभाषा र अवधारणा निर्माण गरेर अफवाह फैलाउनेको सक्रियता दिन दुईगुना रात चौगुना रहेको पाईन्छ। जबकि त्यस्ता संवेदनशील विषयको भाव, अर्थ, महत्व र प्रयोग अाम सहमतिलेले निर्माण गरेमुताविक विश्वव्यापी मान्यता अनुरूपको हुुुनु पर्ने हो । 


नेपाली समाजमा अाफ्नो पक्षको वा अाफुलाई समर्थन गर्ने विषय रहेको मात्र सही र सत्य मान्ने ठान्ने कमजोर र पक्षपाती संस्कृतिले जरागढेर बसेको रहेछ । तथ्य र न्यायिक विषय सुन्न सक्ने र बोल्नसक्ने संस्कृतिको विकास नगराए सम्म नेपाल जंगल झै रहनेछ जहाँ न्यायको कुनै नियम हुदैन । बुद्ध जन्मिएको देशको प्रेम, करूणा, अहिंसा, न्याय र मानवताको सवालमा निकैनै कमजोर अवस्था रहेको स्विकर्न अलि गार्‍हो हुन सक्छ तर यथार्थ यही नै रहेछ। नेपाली समाजको मानसिकतामा शान्ति र भौतिकतामा सुरक्षा सुनिश्चित गर्ने पहिलो र मुल मन्त्र नै मानवता हो जो अहिंसा, करूणा, र न्यायको मन, वचन र कर्म बाट सम्भव रहेको हुन्छ। 


हाम्रो व्यक्तिगत र सामुहिक दैनिकीको संस्कृतिले सिङ्गो देश र समाज दिनदिनै र पलपल पछि परिरहेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन। केपी ओलीहरूको भौतिक शरीरको जन्मदाता मात्र नभई आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, मनोवैज्ञानिक जननी पनि यही समाज भएको नकार्ने ठाँउ कतै नभएको स्विकार्दै । अबको दिनमा वर्तमान प्रवृत्तिका केपीहरूलाई जुन ढङ्गले निर्माण गरियो त्यस कुराको जिम्मा लिएर, त्यस्ता संस्कृतिको विनिर्माण गर्दै, भविष्यका गुणस्तर केपिहरूको पुन:निर्माण र जागरण गर्ने प्रण आजै नगरे हाम्रो पतनका कारण अरूलाई लगाउन महामूर्खता हुनेछ।


संस्कृतिलाई उदार एवं मानवतावादी बनाउने र विश्वव्यापी मान्यताको मन, वचन र कर्मको पुन:निर्माण गर्नुको विकल्प नखोजौं। उदारवादी सामाजिक संस्कृति नै हाम्रो आधार हो।




राज्यले निश्चित मृत्युलाई टार्न सक्छ


मृत्युलाई रोक्न सकिन्न तर केही समयका लागि टार्न सकिन्छ । त्यो टर्न सक्ने  सामाजिक संस्था मध्यको एक शक्तिशाली संस्था हो "राज्य" । राज्यको लापरबाहीका कारणले अाएको अकालको वा असामयिक मृत्युको दोष राज्यले लिनु पर्दछ । काल नाम गरेको ईश्वरलाई मृत्युको दोष लगाउनु लाई पनि अन्धविश्वास मान्न सकिन्छ । शक्तिमा रहेको उत्तरदायी पद, व्यक्ति वा सम्बन्धित संस्थालाई दोषमुक्त राख्ने अत्यन्त घातक एवं अन्धविश्वास प्रथा हो काल, जसले मृत्यु निश्चित गर्दछ भन्ने मान्दछ । 


समाजलाई अन्धविश्वासमा रख्न चाहनु मात्र अपराध नभई अन्धविश्वासमा रमाउन खोज्नु पनि अपराधीक गतिविधि हुनसक्छ । मानवशास्त्री डोरबहादुर बिष्टले भन्नु भए जस्तो अन्धविश्वास, नातावाद र कृपावाद नै नेपाली समाजको शत्रु हो । अन्धविश्वासलाई जब सम्म नेपाली समाजले पालन पोषण गर्ने छ तब सम्म ऐ ले कहिले उभोलाग्न दिदैन । यो शरीरमा रहेको घातक दिर्घरोग समान हो त्यसैले समाजलाई व्यवहारिक र वैज्ञानिक बनाउनुको विकल्प खोज्नु रोज्नु अाफु र अाफ्नो भावि पुस्ताको जीवन संगको खेलवाड हुनेछ। 


यस्ता विभिन्न खालका अप्राकृतिक दूर्घटनाले निम्त्याएको सबालमा राज्यलाई दोष लगाउनु वा राज्यले जवाफदेहिता लिनु वास्तविक र व्यवहारिक हो भने ईश्वरलाई दोषी देख्नु वा ईश्वरको कारणले भनेर मान्नु अन्धविश्वास हुनसक्छ । राज्यले मृत्यु रोक्न सक्दैन तर टार्न सक्छ भन्ने विषयलाई चिन्तन, अध्ययन र अभ्यास गर्ने बेला आएको छ । मानव र प्रकृतिलाई हानिकारक रहेको संस्कृतिको रूपमा रहेको अन्धविश्वास जस्तो प्रथालाई कुनैपनि समाजले परंपरा र संस्कृतिको नाम दिनु सामाजिक अपराध हुन सक्छ । 


नेपाली समाजले अन्धविश्वासलाई दफ्नाएर व्यवहारिक मानवतावाद र वैज्ञानिक सामाजिक न्यायको अवशेष लाई त्यो कपरिस्थानबाट खनेर निकाल्ने र सामाजिक पुनःजागरण गर्दै वास्तविक समतामुलक पुनःजीवन जिउने समयकालागि अलिकति पनि ढिलाई गर्नु हुन्न। राज्यको लापरबाहीका कारणले नागरिकको धन, मान, प्राणको नोक्सानीको  घटनालाई दशा, काल र ईश्वरलाई दोषलगाउनु कुरिति, कुसंस्कृति वा अन्धविश्वास मान्ने कि नमान्ने! कालले आफ्नो अाधिकारिक लेटरहेडमा कसैलाई मृत्युको समय, स्थान र प्रकृतिका विषयमा पत्रचार गरेको प्रमाण छ र ? त्यससैले नागरिकको जीवनप्रत्याशाको निश्चित जीवनमा गुणस्तर  मनोरञ्जनको जिम्मा लिने आधिकारिक संस्था राज्य (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) नै हो नकि कथित ईश्वर।