Saturday, April 15, 2023

विश्वको ठग लोकतन्त्र

 विश्वको ठग लोकतन्त्र


मलाई भोट देउ भनेर भोट मागिदैछ !

हामीलाई भोट हाल भनेर भोट फकाईदैछ !

मलाई आशीर्वादमा भोट दिनु भनेर ढोगेर भोट मागिदैछ !

विभिन्न तिकडम हर्कतको प्रयोग गरेर भोट हाल्न बाध्य बनाईदैछ !

सांकेतिक अन्तरक्रिया गर्दै विभिन्न खुल्ला वा गुप्त नाराले प्रलोभनमा पारेर स्वार्थ समुहले मतदातालाई प्रभावमा पारेको देखिन्छ । 

नेपालको बडो अचम्मको लोकतन्त्र !


जुन हर्कतले निर्वाचन गराईदैछ, मतदाता माथि बाध्य बनाईदैछ, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली आफैमा त्यो अलोकतान्त्रिक छ । लोकतन्त्रको नाममा देखाउने दाँत बनाईएको छ निर्वाचन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली । उदार र लोक कल्याणकारी लोकतन्त्रको अभ्यासमा कञ्जुस्याँइ गर्ने सत्ता र शक्तिका कुलतमा फँसेका शासक/पुँजीपति वर्गको नाङ्गो नाच कहिले सम्म सहने ! उच्च वर्ग, शासक वर्ग वा हुनेखाने वर्ग र अघाएका मान्छेले अर्थ तथा परिभाषित गरिदिएको, आदर्श र सिद्धान्त निर्धारण गरिदिएको लोकतन्त्र मानिरहेका छौं र त्यही मनाई रहेका छन् । वर्तमान लोकतन्त्र र लोकतान्त्रिक अभ्यास हामी हुदा खाने, भोको र भूँइमान्छेका हितकालागि हुँदै हैन भनेर बुझ्न र बुझाउन जरुरी छ । 


यतिका वर्ष भईसक्दा पनि आत्मसम्मान र जन्मदै अधिकार सम्पन्न हामी मानवको जीवनमा कत्ति पनि गुणस्तर नथपिएको अझ झन्झन् जटिलता तर्फ धकेलिदै गएको स्विकार्दैनौं भने हामीमै र हाम्रो चेतनामै समस्या रहेको बुझ्न जरुरी छ । फ्रेन्च रिभोलुसन दोहोर्‍याउनमा उद्दत्त गराउने र मानव मानव हत्यामा रमाउने रक्तपिपासु देखि होसियार । लोकतन्त्रले हत्यामा नभई सत्याग्रमा विश्वास गर्दछ । यदि नगरे लोकतन्त्रको हत्या हुन सक्छ । लोकतन्त्रको विकल्प अझ उदार लोकतन्त्र हो । हुनेखाने अघाएका वर्गले र हुदा खाने भोको र भूँइमान्छेले त्यसैमा विश्वास र आस्था राखौं ।



Friday, April 14, 2023

कान्छी बैनी रमा (बाल नर्सिङ शास्त्री) लाई जन्मदिनको शुभकामना !

 कान्छी बैनी रमा (बाल नर्सिङ शास्त्री) लाई जन्मदिनको शुभकामना !


मानव समाजमा समाजले राखिदिएको साङ्केतिक नामले भन्दा आफैले विषयगत अभ्यास र चेतनाले निर्माण गरेको परिचयको आयु लामो रहेको हुन्छ । नाम त जन्मन साथ उपलब्ध गराईन्छ तर परिचय निर्माण गर्न जीवनको उर्वर समयको लामो लगानीका पश्चात पनि सबैले निर्माण गर्न सकिँदैन । आफ्नो विषयगत क्षेत्रको पहिचान गरि त्यसैमा पहिचान र परिचय निर्माण गर्ने सचेतना महत्वपूर्ण रहेको हुन्छ । 


हामी मानवलाई जन्म अरूले दिएको, हिडन अरूले सिकाएको, बोल्न अरूले सिकाएको, पढन लेख्न अरूले सिकाएको, जीवन जीउन जीवनदर्शन अरूलेनै सिकाएको, भौतिक शरीर र प्राणमा शक्ति र उर्जाको स्रोत पनि उरू (प्रकृति) र भौतिक शरीरको अवसान पश्चात् अन्तिम संस्कार पनि अरूले नै गरिदिने हुन्छ । यस्ता चुक्ता गर्न खोज्दा पनि तिर्न नसकिने ऋणलाई बिर्सिएर हामी मानव आजीवन नाफा वा भौतिक पुँजी संकलनको नाममा वातावरण तथा प्रकृतिको विनाश र दोहन गर्ने, अन्य प्राणीलाई आफ्नो निजी लाभका लागि हदपार गर्ने तथा अधिकार, स्वतन्त्र र आत्मसम्मानमा आफुसमानको हैसियत राख्ने अरू मानवलाई जानिनजानी योजनाबद्ध ढङ्गले चुस्ने, धुत्ने, लुट्ने, ठग्ने अमानवीय र असामाजिक कार्य खुल्लम खुल्ला गरिरहेका हुन्छौं । हामी मानवको प्राण जसरी प्रकृति वा अरू कसैको प्रेम र करूणाका कारणले प्राप्त भएको साथै चलिरहेको प्रमुख विषय केन्द्रमा राखी आफुलाई सदैव करूणा र मानवतावादमा लगाउने प्रधान विषय स्मरण रहोस् ।


मानव प्राणीको शक्तिशाली हतियार भनेको "चेतना" नै हो । मानवका लागि चेतना अवसर पनि हो र चुनौती पनि । अहिलेसम्म त्यो सचेतनाको उच्च सम्भावना जीवहरू मध्ये मानिसमा रहेको पाईएको बौद्धिक एवं उच्च चेतनशील पात्रहरूले मानेका छन् । त्यसैको खोजी नै मानव जीवनको लक्ष्य, उदेश्य र ध्येय हो । त्यही परोपकारी, कल्याणकारी र करूणामय सचेतनाको खोज अध्ययन तथा प्रकृति र धर्म (मानवतावाद)को रक्षार्थ साहसिक र चेतनशीलताको शुभकामना ।


💐कमरेड रमा लाई 💐 जन्मदिनको लाखौंलाख शुभकामना !💐



जे हुदैछ गलत हुदैछ, बुझ्न र बुझाउन जरुरी छ

 जे हुदैछ गलत हुदैछ, बुझ्न र बुझाउन जरुरी छ


विश्व मानव समाजको सबै भन्दा खतरा मन्द विष भनेको जात-जातिका नाममा मानव-मानव बीच विभाजित गराउने जातिवाद, धर्म-धर्मका नाममा मानव-मानव बीच फुट गराउने धार्मिक साम्प्रदायिकता हो । 


पहिचानको वर्चस्वताका नाममा भुसको आगो झै भित्र भित्र बालिरहेको यो जातिवाद र आईडिया अफ गडका नाममा ईश्वरिय कट्टरपन्थिमा विश्वास गराउने धार्मिक साम्प्रदायिकता खुल्लेआम भड्काउने विषालु खेल खेलेर पूँजीपति शासक वर्गले विश्व मानव समाजमा आधिपत्य जमाएको स्पष्ट देख्न सकिन्छ । मार्क्सले यही विषय सबै मानवका शासित/मजदुर वर्गलाई बुझाउन खोजेका छन् । 


सचेत मानवले यस्ता अति जातिकेन्द्रियतालाई निस्तेज बनाउदै धार्मिक साम्प्रदायमा वर्गीय एकता खोज्न जरुरी छ । जहिले सम्म विश्व मानव समाजमा जात-जाति बीच बेमेल तथा धार्मिक साम्प्रदायिकता भड्काउनेमा विश्वास राखिन्छ/गराईन्छ तब सम्म हुनेखाने सिमित तर शक्तिशाली वर्ग द्वारा भोको भूंइमान्छे अर्थात हुदा खाने वर्ग स्थाइ रूपमा असमानता, अभाव, गरिबी र अन्यायको गहिरो र जरजरताको सिकार भई रहनु पर्ने हुन्छ । 


धनीलाई गरिब र गरिबलाई अझ गरिबीमा धकेल्ने कंगालिकरणको खेल खेलाईरहेको पूँजीवाद विरूद्ध एक र सचेत हुन जरुरी छ । यो साम्राज्यवादी धार्मिक पितृसतात्मक पूँजीवादी विश्व समाजमा जे हुदैछ गलत हुदैछ, न्यायप्रेमी मानवले समयमै बुझ्न र बुझाउन जरुरी छ ।



सिंहदरबारको ह्वाइटहाउस, प्रभूको मन्दिर र मतदान


 सिंहदरबारको ह्वाइटहाउस, प्रभूको मन्दिर र मतदान


नेपाली काङ्ग्रेस तर्फका उपनिर्वाचनका उमेदवार श्री जितनारायण श्रेष्ठ र श्री गोविन्द भट्टराईहरूलाई प्रश्न गर्नुहोस् ।


१. पितृसत्तात्मक समाजले हजारौं हजार वर्ष देखि दास बनाएर राखेको लैङ्गिक विभेदमा पारिएका महिला र अर्धनारीको न्यायका लागि मुक्तिका मुद्दाहरू के छ भनेर ।


२. हिन्दु धर्म वर्णाश्रम र त्यसैको आधारमा घोषित अघोषित जात व्यवस्था निर्माण गरेर हजारौं हजार वर्षदेखि दलनमा पारिएको कथित शुद्र माथि भएको विभेद र दुर्ववहारमा न्याय लागि क्षतिपूर्तिमा समानताको मुद्दा के छ भनेर ।


३. कुनै निश्चित भूगोल, भाषा, धर्म, रंगका भएकै आधारमा आज सम्म राज्यसत्ता भन्दा पर राखिएको, सिमान्तकृत बनाईएकाहरूको न्यायकालागि समावेशीकरणको मुद्दा के छ भनेर ।


४. कुनै निश्चित पेशा, व्यवसाय भएकै आधारमा सामाजिक सुरक्षा र न्याय बाट बञ्चित गराईएको किसान-मजदुरको न्यायकालागि सुरक्षाको मुद्दा के छ भनेर ।


५. आर्थिक आधारमा विपन्न, भौतिकताको पहुँचमा गरिब माथि वर्षौंदेखि हुँदै आएको शोषण र दमन विरूद्धको न्यायकालागि दिगो सुरक्षाको एजेण्डाहरू के छ भनेर ।


६. हरेक बालबालिका तथा विद्यार्थीकालागि निशुल्क र गुणस्तर शिक्षा साथै जेष्ठ नागरिकको स्वास्थ उपचार लगायत सामाजिक सुरक्षाको निश्चितताको मुद्दा के छ भनेर ।


७. अशक्त, कुपोषण तथा शारीरिक अपांगता भएका नागरिकका लागि विशेष व्यवस्था र सुविधाको सुरक्षित कार्यक्रम के कस्तो छ भनेर ।


८. भौतिक पूर्वाधार, यातायात तथा विकास निर्माणमा मानव समाज मैत्री बनाउने वैज्ञानिक र व्यवहारिक योजना कस्तो छ भनेर ।


९. हामी नागरिकले तिमीलाई र तिम्रो राजनीतिक संगठनलाई किन र के भनेर मतदान गर्ने, तिम्रो अनुहार, जात-थर र पार्टी हेरेर नै भोट दिनु पर्ने कहिले सम्म हो भनेर सोधौं ।


त्यसरी नै विविध कारणले अन्यायमा परेको वा पारिएको विषय र मुद्दामा न्यायको मुद्दाहरू के के छ भनेर सोध्नु होस् अनि लिखित गराउनसहोस् तत्पश्चात निर्वाचनमा आफ्नो मतदान दिएर सुरक्षीत हुनुहोस् । 


यो एक दिनको निर्वाचनमा छिनभरको मतदानले हामी र हाम्रो भविष्य कस्तो निर्माण गर्ने हो भन्ने तय गर्ने महत्वपूर्ण समय हो । त्यसैले त्यस्ता सामाजिक अन्याय, अत्याचार, विभेद, शोषण, दमन, बहिस्करण, सिमान्तिकरण उन्मुलन गर्न प्रयास गरिरहेको १४/१५ अौं सताब्दिको आदिम प्रजातान्त्रिक निर्वाचन प्रणालीमा सहभागी बनौं ।  नो भोट, भोट फिर्ता माग्ने जस्ता विषय भए कस्तो राम्रो हुन्थ्यो, बाध्यता छ, विकल्प छैन त के गर्ने !


के गर्ने त यस्तै कथित परंपरागत आदिम निर्वाचन प्रणालीलाई आजको २१आैं शताब्दीमा पनि प्रजातान्त्रिक प्रक्रिया मान्नु पर्ने हाम्रो बाध्यता एकातर्फ लज्जास्पद रहेको छ । तर पनि मतदान गरौं र आफ्ना एजेन्डालाई विजयी बनाआैं । हचुवामा, भावनामा, लयलयमा बहकिएर भन्दा पनि वास्तविकताको अध्ययन गरि अमूल्य मतदानको सदुपयोग गर्नेमा निश्चित बनौं ।


असमानता, अभाव र गरिबीका कारण देवता वा राज्यको नियतले हो भन्ने लाग्न सक्छ । त्यही समाजिक सुरक्षा र न्याय भन्ने विषय राज्य र राजनीति संग जोडिएको हुन्छ भनेर लाग्नेले त्यही उमद्वारहरूलाई सोध्नु होला । र देवतावादमा विश्वास राख्नेहरूले त्यही मन्दिरमा रहेका देवता वा देवताको सचिवालयको स्वकीय सचिव लाई सोध्नु होला ।


सामाजिक अन्याय, सामाजिक अससुरक्षा साथै निजी अभाव र गरिबी निवारण वा समाधान मन्दिर, मस्जिद, चर्च र गुम्बामा नभई सिंहदरबार र ह्वाईट हाउसमा हुन्छ । भौतिक सत्यले यसै भनेर मान्दछ । आईडिया अफ गडले यस्ता सामाजिक असुरक्षा, सामाजिक अन्याय, अभाव र गरिबी जस्ता समस्यालाई अझ बढी कसरी सहन सकिन्छ भन्ने बनाउदछ । वर्तमानको हाम्रो अवस्था विद्रोहको हो नकि सहनसिलताको ।


न्याय माग्न मन्दिर जाने चेतनाले मतदान नेताको हितका लागि गर्न सक्छ । जबकि निर्वाचनमा गरिने मतदान स्वयंको मुक्ति, स्वतन्त्रता, स्वायत्तता, सामाजिक न्याय र सुरक्षाको लागि हो । त्यसैले कहिले सम्म प्रभूको मन्दिर जाने र कहिले देखि सिंहदरबारको ह्वाइटहाउस जाने हामी स्वयंले निर्णय गर्न सक्नु पर्दछ । आईडिया अफ डिमोक्रेसीका नाममा कहिले सम्म ठग्ने र ठगिने विषयमा केन्द्रित हुन जरुरी छ ।



नेपालमा पनि लोकतन्त्रका नाममा ठगी हुदैछ

 नेपालमा पनि लोकतन्त्रका नाममा ठगी हुदैछ


पुँजीवादी उत्पादनको स्वरूपमा पनि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्दा उत्पादनको सामाजिक स्वरूपको ऐतिहासिक सन्दर्भका दास युग र सामन्त युगका राजनीतिक/धार्मिक संघ संगठन (मालिक, सामन्त, राजा, बादशाह) ले झै शोषण, दमन, अन्याय र अत्याचार गरिरहेका छन् । बस फरक यतिहो फरक नाम र फरक रूपमा शैली बदलेर आएको मात्र छ तर प्रवृत्ति त्यही र उहि छ । तिलक चन्दन नलगाएका हेर्दा लट्टे बाबा झैं देखिने लामो कपाल र दाह्री लामो भएका भौतिकवादी दार्शनका अघोरी बाबा ले भने झै राजनीतिक पनि पुँजीपतिको अधिनमा दास (साधन) रहेको देखिन्छ । 


नेपाली काङ्ग्रेसले वकालत गरिरहेको लोकतान्त्र र समाजवादका नाममा लोकतान्त्रिक आदर्श, सिद्धान्त, मूल्यमान्यता, वकालत, व्यवहार तथा कार्यान्वयन अमिल्दो र आउट डेटेड छ । विश्व समाजमा लोकतान्त्रिक समाजवादी पार्टीले गर्दै गरेको अभ्यास कस्तो छ र यहाँ नेपालमा के भईरहेको छ तुलनात्मक अध्ययन गर्न सकिन्छ । यदि नेपाली काङ्ग्रेसले वर्तमान लोकतान्त्रिक अभ्यासलाई अझ उन्नत लोकतान्त्रिक र कल्याणकारी अभ्यास गरिदैन भने नेपाली काङ्ग्रेस ठगी प्रवृत्ति भएका सामाजिक असमानता र बेमेलमा रमाउने पात्र र प्रवृत्तिको नेतृत्वमा रहेको छ भनेर मान्दा हुन्छ । 


नेपालमा लोकतन्त्र र सुशासनका नाममा सबै राजनीतिक दल तथा व्युरोक्र्याट प्रणाली द्वारा आम करदाता नागरिकलाई शोषण गर्ने ठगी कार्य हुदैछ । यसमा नेपाली काङ्ग्रेसले पुनःविचार, पुनःनिर्माण र पुनःआकारीत गर्न जरुरी छ । यतिका वर्ष भईसक्यो नेपाली काङ्ग्रेसले नेतृत्व गरेको तर खै कहाँ छ न्यायिक र कल्याणकारी राज्य ! काङ्ग्रेस सच्चिनु पर्छ र सच्याईनु पर्छ । काङ्ग्रेस सच्याउनु छ भने काङ्ग्रेस भित्र बसेरै सच्याउनु पर्दछ वास्तवमै ति दाजु ले भने झै ।



लोकतान्त्रमा देवत्वकरण नगरौं

 लोकतान्त्रमा देवत्वकरण नगरौं


एकातर्फ सो कल्ड नेता ले/लाई गलामा माला  लगाईमाग्नु वा लगाईदिनु र अर्को तर्फ आफू समान अधिकार सम्पन्न अर्को मानवलाई वा विशेष अख्तियार प्राप्त व्यक्तित्व ले/लाई हातमा फुलको गुच्छा लिनु वा दिनु दुवै फरक फरक विषय र प्रसंग हुन् । 


एक प्रसंगमा सम्बन्धमा दास र मालिक (रैती)को अन्तरक्रियाको झलक पाईन्छ भने अर्कोमा अधिकार र हैसियतमा समान व्यक्तिलाई शुभकामना आदान प्रदान गरेको सुसंस्कृत सभ्यता झल्किन्छ । आफुले आफैलाई मालिक र रैती नबनाआैं । कोही मानव कोही अर्को मानव भन्दा श्रेष्ठ र निम्न हुदैन अर्थात सबै अधिकार र आत्मसम्मानमा समान हौं । कसैले कसैलाई देवत्वकरण नगरौं । समान हैसियत र सामान्य अवस्थामा पनि यो समाजलाई चलाउन सकिन्छ र चल्छ पनि ।


करदाता नागरिक मालिक हुन् । नागरिक/लोकको सेवा गर्ने ध्येयले अगाडि बढेका नेता/कर्मचारी लाई नोकर (public servent) नै मानौं र सम्बन्धितले स्विकार गरौं, त्यही यथार्थ हो । यहाँ कोही कसैको मालिक हो भने आम नागरिक मालिक हुन् भने यहाँ कोही कसैको सेवक हुन् भने नेता/कर्मचारी हुन् । कोही नेता/कर्मचारी मालिक बन्न नखोजौं साथै करदाता नागरिक दास बन्न नखोजौं ।


विश्व मानव समाजमा अधिकार र आत्मसम्मानमा समानताको वकालत गर्ने पोस्ट लोकतान्त्रिक युगमा यस्ता देवत्वकरण र दानविकरणको असभ्य संस्कृतिको बहिष्कार गरौं ।



मेयर वसंत बस्नेत

 "Development is the process of maximizing positive happiness of the people." (Sociology)


त्रियुगा नगरपालिकाको करदाता नागरिकको दिगो एवं सकारात्मक खुशी वृद्धि गर्न समाज भित्रका केही महत्त्वपूर्ण एवं विविध पक्ष आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरण लगायत विषयमा अनौपचारिक तर संस्थागत छलफल गरियो । 


त्यस मध्य समाजमा बढदो कुलत तथा दुर्व्यसनले समाज तथा परिवार भित्र पर्न गएका विभिन्न असरहरूलाई न्युनिकरण गर्नकालागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने,  मानव जीवन संग जोडिएको चुरे वन तथा वातावरण संग सम्बन्धित जलस्रोत घटन नदिने, नागरिकको जीविकोपार्जन संग सम्बन्धित कृषि पाकेट क्षेत्र विकास, साथै माहुरी तथा पशुपालन जस्ता विषयमा निकैनै गम्भीर विषय छलफल गरियो । साथै नागरिक तथा नगर क्षेत्रलाई आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत पक्ष बाट एकआपस बीच सम्बन्ध सद्भाव, पहुँच र आर्थिक वृद्धि जोडन चक्रपथ परिक्रमा सडक पूर्वाधार विकास गर्ने योजनामा पनि निकै गम्भीरतापूर्वक विषय राख्नु भयो नगर प्रमुखले ।


त्रियुगा न.पा कार्यपालिका प्रमुख मेयर श्री वसंत बस्नेत, नेपाली काङ्ग्रेस उदयपुरका जिल्लाकार्यसमिति सदस्य श्री एल.बि. कार्की, सर्वाङ्गीण विकास नेपाल (HD Nepal/Holistic Development Nepal) का वरिष्ठ उपाध्यक्ष श्री शैलेश अधिकारीका साथमा ।



कार्ल मार्क्स मार्क्सवादी हुन् कि साम्यवादी !

 कार्ल मार्क्स मार्क्सवादी हुन् कि साम्यवादी !


कार्ल मार्क्स (Karl Marx) र मार्क्सवाद (Marxism) फरक फरक हो । सामाजिक विज्ञानका दार्शनिक कार्ल मार्क्स व्यक्ति हुन् भने मार्क्सवाद सामाजिक विज्ञान अन्तर्गतको एक थेसिस हो जो समाजको विकास, परिवर्तन र अन्तरक्रियाको अध्ययन गर्ने समाजशास्त्रीय दृष्टिकोणहरूमा द्वन्द्वात्मक दृष्टिकोण (Conflict Perspective)को एकलो शक्तिशाली प्रयाक्सिस सिद्धान्त (Praxis Theory) हो । 


कार्ल मार्क्सको धारणा द्वन्द्वात्मक दृष्टिकोण मार्क्सवाद संग मिल्न/नमिल्न सक्छ । कार्ल मार्क्स मार्क्सवादी हुन पनि सक्छन् नहुन पनि सक्छन् । कार्ल मार्क्सको धारणा व्यक्तिगत हो भने मार्क्सवाद सामाजिक विज्ञान हो । मार्क्सले माक्र्सवाद देख्छन्, बोल्छन्, लेख्छन् र प्रयाक्सिसमा लाग्छन् तर मार्क्सवादले सामाजिक विज्ञान बोल्दछ, माक्र्सवाद बोल्छ । मार्क्सले मार्क्सवादको प्रतिपादन गरेपनि उक्त मार्क्सवाद सबै मानवको साझा बौद्धिक सम्पत्ति हो । 


मार्कसवाद (Marxism) , समाजवाद (Sociolism) र साम्यवाद (Communism) आफैमा फरक फरक भावअर्थ बोकेको सामाजिक विज्ञानका विषय र प्रसंग हुन् । त्यसरी नै मार्कसवादी (Marxist), समाजवादी (Socialist) र साम्यवादी (Communist) पनि फरक फरक उदेश्य तथा ध्येय राख्ने व्यक्ति, समूह वा संस्था हुन । यी सबै एकै भौतिकवाद (Materialism) कित्ताका हुन् तर आफैमा फरक फरक हुन् ।


नेपाली काङ्ग्रेसका बौद्धिक नेतृत्व आदरणीय दाजु श्री दामोदर कोईरालाका साथमा नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला कार्यसमितिका पदाधिकारी (कोषाध्यक्ष) आदरणीय नाना श्री मौसम राई, नेपाली काङ्ग्रेस मोरङका आदरणीय मितामणी श्री भुवन घिमिरे लगायत हामी ।


यो संसार र समाज दुई भागमा बाडिएको देखिन्छ त्यस मध्य

 यो संसार र समाज दुई भागमा बाडिएको देखिन्छ त्यस मध्य


* पुरूष र नारी

* श्वेत र अश्वेत

* आर्य र अनार्य

* राजा र रैती 

* वर्गीय र वर्णाश्रम

* शासक र शासित 

* पितृसत्ता र नारीदास 

* पुँजीपति र मजदुर

* उच्च वर्ग र निम्न वर्ग

* हुनेखाने र हुदा खाने

* पानी चल्ने र पानी नचल्ने

* गैरमतवाली र मतवाली 

* बिफ खाने र बिफ नखाने

* माँसाहारी र साकाहरी 

* आदर्शवाद र भौतिकवाद 

* देवतावाद र दर्शनवाद

* मूर्ति पुजक र प्रकृति पुजक

* एकल देवतावाद र बहुदेवतावाद

* अन्धश्रद्धा मान्ने र विज्ञान जान्ने 

* साम्राज्यवाद र साम्यवाद

* शक्ति राज्य र तेस्रो मुलुक

* स्वाधीन र परनिर्भर 

* पश्चिमा र पूर्वीय 

* समुन्द्री र भूपरिवेष्ठित

* चोमलुङ्गमा र सागर

* माटो र मरूभूमी

* दफनाउने र पोल्ने 



क्रान्तिकारी प्रेमी

 "क्रान्तिकारी प्रेमी"


हुने खाने र हुदा खाने बीचको

यो गहिरो खाडल पुर्न

म वर्ग संघर्षको तैयारी गर्दैछु ।

हुने खानेको प्रवृत्ति बिरूद्ध

प्रेमले निर्णय गर्न सिकाउ 

र हुदा खानेका लागि करूणामय विद्रोह सिकाउ ।


आउ मलाई प्रेमको स्पर्श वितरण गर

जसले मेरो मानवता जागृत गराओस् ।

त्यही प्रेम र स्पर्शको धङधङीमा

शान्तिपूर्ण वर्ग संघर्ष छेड्न सकौं ।

प्रेमको सचेतनाले क्रान्तिको तैयारी गरौं ।

आउ अभियानमा संगै वर्ग संघर्षको तैयारी गरौं ।



युनाइटेड नेपाल (United Nepal)

 युनाइटेड नेपाल (United Nepal)


पृथ्वीनारायण शाहको अभियान भन्दा अगाडिको बाइसे राज्य र चौबीसी राज्यहरूको मोडललाई केही सुधार गरेर देशलाई पुनःसंरचना सहित अगाडि लानु पर्छ । सबै राज्यहरूलाई सार्वभौमसत्तासम्पन्न हस्तान्तरण गर्नु पर्छ । स्वतन्त्रता तथा भिन्न भिन्न राष्ट्र र राज्यको एकताको अवधारणाको अभ्यासमा जाँदा पनि हुन्छ जस्तै युनाइटेड अरब इमिरेट्स्, रसिया, युनाइटेड स्टेट अफ अमेरिका जसरी । आर्थिक भार थाम्न नसक्ने तर्कले संघीयताको मोडल भार भएको अवस्थामा युनाईटेड नेपालको मोडल पनि एक विकल्प हो ।


संघीयताको मोडल, गणतन्त्रको मोडलले नेपाली नागरिकलाई सम्बोधन गर्न नसकेको वास्तविकता हो । हामी आम नागरिकको सामाजिक सुरक्षा, सामाजिक न्याय, मौलिक हक र मानव अधिकारको प्रत्याभूति गर्न नपाउने, कागजमा मात्र सुरक्षित हो भने अबको विद्रोह यही मोडलमा जान सक्छ वा लानु पर्छ । जन्मसिद्ध अधिकार सम्पन्न एक मानव वा एक नेपाली नागरिकको संयमताको बाध टुटिसक्यो । नेपाली राष्ट्रियता भएका नागरिक मानव हो हैन भनेर राज्यसत्ताले कहिले सम्म छल गर्ने र नागरिकले सहिदिनु पर्ने !


त्यो रातो टोपी, कालो झोला र हेडसेट सुन्दै हिडिरहेको भौतिक शरीरको मस्तिष्कमा रहेको चेतनामा युनाईटेड नेपालको चिन्तनको विषय बनाउने नेपाल सरकारको एक नेपाली पशु प्राणी रूपी नागरिक म (ना.प्र.नं. १४३१९) । (तस्वीरका लागि प्रिय भाइ मनराज प्रति आभार)


वर्ष हैन नयाँ युगको प्रतिक्षामा छौं

 वर्ष हैन नयाँ युगको प्रतिक्षामा छौं 


हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।

जो कति शताब्दीको एक युग हुन्छ 

त्यो पनि यकिन थाहा छैन ।

सय वर्षको एक शताब्दी 

र यति थाह छ 

तीन पैसठ्ठी दिनको एक वर्ष ।

हामी त्यो समतामुलक समाजको प्रतिक्षामा 

क्रान्तिमा होमिएकाहरूका लागि 

यो तीन पैसठ्ठी सेकेण्डको एक मिनेट झै लाग्ने 

शताब्दीअौं शताब्दी पछिको युगको प्रतिक्षामा छौं ।

किनकि हामी त्यो वर्ग बिहिन युगको प्रतिक्षामा छौं ।


हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।

आदिम साम्यवादी समाजको त्यो स्वर्णिम युग

कति शताब्दीको युग थियो यकिन थाहा छैन ।

तर अमानवीय दास र कठोर सामन्त 

झेलेर आएको 

अब शोषणकारी पुँजीवाद युग कहिले ढाल्न सकिन्छ 

भन्ने तैयारीमा छौं ।

हो हामी यो पुँजीवाद पछिको 

समाजवाद युगको प्रतिक्षामा छौं ।

हुदा खानेको युग ल्याउछौं र आउँछ ठान्दै

हामी युग परिवर्तनको कठोर प्रतिक्षामा छौं । 


हो हामी वर्ष हैन, शताब्दी हैन

शताब्दीअौं शताब्दी पछिको 

त्यो राज्य बिहिन मानवतावादी समाजको 

प्राप्तिको क्रान्तिमा छौं, 

वर्गीय सचेतना र वर्ग संघर्षमा छौं ।

हामी साम्यवाद युगको प्रतिक्षामा छौं ।

मानव मानव हो 

मानव प्रकृतिको हिस्सा हो भनेर बुझने 

हो त्यो युगको प्रतिक्षामा छौं ।

हामी क्रान्तिकारी युग परिवर्तनको  प्रतिक्षामा छौं । 


तीन पैसठ्ठी सेकेण्डको एक मिनेट झै लाग्ने 

सयौं मिनेटको एक घण्टा लाग्ने घडी लिएर

शताब्दीअौं शताब्दीको एक युगको वर्ष मानेर

अजीबौं गरिब समयको प्रतिक्षामा छौं ।

हो हामी वर्ष हैन, शताब्दी हैन 

शताब्दीअौं शताब्दीको एक वर्ष पछि आउने

त्यो युगको प्रतिक्षामा छौं ।

त्यही न्याय र समतामुलक समाजको युगको 

शुभकामना दिने प्रतिक्षामा छौं ।

तीन पैसठ्ठी दिनको एक वर्ष हैन 

शताब्दअौं पछिको नयाँ युगको प्रतिक्षामा छौं ।

हो हामी युग परिवर्तनको प्रतिक्षामा छौं ।


(आदिम शहर काठमाण्डौको नयाँ वानेश्वर, २०७९/१२/३० बिहिबार)


उनी संग मेरो कुनै लेनदेन छैन न त मित्रता न त दुश्मनी

 उनी संग मेरो कुनै लेनदेन छैन न त मित्रता न त दुश्मनी


 


देवता/इश्वर/प्रभु/अल्लाह लाई देखेको पनि छैन र कुनै एकले दर्शन दिएका पनि छैनन् । उनले मेरो केही नोक्सानी पनि गरेका छैनन् र लाभान्वित पनि बनाएका छैनन् । लिएको दिएको जसको कुनै प्रमाण पनि छैन । भन्नू पर्दा उनी संग मेरो कुनै लेनदेन छैन साथै मित्रता, रिसराग र दुश्मनी पनि । उनी छन् छैन थाहा छैन तर आइडिया अफ गड (Idea of god)का नाममा सताब्दी सताब्दी देखि तर्साउने प्रवृत्ति र तर्सीने चेतना लाई पुनःनिर्माण गर्न जरुरी छ, यही सरोकारको विषय हो । 


हो म ऋणी र आभारी छु ! सूर्य बाट नियमित यो ब्रह्माण्ड, पृथ्वी, माता प्रकृति, प्राणी साथै हरेक मानव देखि । यो जीवन प्रदान गर्ने मानव प्रकृति र चेतना प्रदान गर्ने समाज तथा आज सम्म जे प्राप्त भएको छ त्यसको तथ्य र प्रमाण मानव समाजका सुन्दर चेतना बाहक मानव नै देखिन्छ । त्यसको श्रेय प्रकृति, प्राणी र मानवलाई नै दिनु पर्दछ नकि अप्रमाणीत अरूकोहीलाई । म हजुरहरू प्रति कृतघ्न छु । उनले (देवताले) केही दिएको र खोसेको प्रमाण नभएकोले उनी संग मेरो कुनै लेनदेन, मित्रता र दुश्मनी नभएको स्पष्ट छु । हजुरहरूको हामी प्रतिको मित्रता र भातृत्वलाई सम्मान अनि सलाम ।

Saturday, March 4, 2023

कविता: पूँजीवादी स्ट्रेस


पूँजीवादी स्ट्रेस


एकातर्फ खर्च बढ्दैछ, अर्को तर्फ भारी मूल्यवृद्धि ।

चुनौतीपूर्ण आर्थिक, सामाजिक र स्वास्थ समृद्धि ।।


संविधान संगै लोकतन्त्र, हक र सामाजिक सुरक्षा ।

समस्या अझ बढदैछ, जीवित छ गुणस्तर अपेक्षा ।।


रोटी, कपडा, मकान समेटदै जाने भूईमान्छे जीवन ।

असमान वितरण र कब्जाले पिधमै रहने दासीपन ।।


संघर्ष र संकटकालीन भोगाइ, न संसारी न सन्यासी ।

भौतिकता ले खोस्यो आध्यात्मिक र मानवतावादी ।।


: निजी पारिवारिक जीवन

पाहाडे राष्ट्रवाद

 पाहाडे राष्ट्रवाद



जनताको भावना तथा कथित कानुनी राज्य संग खेलवाड गरेको/नगरेको विषय र प्रसंगमा चाहिँ न्यायलय मौन देखिन्छ । प्रसंगमा को नागरिक र अनागरिक भन्ने एक प्रसंग छ भने अर्को तर्फ जाली, कृते जस्ता लिखत सम्बन्धि कसुर वा अन्य कुनै सामाजिक एकता र सद्भाव भड्काउने फौजदारी अभियोग जस्ता गैरकानुनी क्रियाकलापमा संलग्नता तर्फ आकर्षित हुन्छ कि हुदैन ! यस्ता एक व्यक्ति तथा प्रवृत्तिको क्रियाकलापले सिङ्गो समाज तथा राज्यलाई पुग्न गएको क्षतिको जवाफदेही कसले लिन्छ ! 


भाषा, लिपि, धर्म, संस्कृति, भूगोल, छालाको रंग, तथा अनुहार हेरेर नागरिक/अनागरिक मान्नु नेपाली समाजको हकमा पाहाडे राष्ट्रवाद तर्फ आकर्षित हुन सक्छ । यसै कथित राष्ट्रवादले कसैलाई नागरिताको प्रमाणपत्र हरदम बोकेर हिडने बनाएको छ भने यसै राष्ट्रवादले कथित अनागरिक हुदा पनि स्विकार्न सकेको देखिदैन । 


म यो देशको भूमिपुत्र/पुत्री हुँ ! म यो राज्यको संवैधानिक नागरिक हुँ ! भनिरहदा पनि कानुनी वा सामाजिक दण्डीत गराईन्छ । अर्को तर्फ कुनै संवैधानिक आधार र प्रमाण नपुगेका व्यक्ति तथा पात्रले कानुनी राज्यको संवैधानिक अंगमा अख्तियारी लिने/दिने को हकमा पनि कसुर/बेकसुरको बहस गरिदैन । 


यो पाहाडे राष्ट्रवाद कस्तो हुन्छ भनेर कसैले सोधे, यस्तै हुन्छ भन्दिएस् । भाषा, धर्म, संस्कृति, छालाको रंग, अनुहार र भूगोलका आधारमा कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति नै नेपाली समाजको हकमा पाहाडे राष्ट्रवाद मान्न सकिन्छ । को नागरिक/अनागरिक, को राष्ट्रवादी/राष्ट्रघाती भनेर प्रमाणपत्र बाँडदै हिड्ने पहाडे राष्ट्रवाद चेतना तथा प्रवृत्ति पनि नेपाली समाजको सकारात्मक खुशी वृद्धि, विकास र रूपान्तरणको बाधक हो ।

पुँजीवाद: एक विष वृक्ष (Capitalism: The Venomus Tree)

 पुँजीवाद: एक विष वृक्ष  (Capitalism: The Venomus Tree)


मानवतावादको जहाज डुबीसकेको छ तथापि हामी मानव पुँजीवाद (Capitalism)को आर्थिक संस्कृति (Economic culture) र सामाजीकरण (Socialization) भन्दा बाहिर निक्लन सकेको छैनौं वा चाहदैनौं । पुँजीवादले माता प्रकृतिको दोहन गरिसक्यो भने अर्को तर्फ मानव मस्तिष्कले गुणस्तर सम्भावना बोकेको सुन्दर चेतना तथा मानवतावाद (Humanism) ध्वस्त बनाई सकेको अनुभव गर्न सकिन्छ । यस्ता निश्चित अनिष्टलाई समयमै बुझ्न नसके यसले अपुरणीय क्षति गर्ने निश्चित छ । पुँजीवादले लादेको (Imposed) वा ईन्जेक्टगरेको (Injected) आर्थिक निर्धारणवाद (Economic Determinism) तथा अर्थकेन्द्रित (Economic Centric) भ्रमको चेतना बाट हामी मानव चाँडो भन्दा चाँडो निक्लिन वा निकाल्न जरुरी छ । 


मानव खुशी (Human Happiness) सहितको गुणस्तर जीवनप्रत्याशा (Quality life expectency) माथिको पुँजीवादले गर्दैगरेको हत्याको प्रयास तथा अभ्यासको आक्रमण बुझ्न र बुझाउन जरुरी छ । हामी मानवले मानवलाई अर्थ प्रधान (Economic centric) नभई प्रकृति प्रधान (Environment friendly) सामाजीकरण संस्थागत गर्न जरुरी छ । आजसम्मको अर्थप्रधान संस्कृतिले आफुलाई तथा समाजलाई कति लाभ वा नोक्सानी भईरहेको छ त्यसको वैज्ञानिक तथा बौद्धिक अध्ययन वा खोज (Scientific & Intellectual study and research) र छलफल चलाउन जरुरी देखिन्छ । 


स्वादिलो आर्थिक फल फल्ने पुँजीवादको विष वृक्ष (Capitalist Venomus Tree)ले माता प्रकृति (Mother nature)को विनाश साथै मानवतावाद ध्वस्त बनाईरहेको स्पष्ट देख्न सकिन्छ । प्राकृतिक वातावरण (Natural environment)मा आएको परिवर्तित प्रकृति जस्तै अतिवृष्टी, अनावृष्टी, ग्लोबल वर्मीङ, हिउँ नपर्नु लगायत । मानवमा भएको मानवतावादमा पुग्दै गरेको क्षति जस्तै आर्थिक निर्धारणवाद, सामाजिक अन्तरक्रिया (Social interaction)को अभ्यासमा लाभमुलक उदेश्य, अप्राकृतिक खाद्यान्नको उत्पादन र उपभोग (Unnatural food production and consume) , मजदुरीकरण/गरिबीकरण (Pauperization), उपभोक्ता बन्ने र बनाउने लगायत । त्यसै गरि विज्ञान र प्रविधि (Science & Technology)को सामाजिक जमिनमा मानव मालीले हुर्काईएको यो पुँजीवादी वृक्षको आर्थिक फल भित्रको मुनाफाको बिज रक्त बिज झै विषालु छ जो दिन दुई गुना रात चौगुना बढिरहेको वा बढाईरहेका छौं । 


भौतिकता (Material) माथिको पहुँचको दौड प्रतिस्पर्धा वा आर्थिक अन्तरक्रिया (Economic interaction) लाई मानव चेतनाले जबसम्म सर्वे सर्वा ठान्दछ तब सम्म मानवतावाद माथिको विषालु हमला झन् झन बढदै जान्छ । मानवतावाद कमजो हुँदै जान्छ । लगानी-नाफा-पुनःलगानी (Investment-Profit-Reinvestment)को कृषि ऋतुचक्रमा उपभोक्ता (Consumer) र मजदुर (Worker)को घाम पानीले सिचेको पुँजीवादी विष वृक्षले मानवतावादलाई कमजोर बनाईरहेको छ भने अर्को तर्फ प्रकृति र वातावरणको उच्च दोहन (High Destruction of nature and environment) गरिरहेको नकार्न मिल्दैन । 


पुँजीवादलाई कल्पवृक्ष (Tree of Heaven) मान्नु र यस बाट त्यो अमृतफल (Nectar fruit)को आशा राख्नु न त मानव बाँच्नुको उदेश्य र लक्ष्य मानिएको मानवतावादकालागि हितकार छ न त मानवको सृष्टिकर्ता तथा पालनकर्ता (Creator & Preserver) प्रकृति तथा वातावरणका लागि नै । त्यसैले पुँजीवाद एक विषवृक्ष होईन भनेर मान्ने आधार छैन । पुँजीवाद अवसर कि चुनौती (Opportunitie or Challenge) जस्ता विषयमा मार्क्सले आफ्नो बौद्धिक कृति (Intellectual contribution) पनि दिएर गएका छन् ।

देवताको भुतले मलाई तर्साई रहेछ

 देवताको भुतले मलाई तर्साई रहेछ


चेतनाको आर्यघाटमा मलामी गएर, अन्तिम संस्कार गरेर फर्किएको पनि धेरै दिन भईसक्यो ।  देवताले तर्साउछ भनेर विश्वास त लाग्दैन तर धर्मको खालमा राजनीतिकरण गरिएको मेरो देवताको भुतले आज पनि मलाई तर्साई रहन्छ । 


बुद्धवाद र माक्सवादको मन्त्रोच्चारणले त्यो देवताको भुत भगाउन सक्छ भन्ने चाहिँ पुष्टि छ । पहिले त देवताले डर देखाउदै देखाउदैनन् । तर्साउने देवता हुँदै हुदैनन् । यदि डर वा त्रास देखाउछ भने त्यो देवता हुँदै होइन भन्ने तथ्यलाई समर्थन गर्दछौं । त्यसैले हामी मानवलाई डर वा त्रासमा राख्ने पवित्र देवता नभई धर्मको खाल ओढेको राजनीतिक भुत होईन भन्ने आधार छैन । धर्मको नाममा देवताको पुतला बनाएर देवतालाई दानविकरण गर्ने राजनैतिक चेतना वा प्रवृत्ति दानविय हो ।


देवताको पुत्ला देखाएर समान अधिकारको हक राख्ने मानवलाई कहिले सम्म तर्साउने, धम्काउने !  देवतालाई राजनीतिकरण गरेर दानविकरण कहिले सम्म गर्ने ! ढिलो चाँडो सबैले बुझ्ने छन् कि देवताले कहिले पनि त्रास देखाउदैनन् । जसले त्रास वा लोभ देखाउछन् त्यो देवता नभई राजनीति दानव हुन् । देवतालाई राक्षसिकरण गर्ने धर्मको खोल ओढेका राजनैतिक दलाल प्रवृतिको पहिचान गर्न नसक्नु स्वयंको दोष हो होईन अध्ययन गर्ने समय आईसकेको छ । 


त्रास देखाउने भन्दा तर्सिनु पनि दोषी हो । त्यो देवताको भुत संग आज पनि तर्सिरहनु पछाडि मेरो सामजिकरण र साँस्कृतिकरणलाई विनिर्माण गर्न नसक्नु निजी कमजोरी हो । निजी चेतनामा ईन्जेक्ट गराईएको समाजिक संस्कृतिलाई विनिर्माण गरेर पुनःनिर्माण गरिदैन तब सम्म संरचनामा रहेको देवताको भुतले तर्साई रहनेछ ।

पूँजीवादको ईन्द्रजाल

 पूँजीवादको ईन्द्रजाल


उदाहरणार्थ, अमेरीका, ब्रिटेन, फ्रान्स साथै जापानमा उत्पादनको मालिक पूँजीपति हो साथै सम्पूर्ण समाजमा सत्ता पनि उनैको हातमा हुन्छ । राज्य ( सेना, प्रहरी ), विधिक संस्थाहरू ( प्रक्युरेटरको कार्यालय, अदालत ) तथा जनसम्पर्क साधन ( अखबार, रेडियो, टेलिभिजन ) उनैको प्रभुत्वको समर्थन गर्दछ । 

( कार्ल मार्क्स/सामाजिक विज्ञान प्रवेशिका/पृ २१-२२/अनुवाद १९८६/ प्रगति प्रकाशन/ ददन उपाध्याय )


दलाल पुँजीवादी मिडिया 


पुँजीवादको जमिनमा भौतिक मल र आर्थिक जलले सिचेको वृक्ष हैन भन्ने ठाउँ छैन मिडियालाई । पुँजीवादी सामाजिक युगका मिडियालाई पुँजीवादी मिडिया हैन भनेर मान्ने आधार छैन । किनकि पुँजीवादमा पुँजीवादको केन्द्रमा नै रहेको देखिन्छ हरेक सामाजिक संस्था ।


त्यसैमा पनि पुँजीवादको उदण्ड विरूद्धको जानकारी गराउदै सचेतनाले भरिएको सूचना बाँडछ भने त्यो पवित्र र निष्पक्ष पत्रकारीता हुन सक्छ । तर विश्व आर्थिक प्रणालीको कब्जामा रहेको हरेक सामाजिक संस्था झै पत्रकारीता अछुतो छ भनेर मान्ने ठाउँ छैन । किनकि यहाँ त शिक्षा र स्वास्थलाई पनि पुँजीवादीकरण गरिएको स्पष्ट छ ।


वर्तमानमा भईरहेको हरेक घटना पुँजीवादी बजार भित्रको सडक नाटक हो जसले पुँजीवाद विरूद्धको कुनै एन्टी मुभ्मेन्ट भनेर मान्न सकिँदैन । मिडिया मात्र पुँजीवाद बाट प्रभावित, उत्प्रेरित छैन भनेर मान्ने आधार छैन । त्यसैले नेपाली समाजको स्नायु प्रणालीको रूपमा रहेको सुचना संचार तथा पत्रकारिताले दलाल पुँजीवादी मिडियाको लान्छनालाई चिर्न सक्नु पर्दछ ।


दलाल पुँजीवादी मिडिया 

पुँजीवादको जमिनमा भौतिक मल र आर्थिक जलले सिचेको वृक्ष हैन भन्ने ठाउँ छैन मिडियालाई । पुँजीवादी सामाजिक युगका मिडियालाई पुँजीवादी मिडिया हैन भनेर मान्ने आधार छैन । किनकि पुँजीवादमा पुँजीवादको केन्द्रमा नै रहेको देखिन्छ हरेक सामाजिक संस्था ।


त्यसैमा पनि पुँजीवादको उदण्ड विरूद्धको जानकारी गराउदै सचेतनाले भरिएको सूचना बाँडछ भने त्यो पवित्र र निष्पक्ष पत्रकारीता हुन सक्छ । तर विश्व आर्थिक प्रणालीको कब्जामा रहेको हरेक सामाजिक संस्था झै पत्रकारीता अछुतो छ भनेर मान्ने ठाउँ छैन । किनकि यहाँ त शिक्षा र स्वास्थलाई पनि पुँजीवादीकरण गरिएको स्पष्ट छ ।


वर्तमानमा भईरहेको हरेक घटना पुँजीवादी बजार भित्रको सडक नाटक हो जसले पुँजीवाद विरूद्धको कुनै एन्टी मुभ्मेन्ट भनेर मान्न सकिँदैन । मिडिया मात्र पुँजीवाद बाट प्रभावित, उत्प्रेरित छैन भनेर मान्ने आधार छैन । त्यसैले नेपाली समाजको स्नायु प्रणालीको रूपमा रहेको सुचना संचार तथा पत्रकारिताले दलाल पुँजीवादी मिडियाको लान्छनालाई चिर्न सक्नु पर्दछ ।

भ्रम र सचेतना

 भ्रम र सचेतना


गरिब र गरिबीले भरिएको शहर बाट 

त्यही हिंस्रक शहरका भोको र भूइमान्छे बाट

राज्य र अख्तियारवालाले 

फुल माला र अबिरको 

राजअभिशेष खोजनु मूर्खता हो । 


भोको मान्छेले यस्ता शासकहरूलाई

जिउदै निलेको 

र 

भूँइमान्छेले जिउदै जमिनमा गाडेको इतिहास बिर्से भने

तिनलाई र प्रवृत्तिलाई 

सिङ्गै र जिउदै निल्नेछन्, गाडने छन् ।


राज्यसत्ताको मात अफिमको नशा झै हुन्छ 

जसले भ्रममा राखेको हुन्छ ।

अभाव र गरिबीको चेतना वास्तविक हुन्छ 

जसले न्यायकालागि विद्रोह गर्छ ।


शासक हुँ भन्नेलाई पनि सचेतनाको शुभकामना ।

भोको र भूँइमान्छेलाई पनि क्रान्तिको शुभकामना ।

मन्दिरमा उनी छैनन्

 अचेतनाको मुतको न्यानोमा कहिले सम्म सुत्ने भुवनहरू ! जब सम्म भुवनहरू अचेतनाको कालो रातमा अस्विकार्यताको ओछ्यानमा सुतिरहन्छन् तब सम्म न्याय, समानता र समतामुलक समाजमा समृद्धिको व्रह्ममुर्हत आउने छैन । आफुमा भईरहेको अन्याय, असमानता र असुरक्षा नदेख्ने त्यस्तो अचेतनाको अौंसीको रातमा कहिले सम्म रमाउने ! अचेतनाको मुतको न्यानो लाई चेतनाको सूर्यकिरणको न्यानोले साथै अचेतनाको अौंसीको रातलाई अब चेतनाको पूर्णीमाले हटाउन सकौं हरेक भुवनहरूले ।


मन्दिरमा उनी छैनन्


देवादीदेव महादेव हिजोआज 

दुवाई, कतार, साउदी, 

बहराइन र मलेसिया गएको छ । 

त्यसैले पशुपतिनाथको दरबारमा 

कसैले देख्न भेटन पाएका छैनन् । 


उ त्यहीँ श्रमको ब्यस्ततामा छ 

जो नेपालका भक्तजनहरूलाई 

रेमिट्यान्स रूपी आशिर्वाद 

पठाई रहेका छन् । 

तपाईंलाई थाहा छ छैन 

धेरै भयो पशुपतिनाथको दरबारमा

पशुपतिनाथ बस्न छाडेको ।


उनको प्राण र आत्मा त्यहाँ छैन

उनी त हाम्रो प्राणको रक्षार्थ 

वैदेशिक श्रमका खातिर 

अल्लाहको दरबारमा

जिजसको चर्चमा मजदुरी गर्दैछन् ।

महादेवलाई जहाँ खोज्न जानुहुन्छ

त्यहाँ त धातु र पत्थर मात्र छ ।


जमिनको उर्वरता माटोमा 

महादेव 

धान, गहुँ, मकै, 

कोदो फापर फलाउदैछन् ।

गोठमा दूध दुहुदैछन् 

हाम्रो पोषणका लागि ।

हामी तिनको मन्दिरमा गएर खोज्दैछौं

जबकि उनी हाम्रो प्राणका खातिर 

पोषण फलाउदैछन् दुहुदैछन् ।


उनी त हाम्रालागि हिलो, 

गोबर र माटोमा खेल्दैछन्

अल्लाह र जिजसको दरबारमा 

हाम्रालागि दास बनेर 

वैदेशिक श्रम मजदुरी गरिरहेका छन् ।

उनी हिजोआज पशुपतिनाथ मन्दिरमा छैनन् ।

उनी धेरै भयो त्यहाँ छैनन् ।


हामीलाई थाहा छ 

हाम्रो देवादिदेव महादेव 

त्यस स्थानमा छैनन् 

तर पनि हामी त्यही जान्छौं ।

किन जान्छौं, 

आफुले आफुलाई कहिले सोधेनौं ।

जय महाकाल !

 जय महाकाल !


भौतिकवाद र आध्यात्मवाद जसरी आफैमा फरक फरक विषय भएपनि परिपुरक रहेको हुन सक्छ । त्यसरी नै आध्यात्मवाद र देवतावाद पनि फरक फरक विषय हुन् । देवतावाद र धर्म पनि छुट्टाछुट्टै विषय हुन् । धर्म, धार्मिक संस्था, धर्मगुरू र देवतावाद फरक फरक विषय हुन् । धर्म र देवता बीच गहिरो सम्बन्ध छ जस्तो देखिए पनि सम्बन्ध नरहेको तर सम्बन्ध बनाईएको विषयमा केही समय केन्द्रित भईयो ।


'धर्म' भनिने शब्दको विश्वव्यापी अर्थ, व्यवहार, प्रवृत्ति, मर्म र भावना विना मानवतावादको परिभाषा पूरा नहुने एक सशक्त पक्ष छ भने देवता निराकार छन् त्यसैले यो प्रकृति र ब्रह्माण्ड नै देवता हुन् भन्ने छलफल पछि महाशिवरात्री भनेर मानिने दिनमा श्री पशुपतिनाथ मन्दिर परिसर भित्रको वनकाली देवी भनेर मानिने मन्दिरमा लिएको यो हाम्रो सामुहिक तस्वीर । जहाँ प्रिय एवं आदरणीय मित्रहरू श्री शैलेश अधिकारी, श्री सरोज राना, श्री खेम उप्रेती र श्री शिरीष तिम्सिना साथमा ।


भौतिकवाद, आध्यामवाद, धर्म, धार्मिक संस्था र देवतावादका विषयमा वैज्ञानिक छलफल गरि मानव समाजलाई व्यवहारिक र वैज्ञानिक बनाउने तर्फ उन्मुख हुनु पर्दछ । जुन विषय मानव जीवनको गुणस्तर तथा जीवनप्रत्याशा संग जोडिएको हुन्छ भने समग्र विकास, समृद्धि वा खुशी संग प्रत्यक्ष सम्बन्ध रख्दछ वा छैन भन्ने बौद्धिक अध्ययन जरुरी छ ।



प्रेत प्रवृत्तिलाई देवत्वकरण नगरौं

 प्रेत प्रवृत्तिलाई देवत्वकरण नगरौं 


सामाजिक सुव्यवस्था कायम गर्ने नाममा आफू सत्ता र शक्तिमा रहिरहन १९१० को मुलुकी ऐन जारी गरि छुवाछूत प्रथा तथा जात व्यवस्थालाई अझ मजबुत र संस्थागत गर्ने तत्कालिन प्रधानमन्त्री श्री ३ स्व. जंगबहादुर राणा । जसका कारणले सामाजिक संस्कृतिमा जरा गाडेर बसेको जातीय विभेद, असमानता र शोषण आजको उत्तर आधुनिक समाजमा आईपुग्दा पनि त्यो मुलुकी ऐन हामी र हाम्रो समाजमा जिउँदै छ । हामी मानवको उच्च र गुणस्तर सचेतनाको सम्भावना भएको चेतनालाई काला जादु गरेको नकार्न सकिन्न । जंग बहादुर राणाको मृत्यु भएपनि उनको प्रवृत्ति र मुलुकी ऐनको अवशान भईनसकेको महसुस गर्न सकिन्छ । आज पनि जंग बहादुरको प्रेत आत्माले नेपाली समाजलाई नियन्त्रणमा राखेको छैन भन्ने आधार छैन । 


संविधानले सार्वभौमसत्तासम्पन्न नेपाली जनता भनेको नागरिक (मेडिकल डाक्टरहरू) माथि राष्ट्रपति सवारीको सुरक्षाको बाहानामा राज्यले निरंकुश शैलीमा बल प्रयोग गर्दै आफुलाई ईन्दिरा गान्धी ठान्ने राष्ट्रपति कार्यालयको दादागिरी तथा वर्तमान सत्तामा रहेका प्रचण्ड प्रशासनको जंगे शैली श्री ३ स्व. जंगबहादुर राणाको प्रेत प्रवृत्ति हैन भन्न सकिन्न । भौतिक शरीरको अन्त्यष्टी गरेपनि जंगे प्रवृत्ति जिउदैछ । त्यसैले त भन्ने गर्दछौं जंगबहादुर प्रवृत्ति हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै प्रमाणीत हुनेछ । त्यस्तो प्रेत प्रवृत्तिलाई देवत्वकरण नगरौं ।



सरलता र जटिलता बिचको भिन्नता ।

 सरलता र जटिलता बिचको भिन्नता ।


सरल समाज प्राकृतिक प्रधान देखिन्छ भने जटिल समाज भौतिकता प्रधान रहेको पाईन्छ । सरलता र जटिलताको छनौटको सुविधा हुने नभई संरचनात्मक आदेशको पालनाको बाध्यता अस्विकार गर्न मिल्दैन । भूंइमान्छे र भोको मान्छे सधैं भूंइमै रहन्छ जुन कुरा हुदा खाने वर्गको बाध्यता र वास्तविकता दुवै हो । त्यसै गरि हुनेखाने भूंइमा हुदैनन् र भूंइमान्छे र भोको मान्छेले टेकेको भूंइ टेक्दैनन् त्यो त्यस वर्गको अजीबौं गरिब उडान हो । 


सरल समाजमा होस् वा जटिल समाजमा होस् भोको र भूंइमान्छे सधैं भूंइमा नै हुने गर्दछ । सरल र जटिल दुवै समाजमा हुनेखानेको पाईला त्यस धरातलमा कहिले पनि नटेकिन सक्छ । भोक र भूंइमान्छे दुवै समाजमा समान अवस्थामा हुन्छन्, सधैं भूंइमा । भूंइमान्छे ले भूंइ कहिले छोड्ने होला !



प्रजातन्त्र आएको छ र ?

 प्रजातन्त्र आएको छ र ?


कहिले आयो प्रजातन्त्र! 

राणाशासन साँचैमा फ्यालिएको हो र !

पञ्चायत व्यवस्था हटाईयो साँचै हो र !

प्रजातन्त्र साँचैमा आएको/ल्याईएको हो र !

प्रजातन्त्र भनेको यही हो त !

प्रजातन्त्र आयो भनेर चिच्याउदैमा 

प्रजातन्त्र आयो भन्दै प्रजातन्त्रको भजन कृतन र मन्त्र जपेर प्रजातन्त्र आउँछ र ! 

प्रजातन्त्रानुभुती हुने हामी कस्तो प्रजातान्त्रिक नेपाली नागरिक ।

प्रजातन्त्र कुनै चाड पर्व वा कुनै निश्चित दिन हो र ! 


हल्ला गरेर प्रजातन्त्र हुने नभई प्रजातन्त्र हुनकालागि सामाजिक सुरक्षा, सामाजिक न्याय, मौलिक हक तथा मानवअधिकारको केही न्यूनाधिक मापदण्डले निर्धारण गर्ने पो हुन्छ हैन र ! 


प्रजातन्त्र पनि दिवस हुन्छ र ! यो त हामी मानवको गर्भमा भ्रूण देखि मृत्यु पश्चातको शैंया सम्मको सुरक्षित, न्यायिक र सम्मानित जीवन हैन र !


प्रजातन्त्र दिवस मान्न लगाएर हामी नागरिकले प्रजातन्त्र महसुस गरिदिनु पर्ने कुरा हुँदै हैन ! प्रजातन्त्र साँचैमा आओस् । साँचैको प्रजातन्त्र दिवस मनाउन पाईयोस् ! शुभकामना !



💐कान्छी बहिनीलाई हार्दिक बधाई तथा शुभकामना💐

 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने काम समेतको लागि गरिएको हो । प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौँमा रहेको छ। प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज भनिन्छ । बीर अस्पताल सन् २००३ पश्चात चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ। (विकिपिडिया)


💐कान्छी बहिनीलाई हार्दिक बधाई तथा शुभकामना💐


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बाट स्नातकोत्तर नर्सिङ (बाल स्वास्थ्य) उत्तीर्ण भई वि.सं. २०७६ सालमा पूरा गरि दिक्षित भएको अवसरमा हार्दिक बधाई तथा शुभकामना । 


अध्ययन कहिले सकिँदैन । अध्ययन र चिन्तन गर्न रोकिएको दिन वा रोकन मनलागेको दिन तुलनात्मक रूपमा कोमामा गएको स्वास्थ शरीर झै बौद्धिकतामा कोमा मान्दा फरक पर्दैन । स्नातकोत्तर तहको उत्तीर्णको दिक्षान्त समारोहको मर्म र भावनाले स्पष्ट रूपमा यो तह प्रस्थान विन्दु मात्र रहेको बुझाउन खोजिएको पक्षलाई नजरअन्दाज गर्न मिल्दैन । 


सिङ्गो मानव समाजमा मानवतावादी मन, वचन र कर्मका साथ परोपकार गर्नका लागि अझ एटोमिक तैयारीको शुभकामना सबै कमरेडस् रमाहरूलाई ।

💐✊💐



हामी आफ्नै वृद्धि र विकास चाहदैनौं

 हामी आफ्नै वृद्धि र विकास चाहदैनौं 


बुद्ध, मार्क्स र आम्बेडकर तिनै जना नेपाली समाजका स्थायी शत्रु हुन् । बुद्धको मानवतावाद देखि घृणा जाग्नु, कार्ल मार्क्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद (Historical Dialectical Materialism) सुन्नै नचाहनु साथमा सामाजिक बनोट र न्यायको चेतना भिमाराओ आम्बेडकर चिन्नै नचाहनु ले हाम्रो भविष्य कस्तो बनाउने भन्ने समाजको निजी र सामुहिक सचेतना (Individual र Collective Consciousness) को तह निर्धारण गर्दछ । 


हामी हाम्रो बिगत र वर्तमानको समस्याको समाधान गरि भविष्यमा सकारात्मक खुशी, शान्ति, सुरक्षा, न्यायले भरिएको विकास र समृद्धि लक्ष्य प्राप्ति गर्न समाजलाई दिशानिर्देश गर्नसक्ने सशक्त पात्रहरू साथै सिद्धान्त र दर्शनहरू हुन् बुद्ध, मार्क्स र आम्बेडकर । यदि यी मानव देखि कसैलाई घृणा जाग्ने, सुन्न नचाहने वा चिन्न नचाहने जस्ता भावनाले भरिएको चेतना छ भने हामी आफ्नै वृद्धि र विकास चाहदैनौं साथै त्यो चेतना र प्रवृत्ति अमानवीय हो भनेर जान्दा हुन्छ ।


जातिय पहिचान र पितृसत्ता

 जातिय पहिचान र पितृसत्ता


एकै मान्छेमा दुई जात-थर र पहिचान (Caste, Ethnicity, & Identity) भएको मान्छे नेपालमा पाईन्छ । असमानता र अन्यायले भरिएको अभ्यास गर्ने हिन्दु पितृसत्तात्मक समाज भित्र पितृवंशज र पतिवंशज दुई जाति र पहिचान पाउन सकिन्छ एक विवाहित नारिको ।


हिन्दु पितृसत्तात्मक संक्रमित पूँजीवादी समाजमा आज पनि विवाह पश्चात् विवाहित नारीको आफ्नो पिताको वंशजको पहिचान स्विकार गरेको कम पाईन्छ वा पतिको वंशज स्विकार गरेको वा दुवै जात-थर पिताको वंशज र पतिको वंशज दुवै स्विकार गरेको अभ्यास देखिन्छ । यो पितृसत्तात्मक समाजको दादागिरी हैन भन्न मिल्दैन र ! विवाह पश्चात् महिलाको जात-थर वा पहिचान नवनिर्मित हुन्छ भन्ने विषय पनि पितृसत्तात्मक हो जसले समानताको खिलाफमा क्रियाकलाप गर्ने हुनाले समाजशास्त्रको अध्ययन क्षेत्र भित्र पर्दछ । एक पुरूष मानव जसको वंशज कहिले परिवर्तन नहुने त्यही समाजमा एक स्त्री मानव विवाह पश्चात वंशज नै नहुने वा पिता वा पति दुवैको वंशज बोकनु पर्ने वा दुई जाती वा पहिचानको हुने कस्तो अजिबौं गरिब अभ्यास छ नेपाली समाजको । बेसरम पितृसत्ता ! एक मान्छेको दुई जात थर हुन्छ कहीं ! 


जस्तो चलायो त्यस्तै चल्छ वा चलाउन सकिन्छ भनेर जसो पनि गर्नु ! त्यस विषय प्रसंगले कता के हुदैछ भनेर नखोज्नु नसोच्नु पनि हुन्छ र ! यदि चलाउदा चल्छ भने सुरक्षीत र न्यायिक अभ्यासको चलन चलाउन किन नखोजेको हामीले । अव्यवहारिक, असभ्य र असमान अभ्यास गर्ने पितृसत्ताको सिपाही र सिकार कहिले सम्म हुने !


 प्राकृतिक वातावरण प्रति संवेदनशीलता गुमेको यो विश्व मानव समाजमा एकै मानवतावाद भित्र अटाउने मानव मानव बिच विभाजन गराएर, एकै पृथ्वी तर राज्यको नाममा भूगोलको सिमाना फुटाएर निश्चित वर्ग तथा राज्य भौतिक संकलन तथा शक्ति प्रदर्शनमा मस्त व्यस्त छन् । यस्तो अमानविय कार्यले पृथ्वीको प्राकृतिक वातावरणको प्रकृतिमा ह्रास आउदै गरेको विषय तिनै कथित शक्ति राज्य र उच्च वर्गले जिम्मेवारी लिनु पर्दछ । यो पृथ्वी र वातावरण लाई फोहोर बनाउने तिनै दादागिरी मचाउने पूँजीवादी/साम्राज्यवादी राज्य र अमानव पूँजीपती उच्च वर्ग हुन् ।


कथित मानव

 कथित मानव


जीव जलचर मध्ये 

सबै भन्दा हिंस्रक ।

न त तिखा तिखा सिङ, 

न त छिप्पिएका दाह्रा, 

न त लामा लामा नङ्ग्रा 

तर पनि क्रूर र हिंस्रक ।


जीवमा हुने कुनै गुण छैन

तर पनि म मानव ।

त्यसैले त म मानव ।

मपाँई मानव !

तपाईं मानव !

हामी मानव !

वाह् मानव !


मेरो संसार त्यति मात्र

 मेरो संसार त्यति मात्र 

जति संग मेरो मित्रता र सम्बन्ध छ ।

मेरो संसार त्यहाँ सम्म

जहाँ सम्म मेरो चेतनाले देखेको छ ।


बुद्धको मानवतावाद देखि माक्र्सको साम्यवाद सम्म

चिन्तन गर्ने अभौतिक चेतना भित्रको संसार ।

यो भौतिक शरीरको अस्तित्व रहेको 

कोख देखि मसानघाट सम्म मेरो संसार ।


धर्म अफिम भए राजनीति ब्राउन सुगर

 धर्म अफिम भए राजनीति ब्राउन सुगर


धर्मका नाममा धर्मगुरूहरूले भने झै अन्धश्रद्धाका साथ पछाडि लाग्ने भक्तजनहरू र राजनीतिका नाममा नेताहरूलाई देवत्वकरण गर्ने म जस्ता दास चेतना बाहक पात्र एकै हुन् । विकास र समृद्धि लक्ष्य प्राप्तिमा वैज्ञानिक समाज निर्माणका बाधक हुन् । धर्म मात्र अन्धश्रद्धामा राख्ने अफिम हैन राजनीतिलाई पनि अफिमको चार्ज लगाउन सकिन्छ । राजनीति पनि वैज्ञानिक अफिम हो यसले मानवलाई अचेतनामा नै राख्न खोज्दछ । राजनीतिका नाममा विश्व समाजमा भईरहेको अभ्यासको प्रवृत्ति समान रहेको पाउन सकिन्छ । 


नेपाल देखि अमेरिका सम्म धर्मलाई दोष देखाएर राजनीतिले आफुबाट ध्यान भड्काउन धर्मले शोषण गरेको होस नपाउने अफिमको चार्ज लगाए झै, उदार लोकतन्त्र, कल्याणकारी राज्य, न्यायिक समाजवाद, समतामुलक साम्यवादको वैज्ञानिक अवधारणा प्रस्तुत गरेर जन्मसिद्ध गुणस्तर अधिकार हनन् गर्ने ब्राउन सुगर बन्दैछ राजनीति । कार्ल मार्क्सले धर्मलाई अफिम हो भनेका छन् भने हामी सार्वभौमसत्तासम्पन्न नागरिक हाम्रो अवस्थालाई अध्ययन गर्दै गर्दा राजनीतिलाई पनि ब्राउन सुगर मान्न सकिन्छ ।


तस्वीरमा: यो शरीर हैन चेतना हो जो हिडेको देखिदैछ

(ऐतिहासिक द्वन्द्वात्मकको चिन्तन गर्दै, भौतिकवादको मोजा जुत्ता लगाएर  उदार प्रजातान्त्रको लठ्ठी टेक्दै, बन्दोबस्तीका सामान सहित वर्ग बिहिन समाजवादको झोला बोकेर राज्य बिहिन साम्यवादको त्यो समतामुलक गाँउमा हिडेको जहाँ कसैको राज्य चल्दैन । जहाँ उच्च र गुणस्तर चेतना भएका मानवतावादी मानवहरूको बसोबास हुन्छ । यो गाउँ करोडौं करोड मिलको दूरीमा रहेको छ जहाँ पुग्न हजारौं हजार भुवन(भौतिक शरीर र चेतना)हरूले रिले यात्रा गर्ने छन् । हजारौं वर्ष पहिले र हजारौं हजार वर्ष पछिको सचेतनाको रिले यात्रा हो । जहाँ मानिस हैन मानवतावादले सुसज्जित सचेतना पुग्ने छ । त्यही मानवतावादी गुणस्तर सचेतनाको बसोबास गर्ने पृथ्वीको नाम हो समतामूलक समाज ।)


 जात-जाति/वर्णाश्रम/जातव्यवस्था/रेसिजम भन्ने विभेदित विषय पनि यो प्रकृतिमा हुन्छ त ! जसरी समाजले मान्ने गरेको थियो र छ ! समाज र प्रकृति फरक फरक रहेछ नी ! 


बाघले मृगको सिकार गर्नु प्राकृतिक मान्ने हो भने बरू सक्नेले त्यसरी नै सिकार गर अनि आहारा बनाउ । तर समाजमा चेतनशील मानवले तथा संवैधानिक राज्यले अर्को विवस र लाचार मानव/नागरिक माथि असमान, अन्यायिक, शोषण, विभेद नगरिदेउ । यसरी हामी भोको र भूंइमान्छे कहिले सम्म यस्तो व्यवहारको चाप सहने । हामी भूंइमान्छे मान्छे होईन र !


वर्गीय सचेतना र वर्ग संघर्ष

 वर्गीय सचेतना र वर्ग संघर्ष 


रेस वा जात व्यवस्थाको आधारमा राजनीति गर्ने प्रवृत्ति र चेतनाहरूलाई निस्तेज बनाउने र न्याय प्रेमीहरूले न्यायिक समाज निर्माण गर्ने पहिलो र अन्तिम सर्त वा मुद्दा भनेको वर्गीय सचेतनाका साथ निर्विकल्प वर्गीय संघर्ष नै हो । 


वर्गीय संघर्षको केन्द्रमा रहेर नै समाजलाई सकारात्मक परिवर्तन र रूपान्तरण गर्न सकिनेमा ठोकुवा दिदै द्वन्द्वात्मक दृष्टिकोणलाई हामी सबै भोको र भूंइमान्छेले बुझ्न र बुझेकाले अन्यलाई बुझाउन आग्रह गर्दछौं । वर्गको जात, धर्म वा रंग हुदैन र यसको निर्धारक पहिचान भनेकै भौतिक (आर्थिक) वा उत्पादनका साधन माथिको पहुँचमा तुलनात्मक अनुपातिक प्रतिशतको मात्रा हो । विकास र समृद्धिको नारा मुखमा रामराम बगलीमा छुरा हो यदि जातव्यवस्था, धर्म तथा रंगको अमानवीय चेतनाको चिन्तन चैतन्यमा छ भने ।


वर्गीय संघर्ष र क्रान्तिका नाममा नेपालको कथित कम्युनिष्ट पार्टी र कम्युनिष्ट भनाउदाहरू निजी वा सामुहिक स्वार्थ पूर्ति गर्न संस्थागत र संगठित भएका मात्र हुन् भन्ने तथ्य र प्रमाण जुटाउनु पर्दैन । उदार लोकतान्त्रिक दल तथा स्वयंसेवक न त उदार छन् न त लोकतान्त्रको मर्म र भावना मन, वचन र कर्ममा देखाउन सकेका छन् । एका तर्फ वर्तमान नेपाली समाजमा रहेको उच्चतम विचलन र असंतुलनको कारण यस समाजको आर्थिक, सामाजिक, राजनैतिक, तथा साँस्कृतिक ऐतिहासिक सन्दर्भ हो । भने अर्को तर्फ त्यस सम्बन्धित सामाजिक संस्थाहरूले उक्त ऐतिहासिक सन्दर्भको बौद्धिक र वैज्ञानिक अध्ययनका बाबजुद बायस्ड कोर्स परोक्ष रूपमा संस्थागत गरि निजी एवं सामुहिक स्वार्थ पूरा गर्न राजनीतिकका नाममा तिकडम हर्कतको प्रयोग र अभ्यास गर्नु ले हो । 


नेपाली समाजको ऐतिहासिक सन्दर्भ न न्यायिक थियो नत वर्तमान व्यवहार र अभ्यासको परिपेक्ष न्यायिक र दिगो छ नत नेपाली समाजको भविषयमा सकारात्मक परिवर्तन, विकास र समृद्धि नै निश्चित रहेको छ । नेपाली समाजमा राजनीतिक संगठन वा दलका नाममा गरेको संघर्ष व्यवस्था परिवर्तन र सत्ता एवं शक्ति रूपान्तरणको मात्र थियो । वर्गीय संघर्ष र क्रान्ति कुनै दलाली दलले गरेर हुने नभई समाज स्वयंले वर्गीय सचेतनाका साथ वर्गीय संघर्ष र क्रान्ति गर्नु अनिवार्य छ । त्यस्ता राजनैतिक दल वा कथित वर्गीय संगठनको भर परेर न्यायिक समाज निर्माण गर्न नसकिने चेतना समयमै बुझ्न सक्नु पर्दछ । 


वर्गीय संघर्षको विकल्प न ऐतिहासिक सन्दर्भमा थियो न वर्तमान परिपेक्षमा छ न त भविष्यमा हुनेछ । यस ब्रह्माण्ड, पृथ्वी, प्रकृति भित्र रहेको मानव समाजको सकारात्मक एवं दिगो विकास, समृद्धि, न्यायिक तथा समतामूलक समाज निर्माण गर्न वा पुनःनिर्माण गर्न निर्विकल्प ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद नै हो र वर्गीय संघर्ष नै हो ।


विविधता अभिशाप हैन वरदान हो

 विविधता अभिशाप हैन वरदान हो 


विविधता बीचको एकता (Unity in Diversity) भड्काउने वा खलल पुर्याउने राजनीतिक दल वा प्रतिक्रियावादी दलाल देखि सावधान । विगत लामो समय देखि बाँचदाको जन्ती र मर्दाको मलामीको व्यवहार र सम्बन्ध भएको हामी बीचको एकता र सद्भाव कमजोर पार्न खोजिदैछ । हामी भोको र भूँइमान्छेको सामाजिक सुरक्षा र सामाजिक न्याय साथै जन्मसिद्ध नैसर्गिक हक अधिकारको विषय र मुद्दा बाट हामीलाई भड्काईदैछ । यो विषय हामी सबै जात, जाति, भाषा, धर्म, रंग, भूगोल र लिङ्गका हाम्रो वर्गले बुझ्न जरुरी छ । वर्तमानमा जे हुदैछ त्यो प्रतिक्रियावादी शासक वर्गले हामी बीचको सद्भाव र एकता "फुटाउ र शासन गर" (Divide and Rule) को नीति अपनाई रहेको देखिन्छ । यस्तो अवस्थामा हामी सबै भोको र भूंइमान्छहरू जुनसुकै जात-जाति, धर्म, भूगोलको पहिचानको भएपनि क्षणिक खुशी र गहिरो दुःखको उत्तेजनामा नभई संयमित हुनु पर्दछ । हाम्रो खुशी र दुःखमा वा जन्ती र मलामीमा ती सत्ताको कुलतमा फँसेका र शक्तिले मातेका कुनै पनि निश्चित शासक पात्र र प्रवृत्ति आउने वाला छैनन् । किनकि त्यो पात्र र प्रवृत्तिलाई सिंहदरबारको बेसुर नशाले उन्मत्त बनाएको हुन्छ । 


एक अर्काको सुख र दुःखमा हाम्रो वर्गका छिमेकी, गाँउले त्यहीँ रहेको हिन्दु वर्णाश्रमले मानेको कथित व्राह्मण, क्षेत्री, वैश्य र शुद्र वा पहिचानको आधारमा खस-आर्य वा अन्य कुनै मधेसी, महिला वा जाति-जनजाति आउने छन् नकि सत्ता र शक्ति केन्द्र सिंहदरबारमा रहने तथा व्यवस्थापिका, कार्यपालिका वा न्यायपालिकाको चक्कर लगाउने अख्तियारवाला कुनै पात्र वा प्रवृत्ति आउने छैन । त्यसैले राजनीतिका नाममा हामी भोको र भूंइमान्छे बीच रहेको गहिरो सद्भाव र एकता भड्काई रहेको वा खलल पारिरहेको वा हाम्रो विषय र मुद्दा बाट हामीलाई नै बिचलित बनाईरहेको मुख्य विषय र प्रसंगलाई ध्यानमा राख्न जरुरी छ । हाम्रो सुख र खुशीमा सहभागी हुने र दुःख र पिडामा गहिरो समवेदना प्रकट गर्ने एकआपस बीचको एकताको मर्म र भावनाको केन्द्रलाई हामी सबैले बुझ्न र बुझाउन जरुरी छ । विविधता श्राप नभई वरदान हो जस बीचको एकता हाम्रो बल हो । वर्तमान राजनीति क्रियाकलाप र अभ्यासको ध्येय त्यसो नहुनु पर्ने हो तर पूँजीवादी पक्षपोषक स्वार्थ समुहले विविधता बीचको एकतालाई विखण्डन र द्वन्दमा धकेलेर आफू सधैं सत्ता र शक्तिमा रहिरहने कूटिल चाल गरिरहेको हो भन्ने विषय बुझ्नु पर्दछ ।


प्रदेशको नामाङ्कनको विषय र मुद्दालाई लिएर नेपाली समाजमा पक्ष विपक्षमा देखिएको क्षणिक खुशी र दर्दको उत्तेजनाले समाजलाई लामो र गहिरो द्वन्द वा विचलनमा लादै गरेको अनुमान सजिलै लगाउन सकिन्छ । कुनै निश्चित नामाङ्कनले खुशी हुने पक्षको शिक्षा, स्वास्थ, रोजगारका हकमा वा सामाजिक सुरक्षा र न्यायले न त छानीछानी डेरा जमाएर बस्छ न त उसको सुख दुःखमा ती नामाङ्कन गर्ने स्वार्थ पात्र वा समुह जन्ती आउछन् नत मलामी नै । अर्को तर्फ नामाङ्कनको सवालमा रहेका पहिचानको संघर्षमा रहेका पहिचानवादीहरूको त्यो आदिम पहिचान र महान सभ्यता गुमेको थियो न त गुम्नेनै छ । यो हर्ष र विष्मतको समय नभई संयमता र बौद्धिकताको परिक्षाको घडी हो । कसैको भावनामा ठेस पुग्दै गरेको माथि हाँस्ने रमाउने प्रवृत्ति हाम्रो वर्ग तथा सामाजिक एकता र सद्भावकालागि अत्यधिक हानिकारक रहेको बुझ्न जरुरी छ । एकता, सद्भाव, न्यायिक चेतना र संस्कृति हामी मानवको पहिचान हो भन्ने मूल ध्येय देखि विचलित हुनुहुदैन । यस राजनीतिक तिकडमको खेल हामी भोको र भूंइमान्छे फुटाउ र राज गर को सिकार बनाउने कूटिल चालको अवस्थालाई बुझेर विविधता बीचको एकता प्रदर्शन गर्ने अवसरको रूपमा परिणत गर्न सक्नु पर्दछ । 


प्रदेशको नामांकनको सवालमा पहिचान पक्ष र विपक्षको नभई प्रतिक्रियावादी शासक वर्गको हामी भोको र भूंइमान्छे फुटाउने र शासन गर्ने पात्र तथा प्रवृत्तिको स्वार्थ समूहको नियत हो । आफ्नो वर्गीय पहिचान र लोकेशनको केन्द्र बाट भड्काउन खोज्ने यस्ता क्रियाकलाप बाट कत्ति पनि प्रभावित, विचलित नभई आफ्नो वास्तविक विषय र मुद्दाको केन्द्रमा एक र सचेत भएर रहन सक्नु पर्दछ । भोको र भूंइमान्छेको एकता नै न्यायिक समाज निर्माणकालागि बल हो । विविधता बीचको एकता र सद्भाव नै शान्ति, विकास र समृद्धिको मूल आधार हो । विविधता बीचको एकता कायम राखौं । भोको र भूंइमान्छे हुनु र समाजमा जात, जाति, भाषा, धर्म, लिङ्ग र भूगोलको आधारमा पहिचानमा विविधता हुनु अभिशाप हैन वरदान हो भन्ने बुझौं, स्विकारौं र बुझाअौं ।


विविधता बीचको एकता र सद्भाव अमर रहोस् ।


पूँजीवाद भ्रम हो

 पूँजीवाद भ्रम हो


पूँजीवादले निजीकरण, बजार, उत्पादनका साधन (जल, थल, वायु लगायत) माथिको आधिपत्य र निजी सम्पत्तिको अधिकारको अवधारणा मान्दछ, हो हैन !


यदि हो भने यो चन्द्र, सूर्य, आकाश, पृथ्वी, जल, थल, वन, वायु, अग्नी, वनस्पति, जीव, जलचर वा प्रकृति जस्ता प्राकृतिक प्रदत्त चिजलाई कुनै एक व्यक्ति वा स्वार्थ समूह वा संस्थाले खरिद गर्न सक्दछ । यदि यसो हो भने हामीले मान्ने कि नमान्ने ? हामीले पूँजीवाद सहि गलत जान्ने नजान्ने ! यसले हाम्रो दैनिक जीवनमा कस्ता खालका सकारात्मक नकारात्मक प्रभाव परिरहेको छ छैन खोज्ने नखोज्ने ! के का कारणले हो मानव जीवनप्रत्याशा घटने बढने ! जीवन किन यति कष्टकर वा असंतुष्ट छ ! मृत्युको कारण र प्रकार पहिलेको भन्दा फरक हुदैछ किन नखोज्ने !


८/१० आना जग्गा किनेर मेरो सम्पत्ति हो भनेर मान्ने ठान्ने ले त्यस्ता निजी सम्पत्ति माथिको स्वामित्वको अवधारणा मुताविक भोलि यो चन्द्र, सूर्य, आकाश, पृथ्वी, जल, थल, वन, वायु, अग्नी, वनस्पति, जीव, जलचर वा प्रकृति किन्न आउनेलाई किन्न दिनेकी नदिने ? हामीले जति सक्छौं त्यति संकलन वा स्वामित्वमा ल्याउछौं भने अर्को सिङ्गै किन्न सक्नेलाई संकलन र स्वामित्व दिने कि नदिने ! आफू संग आउदा र हुँदा ठिक अरूसँग हुदा बेठिक हुने पुँजीवाद ठिक कि बेठीक ?


आफुले उत्पादनका साधन माथि असमान आधिपत्य जमाउदा ठिक अनि महापूँजीपति व्यक्ति वा समूह वा संस्थाले एक्लै खरिद गर्छु भन्दा पूँजीवाद बेठीक भन्ने हुन्छ र ! ठिक हो भने सबैलाई ठिक लाग्नु पर्दछ, बेठिक हो भने त्यसलाई बेठीक भन्नेमात्र होईन त्यसको तत्काल अवसान गर्नु पर्दछ । पूँजीवादले सबैलाई एकै खालको समान र न्यायिक व्यवहार किन गर्न सक्दैन ? पूँजीवादले एकै पूँजीपति व्यक्ति वा संस्थालाई समयको कालखण्ड संगै एकै अवस्थामा रहन दिदैन ! पूँजीवाद सही हो भने सबैलाई किन सहि लाग्दैन ? यदि सबैलाई पूँजीवाद गलत लाग्दैन भने पनि पूँजीवादमा दोष छ ! पूँजीवादमा खोट छ !


पूँजीवाद भ्रम हो । यसले भ्रमको चेतना तर्फ आकर्षण गर्दछ । यसको देखावटी नारा नाफा, बजारीकरण, निजीकरण, निजी सम्पत्ति माथिको स्वामित्व जस्ता विषय मानवको मात्र नभई मानवतावादको पनि अवसानको कारक बनिरहेको हुन सक्छ । त्यसैले आजीवन मानवतावादी कार्ल मार्क्सले पूँजीवादको अध्ययन गरेका रहेछन् । यस पूँजीवाद प्रतिको बढदो विश्वासले मानवलाई र मानवतावादलाई ध्वस्त पार्ने कुरूप पक्ष मार्क्सले बुझेका रहेछन् । त्यसैले भ्रामक पूँजीवादको छल बाट बचाउन बुझाउन खोजेका होलान् ।


म को हुँ

 म को हुँ !


म को हुँ !

जे भनेर तिमीले चिनेका छौ

के म त्यही म हुँ त !

अनि

मैले चिनेको म म हुँ त !


म को हुँ !

मैले चिनेको म म हैन भने

तिमीले चिनेको म कसरी म !

म कस्तो म !


म को हुँ !

तिमी को हौ !

आफुलाई चिनेका छौ ?

यदि छौ भने 

म तिमीले चिनेको म हुँ !

यदि हैन भने 

तिमीले नचिनेको म हुँ !

म तिमीले चिनेको म झन हुँदै हैन !


म त तिमीलाई चिन्दिन 

किनकि 

आफुले आफैलाई नचिनेको !

म आफुले आफुलाई 

खोज्दै गरेको 

म को हुँ भनेर !


साँच्चै म को हुँ !

साँच्चै म के हुँ !

म काहँ आएको !

म जहाँ छु किन यहाँ छु !

म कसको हुँ !

को को र के के मेरो हो !

केका लागि यहाँ छु !

किन र कहिले सम्म यहाँ छु !


म शरीर हुँ कि प्राण !

मैले चिनेको म 

शरीर र प्राण हो भने 

यसको आयु छ नी !


म को हुँ भनेर खोज्ने 

म को हुँ !

म कतै कसैको शरीरमा 

प्रवेश गरेको चेतना त हैन ! 

जो अमर छ, निराकार छ !

चेतना हुँ भने म कस्तो चेतना हुँ !

भौतिकवादी कि अन्धविश्वासी ?


(२०७९ फागुन १९ नयाँ वानेश्वर)


Friday, January 6, 2023

एक किरात सभ्यताकालिन

 ( नेपालको एक किरात सभ्यताकालिन ऐतिहासिक स्थल,किरात  सभ्यता तथा नेपालमा ३२ पुस्ता सम्म शाषन गर्ने किरातकालको एक जिवित साक्षी,पुरातात्विक प्रमाण(Archaelogical Evidence)

२८औँ किराती राजा पटुकहाङको (पटुक दरबार) व्यक्तिको नाममा कसरी भयो? यो लेख सबै किरातीहरुले पढौ)


नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ।यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ।


तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात सभ्यताकालिन,किरातकालिन ऐतिहासिक स्थल,दरबार,गढिहरु,विभिन्न ऐतिहासिक वस्ती साथै सहरका भग्नावशेषहरु,बौद्ध चैत्यहरु,वास्तुकला मुर्तीहरु,किरातकालिन प्रविधि,हातहतियार तथा औजार उपकरणहरु लगायत प्राचीन किरात सभ्यताकालिन प्रमाणहरु आज लोपन्मुख,जीर्ण अवस्थामा पुगेका छन।यदि ति किरातकालिन ऐतिहासिक प्रमाणहरु गढिहरु,दरबारहरु,विभिन्न किरातकालिन ऐतिहासिक स्थलको भग्नावशेषहरु लोप भएर जाने हो भने प्राचीन नेपालमा कुनै समयमा किरात सभ्यता थियो,नेपालमा किरातीहरुले ३२ पुस्ता सम्म शाषन गरेका थिए भन्ने आधारहरु/ऐतिहासिक प्रमाणहरु पनि समाप्त भएर जानेछ। 


यो संसारमा प्राचिन मानव सभ्यताको पहिचान गर्ने राष्ट्रीय अन्तराष्ट्रीय स्तरको आफनै किसिमको मापदण्डहरु रहेका छन।त्यसैले प्राचीन नेपालमा किरात सभ्यता थियो भनेर ईतिहासको केहि पानाहरुमा उल्लेख हुने बितिकै किरात सभ्यताको पहिचान राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा स्थापित गर्न पर्याप्त हुदैन।यो प्राचिन भुमि नेपालमा (Kirat Civilization)किरात सभ्यता थियो भन्ने मान्यता लाई स्थापित गर्न मानव सभ्यता हो भनेर निश्चित मापदण्डहरु सहित प्रमाणित हुन जरुरी पर्दछ।प्राचिन नेपालमा किरात सभ्यता थियो भनेर राष्ट्रीय अन्तराष्ट्रीय स्तरको मानवशाष्त्री,समाजशास्त्री र (Genetic Scientist)अनुवांशिक वैज्ञानिकहरुले खोज अनुसन्धान गरेर प्रमाणहरु अघि सार्नु पर्दछ।अझ महत्वपुर्ण स्थलगत रुपमा (Archaeologists) पुरातात्वविदहरु पुरातात्विक उत्खनन गरेर किरात सभ्यताकालिन सहर,बस्ती,कृषि प्रणाली जन्य औजार उपकरणहरु,हात हतियारहरु,गढि दरबारहरु,वास्तुकला मुर्तीहरु,विभिन्न भग्नावशेषहरु,उक्त सभ्यताको मृत मानिसहरुको अस्तिपञ्जर,हाड बङ्गाराहरु भेट्नु,(DNA Scientist)डिएनए वैज्ञानिहरुले डिएनए रीपोर्ट द्वारा प्रमाणित गर्नु आवश्यक पर्दछ।


यो संसारकै सबैभन्दा प्राचीन सभ्यताहरु (Mesopotamian Civilization)मेसोपोटामिया सभ्यता,(Indus Valley Civilization)सिन्दुघाँटि सभ्यता,याङसी नदिको(Chinese Civilization)जस्तै भारतिय उपमहादिपमा हिमाली भेगमा फैलिएको प्राचीन नेपालको भुगोल वरपर विशाल (Kirat Civilization)किरात सभ्यताको विकास भएको थियो भनेर स्थापित गर्न खोज अनुसन्धान उत्खनन गर्ने जमर्को नेपालको राज्यसत्ताले अहिले सम्म गरेको छैन।यो प्राचीन नेपाल किरात भुमीमा बाहिरबाट पछि आएर शाषनसत्ता सम्हालेर बसेका ती शाषकहरु र ऊनीहरुको कब्जामा रहेको नेपालको यो राज्य सत्ताले र राज्य सत्तामा रहेका निश्चित वर्गका समुदायको मानिसहरुले यो नेपाली भुमिको सबैभन्दा प्राचीन सभ्यताको यस्तो गौरवशाली किरात ईतिहास लाई कुनै न कुनै बहानामा निरन्तर समाप्त पार्ने कामहरु गर्दै आईरहेको छ।


किराती राजा पटुकको दरबार अतिक्रमणमा 


प्राचीन नेपाल (किरात देश) यलम्बर हाङको शाषनकालमा (यलाखोम) अर्थात तत्कालिन काठमाण्डौ उपत्यका लाई केन्द्र बनाएर त्रिशुली देखी टिस्टा सम्म आफनो राज्य विस्तार गरेका थिए भन्ने ईतिहासमा पाईन्छ।किरात ईतिहास बारे लेख्ने पुरानो लेखक मध्ये वृटिश सेनाको अधिकृत कर्कप्रेटिक द्वारा 1793 मा लिखित (An Account of the Kingdom of Nepaul)अनुसार नेपालमा राजा यलम्बर हाङले ९० वर्ष ३ महिना शाषन गरेका थिए।त्यसपछिको २७ पुस्ता सम्म किरातीहरुले शाषन गरेका थिए।डेनियल राईटको अनुसार किरातीहरुले २९ पुस्ता र त्यस्तै गोपाल वंशावली अनुसार ३२ पुस्ता सम्म किरातीहरुले शाषन गरेका थिए।यसरी किरात राजाहरुको नाम शाषनकाल र संख्या सम्बन्धि ईतिहासकारहरु बिच मत मतान्तर भएपनि घटिमा २७ जना किरात राजाले १६३० र बढिमा ३३ जनाले २६७२ वर्षसम्म नेपालमा शाषन गरेका थिए भन्ने कुरामा सबैको मान्यता छ।नेपालमा अन्तिम किरात राजाहरुको शाषनकालको कालखण्डमा,किरात देश नेपालको दक्षिणी मैदानी भु-भागमा वैशाली (वर्तमान उत्तरी विहार) क्षेत्रमा लिच्छवी जातिको राज्यहरु थिए।त्यतिबेला लिच्छवीहरुले शक्तिशाली मगध राज्यको सम्राट अजातशत्रुको निरन्तर १६ वर्षसम्म आक्रमण झेल्नुपरेको थियो।अन्तमा:-ई.पु ५०० तिर लिच्छवी गण राज्यहरु ध्वस्त पारीयो,त्यसपश्चात युद्ध कौशल र राजनैतिकमा अब्बल केहि लिच्छवीहरु ज्यान जोगाऊन तत्कालिन (किरात देश नेपालमा) प्रवेश गरेका थिए।गोपाल वंशावली अनुसार सोम(जुन)वंशी राजपुत लिच्छवीहरुले सुरुवातमा पश्चिम पट्टिबाट किरात राजाको दरबारमा आक्रमण गरेका थिए।डेनियल राईटको वंशावली अनुसारको २८ औ तत्कालिन किराती राजा पटुकले आफनो गोकर्ण दरबारलाई त्यागेर दक्षिण तर्फ चारकोष टाढा रहेको शङ्खमुल तीर्थपारी गई अर्को दरबार बनाएर बसेका थिए।


त्यहि शङ्खमुल पारी बनेको किराती राजा पटुकको दरबार बाट पनि राजा पटुकले निकै लामो अवधि सम्म शाषन गरेका थिए।त्यहि उच्च स्थानमा रहेको किराती राजा पटुकको दरबार कालान्तरमा भत्किएर माटोको ढिस्को रुपमा परिणत भयो र त्यसै किराती राजा पटुकको दरबार भत्किएको माटोको ढिस्को लाई रैथाने नेवारहरुले नेपाल भाषामा (पटुकको डोँ) र त्यस टोलको नाम समेत (पटुक टोल) भनिन्दै आएकोले पटुक हाङको दरबार रहेको प्रमाणित हुन्छ।


उक्त पटुक दरबारमा किराती हाङ पटुकको शेषपछि गस्ती हाङले शाषन गरेका थिए।तर किराती राजा गस्ती माथी पनि लिच्छवीहरु द्वारा त्यस दरबारमा भयानक आक्रमण भयो।किराती राजाहरु माथी लिच्छवीहरुले गरेको आक्रमण यति भयानक र रक्तपात पुर्ण रहयो कि युद्ध पश्चात उक्त ठाँऊको नाम रैथाने भाषामा च्याँसल संस्कृतमा युपग्राप रहेकोले पुष्टि हुन्छ।यहि रक्तपात पुर्ण लडाईको परीणाम स्वरुप यलाखोममा तत्कालिन काठमाण्डू उपत्यकामा अन्तिम पराजय भोग्नुपर्यो र पुर्वतिर पलायन हुनपर्यो।किराती राजाहरुले काठमाण्डौ उपत्यका छाडेर जानु अघि भएको उक्त भयानक अन्तिम युद्ध (ई सन ७५ देखी १००) सालको बिचमा भएको मानिएको छ।ति आक्रमण गर्ने लिच्छवीहरुको सन्तान राजा जयवर्माको नाम तथा संवत १०७ (पुर्व लिच्छवी लिपि) अर्थात ई १८५ मा कुदिएको ढुंगेमुर्ती काठमाण्डौको मालीगाऊमा फेला पर्यो र त्यसमा अंकित मितिको आधारमा उक्त युद्ध (ई ७५-१००)साल भएको सिद्ध हुन्छ। 


हालको भारतको विहार स्थित उत्तरी भुभागमा रहेका लिच्छवीहरु नेपाल भित्रिएका ति लिच्छवीहरुको आक्रमणबाट सुरक्षित रहन किरात राजा पटुकले गोकर्णमा रहेको आफनो राजधानी देखी दक्षिण करीब ४ घण्टाको पैदल बाटो टाढा बागमती नदी पारी यले/यल(नेपालको पहिलो राजा यलम्बर हाङको नामबाट नामङकित) भन्ने स्थलमा सारेका थिए भन्ने धेरै ईतिहासकार हरुको मान्यता रहेको छ।उनै किराती राजा पटुकको नामबाट (हाल ललितपुर स्थित वडा नं १८ मा पर्ने) स्थलको नाम नै (पटुक टोल) भन्ने टोल आजसम्म नै कायम रहेको छ।त्यहि गौरवशाली ईतिहास बोकेको किराती राजा पटुकको ऐतिहासिक दरबार परीसर चौतर्फीबाट शहरीकरणको चपेटामा परेको छ भने बाँकि रहेको करिबन १ रोपनी क्षेत्रफलमा बेवारीसे अवस्थामा रहेको सबैले फोहोर फ्याक्ने गुहु मुत थुपार्ने माटोको ढिस्को लाई नै आज पनि किराती राजा पटुकको दरबार हो भनिन्छ।आजसम्म उक्त किराती राजा पटुकको दरबारलाई न हामीले पुरातात्विक अन्वेषण गर्न सक्यौ? न किरात जन्य संघ संस्था या किराती हौँ भनेर गर्व गर्ने हामी किरातीहरुले संरक्षण गर्न सक्यौ? 


यस पटुक दरबारको पुर्वपट्टि करीब १० मिनेटको पैदल बाटो टाढामा रहेको (शङ्खमुलघाट) देखी दक्षिण-पुर्वमा रहेको (हाल ललितपुर वडा नं ९ मा (च्यास) भनिन्छ जसलाई किराती राजाहरुको सुरक्षा किल्ला रहेको मान्यता रहेको छ।उक्त ऐतिहासिक स्थल (च्यास) मा पनि चारै दिशाबाट निजि घरहरु,एक दर्जन जति पाटि पौवा तथा हिन्दु मन्दिरहरु बनाएर अतिक्रमण गरीएको छ।यस दृढ कोट्ट(कोट) माथी किराती राजा पटुक हाङ पछि राजा बनेका गस्ती हाङको राज्यकालमा लिच्छवीको ठुलो फौजले निर्णायक रक्तपातपुर्ण आक्रमण गरेको थियो।जसको परीणाम स्वरुप किराती सैन्यबल ध्वस्त भयो।उक्त किराती किल्लामा (आठ सय)किराती लडाकुहरुको एकै चिहान पारीएको हुदा त्यसबेला देखा आजसम्म नेपाल वा नेवारी भाषामा (च्या+स+ ल अर्थात च्या= आठ,सल = सय अर्थात आठसय) भन्ने अर्थ लाग्ने गरी नामकरण भएको मान्यता छ।किरात माथी विजय गरी शाषक बनेका लिच्छवीहरुले पनि आफनो राजभाषा संस्कृतमा यस स्थलको नाम (युपग्राम) नामकरण गरेका थिए।जसको शाब्दिक अर्थ (युप= बलिका निम्ति पशु ल्याएर यज्ञबेदिमा बाँधिने खम्बा,मौलो वा विजय खाँबो,त्यसैगरी ग्राम=को अर्थ गाँऊ।यसरी यस क्षेत्रको (यलम्बर हाङको नामबाट राखिएको प्राचीन किराती नाम= यल/यले)को साटो युपग्राम राखिनुको कारण पटुक राजाको दरबार र त्यसको नजिकैको हाल च्याँसलमा लिच्छवीहरुले भयानक आक्रमण गरेको या किराती र लिच्छवी बिच रक्तपातपुर्ण मारामार भएको धेरै संख्यामा किरातीहरु मारीएको घटना सुहाऊदो नाम युप-ग्राम अर्थात मनुष्यहरुले बलि चढेको मारकाट चलेको गाँऊ अर्थ दिने गरी संस्कृतमा लिच्छवीहरु उक्त नाम जुराएको हुनसक्दछ।


यस किराती राजा पटुकको दरबार सम्बन्धि नेपाली संस्कृतिका विद्वान धुस्वाँ सायमीले लेखेका छन:- क्वाबहाल क्वाठबहाल= प्रशासन केन्द्र) नजिकै रहेको उक्त ढिस्को लाई स्थानिय समग्र जनताले अझै पनि किराती राजा पटुकको दरबारको भग्नावशेष ठान्दछन। यहाँ प्राचीन केहि मुद्राहरु पाईएका थिए,तर अचम्मसंग ती सबै गायब भए।सम्भव छ,यस ढिस्को पुरातात्विक उत्खनन एव अन्वेषण गरी अवशिष्ट फेला पार्न सकिएमा यसले नेपाल लाई आफनै (सिन्दुघाटिको सभ्यता स्वरुपको किरात सभ्यता दिनेछ) जसले हाम्रो सांस्कृतिक विरासत-सम्पदा लाई गौरवमयी तुल्याऊनेछ।यहाँ सिन्दुघाँटिको सभ्यताको प्रसंग आएकोले भारतिय उपमहाद्वीपको प्राचिन सभ्यताको रुपमा सिन्दु उपत्यका स्थित हडप्पा तथा (मोहनजोदडो= किरात भाषामा मा+हाङ+जोड+दाडो) भन्ने शब्दको अर्थ (मुमा महारानीको गढी महल ) हुनेगर्दछ। किराती भाषाबाट नै अप्रभंशित हुदै मोहनजाडो भएको हो।उक्त हडप्पा र मोहनजोदडो सभ्यताको उत्खनन (१९२१-७२ ई) भएको थियो।उक्त उत्खनन बाट उपलब्ध तामा युगको अवशेषहरु ले यस भारतीय उपमहाद्वीपमा आर्यहरुले पाईला टेक्नु भन्दा लामो कालअगाडिको किरात द्रविड तथा अन्य रैथाने जातिको मिश्रित सभ्यतालाई प्रमाणित गरेको छ।उक्त उत्खननमा चार प्रजातिको हाडहरु फेला परेको थिए।१) प्रोटो अष्ट्रोलाईड २) मेडिटेरीनियन ३) मंगोलाईड ४ अलिपिनाईड जसमध्ये मंगोलाईड हाडहरुले किराती पुर्खाहरु रहेको प्रमाणित गर्दछ।त्यस उत्खननमा किरातीहरुले प्रयोग गर्ने मुन्दुमी गहना वाछुईनारी(सिमाला) भेटिनु,किरातीहरुले खाने गरेको गाईगोरु र सुंगुरको हाडहरु फेला पर्नु तथा भारतको राखिगढिमा भेटिएका करीबन ४५०० वर्ष पुरानो कङ्कालहरुको DNA रीपोर्ट द्वारा आर्यहरुको DNA R1A1 प्राप्त नहुनु अन्य मुलनिवासी मिश्रित रैथाने जनजाती समुदायहरु DNA I4411 संग मिल्नुले त्यहाँ किरातीहरुको पनि उपस्थिती थियो भन्ने प्रमाणित हुन्छ।


माथी उक्त पङ्तीका लेखक धुस्वाँ सायमी र ऊनी जस्तै किरात ईतिहास एव संस्कृतिको तमाम हिमायतीहरुको उपरोक्त ईच्छा बमोजिम किराती राजा पटुक दरबार क्षेत्रको पुरातात्विक उत्खनन तथा अन्वेषण गर्न सकिएको छैन।यो एकदमै दुखद कुरा हो। त्यस किराती राजा पटुकको दरबार ढिस्को क्षेत्रलाई पुरातात्विक उत्खनन गरेर नेपालमा पनि सिन्दु घाँटिको सभ्यता सरहको पुरातात्विक प्रदर्शनी स्थलमा परीणत गर्ने प्राचिन किरात सभ्यताको रुपमा स्थापित गराऊन सक्ने कोहि सपुत जन्मिएको देखिएन।नेपालमा किरात पछिको हालसमको हिन्दु ब्राम्हणवादि सबैखाले शाषकहरुले किरात सभ्यता,ईतिहास,संस्कृति लाई जसरी पनि समाप्त,नष्ट पार्नु,नाम निशाना नदेखिने गरी ध्वस्त पार्नु खत्तम बनाऊनु नै पुनित धार्मिक कार्य हुने ठान्दछन।


नेपालको गौरवशाली ईतिहासमा त्यस्तो प्राचीन किरात सभ्यतालिन किराती राजा पटुकको दरबार (माटोको ढिस्को) क्षेत्र अब पुरातात्विक स्थल वा सार्वजनिक वा ऐलानी जग्गाको रुपमा रहेको छैन।किराती राजा पटुकको दरबार रहेको पटुक दरबारको जग्गा ५ जना संयुक्त परिवारको निजि सम्पत्तीमा परिणत भईसकेको छ।हाल पत्ता लागे अनुसार ललितपुर उपमहानगरपालिकाको वडा नं १८ मा पर्ने उक्त ढिस्को १२ आना तिन पैसा पर्ती जमिन बँचेको रहेछ।तर यस पुरातात्विक स्थलको जग्गा लाई भोगचलनको बिना रसिद-प्रमाण (थुम्को) भन्ने उल्लेख गरेर सो को जग्गाधनी पुर्जा गङादेवी राज भण्डारी समेत ५ जनाको संयुक्त परिवार लाई श्रि ५ को सरकार मालपोत कार्यलय ललितपुरको वि.सं २०४८ सालमा नै विधिवत रुपमा प्रदान गरीसकेको थाहा भएको छ।यो हिन्दु ब्राम्हणवादि राज्यसत्ताले यसरी नेपालको एक गौरवशाली ईतिहास बोकेको सबैभन्दा प्राचीन किरात सभ्यता ईतिहासको पुरातात्विक प्रमाणलाई नष्ट गर्ने काम गरेको छ।उक्त ऐतिहासिक किरातकालिन पटुक दरबार लाई अपराधिक अतिक्रमण गर्ने काममा गैर-किराती समुदायको मानिसहरुले चारैतिर बाट निजि घर बनाएर नेपालको एक गौरवशाली प्राचीन ईतिहास लाई समाप्त पार्ने काम गरेका छन।


यस पटुक राजाको दरबारलाई संरक्षण गर्नको निमित्त अध्ययन अनुसन्धान गरी सुझाब -प्रतिवेदन पेश गर्न चार किरात जन्य संस्थाको संयुक्त बैठकले समिती गठन पनि गरेको थियो।उक्त समितीको अध्ययन बाट २०२१ सालको जग्गा नापि फिल्डबुकमा साँधको दरबार क्षेत्रलाई थुम्को जनाई निस्सा लिईरहेको तर पछि छिमेकी संग पर्खाल सम्बन्धि मुद्दा दर्ताको अन्तिम तह क्षेत्रिय अदालतको फैसलामा पटटको डो को नाम पर्खालको प्रसंगमा उल्लेखित भए पनि सो जग्गा समेतकै लालपुर्जा मालपोत कार्यलयबाट फुत्काएको कागजात द्वारा देखिएको थियो।तसर्थ सुझाब प्रतिवेदन अनुसार चन्दा उठाई चारै किरात संस्थाहरुको संयुक्त नाममा उक्त ऐतिहासिक किराती राजा पटुकको दरबार पटुको डो खरीद गरी जग्गा धनी -पुर्जा हत्याऊने पहिलो उपाय स्वरुप जग्गाधनि संग चारै किरात संस्थाको संयुक्त टोलीले जग्गा खरिद वार्ता गरेको थियो।तर मंहगो रु ३६ लाख जग्गाको मुल्य माग भएको हुदा खरिद चेष्टा त्यागी सो जग्गाको व्यक्तिगत दर्ता खारेज गराई सार्वजनिक स्थितीमै परीणत गराऊने दोस्रो विकल्पको प्रयास गरीएको थियो।यो प्रयास पनि पुरातत्व विभागले पन्छाएर भुमि सुधार तथा व्यवस्थापन विभागको टाऊकोमा अनी भुमि सुधार विभागले पनि मालपोत कार्यलय ललितपुरको टाऊको देखाएर पन्छाएको थियो।अहिले पनि किराती राजा पटुकको दरबार भनिएको उक्त ढिस्को बेवारीसे जिर्ण अवस्थामा रहेको छ।


यो प्राचीन देश नेपालको माटोमा किराती पुर्खाहरुले हजारौ वर्ष पहिला मानव सभ्यताको विकास सुरुवात गरे।यो नेपाली भुमिमा गौरवशाली किरात ईतिहास संस्कृति छाडेर गए।तर त्यहि गौरवशाली किरात सभ्यता ईतिहास बनाएका किराती पुर्खाहरुकै सन्ततीहरु भनेर आफुलाई किरात भनेर गर्व गर्ने आजको किरातीहरुले आफनो पुर्खाहरुको गौरवशाली ईतिहास लाई जोगाऊन सकेनन।यस्ता किरात सभ्यताकालिन किरातकालिन ऐतिहासिक स्थलहरु भग्नावशेषहरु संरक्षण गर्न सक्ने कोहि किराती सपुत जन्मिएको देखिएन।नेपालमा किरात जन्य संस्थाहरु किरात राई यायोक्खा,किरात याक्थुङ चुम्लुङ,सुनुवार सेवा समाज,किरात याक्खा छुम्मा,आदिवाशी किरात महासंघ,किरात कुलुङ संघ,किरात राई चाम्लिङ खाम्बातिम,किरात राई वान्तवा खिम लगायत विभिन्न किरात जन्य भाषिक संघ संस्थाहरु गठन भएका छन।ति प्रत्येक किरात संघ संस्थाहरुको करोडौ लाखौ रुपैया पर्ने काठमाण्डौ,धरान,ईटहरी जस्ता सहरहरुमा संस्था नै पिच्छेको लाखौ करोडौ चन्दा संकलन गरेर संस्थाको औचित्यहिन भवनहरु बनाऊने,घडेरी किन्ने होडबाजी नै चलेको देखिन्छ।तर हामी किरातीहरुले यस्ता प्राचिन किरात सभ्यताकालिन किरातकालिन ऐतिहासिक स्थल,दरबार गढि तथा भग्नावशेषहरुको महत्व कहिल्यै बुझ्न सकेनौ।त्यसैले त किरात जन्य संघ संस्थाहरुले लाखौ करोडौको संस्था पिच्छेको भवन निर्माण गर्न,घडेरी किन्नमा व्यस्त छौ तर हाम्रो आँखा अगाडि नै यस्ता किरातकालिन ऐतिहासिक प्रमाणहरु समाप्त भएर गईरहदा पनि हामीले संरक्षण प्रवर्धन गर्ने काममा चन्दा संकलन गर्ने या १ रुपैया खर्च गर्ने काममा भने कसैको ध्यान गएको छैन।


काठमाण्डौ उपत्यकामा रहेका अन्य किरातकालिन ऐतिहासिक स्थल,गोकर्ण,सङ्खमुल वरपर सारीएका किराती राजधानी सहर,बस्तीहरु,ऐतिहासिक भग्नावशेषहरु,किरातकालिन मुर्ती,चैत्यहरु कता कता थिए? कस्तो अवस्थामा छन? खोज अनुसन्धान गरेर संरक्षण गर्न सकिएको छैन।त्यस्तै अर्को किरातकालिन ऐतिहासिक स्थल किरातीछाप दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ६ रहेको छ।यो चरीकोट बजार बाट ८ किलोमीटर टाढा जिरी जाने बाटोमा पर्दछ।यहाँ केहि वर्ष अगाडि सम्म किरातकालिन भग्नावशेषहरु थियो भनिन्छ।किरातकालमा किराती राजाहरुले त्यहि स्थलमा बसेर छाप लगाऊने काम गर्दथिए तसर्थ किरातीछाप नाम रहन गएको मान्यता रहेको छ।उक्त किरातकालिन स्थल किरातीछापमा हाल एउटा (किरातीछाप) लेखिएको साइनबोर्ड मात्र सिमित रहेको छ।यस्तो ऐतिहासिक किरातकालिन स्थललाई न किरात जन्य संघ संस्थाले न कुनै किरातीहरुले किरातकालिन ऐतिहासिक स्थल भनेर किराती संरचना बनाएर संरक्षण प्रवर्धन गर्न कहिल्यै पहल गरेको छैन।त्यति गर्विलो किरात ईतिहास बोकेको ऐतिहासिक स्थल लाई संरक्षण गर्ने कुनै किराती सपुतको जन्म भएको देखिएन।

नेपालको रामेछाप जिल्लाको क्षेत्र नं २ सुनापती गाउपालिकाको एउटा डाँडामा किरातकालिन ढुङ्गाको बौद्ध चैत्यहरु छन।उक्त ढुङ्गाको चैत्य लाई स्थानिय बुढापाकाहरु किराती चैत्य भनेर पुजा गर्ने गरेका छन।तर ति कहिलेको हो भन्ने कुनै प्रमाण छैन।त्यस्तै रामेछाप र दोलखा जिल्लाको विभिन्न स्थानमा डाँडामा जंङ्गलमा प्राचिन किरातीहरुले निर्माण गरेका सहरहरु बस्तीहरुको भग्नावशेषहरु रहेको कुरा पनि जानकारीमा आएको छ।यस्ता किरातकालिन ऐतिहासिक प्रमाण तथा भग्नावशेषहरु संरक्षण गर्नु धेरै परको कुरा तर यस्तो कुरामा अधिकाँश किरातीहरु बेखबर रहेको पाईएको छ।


भोजपुर स्थित घोडेटार बजारको शिरमा दक्षिण पश्चिममा रहेको तत्कालिन माझकिरातको किरातकालिन हतुवा राज्यको दरबार हतुवागढिको भग्नावशेष राज्य द्वारा अतिक्रमणको चपेटामा परेको छ।नेपालमा जनयुद्धको समयमा नेपाली सेनाले हतुवागढि दरबार क्षेत्र लाई कब्जा गर्दै मिति वि.सं २०६२ मंसिर १ का दिन क्याम्प स्थापना गर्‍यो।यसरी राज्य द्वारा अतिक्रमणमा परेको ऐतिहासिक किरातकालिन हतुवागढि बाट नेपाली सेनाको क्याम्प हटाएर पुरातात्विक उत्खनन संरक्षण प्रवर्धन गर्दै किरातकालिन ऐतिहासिक दरबारको रुपमा स्थापित गर्न सकिएको छैन। 


किरातहरुको मुन्दुमी खुवालुङ हिन्दुकरणको चपेटामा 


किरात समुदायको राई लिम्बु याक्खा सुनुवार लगायत सम्पुर्ण किरातीहरुको मुन्दुममा मुन्दुमी शक्तिकेन्द्र खुवालुङ प्रसंग उल्लेखनीय रुपमा आऊने गर्दछ।यस मुन्दुमी शक्तीकेन्द्र खुवालुङ भोजपुर उदयपुर र धनकुटा जिल्लाको सिमानामा रहेको अरुण नदि तमोर नदि र दुधकोशी नदिको संगम स्थल नै त्रिवेणी मा नै खुवालुङ रहेको छ।उक्त खुवालुङको लुङ चैत्र वैशाख महिनामा नदिको पानी घटेको अवस्थामा देख्न सकिन्छ।प्राचीन समयमा किराती पुर्खाहरु खुवालुङमा आएपछि मुन्दुमी ढोका बन्द भएको र पछि यहि खुवालुङ बाट नै सबै किराती दाजुभाईहरु विभिन्न नदिलाई पछ्याऊदै छुट्टिएको हो भन्ने मुन्दुममा मान्यता रहेको छ।किरातीहरुको सांस्कृतिक अगुवाहरु नछुङ,माङ्पा,नाक्छो,नागिरे,कुबी,पासीङ,होमे,मावी,ज्वाम्चो,दोवा,पासिङ,फेदाङमा बिजुवा देवारीहरुले मुन्दुम गाऊदै जादा विभिन्न शक्तीको प्रतिकहरु पुकार्दै समथर भुभाग देखी सुरु गर्दै सप्तकोशी हुदै मुन्दुमी शक्तीकेन्द्र खुवालुङ सम्म पुग्दछन।यस खुवालुङ मुन्दुमी शक्तीको शक्तिकेन्द्र हो,त्यसैले यस खुवालुङको सांस्कृतिक महत्वपुर्ण छ।किरातीहरुको सांस्कृतिक मुन्दुमी शक्तिकेन्द्र खुवालुङ लाई पनि दैविक शक्ती रहेको स्थल भएको कारण हिन्दुकरण गर्ने प्रयास गरीरहेका छन।२०७५ सालमा एकजना हिन्दु अतिक्रमणकारीले खुवालुङ क्षेत्रमा ढुङ्गाको पर्खाल हालेर बारीएको थान लाई श्रि कौशिका माताको मन्दिर भनेर हिन्दुकरण गर्ने प्रयास गरेका थिए।त्यस्तै अन्य स-साना ढुङ्गाहरु ठड्याएर गणेश,विष्णु,दुर्गा आदि नामकरण गरेर किराती मुन्दुमी स्थल खुवालुङ लाई हिन्दुकरण गर्ने प्रयास गरेका छन।हामी किरातीहरुले यस मुन्दुमी शक्तिकेन्द्र,सांस्कृतिक स्थल खुवालुङ लाई सांस्कृतिक रुपमा संरक्षण प्रवर्दन गर्न सकेका छैनौ।हामी किरातीहरुले खुवालुङ लाई मुन्दुमी शक्तीकेन्द्र भनेर मुन्दुमी संरचना यामाङखिम यावाबुकको प्रतिमा या कुनै किराती सांस्कृतिक संरचना बनाएर संरक्षण गर्नु आवश्यक छ।


मुन्दुमी शिर साल्पा शिलिचुङ हिन्दुकरणमा 


भोजपुरमा रहेको किरातीहरुको मुन्दुममा आऊने मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङ लाई पनि महादेव बसेको स्थान भन्ने कथाहरु जोड्ने गरीएको सुनिन्छ।किरात मुन्दुमी स्थल साल्पा पोखरीको शिर शिलिचुङमा त्रिशुल ध्वजाहरु टाँगेर हिन्दुकरणको चपेटामा परेको दृश्यहरु देख्न सकिन्छ।साल्पा सिलिचुङमा सांस्कृतिक रुपमा किरातीहरुको मुन्दुमी स्थल हो भनेर कुनै किसिमको किराती पहिचान झल्किने सांस्कृतिक विम्बहरु जस्तै:-सुम्निमा पारुहाङको प्रतिमा स्वरुप शिला ढुङ्गा/साकेला लुङ या वाबुक चिण्डोको प्रतिक राख्न सकिएको छैन।यस मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङमा किराती माङ्पा/विजुवा/धामीहरुको उपस्थिती भएपनि सिलिचुङ लाई महादेव बसेको स्थल भन्ने कथाहरु जोड्न थालिएको रहेछ।त्यहाँ त्रिशुलहरु र अन्य धर्मालम्बीहरुको ध्वजाहरु टागेको देखिन्छ तर किराती पहिचान झल्किने कुनै किसिमको विम्बको अस्तित्व देखिन्दैन।तसर्थ अन्य धर्मको मानिसहरुले ऊनीहरुको धार्मिक विम्ब राखेर कथा कहानी जोडेर निरन्तर धार्मिक सांस्कृतिक अतिक्रमण गर्दै आईरहेका छन।


किरातीहरुको ऐतिहासिक सांस्कृतिक स्थल खोटाङको (होलैसुङ)लाई आज हलेसीधाम महादेव भनेर हिन्दुकरण गरीएको छ।त्यस्तै सुनसरीको कोकाहा नदि र दुधकोशीको संगमस्थलको दुधकोशी किनारमा रहेको रहेको किरात आठपहरीया राईहरुले आफनो पुर्खा अलप भएर पत्थरको सुङ्गुर बनेको स्थल (बराहमाङ) लाई पनि बराहक्षेत्र बनाई हिन्दुकरण गरीएको छ।यो राज्यसत्ता र राज्यसत्ताको बागडोर सम्हालिरहेका निश्चीत शाषक वर्ग जाती धर्मावलम्बी समुदायले यस्ता किराती ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु माथी सांस्कृतिक अतिक्रमण निरन्तर गर्दै आईरहेको छ।जस्तै:-उदयपुरको राईघाट लाई गाईघाट,मुकुमलुङ माङ लाई पाथीभरा मन्दिर,चतरालाई प्राचिन हरीद्वार,विसुन पाऊन अदुको लाई विष्णुपादुको,भोजपुरको लेगुवा लाई रामबजार,प्राचिन भोजपुरको किराती नाम (खिकामाछा) लाई भोजपुर नामकरण,लगायतको धार्मिक सांस्कृतिक अतिक्रमणको बेजोड उदाहरणहरु हुन। नेपालको पुर्वमा रहेका किरात राज्यमा रहेका कयौँ किरातकालिन ऐतिहासिक दरबार गढिहरु जस्तै विजयपुर गढि,

मझुवागढि,हलेसीगढि,केपिलासगढि,सागुरीगढि,भोल्टेकोटगढि,बुङनामगढि,च्यानामगढि,तोलोवागढि,

कोटगढि लगायत ऐतिहासिक दरबार गढिहरु बेवारीसे अवस्थामा लोपन्मुख अवस्थामा पुगेका छन।त्यसैको फाईदा उठाऊदै कत्तै राज्यसत्ताले नै किरातकालिन ऐतिहासिक प्रमाणहरु समाप्त पार्न निरन्तर अतिक्रमण जारी राखेको छ भने कतै हिन्दुकरणको चपेटामा परेर समाप्त हुदै गईरहेको छ। 


यो राज्य सत्ताले यती गर्विलो ईतिहास बोकेको ती किरात सभ्यताकालिन ईतिहास लाई संरक्षण प्रवर्धन नगर्नु बेवास्ता गर्नु त दुखद कुरा त छदैछ।तर त्यहि गर्विलो ईतिहास बोकेको किरात सभ्यताको त्यहि किरात पुर्खाहरुको सन्ततीहरु हौ भनेर आफुलाई गर्व गर्ने आजको किराती समाजको संघ संस्थाहरु र किरातीहरुले समेत लोपन्मुख अवस्थामा रहेका यस्ता किरात सभ्यताकालिन ऐतिहासिक,सांस्कृतिक स्थलहरु,गढिहरु,दरबारहरु,ऐतिहासिक भग्नावशेषहरु जस्ता संरक्षण प्रवर्धन गर्ने कुरामा बेवास्ता गरेको देख्दा त्यती गर्विलो ईतिहास बनाऊन सफल ती किराती पुर्खाहरुले आफनो सन्ततीहरु प्रति धिक्कारी रहेका होलान भन्ने लाग्दछ।


किरात जन्य संघ संस्थाहरु,किरात भाषिक संघ संस्थाहरुले काठमाण्डौ धरान ईटहरीमा करोडौ लाखौ चन्दा संकलन गरेर प्रत्येक संस्था पिच्छेको ति औचित्यहिन गगनचुम्बी भवन र घडेरीहरु खरिद गर्ने काममा होडबाजी गरीरहदा यस्ता महत्वपुर्ण कामलाई बेवास्ता गरीरहेका छौ।किरात संघ संस्थाहरुले सहरमा भवन निर्माण गर्नु भन्दा पनि बढि महत्वपुर्ण काम यस्ता ऐतिहासिक प्रमाणहरु किरात सभ्यताकालिन ऐतिहासिक गढिहरु दरबारहरु भग्नावशेषहरु सांस्कृतिक स्थलहरु लाई संरक्षण प्रवर्धन गर्ने महत्वपुर्ण हुन भन्ने बुझ्न आवश्यक छ।तर किरातजन्य संघ संस्थाहरु लाखौ करोडौ खर्च गरेर विभिन्न सभा सम्मेलनहरु गर्नमा व्यस्त देखिन्छ।अझ प्रवासमा रहेका किरात संघ संस्थाहरु कलाकार बोलाएर नाँचगान कार्यक्रम गर्ने बाहेक यस्ता किरातकालिन ऐतिहासिक सांस्कृतिक स्थलहरु संरक्षण गर्ने कामहरु गर्नुपर्छ भन्ने तिर ध्यान गएको देखिन्दैन।नेपालको सबैभन्दा प्राचीन सभ्यता किरातकालिन  किराती राजा पटुकको दरबार आज भण्डारी परीवारको निजि सम्पत्ती बनेको छ।के यस्तो कुराले हामी किरातीहरु लाई अलिकति पनि मन पोल्दैन? के हामी किरातीहरुले हाम्रो पुर्खाहरुको गौरवशाली इतिहासलाई लात हानेकै हौ त ? नेपालको ईतिहासमा त्यति गौरवशाली ईतिहास बनाऊने ति महान किराती पुर्खाहरुको सन्ततीहरु के हामी जिऊदो लाश झै भईसकेका हौ त ? प्रत्येक संस्था पिच्छेको लाखौ करोडौको भवन निर्माण घडेरीमा लगाऊने लगानीको साटो किन ऐतिहासिक प्रमाण किराती राजा पटुकको दरबार खरीद गर्ने काम गरेनौ? के ? त्यती गौरवशाली इतिहास बोकेका हाम्रो किराती राजा पटुकको दरबारको महत्व भन्दा पनि बढि महत्वपुर्ण काठमाण्डौ धरान ईटहरीमा संस्थाको भवन निर्माण गर्नु नै हो? त ? के हामीले चाहाने हो भने यत्रो देशविदेशमा रहेका कयौँ किरातजन्य संघ संस्था र लाखौ किरातीहरुले एक एक रुपैँया चन्दा संकलन गरेर किराती राजा पटुकको दरबार भण्डारीको निजि सम्पती हुनबाट जोगाऊन सक्दैनौ त ? हजारौ वर्ष पहिला त्यती गौरवशाली इतिहास बनाऊने किराती पुर्खाहरुको कथित सन्ततीहरु हामी किरातीहरु किन यती निरिह भयौ ? कि हामी जिवित हुदाहुदै हाम्रो गर्विलो पुर्खाहरुको ईतिहासलाई समाप्त पार्दै गर्दा पनि हामी चुपचाप मुकदर्शक भएर बस्ने हामी किन यती नालायकीपन देखाई रहेका छौ ? हजारौ वर्ष पहिला त्यति गर्विलो ईतिहास बनाऊने किराती पुर्खाहरुको के? हामी कोहि पनि सन्ततीहरु ? पुर्खाहरुको गौरवशाली इतिहास लाई संरक्षण गरेर जोगाऊने कोहि पनि सपुत नजन्मिएकै हो त? यस्ता गम्भिर प्रश्नहरु जवाफविहिन किरात समुदायको अगाडि तेर्सिरहेका छन।  


किरात संघ संस्थाको कार्यक्रम तथा सभा सम्मेलनमा किरातीहरुले ईतिहासको पानाहरुलाई आधार मानेर यहाँ प्राचीन किरात सभ्यता थियो भन्दै आईरहेका छौ।तर ईतिहासको पानाहरुको आधारमा मात्रै किरात सभ्यता थियो भनेर राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा प्राचीन किरात सभ्यता लाई प्रमाणित गर्न सकिन्दैन।त्यस्को निमित्त मानशाष्त्री/समाजशास्त्रीहरुको खोज अनुसन्धान,अनुवांशिक वैज्ञानिकहरु द्वारा वंशाणुगत पुष्टि,पुरातात्विक उत्खनन द्वारा प्रमाणित हुन आवश्यक पर्दछ।यस्ता किरात सभ्यताकालिन,किरातकालिन ऐतिहासिक स्थलहरु,दरबारहरु,गढिहरु,प्राचीन वस्तीहरु,मुर्ती,चैत्य,भग्नावशेषहरु,कृषि प्रणालीमा प्रयोग हुने उपकरण औजार,हातहतीयार हरुको उत्खनन द्वारा प्रमाणित हुन आवश्यक पर्दछ।यदि यस्ता प्राचीन किरात सभ्यकालिन भग्नावशेषहरु,किराती राजा पटुकको दरबार,किरातकालिन दरबार,गढिहरु लगायत यस्ता ऐतिहासिक भग्नावशेषहरु नै समाप्त भएर जाने हो भने।यो प्राचीन भुमि नेपालमा किरातीहरुले नै प्राचीन मानव सभ्यताको विकासको सुरुवात गरेका थिए भन्न,यहाँ राजा यलम्बर देखी गास्ती सम्मको किरातीहरुले ३२ पुस्ता सम्म शाषन गरेका थिए भन्ने प्रमाणहरु पनि समाप्

https://www.facebook.com/groups/148990165477176/permalink/1811954125847430/