नेपाली समाजले आफ्नो संरचनात्मक अस्वास्थता लुकाउन कहिले त्यही राजसंस्था लाई दोषी देखाउने विघटन गर्ने, र कहिले त्यही कुनै धार्मिक राष्ट्र भएकै कारण देखाई धर्मनिरपेक्षता राष्ट्र स्थापित गर्ने। नेपाली समाजले आफ्नो भौतिक र आध्यात्मिक अस्वस्थता र असंतुलन लुकाउन फेरि त्यही धर्म र राजसंस्था लाई उछाल्दैछन्।
अझ सम्म पनि नेपाली समाजले आफुमा भएको असंतुलन, अस्वास्थता लाई न स्विकारेको देखिन्छ न त त्यसको सहि अौषधी उपचार नै। नेपाली समाजको यस्तो पागलपनाले विश्वजगतमा सर्वश्रेष्ठ प्राणी मानेको मानव सभ्यताकै अपमान हुने कार्य भईरहेछ।
मानसिक संतुुलन गुमाएको मानिसको जस्तो असामान्य दैनिकी र व्यवहार गर्ने नेपाली समाज होसमा नरहेको देख्न सकिन्छ। सामान्य र संतुलन मिलेको समाजले आखिर के चाहाना राख्छ भन्नेस्पष्ट हुन्छ तर नेपाली समाजको हिस्ट्री लिदा, डाईग्नसिस गर्दा पूर्णरूपमा स्वस्थ र संतुलन गुमाएको पाउन सकिन्छ।
No comments:
Post a Comment