जब राज्यमा नैतिकताशुन्य निर्वाचित प्रतिनिधि (अस्थायी सरकार) र कर्तव्य बिमुख नियुक्त प्रतिनिधि (स्थायी सरकार) रहन्छ वा अमर्यादित व्यवस्थापिका, भ्रष्ट कार्यपालिका र गुलाम न्यायपालिका रहन्छ तब नीतिगत एवं संस्थागत रूपमै अस्पताल नागरिकको हत्या गर्ने वैधानिक बधशाला बन्दछ।
पुँजीवादी सामाजिक स्वरूप आफैमा एक बधशाला हो जो पुँजी संकलनकालागि विभिन्न नाराका साथ फरक फरक रूपमा अस्तित्वमा रहेको हुन्छ। यसले विज्ञान तथा प्रविधिका नाममा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक, ऐतिहासिक, वातावरण एवं मानव जीवनको हत्या गरिरहेको हुन्छ। त्यही बधशालाका हतियार वा पुँजीवादको बहुरूप मान्न सकिन्छ अाधुनिकिकरण, विश्वव्यापीकरण, उद्धारवाद, प्रजातन्त्र, मानवअधिकार, लगायत।
नेपाली नागरिकको गुणस्तर जीवनको श्रेय जसरी नेपाल सरकार वा व्यवस्थालाई जान्छ त्यसरी नै नागरिकको गुणस्तरहीन जीवनशैली, गरिबी, अशिक्षा, अन्धविश्वास, साथै अकालमा गएको ज्यानको पनि दोष जान्छ। राज्यले गरेका हरेक कमीकमजोरी सुनियोजित ढङ्गले गरेका घटना हो भनेर जब सम्म नेपाली नागरिकले प्रतिआक्रमण गर्न सक्दैन तब सम्म नेपाल र नेपाली लाचारी नै मान्नसकिन्छ।
राज्यको नीति नियम एवं भ्रष्ट नेता तथा कर्मचारी लाई हत्यारा र राज्यका आर्थिक,राजनैतिक, शैक्षिक, कानुनी र स्वास्थ संस्था (अस्पताल) लगायतलाई बधशाला भन्न सकिदैन वा दोषीलाई अपराधी भन्न नसक्ने यो नेपाली समाज अन्धविश्वासी, भााग्यवादी, नातावादी र कृपावादी नै कहलिन्छ।

No comments:
Post a Comment