भाग्यवादी एवं बहुदेवतावादी नेपाली समाजले बुझ्न जरुरी छ कुनै एक निश्चित वादले समाज, राष्ट्र र पृथ्वीलाई विकास र समृद्धि तर्फ डोर्याउन सक्दैन भनेर।
धर्म तथा धार्मिक संस्था त्यो हो जस्ले अनैतिक क्रियाकलापको प्रभाव बाट टाढा राख्दछ। माक्र्सवादका अनुसार, धर्म अफिम हो जसले चेतनामा अाउन दिदैन। धर्मको नाममा त्यही मानिसको चेतना माथी प्रहार गर्ने वा त्यसैको नाममा राजनीति गर्न खोज्दछ भने अाफु शक्ति र सत्ता प्राप्ति गर्नु वा त्यसमा रहिरहने प्रयास र अभ्यास हो।
अाजको यो समयमा अाएर पनि भजन कृतन गरेर देश बन्ने निश्चित कसैले गर्दछ भने अाजीवन त्यही भजन गाएर बस्न तैयार छौं। तर हामीलाई बुझाईएको धर्म भनेको सामाजिक संरचनाको विकासकालागि अत्यावश्यक सामाजिक संस्था हो जस्ले समाजीक सुव्यवस्था कायम गर्न नैतिकता र न्याय स्थापित गर्दछ। धर्म प्रतिको हाम्रो अास्था सामाजिक भ्रष्टाचार, घुसखोर र अन्याय अन्तयकालागि हुनु पर्दछ न कि कसैको सत्ता, शक्ति र व्यवसायका लागि। धर्मलाई अाफुपायक अाफ्नो हितका लागि व्याख्या विश्लेषण गर्ने, त्यसैमा राजनीति गर्न खोज्ने त्यसैलाई जीविकोपार्जन बनाउने त्यस्ता विकृति र विसंगतिको अन्त्य हामी बाटै सम्भव छ फेरिपनि।
कुनै धार्मिक संस्थामा सहभागी भएर त्यसैको अतिवादी ढङ्गले भजन कृतन र नमाजमा सहभागी हुनु लाई धर्म मान्न सकिन्न। सत्कर्म, कल्याण, परोपकार गर्न सिकाउने र शान्ति, समता एवं न्याय कायम गर्न, त्यो सामुहिक सहमति बाट निर्मित नियम र व्यवहार नै धर्म हो भनेर मान्न सकिन्छ। र धर्मो रक्षति रक्षितःको भाव अर्थ पनि यही हो।
No comments:
Post a Comment