Sunday, July 24, 2022

धर्म अफिम हो ।

 "धर्म अफिम हो ।"


"Religion is the sign of oppressed creature, the sentiment of heartless world and the soul of soulless condition. It is the opium of people." Karl Marx


समाजमा आफू र आफ्नो स्थिति कस्तो, अवस्था किन यस्तो र आफ्नो वर्गीय स्थान कता पर्छ थाहा छैन । आफू र आफुजस्ताहरू द्वारा कहिले देखि, कति विभेद र असमानतामा परेको वा पारिएको छ थाहा छैन । आज सम्म आफ्नो हित, उत्थान र न्यायकालागि एक शब्द नबोल्नेहरू मन्त्र र भजन उच्चारण गर्दै धार्मिक स्थल तिर लागेको देखिन्छ । 


विषय, धर्म नमान्ने वा धार्मिक स्थल नजाने भन्ने हैन । त्यस क्रियाकलापले सामुहिक वा निजी जीवनको आध्यात्म, चेतना, न्याय र समानतामा के कस्तो प्रभाव परिरहेको छ त्यसको वैज्ञानिक अध्ययन गर्न सक्नु पर्छ । तर आफू र आफ्नो अवस्थालाई  कर्मफलवाद र भाग्यवाद संग जोड्न सिकाउने ती धार्मिक संस्था र धर्मगुरूले चेतनामा अन्धविश्वास निर्माण गरिरहेको हुन्छ । जसले निजी न्याय, समानता, अधिकार र सुरक्षाका विषयमा सचेतना आउन दिईदैन, भ्रमको नशामा राखिरहेने प्रयास गरिरहेको हुन्छ । 


माक्र्सले धर्मलाई अफिम किन भने भन्ने सवालको जवाफ चिन्तन अध्ययन गर्न जरुरी छ, विशेष गरि पूँजीवादी पितृसत्तात्मक समाजले विभेद र शोषणमा पारेका व्यक्ति वा समुहले । त्यसो त यो धर्म र अफिमको विषय वर्गीय द्वन्द संग मात्र जोडिएको नभई वास्तविक चेतनाको अध्ययनको विषय संग जोडेका छन् । मानवमा रहेको सम्भावना भनेको नै चेतना हो भन्ने गर्दछन मार्क्स । माक्र्सले आफ्नो अध्ययनमा मानव चेतनामा विशेष जोड दिईएको पाईन्छ । धर्मलाई निश्चित वर्गले नशालु पदार्थ अफिमको रूपमा अन्य मानवको चेतनामा ईन्जेक्ट गरेर बेहोस, अचेत बनाउन साधनको रूपमा प्रयोग गरिरहेको विषयलाई प्रमाणीत गरेका छन् माक्र्सवादले ।


धर्मको नाममा कर्मफलवाद र भाग्यवाद जस्तो अन्धविश्वासमा बस्नु भन्दा विद्रो गर्ने चेतना गुणस्तर चेतना हुनु पर्ने तर किन हिंस्रक मानिन्छ । विद्रोह र क्रान्तीका नाममा मानव हत्या गर्ने अभ्यास अमानवीय क्रियाकलाप हो । धर्म अफिम हो भने बन्दुक दिएर विद्रोहको नाममा कसैलाई हत्यारा बनाउनु पनि अफिम हो । कथित धर्म र क्रान्ति दुवै अफिम हो जसले मानव चेतनालाई चेतनामा आउन दिदैन । धर्म र क्रान्तिको ऐतिहासिक सन्दर्भको अध्ययनमा मानवतावादी विरूद्धको अभ्यास र प्रमाणहरू पर्याप्त मात्र पाईन्छ । 


धर्मले कर्मफलवाद र भाग्यवाद जस्तो अन्धविश्वासलाई साधन बनाईएको पाईन्छ भने कम्युनिष्ट क्रान्तिले माक्स र एङ्गेल्सको ऐतिहाँसिक द्वन्दात्मक भौतिकवादलाई साधन बनाएको पाईन्छ । धर्मको धार्मिकताले जसरी अपराध गरेको पाईन्छ, मानव हत्या गराउने कथित क्रान्ति पनि अपराध हो । धर्म र क्रान्ति वास्तविक चेतना विकासका मन्त्र र साधन बन्न सक्नु पर्छ नकि अफिम र रक्तिम ।

No comments:

Post a Comment