Tuesday, December 15, 2020

नेपाली समाज र काङ्ग्रेसका विचलित कार्यकर्ता

सिद्धान्त, आदर्श र मूल्यमान्यता छोडेर व्यक्तिलाई देवत्वकरण गर्ने र जात-जातिकेन्द्रीत वा धार्मिक प्रधानता देखाउनु वा पद-शक्तिमा विश्वास राख्नुलाई राजनीति भनिदैन र त्यो राजनीति हुदै हैन। एउटा दलकाहरूले राजा बोक्ने, एउटा दालकाहरूले धर्म बोक्ने र अर्को दलले निरंकुशता बोक्ने हो भने २००७ साल ०४६/०४७ र ०६२/०६३ को जनआन्दोलन ले किन ति व्यवस्था फाल्नु पर्यो र । तै व्यक्ति प्रधान वा वंशप्रधान वा निश्चित एक धर्मप्रधान व्यवस्था नै ठिक थियो नी नकि नीति, पद्धति, प्रणाली वा जनता प्रधान। अर्को तर्फ समाजमा भईरहेका संवेदनशील विषयमा निजी वा सामुहिक लाभका लागि जानेर (योजनाबद्ध ढङ्गले) हो वा अन्जानमा हो, केही व्यक्ति, समुह वा संस्थाले वास्तविक कारण (fact cause) लाई लुकाएर गलत (false) र भ्रम (mirage) सृजना गराउने खालका बनावटी क्रियाकलापको बनावटी विवेचना (spurious interpretation) गर्नु पर्ने आवश्यक्ता देखिदैछ।


काङ्ग्रेसले आाफ्नो विधानमा हिन्दु राष्ट्रलाई वैधानिक रूपमा जब सम्म एजेन्डा बनाउदैन तब सम्म कुनै व्यक्तिको पछाडि होहल्लामा नलाग्न आग्रह गर्दछौं। यस्ता विषयको उठान गर्छन भने त्यो संविधानमा स्थापित धर्मनिरपेक्षताको सवाललाई वा संघीय लोकतान्त्रिक गणतन्त्र माथिको छेडखानी हो भन्ने बुझ्नु पर्दछ। धर्मको राजनीति गर्ने हो भने देवादिदेव महादेेवको दरवार श्री पशुपतिनाथमा, स्वयमभुनाथमा, वा दरवारमार्ग अगाडि रहेको मस्जिदमा बस्दा  हुन्छ नकि कुनै राजनीतिक दलमा। हो राजनीति हरेक समस्याको समाधान गर्ने एक मात्र सामाजिक संस्था हो मान्दछौं तर यसको अर्थ आफ्नो विषय र मुद्दा भन्दा बाहेकको सामाजिक मुद्दालाई बेवास्ता र दबाउनु हैन। नेपाल चार वर्ण र छत्तीस जात भन्दा वृहत भएको विषय "सयौं थुगा फुलका हामी एउटै माला नेपाली" भन्ने बोलको राष्ट्र गानले हरेक दिन चिच्याई चिच्याई भनिरहेछ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाली काङ्ग्रेसले भूल्न नहुने विषय र मुद्दा भनेको नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसास्कृतिक, बहुलैङ्गिक, भौगोलिक विविधता, बहुवर्गिय, बहुरंगिक ममिलेर सिचेर बनाएको राष्ट्र हो भनेर। निजी स्वार्थका लागि विविधता बीचको एकता, शान्ति र सद्भाव भड्काउने त्यस्ता राष्ट्रद्रोहीलाई नेपाली काङ्ग्रेस र संविधानले पहिचान गर्न जरुरी छ।


नेपालको राजनीतिको अस्तित्वमा रहेको अन्य दलले के गर्दैछ भन्नु भन्दा लोकतन्त्रमा विश्वास राख्ने न्याय प्रेमी  जनताको निर्विकल्प दल नेपाली काङ्ग्रेसको विधानमा रहेको महामानव विश्वेश्वरप्रसादको लोकतान्त्रिक समाजवादलाई परिमार्जित गरौं नत्र पार्टीले बोकेको आदर्श र सिद्धान्त विपरीत झुण्ड बटुलेर नेपाली काङ्ग्रेसलाई कसैको पक्षपोषक बन्नबाट बचाअौं। नेपाली काङ्ग्रेस लाई विचलन बाट बचाअौं। 


अर्को तर्फ वर्तमान नेपाली समाजमा वास्तवमा स्वतन्त्र र आश्रीत विषय र मुद्दाहरू जस्तै राजसंस्था र हिन्दुधर्म बीच मजबुत सम्बन्ध देखिएतापनि कस्ले कसलाई असर र प्रभाव पारेको छ भन्ने सुनिश्चित गर्न सकेको छैन। उत्तेजनामा ल्याउदै, हिन्दु राज्य र राजसंस्थाका सवाल नै हरेक समस्याको समाधान हो र परिपुरक र आश्रीत विषय हो भन्ने गलत र भ्रामक तर्क,  बनावटी हो। जसले नेपाली समाजलाई यस प्रकारको गैरदिशाउन्मुख (misleading) ले अझै कुसंस्कारको दलदलमा फसाँउदै छ। 


हिन्दुराष्ट्र र राजसंस्थाका सवालमा त्यसलाई स्वतन्त्र र आश्रीत बनाउने र राख्ने मुुुुख्य अदृश्य र सशक्त कारक भनेको सिङ्गो नेपाली समाज हो नकि निश्चित भिडभाड वा कुनै समुह। बनावटीपना(spuriousness) र तर्कमा खेलेर गलत र भ्रम सृजना गराउन सक्ने गैरदिशाउन्मुख नेतृत्व बहिष्कार र अस्विकार गर्न अाग्रह गर्दछौं। 


हिन्दुधर्म, हिन्दुराज्य, राजसंस्थाले फैलाएको सामाजिक राजनीतिक भ्रमका सवालमा र त्यसले  स्थापित गर्दैगरेको देवत्वकरणको संसकार साथै उडाउदै गरेको लोकतन्त्रको खिल्लीका विषयमा, विश्वसमाज वा नेपाली समाजका विषयविज्ञ, दार्शनिक, विद्वानहरू जति क्रियामा लाग्नु पर्ने हो त्यो देखिन्न। हिन्दुराज्य र राजसंस्था बीचको सम्बन्धको एजेन्डामा जति मजबुृत सम्बन्ध देखिएपनि त्यो वास्तविक र यथार्थ हैन भन्दै त्यसलाई मुख्य प्रभावित गर्ने अदृश्य शक्ति सिङ्गो सामाजिक संरचना हो नकि कुनै सम्प्रदाय वा हुलहुज्जा र समुह भनेर व्याख्या र विश्लेषण गर्न सक्दछ त्यो नै बनावटी विवेचनाको अवधारणा (concept of spurious interpertation) हो। 


कुहिरोमा हराएको नेपाली समाजलाई उत्तेजना र भ्रममा पारेर कागले कान लग्यो भनिदिन्छन् र कान खोस्न पठाउछ कागको पछाडी। तर दौडिनेहरूको ईमानदारीता, संयमता, पवित्रता र निश्चलता माथि गरेको छेडखानीको परिणाम अक्षम्य हुनेछ। मुखलाई मोही छैन पिडुलालाई घ्यू दल्नपर्छ भन्ने र त्यस्तो बनाउनेहरू संग नबहकिन र उत्तेजनामा नआउन  भन्दै सावधान रहनु पर्दछ नेपाली व्यक्ति, संस्था वा समाज।


सेवा, झोर्ले, गोरलागैछिय, स्यामुना, लासो, फ्याफुल्ला, टासिडेलेक, ज्वजोलापा, सलामवालेकम, जयमसी, प्रणाम, जय पशुपतिनाथ, जय नेपाल!


Sunday, December 13, 2020

जनता जनार्दन

 अख्तियारमा पुगेका कोहीहरू आफुलाई राजा ठान्ने, केही अबोध अभियानताहरू राजा मान्ने र बनाउने दौडमा देखियो तर जनता नै वास्तविक राजा हो भन्नेहरू र हामी भूइममान्छे नै राजा हौं भन्न सक्ने त्यस्ता वीररसले भरिएको रौद्ररूप कम देखियो। हरेक कर्मठ नागरिक आफुले देशलाई पालिरहेका छन् भन्ने बुझाई र त्यसमाथिको अधिकार जमाउन सकिनरहेको अवस्था बुझिन्छ।

 "संघीय लोकतान्त्रिक गणतन्त्र" राजसंस्था हो भने त्यस संस्था रूपी राष्ट्रका हरेक अधिकार प्राप्त नागरिक र करदाता जनता राजा हुन्, जनता जनार्दन हुन्।


सायद त्यस्तो हुन्थ्यो भने यस्तो हुदैन थियो

 अधिवेशनमा जसरी पार्टीको पदका लागि मरिहत्ते गरेका थियौ र निर्वाचनमा टिकट दिन र लिन जुन तिकडम र सेटिङ्ग गरेका थियौ त्यसरी नै नैतिकताको आधारमा जनताका न्यायकालागि आदरणीय व्यक्तित्व डा. गोविन्द केसी सत्याग्रहका लागि ज्यानमायामारेर अनसन बसेका थिए त्यसरी नै नैतिकता अलिकति छ भने संसद भवन भित्र र ऐ अगाडि भोकहड्ताल र आमरणसन बस। 


खाई न पाई छालाको टोपी लाई भने जस्तै गुरू डा. भिमार्जुन आचार्यले भन्नु भएजस्तो लम्पट झोले कार्यकर्ताका कारण देश बिग्रेको हो भन्ने नपार। लोकतन्त्र संकटमै परेको हो भने लोकतन्त्र रक्षार्थ नेपाली काङ्ग्रेसका हरेक नेता कार्यकर्ता, स्वयंसेवक सबै सत्याग्रहका नाममा जीवन मायामारेर भोकहड्ताल, आमरणसन बसौं। हैन भने काम गर्ने कालु मकै खाने भालु भनेजस्तै गर्ने भने हनुमान पगरी गुँथ्ने ढेडु नीति अपनाउदै नेपाली काङ्ग्रेसको आदर्श, सिद्धान्त, मूल्य मान्यतालाई उधो बगाएर उभो खोज्ज नपठाउ। आज कार्यकर्ता सडकमा गयो भन्ने संग त्यत्रो पिर हैन तर आजका कार्यकर्ता भोलिका नेताले फेरि ति निर्दोष र निश्चल कार्यकर्ता वा स्वयंसेवकलाई फेरि सडकमा निजी लाभकालागि प्रयोग गर्ने संस्कार नबसोस भन्ने हो। २०४७ सालको प्रजातन्त्र प्राप्ति अघिका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको ऐतिहासिक संघर्ष त्याग र तपले भरिएको गौरवशाली इतिहास छ सुन्दापनि  शक्ति र जोस मिल्दछ तर प्रजातन्त्र प्राप्ति पछिका प्रजातान्त्रिक स्वयंसेवकहरूको संघर्षको किस्सा यस्तो छ जस्तैः सडकमा टायर बालियो, चक्काजाम गरियो, तोडफोड गरियो, मसाल जुलुस निकालियो, नेपाल बन्द गरियो, गधाजुलुस निकालियो, प्रहरीलाई ढुङ्गा हानियो, कालोझण्डा देखाईयो, सिठीजुलुस गरियो। अब महत्त्वपूर्ण विषय यो हो कि वर्तमानको यस्तो रवैयालाई भोलिका दिनमा भावीपुस्ताले यस्ता कृयाकलापलाई मूल्यांकन गर्दा संघर्ष , त्याग र समर्पण भनिदिन्छन् कि भनिदिदैनन्! अबका दिनमा पनि वर्तमान शैलीमा परिवर्तन ल्याउन नसके भोलि अपजसको भागिदार हुने पक्का हुनसक्छ।


नेपाली काङ्ग्रेस नागरिकको न्ययाय र लोकतन्त्रको खातिर हरेक कठिन संघर्ष मात्र नभई देहत्याग सम्म गर्न सक्छौं भन्ने प्रमाणीत गर्न सक्नु पर्दछ। लोकतन्त्र रक्षार्थ गम्भीर र संवेदनशील भएर सडकमा गएको हो नकि रमाईलो गर्न वा मनोरञ्जनात्मक दृश्य देखाउन। लोकतान्त्रिक मूल्य मान्यता, विधि, प्रणाली र पद्धतलाई निष्पक्ष स्थापित गर्न र गराउन दबाबकालागि सडकमा गएका कार्यरतले भूल्नु हुन्न कि जनताले ल्याएको ऐ अस्थायी सरकारलाई जनताले नै पत्तासाफ पार्दै हाररूपि भाङ् खुवाउनेछन् भनेर। तर सडकमा मर्यादित भै विरोध प्रदर्शन गर्ने विषयमा हरेक लोकतन्त्र एवं न्याय प्रेमी ले आफुलाई हौसला र उर्जा गुम्नदिनु हुन्न भन्ने विश्वास आफुभित्र कायम राख्नु पर्दछ।


नेपाली समाजमा कम्युनिष्ट पार्टी भित्र कम्युनिष्ट विचार- व्यवहार साथै प्रजातान्त्रिक पार्टी एवं उद्धारवादका अगुवा नेपाली काङ्ग्रेस भित्र प्रजातान्त्रिक विचार र व्यवहार छ त? सायद त्यस्तो  नहुन्थ्यो भने यस्तो हुदैन थियो जो वर्तमानमा भईरहेको छ। जसले नेपाल र नेपालीको भविाष्य लक्षित ध्येय बाट भड्किएको  त छैन कतै!  




Friday, December 11, 2020

राजनेता

 हो! धर्मको रक्षार्थ नेतृत्व गर्छन् धर्मगुरू र कुलको रक्षार्थ खट्छन् कुलधामी तर सामाजिक समय, परिवेश र परिस्थितिले माग्दै गर्दा हरेक राजनेता न्यायकालागि नारी, अर्धनारी, धर्मगुरू र कुलधामी बनेका हुन्छन् र त्यस्तै क्षमता हुने नै राजनेता बन्ने छ। छलकपट र धुर्त स्वभाव र विचार, कहिले त्यो स्थानमा पुग्न सक्दैनन्।


Wednesday, December 9, 2020

Mandala Decor

 Remember us for any kind of Interior Decoration.

न्याय र विकासका लागि पवित्र सेवाभाव रहेको राजनीतिलाई पेशा बनाउनाले नै नेपाली समाज अाजको यस संकटको घडीमा छ त्यसैले हात मुख जोड्नकालागि  हाम्रो अभियान र प्रयास वास्तविक पेशा वा व्यवसायको हो नकि कुनै  दल, पद वा राजनिती। दैनिक रोजीरोटी संग जोडिएको यस विषयमा हजुरहरूको साथ, सहयोग र हौसला रहनेछ भन्नेमा पूर्ण विश्वास छ। हजुरहरूको एक सहयोगले हामीमा छुट्टै ऊर्जा थपिने मात्र नभई हजुरहरूको फाईदा, वचत र संतुष्टको सवालमा  कुनै कुनै संझौता  हुने छैन। अाज सम्म विश्वासका साथ कामगर्ने अवसर प्रदान गर्नुहुने यहाँहरूमा धन्यवाद ज्ञापन गर्दछौ्। साथै त्यस्तो अवसर प्रदान गर्नुहुने यहाँहरूका लागि विगत १० वर्ष देखिको हाम्रो अनुभव हजुरहरूकै लागि।

🙏🇳🇵🙏


विचारलाई हत्यार बनाउने आतंककारी

अहिंसामा विश्वास नगर्ने, हतियारलाई हतियार बनाएर मान्छैको ज्यान मार्ने ज्यानमारा, आतंककारी हो, र विचारलाई हतियार बनााएर सर्वसाधारणको पवित्र सामाजिक एकता र सहमतिको मस्तिष्कमा शान्ति, प्रेम र सद्भाव भड्काउने कार्यमा लागेको त्यस्तो व्यक्ति एकै समान हो।


हामी नेपाली समाजले पथर, माटो वा धातुले निर्मित त्यो निर्जीव मुर्तिमा देवता देख्छौं भने एक पटक ति जीवित र उच्च चेतनशील प्राणी मानवलाई देवता न सही मानवको रूपमा हेर्न र स्विकार्न सके जीवन जिउन सहज हुन सक्छ होला कतै।


केही विशेष समय र परिस्थिति अनुकुल नरहदा साहसमा नियमितता नभएको बेला साहस प्रदान गर्नुहुने आदरणीय मातापिता, परिवार र प्रियजन एवं प्रिय मित्र पात्रमा सदैब आभार व्यक्त गर्दै हजुरहरूले हामी प्रति भएको त्यो मानवीय व्यवहार लाई पाठ सिकाइका रूपमा अंगिकार गर्दै मन, वचन र कर्मले त्यस्तै अभ्यासमा लाग्ने प्रयास रहनेछ।


डियर समाज

 कुनै व्यक्ति वा संस्था, राजा-नेता वा राजसंस्था-दल नै पहिलो समस्या थियो र अन्तिम समाधान हो भनेर मान्नु व्यवहारिक मान्न सकिन्न। 


डियर समाज, तिमी डल्लै आफुमा विश्वमा कतै नभएको घिनलाग्दो र दुर्लभ रोग र संक्रमण छ अनि आखफु रोगी र संक्रमित भएको स्विकार्न डराउछौ। तिम्रो उपचारको अौषधी तिमी आफै हौ, नकी कुनै व्यक्ति वा संस्था। कुनै तन्त्र वा संस्थामा स्वास र विवेक छैन तर तिमीमा त विवेक छ, किन प्रयोग गर्दैनौं त्यो पनि थाहा छ सबैलाई।


नातावाद, कृपावाद, अन्धविश्वास, अतिवाद, अहमवाद, र भाग्यवाद यो समाजको रोगको लक्षण हुन् अब यसको उपचार गर्ने ताकत, शक्ति र क्षमता कुनै कसैमा छैन सिवाय आफुमा। समाज आफैले निर्माण गरेको सामाजिक संरचनाले रोगी बनाएको समाज र त्यही समाजले लथालिङ्ग बनाएको समाज, कुनै व्यक्ति वा संस्थाले पुनः निर्माण गर्न सक्छ भन्नु न तर्कसंगत हो न त व्यवहारिक हुन्छ। तिमी आफै विष आफै विषुमा।


अपेक्षित आयु र सहज मृत्यु

 राजनीति, आम नागरिकको अपेक्षित आयु सम्म गुणस्तर जीवनशैलीको सुविधाको उपलब्ध गराउनु मात्र नभई सामान्य र सहज मृत्युको ग्यारेन्टी गर्न पनि हो। अकालमा हुने गरेको मृत्युलाई न्यूनीकरण गर्ने वा रोक्नेलाई राजनीतिक विषय र मुद्दा बनाईनु पर्छ नकि निजी पदकालागि।


गरिबी स्विकार्ने बेला आएको छ

नेपाली समाजले आफ्नो गरिबी नस्विकार्नु वा लुकाउनु खोज्नु समस्यामा अझै समस्या थप्नु हो। सबैलाई अभाव छ तर गरिबी लुकाएर मुख्य विषयलाई जानेर हो  वा अन्जानमा गैरराजनीतिकरण गरिदैछ। 

राजनीतिलेेे समाज र राज्यलाई स्थिर, स्थायी र दिगो समाधान तर्फको बाटो लानु पर्नेमा विषय र मुद्दलाई गैरराजनीतिकरण गर्दै सामाजिक सद्भाव भड्काउने कार्य तर्फ नियोजित ढङ्गले लागिपरेको देखिदैछ। वर्गिय संरचनाले उत्पन्न गरेको गरिबी भए बरू निर्मूल गर्न सकिन्थ्यो तर मिलेमतोमा योजनाबद्ध ढङ्गले अझ गरिबी बढाउने कार्य भईरहेको छ त्यसैले समस्या बढददो छ झन्झन्। अर्कोतर्फ नेपाली समाजको उच्च क्षमता भएको हार्डडिस्क (Hard Disk)मा अन्धविश्वास, अतिवाद, मौनवाद, भाग्यवाद जस्ता मानसिक एवं सांस्कृतिक ऐतिहासिक हानिकारक जीवाणुले (Virus) ले संक्रमित बनाएको महसुस हुन्छ। झट्ट हेर्दा नेपाली समाजले स्टेरायल गरेको पश्चिमा आवरण पहिरिएको मात्र हो आन्तरिक मामिलामा वर्तमानको परिस्थितिमा छ। नेपाली गरिब छ र नेपाली समाज गरिबीको गहिरो दलदलमा फँसेको छ। 

अभाव र गरिबी विशुद्ध राजनीतिक विषय हो यही विषयलाई राजनितीकरण गर्न  दिईएको छैन जो पूर्णरूपमा सशक्त योजना हो। अब अभाव र गरिबी स्विकार्ने बेला आएको छ।
 

Friday, December 4, 2020

गीताको विज्ञान र माक्र्सवाद

सैद्धान्तिक, आदर्शवादी, व्यवहारिक र वैज्ञानिक हुनु पर्नेमा व्यक्ति, समाज र राजनीति झन्झन् व्यक्तिवादी र देवत्वकरणवादी बन्दै जाँदैछ, चाहे त्यो राजाको नाममा होस् वा कुनै अन्य व्यक्तिको नाममा। यस्ता क्रियाकलापले वर्तमान त रमाईलो नै होला तर वर्तमानको गर्भमा हुर्कदै गरेको विचलनको भ्रूणले समाजलाई अझ पिडाको दलदलमा धकेल्ने निश्चित छ।


व्यक्ति लाई देवत्वकरण गर्ने भाग्यवादी तर नाम चै राष्ट्रिय प्रजातन्त्र पार्टी ले आफ्नो सम्पूर्ण तन, मन, धनको शक्तिलाई एकादेशको हिन्दु राष्ट्र र त्यसैले संरक्षण गरेको धार्मिक केन्द्र राजसंस्था बाट आर्यघाटमा पुर्‍याएर अन्त्यष्टी गरिसकेको पालनकर्ता रूपि मृतक राजालाई विम्त्याउनेमा लागेको जस्तो देखिन्छ जुन क्रियाकलाप ले आफुलाई भाङ खाएको महादेव समम्झनु मात्र हो। जसरी लोकतन्त्रको नायकको भूमिकामा रहेको प्रजातान्त्रिक दल भनिने नेपाली काङ्ग्रेस विचलित भएजस्तै, अनि काम कुरा एकातिर तर कुम्लो बोकी ठिमी तिर हिडेको नेपाल कम्युनिष्ट पार्टी झै त्यस्तै एकै।


मानव विकास र समृद्धि प्राप्तिको मात्रा निर्धारण गर्ने एक महत्त्वपूर्ण पक्ष र पाटो योजना, दुरदर्शिता र श्रोतसाधनको उच्चतम र गुणस्तर परिचालन मात्र नभई ऐतिहासिक सन्दर्भ पनि प्रमुख रहेको हुन्छ। हिजोको अवस्थाले वर्तमान निर्धारण गर्छ र वर्तमानले भविष्यको गर्ने निश्चित हुन्छ। खुशी नागरिक, सभ्य समाज र शक्ति राष्ट्रको वास्तविक विकास र उन्नति कुनै मन्दिर, मस्जिद, गुम्बा, चर्च र गूरूद्वारमा गएर ईश्वर, अल्ला, प्रभू पुकारेर वा कुनै व्यक्तिलाई देवत्वकरण गरेर भएको वा प्राप्त गरेको इतिहास कतै छैन। गीताको अपव्याख्या गरेर वा सुनाएर  विचलित  समाजले आफुलाई गीताको नायक कृष्णको प्रसंसा भन्दा उनले दिएको सारमा रहेको ज्ञान विज्ञान अनुरूप समाज चल्न चलाउन सके वा अर्जुन दृष्टि लगाउन सके असम्भव केही हुनेछैन। 


सबैसबै नेतृत्वदायी दलको भूमिकामा रहेको राजनीतिक संगठनको अवस्था र स्थिति समग्रमा व्यापक विचलन देखिनुको पछाडिको ऐतिहासिक सन्दर्भ अध्ययन गर्दै सामाजिक वैद्य, सामाजिक विश्वकर्मा, सामाजिक पंडितहरूले व्यापक रूपमा बौद्धिक आन्दोलन गर्नु पर्ने र त्यसको वातावरण निर्माण गर्ने र सफल पार्नेमा आफुलाई नागरिक ठान्ने सभ्य र सामाजिक ठान्ने हरेक व्यक्तिले बल पुर्याउनुको विकल्प छैन। नत्र यस्तै रवैयालाई लथालिङ्ग छोड्ने हो भने गौतम बुद्ध जन्मेको देशमा अहिंसा, प्रेम, शान्ति र सद्भाव त्यही गुम्बामा रहेको त्रिपिटकमा मात्र सिमित रहनेछ। 


भागवद्गीतामा माक्र्सवाद छ र माक्र्सवाद भागवद्गीतको एक अंश हो। अर्थात गीतामा ऐतिहासिक द्वन्दात्मक भौतिकवाद पनि छ तर व्यक्ति, समाज, र सामाजिक संस्थाहरूलाई कसले नियोजित ढङ्गले अन्धविश्वासी भाग्यवादी र देवतावादी बनायो वा बनाईदैछ र यसको नोक्सानी कसलाई हुदैछ भन्ने कुरा समाजले बुझ्न जरुरी छ। 

शुुुक्रबार, मंसिर १९, २०७७ / नेपाल संंवत ११४१ कछलागा चतुर्थी



Tuesday, December 1, 2020

डा. चन्द्रकुमार सेर्मा ज्यू संग

 स्व. राजा श्री ५ वीरेन्द्रले कान नजिकै भन्नू भयो "तिमी पनि अरू PM झै भ्रष्टाचारमा लिप्त हुने त हैन?"


आजका दिन समाज र राष्ट्रले चिन्नपर्ने व्यक्तित्वहरू मध्यका एक परिचित व्यक्ति धुरन्धर विद्वान, किराँती समुदाय(लिम्बू, राई, सुनुवार र याख्खा)को धर्म ग्रथ अर्थात किराँतको वेद मानिने मुन्धुमका विद र विशेष गरि हिन्दु धर्मावलम्बीले विश्वास गर्ने ज्योतिषशास्त्रका विद (ज्योतिर्विद) आदरणीय गुरु डा. चन्द्रकुमार सेर्मा ज्यू संगको भेटमा लिएको तस्बिर।


उक्त भेटमा आदरणीय गुरू बाट नेपालको ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक लगायत विषय संग संगै विशेष गरेर पञ्चाय व्यवस्था, नेपाली काङ्ग्रेस र काङ्ग्रेसका केही विशिष्ट व्यक्तित्वहरू संगको व्यक्तिगत निकट सम्बन्ध र वहाँहरूको स्वभावका साथै ईमानदारीता, त्याग लगायत केही विषयमा जानकारी दिनुभयो। 

स्वर्गीय राजा श्री ५ वीरेन्द्रले तत्कालीन प्रधानमन्त्री स्व. मरिचमान सिंह लाई पदस्थापना गरेपछिको पहिलो भेटमा बोल्नुभएको पहिलो वाक्य "तिमी पनि अरू PM झै भ्रष्टाचारमा लिप्त हुने त हैन?" भन्ने प्रसंग सुनाउनु भयो। जस्का कारणले स्व. मरिचमानले आफुलाई सधैं भ्रष्टाचार भन्दा टाढा राखेको पनि स्मरण गर्दै भन्नू भयो। युग पुरूष गिरिजाप्रसाद कोईराला, नेका आदरणीय नेता स्व. बलबहादुर राईका योगदान संगसंगै स्व. गोपाल राई देखि स्व. रविद्र अधिकारी सम्मको दुर्घटनाको योग संयोगका विषयमा आफ्ना तर्क राख्नु भएको थियो।


साथै वि.सं. २०५१ सालमा कार्यक्रम विशेषले उदयपुरको तत्कालीन बसाहा, बेल्टार र चौदण्डीगढी गा.वि.स को केही ठाँउ घुमेको स्मरण गर्दै चौदण्डीगढी दरवारको ऐतिहासिक महत्व सबैले बुझ्न र सबैलाई बुझाउन जरुरी छ भन्दै उक्त दरवारको संरचना र त्यहाँ प्रयोग गरिएको पत्थर र वास्तुशास्त्रको विषयमा विशेष जोड दिनुभयो। उक्त भ्रमणमा जाँदै गर्दा बसाहाको वर्षेडाँडा अवस्थित नारद आदर्श चौकमा नारद मुनिको प्रतिमा भर्खरै बन्दै गरेको र त्यहाँ अवस्थिति नारद अादर्श विद्यालयमा त्यतिखेर भएको कार्यक्रमको पनि स्मरण गर्नु भएको छ। त्यसै क्रममा बेल्टारको चाम्लिङ चोकमा बसोबास गर्नुहुने बेलायत भू.पु. सैनिक श्री कृष्ण चाम्लिङ राई ज्यूले गर्नुभएको त्यो सत्कार अझैपनि स्पष्ट स्मरण रहेको कुरा पनि सुनाउनु भएको छ।


हजुरको निम्तो स्विकार्दै पुनः हजुरकै कक्षमा भेट्न आउनेछु भन्दै समग्रमा आदरणीय गुरू संगको आजको हाम्रो भेट सदैब स्मरणीय रहनेछ भन्दै धन्यवाद सहित कोटीकोटी प्रणाम!!!


न चोरहार्यम् न च राजहार्यम् न भ्रत्र्भाज्यम् न च भारकारि ।

व्यये क्रते वर्धत एव नित्यम विद्याधनम् सर्वधनप्रधानम् ॥


मिति २०७६ मंसिर १३ गते शुक्रबार, मार्ग शुक्ल तृतिया।


होसियार! आफुलाई बिर्सेर अरूलाई खेद्नेहरू

 समय संगको प्रगाढ मित्रता अथवा हृदयी संबन्ध कसैको छ जस्तो कसैलाई लाग्छ भने त्यो अावेगले निम्त्याएको भ्रम हो।

समयको चरित्र परिवर्तनशील एवं गतिशील छ, कतिखेर कस्लाई कुन पात्रको भूमिका दिनेहो निश्चित हुन्न...

जस्तै देवी देवताहरू लाई पत्थरमा सिमित राख्न सक्ने, कलियुग एक समय!

समयको साथ पाउनेले वा नपाउनेले होस्, सूख-दुखमा संयमित रही अाफ्नो वा अरूको धैर्यता डगमगाउन नदिनु कुशल नेतृत्वशैली तथा मानव कल्याण स्वभाव हो।


नोट:

सिकारी बन्न जति रोमान्चित हुन्छ तयो भन्दा बढी भयावह हुन्छ कसैको सिकार बन्न!

होसियार! आफुलाई बिर्सेर अरूलाई खेद्नेहरू हो!


जे जे भयो भयो

 अख्तियार दुरूपयोग अनुसंधान अायोगको अध्ययनले देखाएको भ्रष्टाचार हुने निकाय एवं कार्यालय;

१. मनलपोत, भूमिसुधार तथा नापी- ६५.५%

२. विकास निर्माणका कार्यालय तथा निर्माण कम्पनी- ४४%

३. यातायात व्यवस्था कार्यालय- ३७.७%

४. जिल्ला प्रशासन कार्यालय- २८.५%

५. अान्तरिक राजस्व कार्यालय- १७.१%

६. साविकको जिल्ला शिक्षा कार्यालय- १३.२%

७. स्वास्थ्य कार्यालयमा- ८.३%

८. परामर्श सेवामा- २.१%

नोट:

जे जे भयो भयो अब "समृद्ध नेपाल, सुखी नेपाली" का लागि पनि अाउदा दिनमा सच्चीएर जानुको विकल्प छैन।

निर्वाचित कि विजयी

 #धरान_भक्तपुर_र_चितवनमा_नेपाली_काङ्ग्रेस_निर्वाचित_कि_विजयी


नेपाली काङ्ग्रेस धरान उपमहानगरपालिका प्रमुख पदमा ५४हजार ९सय ६२ मतदाता मध्य एक व्यक्ति एक मतको अाधारमा गोप्य मतदानद्वारा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम स्पष्ट रूपमा २६हजार ७सय ९ मतदाताले रूख चिन्हमा पहिलो मतदान दिएर निर्वाचित गराएका मात्र हुन। बाँकी २९हजार मतदाता जनताको मर्म र भावनालाई जबसम्म सम्बोधन गर्न सकिँदैन तब सम्म नेपाली काङ्ग्रेस निर्वाचित मात्र भएको हो भन्ने मान्नु पर्दछ।

लोकतन्त्रमा भलै एक व्यक्ति वा मतले विरोध किन नगरोस् त्यसको अावज पनि सुनुवाइ हुनु पर्दछ भन्ने मान्यता रहेको हुन्छ। यहाँ १ हैन बहुमत संख्या विपक्षमा रहेको हुनाले वहाँहरूको चित्त बुझाउने र सम्बोधन गर्ने जवाफदेहीता अब नेपाली काङ्ग्रेस भक्तपुर, चितवन र धरानको काँधमा गएको छ। अाम जनतालाई लोकतन्त्रको विकल्प उदार लोकतन्त्र हो भन्ने जबसम्म बुझाउन सकिँदैन तब सम्म नेपाली काङ्ग्रेसले विजय प्राप्तिको प्रयासलाई राप, ताप, चाप सहदै अझ हौसला र तेजका साथ लानु पर्ने हुन्छ।


नेपाली काङ्ग्रेस धरानले लोकतान्त्रिक अार्थिक, सामाजिक नीति अन्तर्गत रहेर विविधता बिचको एकता कायम गराउदै लोकतन्त्रको मूल्य मान्यता अनुसार अाफ्नो कर्तव्य पालना गर्नेमा मन, वचन र कर्मका साथ लाग्ने क्षमता र हौसला सदैब कायम रहोस भन्दै निर्वाचित उमेद्वार उपमहानगर प्रमुख श्री तिलक राई लगायत उपनिर्वाचन भएको हरेक स्थानकन नेपाली काङ्ग्रेस जिताउन प्रत्येक्ष परोक्ष दु:ख भुलेर लाग्नु भएका नेका भातृसंस्था(नेअाज संघ, नेविसंघ, नेमसंघ, नेतदल, मुस्लिम संघ, भूपूसै संघ, दलित संघ, अपांग संघ लगायत), सुभेक्षुक संस्था(ट्रेड युनियन, सम्पर्क समिति लगायत),नगर वडा, टोल निर्वाचन प्रचारप्रसार समिति लगायत लोकतान्त्रिक पक्षधर यहाँहरू सम्पूर्णमा धन्यवाद सहित निर्वाचित हुन नसकेको स्थानको काङ्ग्रेसमा हौसला राखने र निर्वाचितमा हार्दिक बधाई तथा शुभकार्यकालको कामना!

#Power_comes_with_great_responsibility


Wednesday, November 25, 2020

 समाज भित्र समाजले गरेको कथित दलित माथिको विभेद, रंग भेद र महिला प्रतिको असमान व्यवहार कहिले देखिको हो भन्ने यकिन नभएकोले सम्बन्धित समूह वा समुदायको न्यायका लागि प्रजातान्त्रिक व्यवस्थाले उद्धारवादको नीति अवलम्बन गर्दै समानुपातिक समावेशीताको सिद्धान्तका अाधारमा संविधान एवं कानुन निर्माण गरेर मध्यस्थताको भूमिका निर्वाह गर्ने सम्बन्धित निकायको उद्धारवादी प्रयास प्रसंसनिय मान्नु पर्दछ।


तर केही निश्चित लाभका लागि त्यस्ता व्यक्ति, समूहले योजनाबद्ध ढङ्गले नेपाली समाजलाई न्यायको सिद्धान्तको चेतना बाट विमुख बनाई भ्रम र अचेतमा राखेर सद्भाव भड्कनउने अप्रजातान्त्रिक पक्षधरको संख्या दिनानुदिन बढदो देखिन्छ। यही समाजले कुनै निश्चित लिङ्ग, वर्ग, वर्ण, भाषा, भूगोलका भएकै आधारमा अन्याय, शोषण, विभेद र बहिष्करण गर्दै गर्दा बेहोसी भएर गर्ने तर जब न्यायको सबाल अाउदा यति वर्ष भनेर तोकिनु पर्दछ भन्नुले समाजको चेतनाको गुणस्तर, अवस्था र मानवताको प्रतिशत निर्धारण गर्दछ। 


अन्याय गर्दा आँखा चिमलेर अन्याय गर्ने समाजले अब न्यायकालागि प्रजातान्त्रिक उद्धारवादी भएर लाग्नुु पर्दछ। प्रजातान्त्रिक मुल्य, मान्यता, आदर्श र सिद्धान्त बुझेका मस्तिष्कले त्यस्तो मानवता एवं न्यायका  लागि वकालत गर्ने संविधान वा कानुनमा विश्वास नराखी अन्याय र अनउद्धारवादी  विचार र व्यवहार प्रति आकर्षित  हुनुले विकास र समृद्धि लक्ष्य प्राप्ति विपरीतको पथ चुन्नु हो।


 त्यस्तो कुन रोग हो जुन रोगले आफ्नो सन्तुलन गुमेको स्विकार्दै स्विकार्दैन? हो त्यही रोगले ग्रसित छ नेपाली समाज।


त्यस्तो असन्तुलनको उपचारका लागि त्यस्तै संतुलन गुमाएका उपचारकर्मीको खाँचो छ। जसरी फलामलाई फलामले नै काटन सक्छ, हिरालाई हिराले नै काट्छ त्यसै गरि असन्तुलित समाजलाई सन्तुलन गुमाउन सक्नेले नै सन्तुलनमा ल्याउन सक्छ। 


कसैले कसैलाई विभेद गर्छ भने त्यस्ता अमानवीय व्यवहारको त्यसै गरि प्रतिआक्रमण गरौं। नेपाली समााजमा सिधा अम्लाले घ्यू अाउदैन। समाजको सद्भाव भड्काउन अग्रसर त्यस्ता मानसिक सन्तुलन गुमाएका भन्दा निच अमानवीय व्यवहार कसैले कसैलाई गर्नु महापाप मात्र नभई शत् प्रतिशत दण्डनीय हो।


 डा. बाबुराम भट्टराईले सदनमा उठान गर्नु भएको प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनको विषय अाफैमा शक्तिशाली विष्फोट गराउने अात्मघाती कदम (Powerful Suicide Attemp) हो, यदि सहि समयमा फ्युज नभई विष्फोट भए! 

प्रजातन्त्र पछि नेपालमा जो जति प्रधानमन्त्री भए त्यसमध्य #वशिष्ठ गोत्रका भट्टराई थरी सबैभन्दा सशक्त देखिएको छ। सम्माननीय सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई #किसुनजी ले राष्ट्र हितकालागि देखाईएको साहस र ईमानदारीताका लागि  अाज पनि इतिहास साक्षी छ। भने समाज रूपान्तरणका लागि डा. बाबुराम भट्टराईको पछिल्लो मन, वचन र कर्म ले प्रमाणीत गरिरहेको जस्तो देखिन्छ। 

जसरी कुलमान घिसिङ्ग, तामाङको सान भएपनि नेपालको सुपुत्र हो भन्ने प्रमाणीत गरे। त्यसरी नै वशिष्ठ सगोत्रेली मात्रका नभई सिङ्गो नेपाली समाजका सान #भट्टराई र #घिसिङ्ग प्रति अादरभाव प्रकट गर्दछौं। 

भट्टराई र तामाङ वंश बाट मात्र नभई यस्ता मन वचन र कर्मले भएका सपुत नेपालका हरेक वंशावली बाट जन्माईनु पर्दछ। 

जय नेपाल!

 ढिलो चाँडो मात्र हो बाघको छाला अोढेको जतिसुकै बाठो स्यालले पनि अरूको परिचयको अावरण स्थायी र निरंतर राख्न सक्दैनन्। कुनैनकुनै दिन देखाउछ देखाउछ। जसरी पारी डाँडामा अरू स्याल कराई रहेको सुने त्यो बाघको छाला अोढेर बाघ बनेको चलाख स्याल पनि वारी डाँडामा बसेर कराए जस्तै हो। हिजोआज जे हुदैछ त्यही हुदैछ। बिचरा चिप्लि हाल्छन् र व्यवहोरा देखाई हाल्छनन्।  

 विकासको अवधारणामा जनताको सहभागीताको सिद्धान्त अनुरूप अाफ्नो गाउँ अाफै बनाअौं भन्ने नारा अंगिकार गर्दै स्थानीय स्तरको निर्माण योजनाकालागि उपभोक्त समिति गठन गर्दा भन्दा सस्तो र सजिलो भएको देखिन्छ देशको व्यवस्थापक बन्न। समुदाय स्तरमा सामुदायिक उपभोक्ता वन समिति गठन गर्न बरू निश्चित क्षमता, योग्यता, ईमानदारीता र सामाजिक सेवाको पृष्ठभूमि चाहिने रहेछ तर मन्त्री, प्रधानमन्त्री बन्न त्यस्ता कुनै हैसियत नचाहिने रहेछ। 


नेपालका उच्च राजनीतिकर्मी भनाउदाहरूले अन्तर्राष्ट्रिय स्तरमा रहेको राजनीतिकको मूल्य, मान्यता, अर्थ, परिभाषा, र त्यसले बोकेको शुद्धता एवं पवित्रता लाई धमिलो बनाउने कार्य गरिरहेको कहिले सम्म नेपाली नागरिकले सहेर बस्ने। यस्ता कृयाकलाप त्यही संगठनका कार्यकर्ता वा स्वयंसेवक लाई सह्य होला तर त्यो पार्टी संगठन प्रतिको बफादारीताले सिङ्गो राष्ट्र र समाजको भविष्य कता हो भन्ने विषयमा सोच्न जरुरी छ।

 नेपाली समाजले आफ्नो संरचनात्मक अस्वास्थता लुकाउन कहिले त्यही राजसंस्था लाई दोषी देखाउने विघटन गर्ने, र कहिले त्यही कुनै धार्मिक राष्ट्र भएकै कारण देखाई धर्मनिरपेक्षता राष्ट्र स्थापित गर्ने। नेपाली समाजले आफ्नो भौतिक र आध्यात्मिक अस्वस्थता र असंतुलन लुकाउन फेरि त्यही धर्म र राजसंस्था लाई उछाल्दैछन्। 


अझ सम्म पनि नेपाली समाजले आफुमा भएको असंतुलन, अस्वास्थता लाई न स्विकारेको देखिन्छ न त त्यसको सहि अौषधी उपचार नै। नेपाली समाजको यस्तो पागलपनाले विश्वजगतमा सर्वश्रेष्ठ प्राणी मानेको मानव सभ्यताकै अपमान हुने कार्य भईरहेछ।


मानसिक संतुुलन गुमाएको मानिसको जस्तो असामान्य दैनिकी र  व्यवहार गर्ने नेपाली समाज होसमा नरहेको देख्न सकिन्छ। सामान्य र संतुलन मिलेको समाजले आखिर के चाहाना राख्छ भन्नेस्पष्ट हुन्छ तर नेपाली समाजको हिस्ट्री लिदा, डाईग्नसिस गर्दा पूर्णरूपमा स्वस्थ र संतुलन गुमाएको पाउन सकिन्छ।


 पुँजीवादी समाजमा प्रेमको मूल्य, मान्यता र मापन कुनै बहुमूल्य धातु, स्वर्ण वा मुद्राले मात्र गर्न सकिन्छ भन्ने विश्वास र व्यवहार देखिन्छ। तर अाज सम्म कसैले मूल्य चुकाएर प्रेम अादान प्रदानका लागि खरिद बिक्री गरेको कुनै घटना भने छैन। 

हो, समाजको स्वरूपमा अाएको परिवर्तन संगै त्यसले मानव संस्कारमा परिवर्तन ल्याएको भने हुन्छ। त्यससैले प्रेम व्यक्त गर्ने व्यवहार र संस्कारमा परिवर्तन अाएको मात्र हो, प्रेमको मूल्य भनेे तोकिएको होईन। प्रेम हिजोको जस्तै अाज पनि उत्तिकै पवित्र र अमूल्य छ।

 नेकपामा देखिएको नाटक नेपाली समाजको वास्तविक घटना र प्रकृति हो। 

अाफ्नै दल भित्र विवाद भड्काउन खिचातानी गर्नु वा अन्य राजनीतिक दलले नेपालको यस्ता अान्तरीक विवादमा ताली बजाउनुु भनेको विश्वजगतलाई नाङ्गो नाच देखाउनु भन्दा अरू केही हैन। अान्तरिक विवादलाई सम्वाद, सहमति र सहकार्यले नै समाधान गर्नु पर्ने हुन्छ। अाफ्नो रागले अाफै चउरिने मरिचे राग नदेखाउदै राम्रो।

हजुरहरूको प्रत्येक व्यवहार संग नेपाली समाज र राष्ट्रको ईज्जत् बेइज्जत जोडिएको कुरा स्मरण रहोस् डियर कमरेडस्!

 हरेक नागरिकलाई राष्ट्रको रूपमा विकास गर्न नागरिक प्रधान दलको व्यवस्थापन गर्ने सभ्य, शिक्षित र चिन्तित कार्यकर्ता चाहिन्छ। जसका लागि रूढिवादी, अन्धविश्वासी र नातावादले संक्रमित गर्भवती समाजको गर्भमा विकसित हुदै गरेको अपवित्र भ्रूण बाट जन्मीएको स्वास्थमा असंतुलित शिशुले सम्भव हुन्न। रोगी त्यो शिशु कार्यकर्ता र कर्मचारी नभई घातक रोग पाल्नेे त्यो समाज दिर्घ रोगी हो। 

नागरिकलाई राष्ट्रको रूपमा विकास हुन नदिने समाज हो नकि राजनीति।


तस्बिर त केवल एक बहाना हो तर समाजले जे हो त्यो बुझ्नु पर्छ भन्ने चहाना हो।

 हरेक नागरिकलाई राष्ट्रको रूपमा विकास गर्न नागरिक प्रधान दलको व्यवस्थापन गर्ने सभ्य, शिक्षित र चिन्तित कार्यकर्ता चाहिन्छ। जसका लागि रूढिवादी, अन्धविश्वासी र नातावादले संक्रमित गर्भवती समाजको गर्भमा विकसित हुदै गरेको अपवित्र भ्रूण बाट जन्मीएको स्वास्थमा असंतुलित शिशुले सम्भव हुन्न। रोगी त्यो शिशु कार्यकर्ता र कर्मचारी नभई घातक रोग पाल्नेे त्यो समाज दिर्घ रोगी हो। 

नागरिकलाई राष्ट्रको रूपमा विकास हुन नदिने समाज हो नकि राजनीति।


तस्बिर त केवल एक बहाना हो तर समाजले जे हो त्यो बुझ्नु पर्छ भन्ने चहाना हो।

 सामाजिक वा भौतिक दूरी कायम गर्नाले मात्र कोरोना संक्रमण नहुन सक्छ भन्ने मान्यता लाई अक्सर मानिसहरूले मान्दा मान्दै पनि किन र कसरी अझ बढीरहेको छ! त्यही कारणहरू मध्ये पैसाको लेनदेनले पनि संक्रमण वृद्धि लाई अझ सहयोग पुगेको जस्तो देखिन्छ। अबको दूरी सामाजिक, भौतिक मात्र नभई पैसाको लेनदेन (अार्थिक) संग पनि गर्नु पर्ने जस्तो देखिन्छ। 

केही समयकालागि पैसा लेनदेन वा कारोबारको वैकल्पिक उपायहरू प्रयोग गर्ने प्रयास गरौं। पछिल्लो संक्रमणको घटनाक्रम यसैका कारण देखिदैछ।

चाडपर्वको बेला छ, स्वास्थ सुरक्षाका साथ चाडपर्व मनाअौं।

 यही छ र त समाज चलेको छ:

पुँजीपतिहरू लगानी, नाफा र पुनः लगानीमा विश्वास राख्छन्।

लक्ष्मी पुजा (भाग्यवाद)मा विश्वास राख्छन् मध्यम वर्गीय। 

रोजीरोटीका लागि रोजगारीमा विश्वास राख्छन् निम्न वर्गीय।


पुस्तौं पुस्तौंदेखि यत्तिका वर्ष भईसक्यो लक्ष्मीको पुजा गरेको तर राष्ट्र अाज पनि परराष्ट्रको ऋण, अनुदान र सहयोगमा चलेको छ। विश्व समाज २१अौं शताब्दीको उच्च पुँजीवादी उत्तरअाधुनिक समाजमा अाईसक्दा पनि अाखिर कहिले सम्म यस्ता अन्धविश्वासी संरचनाको नियन्त्रणमा नेपाली समाज रहने हो अझै टुङ्गो छैन।


व्यक्ति, समाज र राष्ट्र पुँजीपत‍ि नै बन्ने हो भने पुँजीवादको नयाँ मन्त्र जाप र पुजापाठ तिर नै लाग्नु पर्ने हुन्छ। पुँजीवादको देवता उद्योग हो भने यसको गायत्री मन्त्र (मुलमन्त्र) भनको लगानी, नाफा र पुनः लगानी हो।

नेपाली समाजलाई लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना!

बधशाला नेपाल


जब राज्यमा नैतिकताशुन्य निर्वाचित प्रतिनिधि (अस्थायी सरकार) र कर्तव्य बिमुख नियुक्त प्रतिनिधि (स्थायी सरकार) रहन्छ वा अमर्यादित व्यवस्थापिका, भ्रष्ट कार्यपालिका र गुलाम न्यायपालिका रहन्छ तब नीतिगत एवं संस्थागत रूपमै अस्पताल नागरिकको हत्या गर्ने वैधानिक बधशाला बन्दछ। 


पुँजीवादी सामाजिक स्वरूप आफैमा एक बधशाला हो जो पुँजी संकलनकालागि विभिन्न नाराका साथ फरक फरक  रूपमा अस्तित्वमा रहेको हुन्छ। यसले विज्ञान तथा प्रविधिका नाममा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक, ऐतिहासिक, वातावरण एवं मानव जीवनको हत्या गरिरहेको हुन्छ। त्यही बधशालाका हतियार वा पुँजीवादको बहुरूप मान्न सकिन्छ अाधुनिकिकरण, विश्वव्यापीकरण, उद्धारवाद, प्रजातन्त्र, मानवअधिकार, लगायत।


नेपाली नागरिकको गुणस्तर जीवनको श्रेय जसरी नेपाल सरकार वा व्यवस्थालाई जान्छ त्यसरी नै नागरिकको गुणस्तरहीन जीवनशैली, गरिबी, अशिक्षा, अन्धविश्वास, साथै अकालमा गएको ज्यानको पनि दोष जान्छ। राज्यले गरेका हरेक कमीकमजोरी सुनियोजित ढङ्गले गरेका घटना हो भनेर जब सम्म नेपाली नागरिकले प्रतिआक्रमण गर्न सक्दैन तब सम्म नेपाल र नेपाली  लाचारी नै मान्नसकिन्छ।


राज्यको नीति नियम एवं भ्रष्ट नेता तथा कर्मचारी लाई हत्यारा र राज्यका आर्थिक,राजनैतिक, शैक्षिक, कानुनी र स्वास्थ संस्था (अस्पताल) लगायतलाई बधशाला भन्न सकिदैन वा  दोषीलाई अपराधी भन्न नसक्ने यो नेपाली समाज अन्धविश्वासी,  भााग्यवादी, नातावादी र कृपावादी नै कहलिन्छ।                         




 कोही शिक्षित हुन्छन्, कोही कुनै पेशा व्यवसाय अंगाल्छन्, कोही समाजसेव र राजनीतिमा स्वयंसेवक बन्छन्, कोही कुनै पद, प्रतिष्ठा वा अख्तियारमा पुग्छन् वा पुर्‍याइन्छन् भने त्यसको पछाडिको लक्ष्य र ध्येय भनेको भूईमान्छेको न्याय र उद्धारकालागि नै हो भन्ने विषय भुल्नु हुन्न। 

Monday, November 23, 2020

यत्र पुजन्ते नारी रमन्ते तत्र देवता:।

 समतामुलक समाज (Egalitarian society) निर्माण गर्न सहभागीतामुलक  सिद्धान्त (Participatory approach)लाई अभ्यासमा ल्याउनु पर्ने हुन्छ। त्यसैले २१अौं शताब्दीका नारीहरूले अाफ्नो संकुचितता बाट माथि उठेर हरेक विषय, विधा र क्षेत्रमा मन, वचन र कर्मले सहभागी हुनपर्ने देखिन्छ। समाजमा बनेका नारी प्रतिको अघोषित नियमहरू समाजले नै निर्माण गरेकाले फेरि पनि ती त्यस्ता पितृसत्तावादीहरू द्वारा बनाईएका अन्यायीक सामाजिक सहमतिहरूको पुनः हेरफेर गर्न सकिन्छ भन्ने विश्वास हुनुपर्ने हुन्छ।


यस धर्तिमा हामी जीव, जलचर र मानवको समान अधिकार रहेको हुन्छ। यहाँ कसैले कसैलाई न्याय (Justic) दिन्छु भन्छ भने त्यो सरासर दादागिरी (Hegemony) मान्न सकिन्छ। किनकि एक समान अधिकार र हैसियत (Equal right & dignity) भएकाले अर्कोलाई न्याय दिने भन्ने लाईसेन्स भगवानले वा प्रकृतिले कसलाई दिएको रहेछ भन्ने अाज सम्म सुन्नमा आएको छैन।

बुझ्ने एक सचेत मानव (Brilliant mind) संग न अधिकार माग्नु पर्छ नत खोस्नै पर्ने हुन्छ। किनकि जन्मिदै हामी स्वतन्त्र (Freedom) र समान हौं भन्ने कुरा त्यस बुद्धिजीवी मानवले स्पष्ट ढङ्गले बुझेको हुन्छ।


२१अौं शताब्दी सम्म अाईपुग्दा पितृसत्तात्मकता (Patriarchy) र त्यसका दासहरूले राज्य व्यवस्थाको नाममा अाफुलाई संस्थागत (Institutional) गराएको जस्तो देखिन्छ जो लोकतन्त्र (Democracy), मानवअधिकार (Human rights) र सामाजिक न्याय (Social justic) को भजन गाईहिड्ने अत्याधुनिक एवं शक्तिशाली (Modern & powerful) अमेरिकी समाजमा (American society) पनि नदेखिएको भने होईन।  जस्तो शिर्षस्त नेतृ हिलारी क्लिन्टन त्यसका ज्वलन्त उदाहरण हुन सक्छ।


हामी आफै अधिकार सम्पन्न छौं, कसैले कसैसँग अधिकार मागिरहनु पर्दैन। तर हरेक व्यक्तिले पाएको जन्मसिद्ध अधिकार (Inborn rights) कुनै व्यक्ति, समाज वा संस्थाले खोस्दछ वा त्यसबाट विमुख बनाउने कुकार्यमा लाग्दछ भने त्यो सबैभन्दा ठूलो दण्डनीय अपराध वा अपराधीक गतिविधि हो भन सक्ने कि नसक्ने?


Friday, November 13, 2020

 २१अौं शताब्दीमा अाई पुग्दा सम्म पनि नेपालको वर्तमान अवस्था जे छ त्यसको पछाडि नेपाली समाज अाफै दोषी छ। तर नेपाली समाज मात्र दोषी हो भनेर विश्वास राख्नु अव्यवहारीक हुन्छ। नेपाली समाजलाई अनैतिक र अव्यवस्थित बनााउन अन्य वाह्य शक्ति लाागेको छैन भन्नु पनि यथार्थ नहुन सक्छ। 

यो सार्वभौम मुलुक अझ पनि बिग्रिएको छैन तर ऐ को थिति र प्रणाली चाहि  अहित चाहने अान्तरिक र वाह्य शक्तिहरूको अपवित्र गठबन्धनले योजनाबद्ध ढङ्गले दिनानुदिन बिगारी रहेको छ। 

Monday, November 9, 2020

नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा:

२०५६ सालमा नेपालकाे राष्ट्रिय विभूति घाेषणा गरीयका  नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको चर्चा प्रायः नेपाल सम्वतको दिन हुने गर्छ । उनी काठमाडौका एउटा ब्यापारी हुन् । उनी एउटा ब्यापारी भए पनि समाजसेवी थिए ।


तत्कालिन अवस्थाको कान्तिपुर इलाकामा बस्ने साख्वाले गरीव नेपालीलाई ऋणमुक्त गराएको दावी इतिहासविद्हरुको छ । साख्वास्को घर काठमाडौको मरुसत्तलको इलाकामा थियो भन्ने लोकोत्ती रहेको पाइन्छ । उनैले बनाएको चैत्य कंकेश्वरीमा रहेको बताइन्छ ।


राघवदेवको पालामा साख्वाःले नेपालीहरुको ऋण मोचन गरिदिएको खुशीयालीमा वि.सं. ९३६ मा नेपाल संवत प्रचलनमा ल्याइएको एकथरि इतिहासकारहरुको भनाई छ ।


वि.सं. ९३६ मा कान्तिपुर र भादगाउँका जनताको ऋण तिरेर नेपाल सम्बतको थालनी गरेको दावी गरिन्छ । तत्कालीन समयमा शुद्र जातिलाई पशुपतिनाथको मन्दिर प्रवेशमा बन्देज लगाइएको थियो । कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलाई कदर गरी शुद्र जातिलाई पशुपतिमा प्रवेश दिएका थिए ।


केशर पुस्तकालयमा रहेको गोपालराज वंशावलीमा उपलब्ध जानकारीअनुसार ईश्वी सम्वत ८७९ अक्टोेबर २० देखि नेपाल सम्वत सुरु भएको हो । गोपालराज वंशावलीमा संक्षिप्तरूपमा ‘श्री राघवदेव वर्ष ६३ मास ६ श्री पशुपति भट्टारके सम्वत सर प्रवृतिकृता’ उल्लेख गरिएको छ । त्यसबाट राजा राघवदेवको समयमा नयाँ सम्वत सुरु भएको मानिएको छ ।


साख्वाले प्रचलनमा ल्याएको नेपाल सम्बत वि.सं.१९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्बतको सट्टामा बिक्रम सम्बतलाई प्रचलनमा ल्याए । सोही प्रचलन नै अहिलेसम्म कायम छ ।


किंवदन्ती अनुसार ज्योतिषहरूले शुभ साइतमा भद्रमती र बिष्णुुमतीको दोभान लखुतीर्थ नाम गरेको नदीबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणात हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाएका थिए । तर शुभसाइतमा भरियाहरुले ल्याएको बालुवा उनै ब्यापारी साख्वाले भरियाहरुलाई फकाई उनीहरुलाई केही पैसा दिएर आफ्नो घरमा खन्याउन लगाएर राजाका लागि पुनः बालुवा ल्याउँन लगाए ।


नदीबाट निकालिएको बालुवा भोलिपल्ट हेर्दा सुनमा परिणात भएको र त्यही सुनबाट शङ्खधर साख्वाले नेपाली जनताको ऋण चुक्ता गरेको विश्वास गरिन्छ । ज्योतिषहरूको भविष्यवाणी अनुसार चारदिनपछि सो बालुवा सुनमा परिणत भएको र शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्न भन्दै कान्तिपुर र भादगाउँका जनताको ऋणमोचन गरिदिएको विश्वास गरिएको छ र त्यसपछि राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरु गर्न सफल भएको इतिहासविद्हरु बताउँछन् ।


यद्यपी जनताको ऋण कोसँग थियो र साख्वाले कसलाई कति ऋण तिरेका थिए भन्ने कुरा भने गौण छ । पशुपति मन्दिरभित्र रहेको शङ्खधरको शिलामूर्तिलाई मध्यपुर थिमिको युवा संस्था ल्याम्हः पुचःको सक्रियतामा तत्कालीन संचार मन्त्रालयअन्तर्गतका कलाकार वत्सगोपाल वैद्यको सहयोगमा शङ्खधरको प्रतिमूर्तिको प्रारुप तयार पारिएको बताइन्छ । उक्त प्रारुप नै साख्वाःको पहिलो तस्विर भएको र ल्यायम्ह पुचःले सोही तस्विर राखेर नेपाल संवत ११०८ मा पात्रो प्रकाशन गरेको थियो ।


चन्द्रसमशेरले हटाएको नेपाल सम्बतलाई नै कायम राख्नुपर्ने माग राखिदै आएको छ । मन्त्रीपरिषदको निर्र्णय अनुसार २०५६ मंसिर २ गते देखि शंखधर साख्वाःलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको छ भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०६५ कात्तिक सात गते नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको थियो । राष्ट्रकाे नाममा संवत रहेकाे विश्वमै नमुना रहेकाे राष्ट्रिय संवत घोषणा गरिएता पनि हाल सम्म ब्यवहारमा भने आउन सकेको छैन ।

नेपाल संवत् का प्रवर्तक राष्ट्रिय  विभुती संखधर साख्वा: को सालिक रहेको स्थानहरु 

१ पशुपती नाथको मुल मन्दिरको दक्षिण तर्फ ,काठमाडौं 

२ संखधर चोक थिमी

३ धनकुटा 

४ दमक

५ धरान , पुरानो बजार

६ बिराटनगर 

 ७ रुपनगर , सप्तरी -संखधर गेट

 ८ बिरगंज 

९ बुटवल 

१० तानसेन , पाल्पा 

११ पोखरा 

१२ दोलखा  चरिकोट 

१३ किर्तिपुर , बाघ भैरब

१४ किर्तिपुर , जि फाग:( तुंझ्व )

१५ बिष्णुमति  रामघाट, संखधर ता: , काठमाडौं 

१६ लुभु , ललितपुर 

१७ पुलचोक, ललितपुर 

१८ सुनाकोठी , ललितपुर 

१९ शोणितपुर, थानकोट , येँ 

माथी उल्लेखित स्थान बाहेक अन्यत्र  सालिक रहेको भए उल्लेख गरि दिनु हुन सादर अनुरोध

 न्हूदँ ११४१ या सकल नेपामीपिन्त भि्ंतुना 🌹🌹🙏🙏

# स्राेत: समाजिक सञ्जाल ।


स्व. बलराम श्रेष्ठ

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।


न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥

वि.सं. १९७२ साल पौष ४ गते आइतबार धान्ने पुर्णिामा (Sunday 19 Dec 1915 AD)का दिन खोटाङ जिल्लाको कुभिण्डेमा जन्म भई उदयपुरको चौदण्डीगढी न.पा. बेल्टारमा आज मिति २०७५ कार्तिक शुक्ल द्वितीया २३ गते शुक्रबार (Fri 9 Nov 2018 A.D.) १०३ वर्षको उमेरमा निधन हुनुभएका हाम्रो हजुरबुबा (अजा) स्वर्गीय बलराम श्रेष्ठको आत्माको शान्तिको कामना एवं प्रार्थिव शरिरको विदाई स्वरूप अन्तिम श्रद्धाञ्जली दिन उपस्थित हुनुहुने साथै यो दु:खद घडीमा सोकसंतप्त हामी सोकाकुल परिवारमा प्रत्यक्ष परोक्ष समवेदना प्रकट गर्नुहुने नाता इष्टमित्रमा धन्यवाद प्रकट गर्दछौं।


मैले देखेको स्व. बलराम श्रेष्ठ  ५'६" कदको उचाइ, गहुगोरो वर्णको, वयस्क देखि बुढेसकाल सम्म अन्दाजी ६७ किलो ग्राम तौल भएका पुर्ण स्वास्थ्य भौतिक शरीर भएका हाम्रो हजुरबुबा मात्र नभई हाम्रो निजी जीवनको आदर्श पिता पनि हुनुहुन्थ्यो।

वहाँ लाई चिनेर बुझेर स्मरण गर्दैगर्दा हजुरबुबा भन्दा बढी अनौपचारिक शिक्षा साथै  जीवनदर्शनको गुरु हुनुहुन्थ्यो। सतगुणी मन, वचन र कर्म लाई सदैव संतुलन गर्न सक्ने साधरण र शालीन जीवन रुचाउने वास्तविक मानव स्वभावको हुनुहुथ्यो।

वहाँले आफ्नो होस सम्हाले देखि मृत्युको अन्तिम पल सम्मको दैनिकीमा आफुले आफुलाई वा भनौं आफ्ना इन्द्रियलाई धेरथोर बसमा राख्नु भएको हो। प्रमाण स्वरूप केही महत्वपुर्ण विषयहरू जस्तै;

• अाफुले आफुलाई समयतालिकामा राख्नु,

• सुत्नुपूर्व दिनका कुरालाई दोहोर्‍याउनु र उठ्नुपश्चा हमेशा भगवानको नामवाट आफुलाई एकाग्रता बनाउनु,

• बिहानीको नित्य कर्ममा १५/२० मिनेटको पुजा पाठ लाई महत्वका साथ जसरी लिनुहुन्थ्यो उत्तिकै साँझको जाप पनि गर्नु;

• खेतीपाती बाहेकको आफ्नो समय एकादशीको उपवास बस्ने लगायत धर्मग्रन्थ वाट जीवनदर्शन, इन्द्रियको गुणदोष, तन-मनको शान्ति र साहित्य सोच साथै आफुमा एक असल मानव स्वभावको विकास गर्न लागिरहे;

• पहाडी भेगका बटुवालाई निशुल्क टेक्ने लौरो (आफैले जंगलबाट बनाएर) उपलब्ध गराउनु देखि बाटोमा हिडने उड्ने पशु-पन्क्षी लाई बाह्र मास पिउने पानी डुँडमा राखीदीनु मात्र नभई आफुले बसोबास गरेको हरेक गाउँका केही ठाउँमा वर-पिपल भएको शीतल चौतारा बनाउनु;

• जीवनको अन्तिम क्षण सम्मा होसमा रही वादशाही ईच्छा मृत्युवर्ण जस्तो;

• श्रम गर्दा श्रमिक, लोभमा जोगी, दैनिकीमा योगी, जे भएपनि आनन्दको भोजन ग्रहण गर्ने, रोगलाई कहिले निम्तिन नदिने शारीरिक स्वास्थ्यमा बादसाह हाम्रा पितामह;


सम्मान, नैतिकता, अनुशासन, सद्भाव, मानवता र सत्य लाई नै धर्म मान्ने स्व. बलराम श्रेष्ठ (हरेराम बाजे) मेरो हजुरबुबा(अजा) मात्र नभई मेरो निजी जीवनको पहिलो प्रेरणाको श्रोत र आदर्श पुरूष पनि हुन् । हजुर प्रतिको मेरो सम्मान, मायाँ र सम्झना एवं हजुरको विचार, त्यो हाँसो, त्यो स्वभाव, त्यो जीवनशैली म आफु रहेसम्म स्मरणीय रहनेछ र अनुयायी बन्नेछु।

हजुरलाई हामी कहिले बिर्सने छैनौं र हजुरको साथ स्वरूप हजुरले दिनुभएको आशिर्वाद सदैव रहोस्...

अपघात मायाँ!

वनभोज

 नेपाली काङ्ग्रेसको भातृसंस्था ने.अा.ज.संघ- क्षेत्रीय कार्यसमिति, ने.त. दल- क्षेत्रीय  कार्यसमिति, नेवि संघको संयुक्त अायोजनामा अाज मिति २०७६ कार्तिक २३ गते शनिबार भएको नेपाली काङ्ग्रेस वनभोज कार्यक्रम-२०७६ मा नेपाली काङ्ग्रेसले बोकेको अादर्श, मूल्य र मान्यतामा गहिरो विश्वास राख्दै प्रजातन्त्रको रक्षार्थ हरदम तैयार रहनुहुने लोकतन्त्र प्रेमीहरू सहभागी हुनुभएका चौदण्डीगढी नगरपालिकाका नेपाली काङ्ग्रेसीजनमा विशेष धन्यवाद प्रदान गर्नै पर्ने हुन्छ।

समयको व्यस्तताका बावजुत ३ सयको हाराहारीमा उपस्थित हुनुहुने यहाँ हजुरहरू सम्पुर्णमा विशेष #जयनेपाल साथै उक्त कार्यक्रममा चाहाना हुदादहुदै परिस्थिति र बाध्यताले उपस्थित हुन नसक्नुहुने यहाँहरूमा फेरि पनि त्यो संयोग अाउनेछ भन्दै अपेक्षा गर्दछौं।






मित्रता

 प्रिय भनाउदो तर मूर्ख मित्र संगको दोस्ती अनि लोकतान्त्रिक भनाउदो तर छुद्र छिमेकी मुलुकको ईमान एकै जस्तो..

नेपाल र नेपालीहरूलाई नेपाली भनाउदाहरूले खाँदा हुन्छ भने अलिकति छिमेकीले खाँदा र छिमेकीले लाँदा मिल्छ कि मिल्दैन भन्ने मुद्दामा थोरैपनि तिनै नेपाली भनाउदा गम्भीर नदेखिनु लाई लम्पसारवाद हो होईन भन्न मिल्ने कि नमिल्ने!

Wednesday, November 4, 2020

 "कम्युनिष्टको गर्भबाट जन्माईएको तिमी लोकतान्त्रिक समाजवादको सन्तान हौ"


एकीकृत माक्र्सवाद लेनिनवाद भनेर चिनिने नेपालको ठुलो दल तत्कालीन #एमाले ले बोकेको मदन भण्डारीको "जनताको बहुदलिय जनवाद" मा कतै पनि कम्युनिष्टको अादर्श र सिद्धान्त झल्कदैन, अर्थात अाफैमा लोकतान्त्रिक विशेषता पर्याप्त बोकेको छ। अाजसम्म कम्युनिष्टले प्रजातन्त्रको गर्भ लाई लुकाएर राखेको एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो छल थियो। माक्र्सवाद र लेनिनवादको गर्भ भनेर अाम नेपालीलाई विश्वास दिलाउन सक्नु पनि कम चुनौतीपूर्ण थिएन।


तत्कालीन एमालेले बोकेको प्रजातन्त्रको गर्भको जिम्मा माअोवादी नामक प्रचण्डपथले लिएको छ, जसको जन्म भईसकेको छ। न्वारान पनि भईसकेको छ। शिशु भएकै कारण राजकाज र शासनमा दक्षता नभएको हो। त्यो गुलियोमा लालचीपना देखाउने नाबालकपना, अबोधपनालाई पनि केही समयकालागी सहर्ष स्विकार्दछौं।


महामानव वि.पि कोईरालाको सल्लाहमा भान्जेभाईले स्थापना गरेको कम्युनिष्ट पार्टी र नेका सभापति अादरणीय शेरबहादुर देउवाले हप्काउदै, अंगाल्दै, सम्हाल्दै  ल्याउनु भएको प्रचण्डपथ र उनकी छोरी हामी र हाम्रो लोकतान्त्रिक रगतको नाता भन्दा न बाहिरको, न त लोकतन्त्र देखि धैरै टाढाको दूरीमा छ।


नेपालमा रहेको प्रजातान्त्रिक पार्टी (नेपाली काङ्ग्रेसको) को विकल्प अझ उदार लोकतन्त्र र उदार लोकतान्त्रिक सिद्धान्त, अादर्श र पार्टी नै हो। हामी नेपाली जनतामा हजुरहरू प्रति पुर्ण विश्वास छ, अाशा छ...


माक्र्सवादले बोकेको त्यो कम्युनिष्ट, त्यो साम्यवाद, त्यो वर्गीय संघर्ष संग तिम्रो अाफ्नै दुरी बढेको अाभाष हुँदैन र? जुन परिचय र परिचयपत्र लिएर हिड्दैछौ नी, त्यो नाममात्रको हो, होईनभने DNA परिक्षण गर तिमीमा पनि सारा नेपाल र नेपाली काङ्ग्रेसले खोजेको, चाहेको जस्तै समाजवादी व्यवहार छ, लोकतान्त्रिक मन छ।


अाफुलाई भेडा सम्झीने तिमी बाघको डमरू हौ। अाफुलाई चिन, नेपाल र नेपालीलाई सुहाउने तिमी कम्युनिष्टको गर्भवाट जन्म दिईएको लोकतन्त्रको सन्तान हौ। लोकतान्त्रिक समाजवादको विरासत हौ।

Thursday, September 24, 2020

 नेपालमा रहेको कम्युनिष्टको चिन्ता भन्दापनि त्यो विशुद्ध माक्र्सवादको शुद्धतामा सैद्धान्तिक, व्यवहारिक फोहोर मिलाउनेहरू संग केन्द्रित हो।

न वेद कसैको पेवा थियो न माक्र्सवाद कसैको पेवा हो।

 नेपालको मौलिक कला,भाषा, धर्म, संस्कार, संस्कृति, भूगोल, परिवेश, परिस्थिति एवं ऐतिहासिक पृष्ठभूमि अन्य भन्दा फरक भएकोले चिनको भौतिक, अार्थिक, सामाजिक तथा राजनैतिक विकास निति र योजना लागुहुन सक्दैन भन्ने गहिरो अध्ययन विगतको अौद्योगिकिकरण, अाधुनिकिकरण र विश्वव्यापीकरण सिद्धान्तले प्रमाणित गरिसकेको छ। वैदेशिक विकास योजना र नीति निर्माण भन्दा वैदेशिक वा चाईनिज इमानदारीता, तत्परता, अनुशासन र लगनशीलता भने सिक्न र स्विकार्न जरुरी छ। 

माक्र्सवादको अादर्श प्रति सम्मान छ।

 असत्य, झुठ र ठग प्रवृत्ति एवं मनसायले मानसपटलमा क्षणिक भ्रम (सत्य र यथार्थ) पैदा गराउन सक्ने क्षमता राख्छ। जो कदापि दिगो हुन्न भन्ने ज्ञानमा पनि इन्द्रजालको जस्तो काला जादु गर्न सक्छ।

 अरू बिग्रिएला र अाफु सप्रने भन्ने दाउमा बस्नु भन्दा पनि अाफु वा अाफ्नो संस्थाको अादर्श, गुण र क्षमता बढाउनुको विकल्प नरोजौं।

 चिन्ता काङ्ग्रेस र कम्युनिष्टको भन्दा पनि त्यो सामाजिक संस्कार एवं परिवेश र त्यस बाट मस्त फाईदा लुटने व्यक्ति वा संस्था संग हो। तपाईं असल लोकतान्त्रिक पक्षधर र कम्युनिष्ट सिपाही हो थाहा छ तर त्यो समुह भित्र त्यस्ता गलत र भ्रष्टहरूको अन्त्य गर्दै अाफ्नो संस्था शुद्धीकरण ल्याउनु हुनेछ भन्ने प्रतिक्षामा छन् अाजको समाज।

 The lion as the king of the jungle by his own attributes and heroic actions.

Congratulations 


अक्सर मानिसहरू पद-प्रतिष्ठा प्राप्तिकालागि अन्धाधुन्ध भागदौड मचाई रहेका हुन्छन्। तर केही यस्ता व्यक्ति हुन्छन् जो अाफुले अाफुलाई, अाफ्ना मन, वचन र कर्म बाट यसरी निर्माण गर्दछन् कि जसलाई त्यस पदले वर्षौंदेखि धैर्यताका साथ प्रतीक्षा गरिरहेको हुन्छ। त्यस्तै एक श्लोकबाट पुष्टि गर्न सकिन्छ।

"नाभिशेको न संस्कारः सिम्हस्य कृयते वने।

विक्रमार्जितसत्वस्य स्वयमेव मृगेन्द्रता।।" अर्थात सिंह जंगलको राजा हुने कुनै अभिशेखको संस्कार हुने नभई अाफ्नै विविध विशेषता र क्षमताका कारण रहेको हुन्छ।


“Darkness cannot drive out darkness, only light can do that” Martin Luther King, Jr. ले भन्नू भएजस्तै उज्ज्वल भविष्यका लागि मार्गदर्शन गर्ने पिताका रूपमा रहनु भएका अादरणीय गुरूदेव श्री नारायण पौडेल ज्यू त्रिभुवन विश्वविद्यालयको अाङ्गीक क्याम्पस त्रिचन्द्र बहुमुखी क्यामपस जस्तो गौरवशाली र ऐतिहासिक क्याम्पसको स्नातकोत्तर समाजशास्त्र विभाग कार्यक्रम संयोजक (Programme Co-ordinator) जस्तो अति संवेदनशील र जिम्मेवार पदमा मनोनीत हुनुभई कार्यभार सम्हाल्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै अागामी दिनहरूमा त्यो सत्य र धर्मको तेज अझ बढेर जानेछ भन्दै शुभकामना व्यक्त गर्न चाहान्छौं।


 विश्व समाज बुझ्ने क्षमता राख्ने स्व. मदन भण्डारीको जनवादमा सामाजिक, व्यवहारीक र वैज्ञानिकता थियो।

Thursday, September 17, 2020

 अौद्योगिकरणले भित्र्याएको पुँजीवादी समाज संगै कलकारखानामा हुने घटना र सवारी दुर्घटना २० को २१ हुदैछ तर पनि तिमी प्रतिको अास्था दक्षिणी एसियामा २० को १९ भएको छैन। सडक र सवारी दुर्घटनामा ज्यान गुमाउनु तिमीलाई बेवास्ता गरेर नै हो त? 


एक समय परिस्थिति र कालखण्डको बहुदेवतावादी परंपरागत समाजको विश्वासले सामाजिक सुव्यवस्था सञ्चालनका लागि स्थापना गरेको संस्कृति हो यस प्रकारको परंपरा, तर समय, परिवेश र उत्पादनको स्वरूप नै फरक  हुदापनि त्यही संस्कृतिले नै नियन्त्रण र निर्देश दिदैगरेको देखिन्छ। कुनै पनि राष्ट्रको विकास र समृद्धिका लागि त्यस समाज र व्यक्तिको संस्कृति प्रमुख हुने रहेछ। 


विश्वकर्मा बाबाको क्षमताले निपूर्ण ईन्जिनियरीङ मस्तिष्कको क्षमताको सम्मान, सुरक्षा र संरक्षण गर्न नसक्ने समाजको फलाम पुज्ने संस्कार पूर्णतया गलत भन्न मिल्दैन तर यस्ता संस्कृतिलाई अपडेट र सुधार भने गर्न जरुरी देखिन्छ।

जय संस्कृति!

जय विश्वकर्मा बाबा!

 सामान्य स्वास्थ भएका नेपाली समाज संग छलफलकालागि जे छ त्यो विषयवस्तुको महत्वमा नगनिने विषयवस्तु मात्र रहेको पाईयो। तर मानसिक संतुलन सामान्य अवस्थामा नरहेका भनिनेहरू बरू विषयवस्तुको महत्व पाउने विषयवस्तुको उठान गरिरहेको हुन्छन्। स्वस्थ्य मानसिक भएका संग विषयवस्तु छैन र जो संग विषयवस्तु र मुद्दा छ तिनको मानसिक स्वास्थ सामान्य छैन। अब यस्ता प्रकारका दुवै थरी बाट नेपाली समाजको पुनः निर्माण सम्भव छैन। नेपाली समाजको अान्तरीक अध्ययनमा भेटिएको यथार्थ।

अध्ययन गर्ने विषय यो छ की, मानसिक स्वास्थ सामान्य संतुलनमा रहेकाहरूको चरित्र, विशेषता र हाउभाउ के के हुन् भन्ने उत्सुकता जाग्न सक्छ जुन स्वभाविक हो।

 जेष्ठ राजनीतिक व्यवसायीले अाफु पनि नगर्ने अनि अरूलाई मौका पनि नदिने र उक्त समय र स्थान अाफै अोगटेको अोगटेकै गर्ने। अनि जुन युवाले त्यो सुवर्ण अवसर पाएका छन् ति एक कार्यकालको पूर्ण अवधि नपुग्दै सिघ्र स्खलित हुने। भनेपछि नेपाली जनता अब कसको अाशा र भरोसामा पर्ने?

 माक्सवादको नामको व्यपार र विश्वेश्वरप्रसाद लाई देवत्वकरण गर्नाले हुने क्षति हाम्रो सन्तानले भोग्ने छन्। जस्तो थियो त्यस्तो छदैछैन र जे हुदैछ त्यो त्यसरी हुनुहुदै।

बथान भेडाको हुन्छ, भिड मानिसको। मानिसको भिडले कुनै उदेश्य प्राप्ति गर्ने वा कार्य सम्पन्न गर्न सक्छ भन्ने विश्वास नेपाली समाजमा अाज पनि देखिन्छ। नेपाली समाज र राजनीतिक संगठनलाई भिड बटुल्न सक्ने भन्दा पनि न्याय, समानता, समता, विकास र समृद्धिको मुद्दामा हिड्न सक्ने बनाउन जरुरी छ।

 सोचमा जरागाढेर बसेको गरिबी नै लोकतन्त्रको बाधक हो।

 निश्चितरूपमा हामी कुलमानवादी हौं तर कुलमानलाई देवत्वकरण गर्दैनौं।

 नातावाद र कृपावाद जस्तो अमानवीय र असामाजिक वाद कुनै कम्युनिष्ट मात्रको चरित्र हुँदै हैन। यो कथित तेस्रो विश्वका कमजोर मुलुकहरूको साझे र प्रमुख विशेषता हो। होईन भने के सत्तामा अाज सम्म रहेर पटक पटक सरकार संचालन गर्ने प्रमुख दलका प्रधान प्रतिनिधिले त्यसो नगरेको छ र! नैतिकताको अाधारमा कसैको नाम खुलाउन नसकेपनि यस्तो कदम देखि सायदै अछुतो होलान वहाँहरू मध्ये कोही।


खड्ग प्रशादहरूले नेपाली समाज र नेपाल बिगारेका हुन् कि नेपाली समाजले खड्ग प्रशादहरू बिगारिरहेका छन्? त्यो खड्ग प्रशादहरू हाम्रो सदस्य हुन्, हामी खड्ग प्रशादको सदस्य हैनौं। समाजले अाफ्नो गलती लुकाउन अरूलाई अारोप लगाएको स्पष्ट देखिन्छ जो अाफु पानी माथिको अोभानो बन्ने र हरूवाको छेरूवा दाउ कूचाल र कूनीति भन्दा अरू केही हैन। अझै पनि नेपाली समाजको गर्भमा यस्ता थुप्रै केपी भ्रूणहरू विकसित हुदैछ जो नैतिकता, ईमानदारीता, न्याया र समताको कर्ममा विश्वास राख्ने भन्दा उखान-टुक्का, चुट्किला र थुतुनो र अोठे जवाफमा गहिरो विश्वास राख्छन्।


यस्ता नातावाद-कृपावाद र भ्रष्टाचार जस्तो निच र घटिया कार्य वा घटना राजनीतिक द्वेष मात्र नभई मुख्य गरेर कमजोर मुलुकको समाजमा भएको असामाजिक रोगको खतरनाक संक्रमण पनि हो।

 असुरक्षित राष्ट्रमा रहेका एक नागरिकको अल्पअायुमै भएको निधनमा अर्थ र तर्क होला नहोला तर यस्तो असुरक्षित सडक र राज्यको यस्तै प्रणालीले सारा नेपाली असुरक्षित छौं भन्ने प्रतिनिधि घटना हो अादरणीय दाजु श्री टिकारामको मृत्यु।


मिति २०७७ भदौ २९ गते सोमबार असोज कृष्ण द्वादशी दिनको साढेचार बजे सुन्सरीको दुहबीमा काम बाट फर्कने क्रममा एम्बुलेन्सको ठक्कर बाट भएको दुर्घटनामा परेर ज्यान गुमाउने खोटाङ जिल्ला मझुवागढी नगरपालिकाको दोर्पा दोबेला स्थायी घर भई हाल अस्थायी बसोबास विराट चोक रहेको श्री पर्शुराम श्रेष्ठका ४४ वर्षीया जेठा छोरा हाम्रो बुढीमामलीका अादरणीय दाजु स्व. टिकाराम श्रेष्ठको निधनले हामी नाता ईष्टमित्रहरूलाई स्तब्ध र भावविह्वल बनाएको छ। 


वहाँको अात्माको शान्तिको कामना गर्दै फेरि फेरि अर्को जुनीमा यस्तो नेपाल जस्तो असुरक्षित राष्ट्रमा जन्म नहोस् साथै त्यस्तो राष्ट्रमा जन्म होस् जहाँ नागरिक मालिक होस् चौतर्फी न्याय र सुरक्षा रहेको विकसित र शक्तिशाली अनि कल्याणकारी राज्यमा जन्म होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै सोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं।


 अौद्योगिकरणले भित्र्याएको पुँजीवादी समाज संगै कलकारखानामा हुने घटना र सवारी दुर्घटना २० को २१ हुदैछ तर पनि तिमी प्रतिको अास्था दक्षिणी एसियामा २० को १९ भएको छैन। सडक र सवारी दुर्घटनामा ज्यान गुमाउनु तिमीलाई बेवास्ता गरेर नै हो त? 


एक समय परिस्थिति र कालखण्डको बहुदेवतावादी परंपरागत समाजको विश्वासले सामाजिक सुव्यवस्था सञ्चालनका लागि स्थापना गरेको संस्कृति हो यस प्रकारको परंपरा, तर समय, परिवेश र उत्पादनको स्वरूप नै फरक  हुदापनि त्यही संस्कृतिले नै नियन्त्रण र निर्देश दिदैगरेको देखिन्छ। कुनै पनि राष्ट्रको विकास र समृद्धिका लागि त्यस समाज र व्यक्तिको संस्कृति प्रमुख हुने रहेछ। 


विश्वकर्मा बाबाको क्षमताले निपूर्ण ईन्जिनियरीङ मस्तिष्कको क्षमताको सुरक्षा र संरक्षण गर्न नसक्ने समाज फलाम पुज्ने संस्कार पूर्णतया गलत भन्न मिल्दैन तर यस्ता संस्कृतिलाई अपडेट र सुधार भने गर्न जरुरी देखिन्छ।

जय संस्कृति!

जय विश्वकर्मा बाबा!

Friday, September 11, 2020

 राणा शासनको अन्त्य भएको ८ दशक भईसको

पञ्चायती व्यवस्थाको अन्त्य भएको ३ दशक भईसको

केन्द्रीकृत राजसंस्था सहितको प्रजातन्त्रको अन्त्य संगसंगै लोकतान्त्रिक गणतन्त्र अाएको पनि १ दशक बढी भईसकेको छ।

अाज  स्पष्ट संघीय लोकतान्त्रिक गणतन्त्रले स्थापित गरेको उपलब्धि "हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता।" हुदैगर्दा पनि हिजो एकात्मक, निरंकुश, पञ्चायती, केन्द्रीकृत, नातावाद जस्तो व्यवस्थाको धङधङी अाज पनि नागरिकमा "रैती" को तथा केही नेताहरूमा अाफु "साशक"को अवशेष देखिदैछ।

धेरै शासन अाए गए तर हुकुमी व्यवस्थामा परिवर्तन नअाएको हो भन्ने स्पष्ट छु।

Thursday, September 10, 2020

 पशुपंक्षी, दुग्ध तथा कृषिजन्य वस्तुको उत्पादनमा लागेका देवतारूपि कृषकको खेत बाँझो नहोस्!

गुणस्तरीय बाली उत्पादन होस्!

त्यस्ले सुपत मूल्य र बजार पाअोस्!

ती किसानहरूको सम्बन्ध त्यो बिजुली बस संग होस नहोस्, उमेरले विद्यार्थी, वृद्ध, महिला र अशक्तलाई यात्रा निशुल्क होस्।

बिजुली बसको दिर्घायू र सवारीमा दीर्घकालको कामना, हार्दिक बधाई तथा शुभकामना।

धन्यवाद सहित करदाता जनता प्रति हार्दिक अाभार प्रकट गर्न चाहान्छौं।

न त व्यक्ति देवता, न त राज्य मन्दिर, हामी तीन कोटि जनता जनार्दन!

Tuesday, September 8, 2020

 समाजको त्यो सामाजिक #मूल्य, #मान्यता र #संस्कारमा प्राकृतिक र सामाजिक दुवै विज्ञान मिश्रित रहेको हुन्छ। प्रकृति विज्ञानको एउटा भाग मानिने भौतिक विज्ञान समाजको एउटा अंग मात्र हो। भौतिक विज्ञानले अाफुलाई सर्वश्रेष्ठ र सामाजिक विज्ञानले त्यो विज्ञानलाई बहिस्कार गरेर समाज चल्न सक्दैन, विशेष गरि पुँजीवादी अत्याधुनिक समाज।

अाफुलाई अत्याधुनिकवादी महसुस गर्ने अाधुनिक पुस्ता र परंपरावादी ठान्ने #अादर्श_पुस्ता अाफैमा पूर्णरूपमा परिपुरक हुन्छन्। दुवै पुस्ताको अन्तरक्रियाले सिङ्गो समाजको सामाजिक निरंतरता र परिवर्तनका लागि संघर्ष गरिरहेका हुन्छन्, जसले समाजलाई #समाज बनाई रहेको हुन्छन्। 

यही हो समाजको प्रकृति फेरिपनि...

 नाफा एवं अाम्दानीको सृजनालाई मात्र महत्व दिने वर्तमान समाजको यात्रा कहाँ र कहिले सम्म!

यो पुँजीवादी विश्वव्यापीकरणको युगमा कुनै व्यक्ति वा संस्थाले पुँजीका साधन मार्फत के कस्ता र कति महत्वको भौतिक र अभौतिक वस्तु तथा सेवाको बिक्री वितरण र के खरिद गरिरहेछ भन्नू भन्दा पनि त्यसबाट कति नाफा कमाउन सकिन्छ र स्तर देखाउन सकिन्छ भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित रहेको देखिनु अाजको समाजको प्रकृति हो।


#स्तरीय_जीवन_भन्दा_गुणस्तरीय_जीवन_बलियो

#Quality_Life Vs #Standard_Life

Sunday, September 6, 2020

 मस्तिष्कको विकास हुनु भनेको खप्पर भित्र रहेको गिदीको तौत र अायतन बढनु मात्र हो र?

त्यस्तै हो भने माक्र्सवाद र कम्युनिष्ट मेनिफेस्टो प्रतिपादन गर्ने अादर्श व्यक्तिहरूको मस्तिष्कको तौत १४०० ग्राम र १५ सेन्टिमिटर लम्बाई भन्दा माथिनै थियो होला त?

महामानव वि.पि. को मस्तिष्कको तौल लाई अाफ्नै मस्तिष्कको तौल संग दाँज्नुले निम्त्याउने दुर्घटनाको जवाफ कस्ले दिने?

नेपाली काङ्ग्रेसको दोस्रो जागरण अभियानको सद्भावपूर्ण हार्दिक शुभकामना!

Monday, August 31, 2020

 महिला प्रतिको उच्च सम्मान राख्नु,

अाफ्नो वा अरूको ईमानदारीतामा कहिले बैमानी नगर्नु,

सत्यलाई झुठले नढाक्नु,

कुनै पनि क्रियाकलाप वा उदेश्यलाई मन, वचन र कर्मका साथ लाग्नु भनी अझ पनि अर्ती, अाशिर्वाद दिनु हुने हजुरबुबा, बुबा प्रति सदैव सम्मान रहनेछ!

सबैले उच्चारण गर्नुहुने "बुबा" प्रति अादर!

 सबै ज्ञान शिक्षा हो तर के सबै शिक्षालाई ज्ञान भन्न मिल्छ!

ठेक्कामा दही हालेर नौनी निक्लन्छ भनेर पर्खेर बस्नु भन्दा पनि त्यस दही रूपी शिक्षालाई मोथेर नौनी रूपी ज्ञान निकाल्ने कर्ममा लाग्नु सामाजिक हुन्छ। जब कसैको नौनी रूपी ज्ञानले सामाजिक कल्याणको तातो भट्टी माथि बसेको राजनीतिक कराईमा खारिएपछि त्यस नौनीलाई घ्यू रूपी ज्ञानी बन्न कसैले रोक्न सक्दैन।

कसैको शिक्षाले समाजलाई कत्तिको सक्रिय बनाउछ भन्ने निश्चित नभएपनि ज्ञान र ज्ञान वाहकले मानव विकासका लागि भने शक्तिशाली कम्पन्न दिन सक्छ। समाजलाई कसैको शिक्षाले भन्दा पनि ज्ञान द्वारा रूपान्तरण ल्याउन सक्छ।

नेपालको अक्सर विद्यालयमा बाँडीने त्यो विचार, अादर्श, दर्शन, सिद्धान्तहरू, मात्र शिक्षा हो। ज्ञान भने यत्र तत्र सर्वत्र समाजमा पाईन्छ। जस्तो र जत्रो झोला लिएर निस्कनु हुन्छ, चाहेजस्तै, त्यस्तै र त्यतिनै पाईन्छ। 

अागे हजुरको जो ईच्छा। 

शुभकामना

Saturday, August 29, 2020

 असुरक्षित संसार भित्रको नेपाल अाफैमा कुनैपनि दृष्टिकोण बाट न सुरक्षित छ न कतै संभावना, त्यसै देशको शरणार्थी नागरिक म,

लाचारी छोरा मै कमजोर पति अनि विवश बाबु पनि 

यसमा मेरो दोष छैन सरकार 

भिख मागछु हरेक पतिको पत्नी, हरेक बाबुको संतान अनि हरेक संतानका बुबा अामाहरू मा सुख, शान्ति, स्वस्थ्य र सुरक्षाको...

 मानसिक रोग (Mental illness) र विभिन्न दृष्टिकोण 


#बाईबल: मानसिक रोग असाधरण व्यवहार हो।

#जीवशास्त्र: मानसिक रोग जिन(Gene), वंशाणुगत गुण (Heredity) का कारणले हुन्छ।

#मनोवैज्ञानिक सिग्मण्ड फ्रयाड: सामाजिकिकरणको प्रक्रियाको कारणले हुन्छ, जसमा अचेत, सचेत र उच्च सचेतको भूमिका हुन्छ।

#समाजशास्त्री ईमाइल दुर्खाईम: सामाजिक संरचनाको कारण।

#माक्र्सवाद: शोषण र असमान अवसरका कारण मानसिक रोग हुन्छ।

 समाजको पहिलो र स्थायी विशेषता भनेको परिवर्तनशीलता हो। यसको बहावको गति, छाल संगको फैलावट र गहिराइ भित्रको चाप साथै भविष्यवाणी गर्न नसकिने समय, परिस्थिति, संघर्ष र परिवर्तन गर्भमा बोकेर पनि शान्त महासागर झै हुबहु देखिन्छ।

यहि हो समाज!

 आफ्नो विश्वासलाई #धर्म र अन्यको विश्वासलाई #अन्धविश्वास भन्ने प्रवृत्ति नै #जातिकेन्द्रितवाद (#Ethnocentrism) हो।

#द्वन्दवादी तर्क: यसले अन्य समुहलाई मूल्यहीन बनाउने र समान अवसरबाट बन्चित गराउछ भन्छन्।

#प्रकार्यवादी तर्क: यसले आफ्नो समुहको सामुहिकपनालाई मजबुत गराई सामाजिक एकता मजबुत गराउछ भन्छन्।

 तिमी लाई अरूले हँसाउछन्, यो मनलाई तिमीले हँसायौ।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायौ।।


सप्त रंगी ईन्द्रेणी रूपकी रानी, म मात्रै हुँ दिल चोरको राजा।

हेर्दै खेरी अभियोग लाग्ने तिमी, बेकसुर मलाई जेल पसायौ।।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायौ।।


रातो राम्रो तिम्रो गुलियो मिठो, वरिपरिका सबै लााग्छ प्यारो।

यस्तै रहे रशिलो यौवन झरिलो, स्वर्गको ईन्द्रे त्यसै झस्कायौ।।

हेर्दै खेरी अभियोग लाग्ने तिमी, बेकसुर मलाई जेल पसायौ।।


तिमी लाई अरूले हँसाउछन्, यो मनलाई तिमीले हँसायौ।

तिमी लाई अरूले फँसाउछन्, रूपले तिम्रो मलाई फँसायो।।

२०७२/०५/१२ शनिवार

Thursday, August 27, 2020

 शुभ प्रभातम्!

ज्ञान र ज्ञानी तब मात्र कहलाउछ जब जीव, जगत र मानवको सुरक्षा एवं उज्ज्वल भविष्यका लागि सार्वजनिक हितका खातिर, कल्याणकारी नियतका साथ बृहस्पति झै एक्ले भएपनि उभिने साहस गर्दछ। सत्य नियतको साथबिना त्यो ज्ञान, मात्र एक्लो प्राणीको ज्यान हो।

शुभ दिन!

 कोही कसैको पछिलाग्न कसैलाई फुर्सद छैन यो पुजीवादी विश्व समाजमा। तर वनको बाघले खाअोस नखाअोस् मनको बाघले खाईसकेको आभाष गर्नु कागले कान लग्यो भन्दै पछिलाग्ने आदत दु:ख निम्त्याउने र घाटमा पुग्ने बाटो हुन सक्छ।

आफुले आफुलाई खेद्ने र दौउडाउने भन्दा अरू केही नहोला। यहाँ कसैलाई कसैको चासो र सम्बन्ध छैन। बुझ्नु पर्ने विषय।

 हे, सुम्नीमा-पारूहाङ !

हे, ईश्वर !

हे, बूद्ध !

हे, प्रभू !

हे, अल्लाह ! र

यस धर्तीमा भएका हे, चिर-परिचित महात्माहरू हो ।

यि हाम्रा नेपाली दाजु-भाई तथा दिदी-बहीनीहरूलाई सद्बुद्धी देउ, हिंसा होइन प्रेम मा बाच्न सिकाउ ।

सर्वजन हितायः!!!

 सर्वजन हितायः!!!


हजुर हरूको वक्तव्यले, देश !

गृह युद्धको दलदल मा नफस्न पनि सक्छ ।


हजुर हरूको मौनताले, देश !

साम्प्रदायिक द्वन्दको चपेटामा नपर्न पनि सक्छ।।


४/३६ से कुरा नगरे, नेपाल !

हामीले चाहे जस्तै फेरि २२/२४ से नहुन पनि सक्छ।


आफै लाई मपाई नठाने, देश !

जजमानको तै थैली र सात मुखे झोली नहुन पनि सक्छ ।


टर टर गर्ने स्वर सुन्दा

ठाने धार्नी नठाने बिसौली, भ्यागुतो नहुनपनि सक्छ। 


कपोकल्पित कुरा गरे, देश !

सर्वे भवन्तु सुखिनः। सर्वजन हितायः। नहुन पनि सक्छ।

                    Bhuwan Man २०७२/०५/१० द्वादशी

 भलायो संग मीत लगाएको मान्छे म।

 "ज्ञान भन्दा नियत बलियो"

"Intention Vs Knowledge"

काउछो

 कउछो:

यस्तो चिलाँउछ, जति कन्यायो त्यति मजा, अब कन्याउदै बस्नुको विकल्प छैन। यसको ठूलो अोखती नै कन्याउनु हो। कन्याअौं, एक अापसमा कन्याउन सघाअौं।

न रून, न हाँस्न बनाउछ भनेकै त हो नी कसै कसैले।

प्रकृति

 यो ब्रम्हाण्डको पृथ्वीमा प्रकृतितन्त्रमा आधारीत प्रकृतिको यो साम्राज्यमा प्रकृतिवाद उन्मुख संविधान रूपी आफ्नै प्राकृतिक नियम छ। जहाँ हरेक नागरिक सदस्यको बाँच्न पाउने समान अधिकार रहेको हुन्छ। प्रकृति प्रदत्त हरेक प्राकृतिक साधनको भेदभाव रहित समान वितरण गर्नुका साथै उक्त साधन माथि समान पहुँचको अधिकार पनि स्थापित गराइएको छ।


प्रकृतिको यो प्रकृतिकरणमा प्रभावित पार्ने पहिलो र अन्तिम भागेदार मानव प्राणी हुन् जसको असहयोगले प्रकृति कमजोर बन्दै गईरहेको स्पष्ट भईसकेको छ। त्यस मध्य पनि एसिया देशको नेपाल गाउँपालिका काठमाण्डौं त्यस्तो पालिका हो जहाँका प्रमुख र समितिका सदस्यहरू त्यति खराब चै होईन तर अाफुपनि नबनाउने र अरूलाई पनि बनाउन नदिने अलिक चकचके स्वभावको परिचय स्थापित गरिसकेका छन्।


स्थानिय निकायमा सिंहदरबारको अधिकार पुग्यो भन्दैमा पालिकामा सत्ता साझेदारीका लागि समिकरण बाट पुगेका दुईतिहाईको दम्भले तिनिहरू भन्दा माथि पनि विभिन्न निकायहरू छन् जो हाल सम्म मौन दर्शक भएर बसेका छन्। स्मरण रहोस् उक्त पहिलो र एक मात्र धारा भएको संविधानमा उल्लिखित कुरा बिर्सनु हुन्न।

धार-१: "समय परिवर्तनशील छ र त्यो उत्तीकै साथै अकल्पनीय बलवान् रहेकोले प्रकृतिको धर्ममा बस्नु पर्ने सबैको कर्तव्य रहनेछ र लापरवाही गरेमा आफै जवाफदेही हुनुपर्नेछ।"

Wednesday, August 26, 2020

गजल

सरकारको विरोध गर्दै न्यायकालागि सडक संघर्ष र आन्दोलनको पलमा पनि प्रेमभावको अनुपस्थित कहाँ हुन्छ र...

आउ यो सडक संघर्षमा प्रेमका ती बात गरौं।                  आउने पीढीको सुखका खातिर यहीँ साथ मरौं।।

विरोध गर्दा पूर्ण आक्रोस, नवदुर्गाको रूप तिमी।अधिनायकवादी सरकारको, नियतमाथि घात गरौं।।

आन्दोलनको नशाले मातेकी जंगली घोडी तिमी।            हिंस्रक दमनकारी मूर्ख संयन्त्रलाई संगै लात मारौं।।

वयस्क अंगहरू तरंगीत मस्त तरूण बघीनी तिमी।       सडकको प्यास र सरकारको दम्भ त्यही रात मारौं।।


सद्भाव भड्काउन सक्छ

 आम नागरिक, जनसागर, करदाता जनता लाई सिङ र पुच्छर नभएको भेडा भनेर संज्ञा दिनेहरूलाई सिङ, पुच्छर र भुत्लै भुत्ला भएका मानिस हुन् भन्न मिल्दैन। किनकि कुनैपनि मानिसलाई, आफुलाई मानिस ठान्ने कुनैपनि मानिसले त्यसरी अभद्र व्यवहार नगर्नु नै मानवता हो। मानवता विनाश नगरौं। हाम्रो एक वचनले मानवता जगाउन मद्दत गर्न सक्छ र त्यसैले सद्भाव भड्काउन सक्छ।

Tuesday, August 25, 2020

 वर्तमान सामाजिक राजनीतिक समस्याका विषयमा अक्सर व्यक्तिहरू सुचित छन् तर यसको दिर्घकालिन वा दिगो समाधान के र कसरी होला भन्नेमा ध्ययान नगईरहेको देखिन्छ। अर्थात हरेक नेता वा नेतृत्वमा त्यस्तो सक्षमता कसरी ल्याउने भन्ने विषय प्रमुख हो। 


समाजशास्त्रको सामाजिक सत्यको सिद्धान्त अनुसार यसको दोषी समाज नै हो र यस प्रकारको बेथिति र विसंगतिको दिगो हल गर्ने पनि समाज नै हो भन्दछ। जस्तै समाज तथा परिवार वा व्यक्ति अाफु नैतिक प्रधान हुनु भन्दा अर्थकेद्रित देखिनु नै समस्याको जड हो। समाज अाफु नैतिकता र अनुशासन प्रधान भएको खण्डमा यस्ता समस्या निराकरण हुने निश्चित छ। 


कोही विद्यार्थी वा अभिभावक लाई केही प्रश्न गरौं जस्तै अाफ्ना नानी केटाकेटी लाई किन पढाउनु हुदैछ? र विद्यार्थी लाई हजुरहरू किन अध्ययन गर्नु हुदैछ? भन्दा विद्यार्थी र अभिभावकको एउटै जवाफ अाउछ, पैसा कमाउन। सायद त्यहाँ समाज, राष्ट्र, पृथ्वी र व्रह्माण्डको सेवा र सुरक्षा गर्न भन्ने जवाफ अाउने हुन्थ्यो भने वा सिकाईन्थ्यो भने अाजको दिनमा यो नगरपालिका मात्र नभई समग्र राष्ट्र मै यस्तो समस्या हुने थिएन।


समस्या हामी हौं जो अाफ्ना बालबालिकालाई पैसा कमाउने विधि र प्रक्रिया सिकाउदैछौं जानीनजानी। यो नेपाली समाजको साझा समस्या हो र जहिले सम्म समाज यस्तै रहन्छ तब सम्म कुनै नेतृत्व(छोराछोरी, भाईबहीनी) बाट त्यस्तो कुनै फरक अपेक्षा राख्नु दोष हुन्छ।


समस्या व्यप्त छ र समाधानका दिगो उपायपनि छ भन्ने मनन गर्ने बेला हो। गुण र दोष समाजको हो न कि कुनै व्यक्ति वा नेतृत्वको। पैसाले जब सम्म सामाजिक स्तर मापन गरिन्छ तब सम्म हुनेवाला यही नै हो जो वर्तमान गुज्रिरहेको छ र यस्तै रहेसम्म केही नयाँ हुन्नसक्दैन भन्ने कुरा हरेक व्यक्ति वा समाजले बुझ्न जरुरी छ। सामाजिक संरचनामै परिवर्तन ल्याउनुको विकल्प खोज्नु पानी माथिको अोबानो हुन खोज्नु हो।

गैरराजनीतिकरण

 समाजले समाजमा घटित हरेक घटनालाई लाई गैरराजनीतिकरण गर्दैछ। राजनीति प्रतिको विश्वास घटनाले वा हटनाले दिर्घकालमा समस्या अझ बल्झिदै जानेहुन्छ भन्ने विश्वास कमैले गरेका छौं। 


हरेक विषयवस्तुमा नेपाली समाजले जुन ढङ्गले सांस्कृतिक संरचनाको निर्माण गर्दैछ त्यसले राज्य, राजनीति र संस्थागत परिपाटी भन्दा पर लाँदैछ। नेपाली समाजलाई व्यक्तिवादी र देवत्वकरण गर्ने संस्कार तिर जानीनजानी अाफै धकेलिदैछन् वा कसैले योजनाबद्ध ढङ्गले त्यो दलदलमा फँसाउदैछन्। समाजले बुझ्न जरुरी छ कि राजनीति भनेको स्नायु प्रणाली समानको सामाजिक संस्था हो जसको पहुँच हरेक अंगमा रहेको हुन्छ। यसमा अाएको वा देखिएको असंतुलन ले सिङ्गो समाजलाई प्यारालाईज गराउने वा सिङ्गो  संरचनात्मक प्रकार्य प्रणाली लाई नै संतुलनमा रहन नदिने निश्चित हुन्छ। जे हुदैछ त्यसले अझ पीडा बढाउने छ।

समाज निर्माण

 नैतिकता, सीप र शिक्षालाई समाजको प्रधान संस्कारको रूपमा संरचनात्मक विकास गर्न सके भ्रष्टाचार शून्य समाज निर्माण गर्न सकिन्छ। 


राजनीति गर्ने अगुवा कार्यकर्ताले विकास र समृद्धि प्राप्तिको सपना देखाउने र वाचा गर्ने भन्दा वर्तमान कृतिम सामाजिक विपत्ति र बेथिति लाई शून्य बनाउने अभ्यासमा लाग्न सक्नु पर्दछ। जनतालाई मूर्ख कहिले सम्म बनाई रहने र जनता अाखिर कहिले सम्म मूर्ख भईरहने!


समृद्धि लक्ष्य हो त्यही प्राप्तिको जटिल प्रक्रिया नै विकास हो, जसको अाफ्नो छुट्टै गति हुन्छ। उक्त प्रक्रियाको बाधक अार्थिक, नीतिगत, सामाजिक, राजनैतिक र सांस्कृतिक भ्रष्टाचार, नातवाद, कृपावाद नै हो। हरेक समाजमा यसको अन्त्य नभएसम्म अरू बात र बाचाहरू भोटमाग्ने जाल मात्र हो। को कति पानी माथिको अोबानो छ एक एक टिप्पोट रहेको हुन्छ जनता संग तर नातावाद कृपावाद त्यो अख्तियार दुरूपयो गर्ने संग मात्र नभई जनतामा पनि व्यप्त देखिन्छ।


यस्ता विभिन्न प्रकारका अार्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक विकृति विसंगति लाई संरचनात्मक निस्तेज बनाउने र सभ्य समाज निर्माण गर्ने वा विकास र समृद्धि प्राप्तिको पहिलो र अन्तिम शस्त्र अस्त्र नै नैतिकता, गुणस्तर सीप र न्यायीक शिक्षा नै हो।

त्रिवि

 क ख मात्र पढाउने सामान्य विद्यालय भन्दा थोरै पनि विश्वविद्यालयको मापदण्ड र विधिविधान अनुसारको सक्षमता प्रदर्शन गर्न सक्ने हैसियत निर्माण गर्न नसकेको त्रि.वि. अझै पनि कमजोर र विपन्न रहेको स्पष्ट देखिदैछ। 


त्रिभुवन विश्वविद्यालयको स्थापना गरेको अनि जनताको शासन प्रजातन्त्र आएको यत्तिका वर्ष भईसक्दा पनि ऐ ले अाफुलाई त्यस स्तरमा उभ्याउन नसक्नुको पछाडि त्यसमा अाबद्ध बौद्धिक कर्मचारी भन्दा माथी हैसियत उठाउन नसकेका प्राध्यापक साथै ऐ को मर्म र भावना संग हरवक्त छेडखानी गरिरहने शक्तिको खेल खेल्न रूचाउने राजनीतिकरणको मार परेको स्पष्ट देखिन्छ। COVID-19 संक्रमणको यस्तो विश्व संकटको घडीमा यस्ता विश्वविद्यालयले विभिन्न माध्यम बाट देश र जनतालाई पर्न सक्ने विभिन्न प्रकारका सामाजिक र जैविक प्रकोप र संकटको प्रक्षेपण गर्ने र त्यस बाट बच्ने उपायको खोजी गर्दै विभिन्न विषयगत अध्ययन अनुसन्धानमा अहोरात्र खट्नु पर्ने हो। तर  त्रि.वि. को विभिन्न कार्यक्रमको तालिका सारेको देख्दा र तल्लो तहको निर्णय गर्दै सूचना निकालेको देख्दा ऐ को हैसियत कखरा सिकाउने विद्यालय बोर्डको भन्दा तल चै हैन भन्ने स्पष्ट देखिन्छ। तै पनि अाफुलाई विश्वविद्यालयको हैसियतमा राख्न खोजेको देख्दा लाज लाग्छ।


त्रि.वि. त्यस्तो ज्ञान उत्पादन गर्ने क्षेत्र हो जसले गलती गर्नसक्छ भन्ने विश्वास राख्दैन। तर सम्बन्धित पक्षको मर्मर र भावना माथि निच खेलवाड गरेको र विश्वास माथि गर्दै गरेको छेडखानी अक्षम्य छ। नेपाल सरकार मातहतको त्रिभुवन विश्वविद्यालयको बनावटी र नक्कली साख पनि गिरेको महसुस हुदैछ। बदनाम त्रि.वि. को सान, मान र साख कायम राख्नका लागि त्यस पवित्र क्षेत्र संग आबद्ध बौद्धिक कर्मचारी र वर्तमान सरकारका पदेन प्रतिनिधि कुलपति(प्रधानमन्त्री) एवं ले यसको रक्षा र विकासमा पवित्र शैलीलाई अंगालेर निष्पक्ष ढङ्गले लाग्नु पर्ने देखिन्छ।

विकास

 हिन्दुधर्म र संवैधानिक राजसंस्था प्रतिको प्रगाढ मोह आखिर के का लागि?

बगेको खोला फर्कदैन भन्ने सिद्धान्त (Unfolding Theory) समाज र समयमा लागू हुन्छ। 

युरोप, अमेरीका लगायत सम्मन्न मुलुकलाई धार्मिक संस्था वा राजसंस्थाले बनाएको हो र! समाज र राष्ट्र बनाउन नियतमा सद्भाव र न्याय बोकेको मानवतावाद चाहिन्छ नकि कुनै धर्म वा तंत्र।

प्रेम

 कुनै मानिसको शरीर कसैको अधिनमा बस्नै पर्ने पति वा पत्नी हो भन्नुभन्दा पनि त्यो अदृश्य आत्माको एक भौतिक रूप मात्र हो। जो संग आत्मा र सुगन्ध मिल्दछ उसैको पक्षमा, प्रेममा र प्रतीक्षामा हरदम रहिरहन्छ। त्यो आत्मीक सम्बन्ध पति वा पत्नी हुन पनि सक्छ र नहुन पनि सक्छ। जन्म दिने सम्माननिय आमाले त त्यो शरिर माथिको नियन्त्रण र निर्देशनको सिद्धान्तको विपरीत, सम्भावना र अवसरका लागि स्वतन्त्र छोडिदिन्छिन भने.....?


केपि प्रशासन

 "नेकपा फुट्नु-नफुट्नु, फुट्छ-फुट्दैन" भन्ने विषय वर्तमान परिस्थितिमा नितान्त अप्रासाङ्गिक र स्तरहीन विषय हो। नेकपाले मानवीय संवेदनशीलताका विषयलाई प्रधान पक्षमा राख्न नसक्नुले केपि प्रशासनको सक्षमता प्रति विश्वास घटेको देखिन्छ।

प्रेम

 प्रेम गर्ने र माया दिनेहरू जति सुखी छन् त्यत्ति नै दुखी हुन्छन् प्रेम, स्नेह र माया खोज्नेहरू यो संसारमा। प्रेम कसैले दिन्छ र लिउला वा आभाष गरौंला भन्ने कुरा नभई, यो अाफुले गर्ने वा लुटाउने कुरा हो। तर यहाँ कसै दिलवालेले दिएको लुटाएको अमूल्य माया-प्रेम राख्ने र थाप्ने कचौरि सम्म छैन जो अाफुलाई प्रेमका भिखारी मान्ने गर्छन्। त्यही हो चेतना शून्य मानव जो प्रेम लुटाउन नभई लुटन मात्र खोज्दछन्।

मानवताको आधारमा आआफ्नै सम्बन्ध अनुसार हरकोहीलाई पवित्र प्रेम गर्न सक्ने अभ्यास गरौं। आफ्नो जीवन सुखमय बनाउने पहिलो र सरल तरिका यही हो।

सायद त्यसैले होला उनी सधैं भन्ने गर्छिन् " हजुर प्रतिको मेरो प्रेम हर श्वास, धड्कन र कदममा छ र रहनेछ।" त्यसैले होला उनीलाई म सधै खुशी र सुखी देख्छु।

तरिका

 बसमा राख्न नसक्नेले विश्वासमा राख्न खोज्दछ। मीत लगाएर होस् वा कन्यादान गरेर किन नहोस् हरदम उहीँ प्रेत प्रयासमा रहेको हुन्छ।

श्री ज्योति मा.वि. (विज्ञान विषय ११/१२ कक्षा

 उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार स्थित वि.सं. २०२२ साल तिर स्थानिय अगुवा युव, बुद्धिजीवी, समाजसेवी, लगायत तत्कालिन सरल समाजको योगदानमा स्थापना गरिएको श्री ज्योति माध्यमिक विद्यालयमा यही २०७७/०७८ को शैक्षिकसत्र देखि नै ११ र १२ कक्षामा ऐच्छिक विषयको रूपमा विज्ञान विषय(Science Subject) अध्ययन अध्यापनको अनुमति पाएको खबरले हामी सरोकारवाला सर्वसाधारणमा निकैनै खुशी साथै हौसला छाएको छ। 


यसै अवसरमा  स्थापनाकाल देखिको अाजको मिति सम्म यस विद्यालयको गुणस्तर विकासमा प्रत्येक्ष परोक्ष अमर र अमूल्य योगदान पुर्याउनुहुने समाज विकास प्रेमी, शिक्षाप्रेमी स्वर्गीय र जीवित व्यक्तित्वहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै ऐ विद्यालय परिवार र सम्बन्धित सबैलाई हार्दिक बधाई एवं गुणस्तरमा उच्चताको कामना व्यक्त गर्दछौं।

लकडाउन बेल्टार

 उदयपुर जिल्लाको दोस्रो व्यपारीक केन्द मानिने चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित स्थानिय सरकारले घोषणा गरेको लकडाउनको पालना गरेकै कारण ऐ नगरपालिकामा कोरोना भाईरस संक्रमण-१९ ले प्रवेश गरेपनि जुन गतिमा यसले ताण्डव देखाउनु पर्ने हो त्यो देखाउन सकेको छैन। कारण स्थानिय नागरिकले स्थानिय सरकारको अाज्ञा पालना मात्र नभई समुदायको ऐ प्रति संवेदनशीलताका साथ अनुशासन पालना र सतर्कता पनि हो। 

स्थानिय सरकारले अाफ्नो नाकाको मुख्य प्रवेशद्वारमा गरिएको कडाईलाई अझ कडाई गरिरहेको र त्यसमा अाम सर्वसाधरणको सहयोग र सहभागिता लाई प्रशंसा गर्नै पर्ने हुन्छ। केन्द्रीय, प्रदेश र स्थानिय सरकारले घोषणा गरेको नियमको पालना पनि नागरिकको उत्तरदायित्व हो जो स्पष्ट झल्केको देखिन्छ।  यहाँहरूमा धन्यवाद ज्ञापन गर्नै पर्ने हुन्छ।

भावपूर्ण श्रद्धाञ्जली मोती हिङ्माङ

  

भुवन भाइ तपाईं संग धेरै कुरा गर्नुछ कुनै मौकामा हामी बात गर्नु पर्छ भन्नू हुन्थ्यो तर त्यो वाचा पूरा नगरी अल्पआयुमै यो हाम्रो समाजलाई छोडेर नफर्कनेगरि जानू भयो।


माक्र्सवाद र नवमाक्सवादमा व्यक्तिको स्वास्थ र आयुका विषयमा प्रस्तुत गर्नु भएको धारणाले मन छुन्छ अनि आतिन्छु। उत्पादनका स्रोत साधनमा पहुँच, पुँजीको पर्याप्तता, सामाजिक स्तर, राजनीतिक पहुच, बजारको पहुँच लगायत वर्ग निर्धारण गर्ने निर्धारक तत्वको पहुचको आधारमा व्यक्तिको स्वस्थ र आयु निर्धारण हुन्छ भनेका छन्। पहुचवाला व्यक्तिको स्वास्थमा सुन्दरता र आयुमा सरदरता जति हुन्छ पहुच नहुने व्यक्तिको स्वस्थमा गुणस्तर र आयुको सरदरता न्यून हुन्छ। जबकि यी सबै संवेदनशील विषय समाजले निर्णय र निर्धारण गरेका हुन् भनेका छन्। जसरी कोही गरिब भएर जन्मन पाअौं भनेर कसैले निवेदन हालेको हुदैन तर जन्म पछि त्यही समाजले कुनै व्यक्तिलाई गरिब बनाईएको हुन्छ। अर्थात त्यो असमान वितरणका कारण वा भनौं उत्पादनका स्रोत साधनमा पहुँचको अभाव सृजना गराई शोषण गर्दै कोही व्यक्ति, समुह वा वर्गलाई गरिबी तिर धकेलेका हुन्छन्। त्यसरी नै कोही दलित भएर जन्मन पाअौं भनेर कसैलाई विन्तिपत्र चढाएको हुदैन अर्थात व्यक्ति वा समुदायलाई दलित बनाईएको हुन्छ। त्यही गरिब र दलित भएकै कारणले अौसत आयु सम्म बाँच्न नपाईरहेको हुन्छ तर समाजले आफु पन्छिदै दोष उनै व्यक्तिको वर्ण, वर्ग र सिरमा थोपार्ने गरेको पाईन्छ। जबकि त्यस व्यक्तिको स्वास्थ र आयुको भागिदार समाज र विश्वसमाज आफै रहेको हुन्छ। त्यस्तै मिल्दोजुल्दो स्वास्थमा असंतुलन र जीवनमा अल्पआयुका घटनाको एक प्रतिनिधि घटना हो मोती हिङ्माङको निधन।


प्रसंग उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.६ सिरूवानी, हिङ्माङ टोलमा स्थायी बसोबास रहेको शिल्प र कलाले भरिएको मेहनती ईमानदार र स्वावलम्वी प्रिय दाजु कमरेड श्री मोती हिङ्माङ (परियार)को कलेजोमा देखिएको असन्तुलनको उपचारका लागि विगत १७ दिनअघिदेखि वि.पि. कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मिति २०७७ श्रावण ३२ गते आईतबारका दिन ४९ वर्षको अल्पआयुमै भएको असामयिक निधनले हामी स्थानिय छरछिमेकी लगायत सबैलाई मर्माहत बनाएको छ। दाजुको अात्माको शान्तिको कामना गर्दै स्वर्गमा बास होस् र अर्को जुनिमा न्याय, समानता र समतामुलक समाजमा जन्महोस भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै सोकाकुल परिवारमा यस सोकको घडीलाई शक्तिमा परिणत गर्ने क्षमता समाज र ईश्वरले प्रदान गरून् भन्दै सोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै हरेक आर्थीक, सामाजिक, राजनैतिक, सांस्कृतिक, मनोवैज्ञानिक अन्याय र दोष बापतको क्षमा पनि माग्न चाहान्छौं।

कुशे अौशी

 

कैलाशपति राई

 यो संसारका धेरै ध्यानी, ज्ञानी, धनी, योगी, शक्तिशाली, राजनेता धेरै पढियो देखियो अनि सुनियो तर ती कृषि कर्मलाई नै योग, ध्यान, तन्त्र, मन्त्र साधन र सिद्धी मान्ने देवता रूपी कृषक मानव जति सम्पन्न, सरल, कोही हो र छन् जस्तो लागेन। भिडभाड बटुलेर नारा, भाषण गरेर अाफ्नो पद प्रतिष्ठा बढाउने र त्यसै बाट जीविकोपार्जन गर्ने भन्दा त्यही सरल, मेहनत, कष्टकर तर अत्यधिक गुणस्तर जीवन जिउन रूचाउने हरेक कृषक कैलाशहरूलाई सलाम।

आज मिति २०७७ भदौ ३ गते बुधबारका दिन चौदण्डीगढी नगरपालिका वडा नं. ४, बसाहाको मगर डाँडामा अवस्थित आदरणीय दाजु श्री कैलाशपति राई ज्यूको फार्म हाउसमा पुग्ने अवसर पाईयो। पेशामा सहकारी व्यवसायमा आबद्ध दाजु आर्थीक वृद्धि, सामाजिक स्तर उन्नति, जीविकोपार्जनका लागि नभई आफ्नो आध्यात्मीक र भौतिक जीवनलाई अझ गुणस्तर बनाउन पेशा विविधीकरणमा कृषि पेशा अंगालेको पाईयो। यही सरल र सशक्त जीवनशैलीमा बाँच्ने र बचाउने हरेक कृषकहरूमा अझ सम्मान र हौसला थप्न यो छोटो क्लिप हजुरहरूमा बाँड्न चाहान्छु।https://m.facebook.com/story.php?story_fbid=2784088525194363&id=100007797283337

भावपूर्ण श्रद्धाञ्जली गणेश महाराजी

 माक्सवादका अनुसार उत्पादनको स्वरूप बमोजिम उत्पादनका स्रोत साधन माथीको पहुँच, उच्च वर्गले प्रत्यक्ष अप्रत्यक्ष रूपमा गरेको अार्थीक-सामाजिक शोषणका कारण उत्पन्न अशिक्षा-गरिबी र त्यसले निर्धारण गर्ने व्यक्तिको स्वास्थको गुणस्तर र सरदर अपेक्षित अायु रहेको हुन्छ भनेका छन्। अर्थात कोही व्यक्तिको सरदार अपेक्षित आयु भन्दा बढी बाँच्ने वा ऐ सम्म जीवन जीउन नपाउने संरचनाको विकास समाज अाफैले निर्माण गरेका हुन्छन्।

समाजशास्त्री ईमायल दुर्खिम (The Suicide Theory) अनुसार समाजमा रहेको मूल्य र मान्यताहरूसंग वा आधुनिक समाजको विशेषताहरूसंग बेमेल (Anomie) वा अनुकुलन हुन नसक्नुले निम्न स्तरको नियन्त्रण (Low level of regulation) भई आत्महत्या हुने गर्छ जसलाई बेमेल वा अप्राकृतिक आत्महत्या (Anomic Suicide) भनेका छन्। समाजमा रहेर पनि कुनै व्यक्तिले पाउने समान अवसरको अभाव, असमान जीवनशैली, असमान सामाजिक स्तर रहेकै कारणले एक्लोपनको आभाष गर्ने वा सामाजिक एकताको मात्रामा कमी आउनाले हुने अात्महत्या लाई अप्रकृतिक आत्महत्या हुन्छ मानेका छन्। 

मानवतावाले भरिएको माक्सवाद साथै आत्महत्याको सिद्धान्त अनुसार यहाँ समाजमा रहेको न्याय, समानता र समता वा समान वितरणको अभाव र असन्तुलन कै कारण आत्महत्याको घटना भएको हुन्छ भन्ने प्रमाण भेट्न सकिन्छ।

उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.२ माडीवास निवासी श्री टंकबहादुर खड्का (महाराजी) को २७ वर्षीया छोरो, बेल्टार निवासी प्रिय भाइ दिपक खड्काको भाई ७ वर्षीया बालकका पिता गणेश बहादुर खड्काको अल्पअायुमै भएको निधनले हामी समाजलाई दुखित तुल्याएको छ। स्व. गणेशको अात्माको शान्तिको कामना गर्दै अर्को जुनिमा पिडामुक्त समतामुलक समाजमा जन्म होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। यस सोकको घडीलाई शक्तिमा बदल्ने साहस ईश्वरले सोकाकुल परिवारमा प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।

नाङ्गीने निश्चित छ

 ढिलो चाँडो मात्र हो, सबै नाङ्गीने निश्चित छ। कसैको ईमानमा भएको सत्य सार्वजनिक हुन्छ भने कसैको ईमानमा भएको बेइमानी, झुठ, अनैतिक र  अतिवाद।

कहिले बुझ्ने

 आम सर्वसाधारण नेपालीको शान्तिपूर्ण संस्कृति साथै सरल चेतना संग निश्चित स्वार्थ बोकेको आन्तरीक र बाह्य शक्तिशाली व्यक्ति, समूह तथा संस्थाले दादागिरीका साथ खेलवाड गरिरहेको स्पष्ट देखिन्छ। कहिले बुझ्ने?

पश्चिमा

 नेपाली समाजमा छाला देखाएर सुन्दरता प्रदर्शन गर्ने भरपुर कोसिस गर्नुमा विश्वास राख्नु पश्चिमा बाट आयातित संस्कार हो।

नेपाली समाज दुबिधामा छौं

 नेपाली समाज दुबिधामा छौं। हामीलाई कुलमान चाहिने हो कि कुलमान जस्तो विचारमा ईमान र कर्तव्यमा सेवाभाव भएको निर्वाचित(नेता) वा नियुक्त (कर्मचारी) प्रतिनिधि पात्र?


त्यही कन्फ्युजनले एक सामान्य मानिस वा राष्ट्रसेवक कुलमान वा जस्तालाई देवत्वकरण गरिदैछ। त्यसैले होला प्रत्येक पटक यस्तो परिस्थितिमा गौतम बुद्धले भन्नू भएको त्यो वाणी सम्झन्छु "यदि तिमी बुद्धको विचारलाई अवलम्बन गर्छौ भने तिमी स्वयं गौतम बुद्ध हौ।" भने जस्तै कर्मचारीमा जो ईमान र कर्तव्यनिष्ठ छन् तिनै कुलमान हुन् भन्ने अाफुलाई बुझ्न र बुझाउन नसकेको कर्तव्यनिष्ठ कर्मचारी र न्यायप्रेमी जनताले बुझ्न जरुरी छ।


शान्तिका दुत गौतम बुद्धले त मेरो नामको मन्दिर स्थापना र पुजा गर्नुको सट्टामा शान्ति वाहक मानवतावाद विचार र जीवनदर्शनमा विश्वास राख्नु भन्नू भएको थियो। भने अाज तिनै कुरा किन हामीले नजरअन्दाज गरेर अाफ्नो बौद्धिकतामा त्यस्तो गुणस्तर प्रस्तुत गर्नमा अगाडि बढिरहेका छौं। 


हो ईमानको पर्यायवाची हो #कुलमान, हामी पनि मान्दछौं तर उनैको नामको नभई विचारको अझ बढी प्रसंसक हौं। कुलमानको भौतिक शरीर जन्मदिने ती वीर योद्धा माताश्रीले फेरि ती कुलमान जन्मदिन सक्तिनन् तर त्यो कुलमानको विचार प्रतिपादन गर्ने जननि समाजले यस्ता थुप्रै कुलमानहरूको जन्मदिन सक्छीन्। कुलमानहरूको जननिमाता समाज हो। नेपाली समाजको गर्भमा यस्ता लाखौं कुलमानको विचाररूपि भ्रुण विकसित हुदैगरेको लक्षण पनि हो यस्तो वर्तमान परिस्थिति। अब केही समयमा यस्ता कुलमान गल्ली गल्लीमा जन्मनेछन्।

विश्वास छ। विश्वास राखौं।