उदयपुर जिल्लाको दोस्रो व्यपारीक केन्द मानिने चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित स्थानिय सरकारले घोषणा गरेको लकडाउनको पालना गरेकै कारण ऐ नगरपालिकामा कोरोना भाईरस संक्रमण-१९ ले प्रवेश गरेपनि जुन गतिमा यसले ताण्डव देखाउनु पर्ने हो त्यो देखाउन सकेको छैन। कारण स्थानिय नागरिकले स्थानिय सरकारको अाज्ञा पालना मात्र नभई समुदायको ऐ प्रति संवेदनशीलताका साथ अनुशासन पालना र सतर्कता पनि हो।
स्थानिय सरकारले अाफ्नो नाकाको मुख्य प्रवेशद्वारमा गरिएको कडाईलाई अझ कडाई गरिरहेको र त्यसमा अाम सर्वसाधरणको सहयोग र सहभागिता लाई प्रशंसा गर्नै पर्ने हुन्छ। केन्द्रीय, प्रदेश र स्थानिय सरकारले घोषणा गरेको नियमको पालना पनि नागरिकको उत्तरदायित्व हो जो स्पष्ट झल्केको देखिन्छ। यहाँहरूमा धन्यवाद ज्ञापन गर्नै पर्ने हुन्छ।
No comments:
Post a Comment