Friday, June 11, 2021

राज्यले निश्चित मृत्युलाई टार्न सक्छ


मृत्युलाई रोक्न सकिन्न तर केही समयका लागि टार्न सकिन्छ । त्यो टर्न सक्ने  सामाजिक संस्था मध्यको एक शक्तिशाली संस्था हो "राज्य" । राज्यको लापरबाहीका कारणले अाएको अकालको वा असामयिक मृत्युको दोष राज्यले लिनु पर्दछ । काल नाम गरेको ईश्वरलाई मृत्युको दोष लगाउनु लाई पनि अन्धविश्वास मान्न सकिन्छ । शक्तिमा रहेको उत्तरदायी पद, व्यक्ति वा सम्बन्धित संस्थालाई दोषमुक्त राख्ने अत्यन्त घातक एवं अन्धविश्वास प्रथा हो काल, जसले मृत्यु निश्चित गर्दछ भन्ने मान्दछ । 


समाजलाई अन्धविश्वासमा रख्न चाहनु मात्र अपराध नभई अन्धविश्वासमा रमाउन खोज्नु पनि अपराधीक गतिविधि हुनसक्छ । मानवशास्त्री डोरबहादुर बिष्टले भन्नु भए जस्तो अन्धविश्वास, नातावाद र कृपावाद नै नेपाली समाजको शत्रु हो । अन्धविश्वासलाई जब सम्म नेपाली समाजले पालन पोषण गर्ने छ तब सम्म ऐ ले कहिले उभोलाग्न दिदैन । यो शरीरमा रहेको घातक दिर्घरोग समान हो त्यसैले समाजलाई व्यवहारिक र वैज्ञानिक बनाउनुको विकल्प खोज्नु रोज्नु अाफु र अाफ्नो भावि पुस्ताको जीवन संगको खेलवाड हुनेछ। 


यस्ता विभिन्न खालका अप्राकृतिक दूर्घटनाले निम्त्याएको सबालमा राज्यलाई दोष लगाउनु वा राज्यले जवाफदेहिता लिनु वास्तविक र व्यवहारिक हो भने ईश्वरलाई दोषी देख्नु वा ईश्वरको कारणले भनेर मान्नु अन्धविश्वास हुनसक्छ । राज्यले मृत्यु रोक्न सक्दैन तर टार्न सक्छ भन्ने विषयलाई चिन्तन, अध्ययन र अभ्यास गर्ने बेला आएको छ । मानव र प्रकृतिलाई हानिकारक रहेको संस्कृतिको रूपमा रहेको अन्धविश्वास जस्तो प्रथालाई कुनैपनि समाजले परंपरा र संस्कृतिको नाम दिनु सामाजिक अपराध हुन सक्छ । 


नेपाली समाजले अन्धविश्वासलाई दफ्नाएर व्यवहारिक मानवतावाद र वैज्ञानिक सामाजिक न्यायको अवशेष लाई त्यो कपरिस्थानबाट खनेर निकाल्ने र सामाजिक पुनःजागरण गर्दै वास्तविक समतामुलक पुनःजीवन जिउने समयकालागि अलिकति पनि ढिलाई गर्नु हुन्न। राज्यको लापरबाहीका कारणले नागरिकको धन, मान, प्राणको नोक्सानीको  घटनालाई दशा, काल र ईश्वरलाई दोषलगाउनु कुरिति, कुसंस्कृति वा अन्धविश्वास मान्ने कि नमान्ने! कालले आफ्नो अाधिकारिक लेटरहेडमा कसैलाई मृत्युको समय, स्थान र प्रकृतिका विषयमा पत्रचार गरेको प्रमाण छ र ? त्यससैले नागरिकको जीवनप्रत्याशाको निश्चित जीवनमा गुणस्तर  मनोरञ्जनको जिम्मा लिने आधिकारिक संस्था राज्य (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) नै हो नकि कथित ईश्वर।

No comments:

Post a Comment