तिम्रो लागि कलम टिप्छु,
अौलाहरू सिथील हुन्छन्,
शब्द अाफै पछि हटछ,
तिमी लाई सम्झी लेख्न खोज्दा।
प्रेम का ति छाल हरू,
सुनामी झै अाउन थाल्छन्,
म अाफै अातीन थाल्छु,
माँया तरंग लेख्न खोज्दा।
माँयाका ती लाभाहरू,
ज्वालामुखी झै फुट्न थाल्छन्,
मेरो अाफ्नै सातो जान्छ,
भावना लाई समेट्न खोज्दा।
हृदयका झनकार हरू,
सा नि ध प म ग रे सा,
कलम अाफै कमजोर बन्छ,
तिम्रो प्रित-गित लेख्न खोज्दा।
मुटुका ती धड्कन हरू,
म सुत्दा नि जागै बस्छन्,
रगत अाफै गलिदिन्छ,
तिम्रो प्रितको दौड लेख्न खोज्दा।
Bhuwan Man
मिति २०७२/०८/०४ शुक्रबार विहानीको ०२ बजे
No comments:
Post a Comment