समतामुलक समाज (Egalitarian society) निर्माण गर्न सहभागीतामुलक सिद्धान्त (Participatory approach)लाई अभ्यासमा ल्याउनु पर्ने हुन्छ। त्यसैले २१अौं शताब्दीका नारीहरूले अाफ्नो संकुचितता बाट माथि उठेर हरेक विषय, विधा र क्षेत्रमा मन, वचन र कर्मले सहभागी हुनपर्ने देखिन्छ। समाजमा बनेका नारी प्रतिको अघोषित नियमहरू समाजले नै निर्माण गरेकाले फेरि पनि ती त्यस्ता पितृसत्तावादीहरू द्वारा बनाईएका अन्यायीक सामाजिक सहमतिहरूको पुनः हेरफेर गर्न सकिन्छ भन्ने विश्वास हुनुपर्ने हुन्छ।
यस धर्तिमा हामी जीव, जलचर र मानवको समान अधिकार रहेको हुन्छ। यहाँ कसैले कसैलाई न्याय (Justic) दिन्छु भन्छ भने त्यो सरासर दादागिरी (Hegemony) मान्न सकिन्छ। किनकि एक समान अधिकार र हैसियत (Equal right & dignity) भएकाले अर्कोलाई न्याय दिने भन्ने लाईसेन्स भगवानले वा प्रकृतिले कसलाई दिएको रहेछ भन्ने अाज सम्म सुन्नमा आएको छैन।
बुझ्ने एक सचेत मानव (Brilliant mind) संग न अधिकार माग्नु पर्छ नत खोस्नै पर्ने हुन्छ। किनकि जन्मिदै हामी स्वतन्त्र (Freedom) र समान हौं भन्ने कुरा त्यस बुद्धिजीवी मानवले स्पष्ट ढङ्गले बुझेको हुन्छ।
२१अौं शताब्दी सम्म अाईपुग्दा पितृसत्तात्मकता (Patriarchy) र त्यसका दासहरूले राज्य व्यवस्थाको नाममा अाफुलाई संस्थागत (Institutional) गराएको जस्तो देखिन्छ जो लोकतन्त्र (Democracy), मानवअधिकार (Human rights) र सामाजिक न्याय (Social justic) को भजन गाईहिड्ने अत्याधुनिक एवं शक्तिशाली (Modern & powerful) अमेरिकी समाजमा (American society) पनि नदेखिएको भने होईन। जस्तो शिर्षस्त नेतृ हिलारी क्लिन्टन त्यसका ज्वलन्त उदाहरण हुन सक्छ।
हामी आफै अधिकार सम्पन्न छौं, कसैले कसैसँग अधिकार मागिरहनु पर्दैन। तर हरेक व्यक्तिले पाएको जन्मसिद्ध अधिकार (Inborn rights) कुनै व्यक्ति, समाज वा संस्थाले खोस्दछ वा त्यसबाट विमुख बनाउने कुकार्यमा लाग्दछ भने त्यो सबैभन्दा ठूलो दण्डनीय अपराध वा अपराधीक गतिविधि हो भन सक्ने कि नसक्ने?

No comments:
Post a Comment