Sunday, July 24, 2022

मेरो फोहोरी र कुरूप संस्कृति

मेरो फोहोरी र कुरूप संस्कृति 


म फोहोरी छु 

म कुरूप छु

तै फोहोर सफा गर्न

तै कुरूपलाई रूप दिन

म आफू भित्र छिरेको

न फोहोर सफा गर्न सकें

न त आफू सफा हुन सकें ।

न त आफैलाई सृङ्गार्न सकें ।


ईभ र आडम देखि थुप्रिएको

म भित्रको यो घिनलाग्दो फोहोर

न त एक्लैले सफा गर्न सक्छु ।

न त आज भोलि नै गर्न सक्छु ।

म भित्रको यो संस्कृति रूपी फोहोर

जति वर्ष लगाएर जम्मा गरिएको छ

त्यत्ति नै लाग्ने छ सफा गर्न फोहोर ।


म भित्रको फोहोर, मैले गरेको फोहोर ।

हजारौं हजार वर्षौंदेखि गरेको फोहोर ।

मैले नै आफुले आफैलाई गरेको फोहोर ।

मन फोहोर, वचन फोहोर र कर्म फोहोर ।

मेरो भित्रै फोहोर, मेरो बाहिरी फोहोर ।

मेरो चिन्तन फोहोर, मेरो संस्कृति फोहोर ।


मेरो चेतना फोहोर, म भित्रको आध्यात्म फोहोर ।

मेरो संस्कृति भित्र जमेर बसेको शैतानी फोहोर ।

हजारौं हजार वर्ष देखि जमेको थुप्रेको फोहोर ।

मानवतावादी चेतनाको झाडुले बडार्नु छ फोहोर ।

ध्यान रूपी आध्यात्मिक हुरीले उडाउनु छ फोहोर ।


म भित्रको क्रोधको मूर्ख फोहोर सफा गर्नु छ ।

म भित्रको मोहको पापी फोहोर सफा गर्नु छ ।

म भित्रको घमण्डको अचेत फोहोर सफा गर्नु छ ।

म भित्रको कामको अश्लील फोहोर सफा गर्नु छ ।

म भित्रको क्रूरताको दानविय फोहोर सफा गर्नु छ ।


फोहोरी छु तै फोहोर राम्रोसँग सफा गर्नु छ ।

आफू भित्र आफै छिर्नुछ, दिलसफा गर्नु छ ।

आफू भित्रको बाहिरको आफै सफा गर्नु छ ।

आफू चेतनशील हुनु छ, आफै मानव हुनु छ ।

अचेतले बिगारेको मेरो चेतनालाई रूप दिनुछ ।

अमानवीयताले बिगारेको मानवतालाई सृङ्गार्नु छ ।


मैले भूल्नु हुन्न

म धेरै फोहोरी छु 

म अति कुरूप छु

तै फोहोर सफा गर्न सृङ्गार्न

म आफू भित्र चेतनामा छिर्नु पर्छ ।

फोहोर सफा गर्ने अभ्यास गर्नु पर्छ ।

आफूलाई सृङ्गार्न हर प्रयास गर्नु पर्छ ।

No comments:

Post a Comment