अौद्योगिकरणले भित्र्याएको पुँजीवादी समाज संगै कलकारखानामा हुने घटना र सवारी दुर्घटना २० को २१ हुदैछ तर पनि तिमी प्रतिको अास्था दक्षिणी एसियामा २० को १९ भएको छैन। सडक र सवारी दुर्घटनामा ज्यान गुमाउनु तिमीलाई बेवास्ता गरेर नै हो त?
एक समय परिस्थिति र कालखण्डको बहुदेवतावादी परंपरागत समाजको विश्वासले सामाजिक सुव्यवस्था सञ्चालनका लागि स्थापना गरेको संस्कृति हो यस प्रकारको परंपरा, तर समय, परिवेश र उत्पादनको स्वरूप नै फरक हुदापनि त्यही संस्कृतिले नै नियन्त्रण र निर्देश दिदैगरेको देखिन्छ। कुनै पनि राष्ट्रको विकास र समृद्धिका लागि त्यस समाज र व्यक्तिको संस्कृति प्रमुख हुने रहेछ।
विश्वकर्मा बाबाको क्षमताले निपूर्ण ईन्जिनियरीङ मस्तिष्कको क्षमताको सुरक्षा र संरक्षण गर्न नसक्ने समाज फलाम पुज्ने संस्कार पूर्णतया गलत भन्न मिल्दैन तर यस्ता संस्कृतिलाई अपडेट र सुधार भने गर्न जरुरी देखिन्छ।
जय संस्कृति!
जय विश्वकर्मा बाबा!
No comments:
Post a Comment