नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
वि.सं. १९७२ साल पौष ४ गते आइतबार धान्ने पुर्णिामा (Sunday 19 Dec 1915 AD)का दिन खोटाङ जिल्लाको कुभिण्डेमा जन्म भई उदयपुरको चौदण्डीगढी न.पा. बेल्टारमा आज मिति २०७५ कार्तिक शुक्ल द्वितीया २३ गते शुक्रबार (Fri 9 Nov 2018 A.D.) १०३ वर्षको उमेरमा निधन हुनुभएका हाम्रो हजुरबुबा (अजा) स्वर्गीय बलराम श्रेष्ठको आत्माको शान्तिको कामना एवं प्रार्थिव शरिरको विदाई स्वरूप अन्तिम श्रद्धाञ्जली दिन उपस्थित हुनुहुने साथै यो दु:खद घडीमा सोकसंतप्त हामी सोकाकुल परिवारमा प्रत्यक्ष परोक्ष समवेदना प्रकट गर्नुहुने नाता इष्टमित्रमा धन्यवाद प्रकट गर्दछौं।
मैले देखेको स्व. बलराम श्रेष्ठ ५'६" कदको उचाइ, गहुगोरो वर्णको, वयस्क देखि बुढेसकाल सम्म अन्दाजी ६७ किलो ग्राम तौल भएका पुर्ण स्वास्थ्य भौतिक शरीर भएका हाम्रो हजुरबुबा मात्र नभई हाम्रो निजी जीवनको आदर्श पिता पनि हुनुहुन्थ्यो।
वहाँ लाई चिनेर बुझेर स्मरण गर्दैगर्दा हजुरबुबा भन्दा बढी अनौपचारिक शिक्षा साथै जीवनदर्शनको गुरु हुनुहुन्थ्यो। सतगुणी मन, वचन र कर्म लाई सदैव संतुलन गर्न सक्ने साधरण र शालीन जीवन रुचाउने वास्तविक मानव स्वभावको हुनुहुथ्यो।
वहाँले आफ्नो होस सम्हाले देखि मृत्युको अन्तिम पल सम्मको दैनिकीमा आफुले आफुलाई वा भनौं आफ्ना इन्द्रियलाई धेरथोर बसमा राख्नु भएको हो। प्रमाण स्वरूप केही महत्वपुर्ण विषयहरू जस्तै;
• अाफुले आफुलाई समयतालिकामा राख्नु,
• सुत्नुपूर्व दिनका कुरालाई दोहोर्याउनु र उठ्नुपश्चा हमेशा भगवानको नामवाट आफुलाई एकाग्रता बनाउनु,
• बिहानीको नित्य कर्ममा १५/२० मिनेटको पुजा पाठ लाई महत्वका साथ जसरी लिनुहुन्थ्यो उत्तिकै साँझको जाप पनि गर्नु;
• खेतीपाती बाहेकको आफ्नो समय एकादशीको उपवास बस्ने लगायत धर्मग्रन्थ वाट जीवनदर्शन, इन्द्रियको गुणदोष, तन-मनको शान्ति र साहित्य सोच साथै आफुमा एक असल मानव स्वभावको विकास गर्न लागिरहे;
• पहाडी भेगका बटुवालाई निशुल्क टेक्ने लौरो (आफैले जंगलबाट बनाएर) उपलब्ध गराउनु देखि बाटोमा हिडने उड्ने पशु-पन्क्षी लाई बाह्र मास पिउने पानी डुँडमा राखीदीनु मात्र नभई आफुले बसोबास गरेको हरेक गाउँका केही ठाउँमा वर-पिपल भएको शीतल चौतारा बनाउनु;
• जीवनको अन्तिम क्षण सम्मा होसमा रही वादशाही ईच्छा मृत्युवर्ण जस्तो;
• श्रम गर्दा श्रमिक, लोभमा जोगी, दैनिकीमा योगी, जे भएपनि आनन्दको भोजन ग्रहण गर्ने, रोगलाई कहिले निम्तिन नदिने शारीरिक स्वास्थ्यमा बादसाह हाम्रा पितामह;
सम्मान, नैतिकता, अनुशासन, सद्भाव, मानवता र सत्य लाई नै धर्म मान्ने स्व. बलराम श्रेष्ठ (हरेराम बाजे) मेरो हजुरबुबा(अजा) मात्र नभई मेरो निजी जीवनको पहिलो प्रेरणाको श्रोत र आदर्श पुरूष पनि हुन् । हजुर प्रतिको मेरो सम्मान, मायाँ र सम्झना एवं हजुरको विचार, त्यो हाँसो, त्यो स्वभाव, त्यो जीवनशैली म आफु रहेसम्म स्मरणीय रहनेछ र अनुयायी बन्नेछु।
हजुरलाई हामी कहिले बिर्सने छैनौं र हजुरको साथ स्वरूप हजुरले दिनुभएको आशिर्वाद सदैव रहोस्...
अपघात मायाँ!

No comments:
Post a Comment