Saturday, August 1, 2020

सामाजिक संरचना र भ्रष्टाचार

संगठीत र संस्थागत भ्रष्टाचार विचारका बिरूद्ध लड्न वा त्यसलाई दबाएर राख्न वा उन्मुलन गर्न त्यति पनि कठिन छैन जति सोचेका छौं। तर यो समाजले त्यस बिरूद्ध मानसिक रूपमा वा मन, वचन र कर्मले लड्न तैयारी गरेको देखिदैन। यो भ्रष्टाचार अायातित वा अन्तर्राष्ट्रिय सहयोग नभई हाम्रो संरचनाले नै स्थापना, संस्थागत र संरक्षण गरेको नेपाली समाजले बुझ्न जरुरी छ। भ्रष्टाचारको संरक्षक नेपाली समाज नै हौं र भ्रष्टाचार शून्य समाज बनाउन सक्ने पनि नेपाली समाज नै हौं। बाहिर हो हल्ला गरेर भन्दा पनि अाफ्नो घर भित्र परिवारीक सल्लाह गरेर नै यसलाई निर्मुल गर्न सकिन्छ। कसैले भ्रष्टाचार वा अख्तियार दुरुपयोग परिवारवाद, नातावाद, कृपावाद बाट प्रभावित भएरै गर्ने हुन्छ। यसको समाधानको उपाय तिनै संग छ जसका कारण यो समस्या उब्जिएको छ। हरेक घरमा प्रेम संजेल र कुलमान जन्मदिनुनै समस्या समाधानको पहिलो र प्रमुख उपाय हो। व्यक्ति व्यक्तिको सोच र व्यवहारले संरचना निर्माण भएको हुन्छ भने त्यही संरचनाले तिनै व्यक्तिलाई नियन्त्रण गरिरहेको हुन्छ। हामीले निर्माण गरेको भ्रष्टाचारको अघोषित संस्थागत संरचनालाई हामीले नै तोड्न सक्छौं। यही सामाजिक सिद्धान्त नै भ्रष्टाचार र बेथिति निस्तेज गर्ने पहिलो र अन्तिम रामवाण हो।

No comments:

Post a Comment