महिला अधिकार (#Women_Rights) र नारी सशक्तीकरण (#Women_Empowerment) छुट्टाछुट्टै विषय हो। गाँस, बास, कपास, शिक्षा र रोजगार लगायतका विषय अधिकारका विषय हुन्। भने उनैले शक्ति संघर्ष गर्दै पुरूष सरह व्यवस्थापिका (कानुन तथा नीति निर्माण गर्ने गराउने), न्यायपालिका (कानुनको व्याख्या र न्याय स्थापना गर्ने गराउने) र कार्यपालिका (कानुनको पालना गर्ने गराउने)मा न्यायिक सहभागीता हुन पाउने अवसरका लागि राजनीतिक र शक्तिको खेलमा समावेशी हुनु वा त्यस्तो क्षमताको विकास प्रक्रियाको समतामूलक अभ्यास र अवसर नारी सशक्तीकरण हो।
महिला सशक्तीकरण अार्थिक स्थितिमा सम्पन्नता र सामाजिक हैसियतमा समानताका कुरा मात्र नभई यो विशुद्ध राजनीतिमा न्यायीक अवसर (#Justic_Participation) र शक्तिमा समतामुलक सहभागिता (#Propotional_Inclusion)को विषय हो। साधरण भाषामा भन्दा पुरूष सोसरह अार्थिक, सामाजिक, सांस्कृतिक साथै राजनीतिक अवसरमा समानताको अभ्यास नै नारी सशक्तीकरण हो भनेर मान्न सकिन्छ।
महिला सशक्तीकरणको वास्तविक संस्थागत मर्म र भावना के थियो र विश्व समाजको कथित तेस्रो मुलुकमा कसरी र जसरी बुझाईदैछ सरासर त्यो विषय र मुद्दा माथि नियतबस गरिएको छेडखानी हो भन्न सकिन्छ। नारी सशक्तीकरणको विषयलाई अाकार घटाउने (#Downsizing), राजनीतिकरण विमुख (#Depoliticisation), विनाश (#Subversion) गर्दै लाने यो अन्तर्राष्ट्रिय खेल अन्यायपूर्ण छ, शोषणयुक्त छ जो शक्ति राष्ट्र भनाउदाको दादागिरी पनि हो भन्ने मान्न सकिन्छ वा पित्रिसतात्मक (#Patriarchy) अतिसत्तावादीको कुटिल चाल हो।
पहिरन र सजिसजाउका सामग्री संग रमाउने संस्कृतिको विकास र प्रवर्द्धन गर्ने सामाजिकिकरणकै कारण पृथ्वीमा पितृसत्तात्मक संस्था अझ बलियो बन्दै गइरहेको देखिन्छ। नारी सशक्तीकरणको सवाल सीप विकास, स्वालम्वी, शिक्षा र स्वतन्त्रता संग मात्र सम्बन्धि नभई शक्तिमा समता र शक्तिमा संतुलन र शक्तिमा पृथकिकरण नै हो।
सामाजिक न्यायका लागि, समाजको विकास र समृद्धिका लागि सशक्त नारीको बहुमतको अगुवाईको माग समाजले गर्दैछ। अाफुलाई सुरूवाल लगाउने भन्ठान्ने पितृशासकको शासन पनि हेरिरहेका छौं। यो व्यप्त गरिबी, भ्रष्टाचार र बेथितिको जिम्मा तिनै पितृसत्तात्मक संस्थाले लिने की नलिने!
अधिकारमै नपुगेकाले देश र समाज बिगार्यो भन्नु, गर्नु दिएन भन्नू, राम्रो हुदा अाफुले र बिग्रेपछि चै अरूले भन्दै अाफु पन्छिने संस्कार नालायकको शस्त्र-शास्त्र रूपि हतियार हो। त्यसैले अब न्यायका लागि शक्तिको अभ्यासमा नारीको सहभागीता बढाउनु पर्नेमा जोडदिने समय अाएको छ।
निर्विकल्प नारी! सशक्त र शक्तिशाली नारी! भ्रष्टाचार र घुसखोर उन्मुलनमा नारी!

No comments:
Post a Comment