किराँतेश्वर महादेवको मन्दिर भनिने किराँत थानमा हामी किराँती ।
आफुलाई किराँती मान्ने किराँत सभ्यताको पवित्र ऐतिहासिक डि. एन. ए. प्रतिनिधि एक किराँती प्रिय मित्र श्री रविन माम्फाङ राई का साथमा किराँतकालिन सभ्यताको किराँती हुँ भन्ने ऐतिहासिक सन्दर्भ भूलेका भुवन मान किराँती ।
आजको नेपाली समाजले कस्ता कस्ता कालखण्ड, उतारचढाव, संकट र संघर्षको ऐतिहासिक सन्दर्भ भोगेर वर्तमान नेपाली समाज निर्माण भएको हो भन्ने खोज, अध्ययन र अनुसन्धान गर्न जरुरी छ । नेपाली समाजको विकासक्रमको अध्ययनको सिलसिलामा सधै स्मरण राख्नु पर्ने एक प्रमुख कालखण्ड वा भनौं सभ्यता हो "किराँत काल" । नेपालको पहिलो परिचय हो "किराँत" । नेपाली समाजको ऐतिहासिक सम्पत्ति हो किराँत सभ्यता, जाती र संस्कृति ।
कुनै व्यक्ति, समूह वा समुदायलाई नै प्रत्यक्ष परोक्ष बन्दी बनाएर शासकले शक्तिको आडमा दादागिरी देखाउन सक्छ, शोषण, दमन, विभेद गर्न सक्छ साथै दास बनाउन सक्छ । तर त्यसको संस्कृतिमा गढेर बसेको संस्कृतिलाई वर्षौंवर्ष कब्जामा लिएर यातना दिएपनि सत्य, वास्तविकता र संस्कृतिको नास कहिले गर्न सक्दैन । त्यसैको उदाहरणीय र जीवित तर घायल सभ्यता र संस्कृतिको नाम हो किराँत ।
साँचै ! जानकारले केही जिज्ञासाको जानकारी दिन मिल्छ त !
महादेव कहिले किराँती भए, किन किराँती भए ? महादेवलाई किराँती किन बनाईयो ? किराँत देवता, ईश्वर वा अरू के हो ? यो किराँती थान हो कि मन्दिर ? यसलाई साकेला थान भन्न मिल्छ कि मिल्दैन ? यो किराँतेश्वर मन्दिर हो भने यस परिसरमा साकेला नाच, उधौली, उभौली र यलेसम्वत मनाउन मिल्छकी मिल्दैन ? आज सम्मको अभ्यास कस्तो रहेको छ चाडपर्व मनाउने सवालमा यस स्थानको ?
क्राईष्ट, अल्ला र बुद्धलाई देवत्वकरण गर्ने यो समाज, विश्वसमाज ईश्वर्यकरणको अभ्यासमा खुब चासो राखेको देखिन्छ । यस्तै हो भने यहाँ नेपाली समाजमा अल्लाहलाई पनि अल्लेश्वर, र क्राइष्टलाइ क्राइस्टेश्वर बन्न र बनाउन सक्ने सम्भावना कति छ ? अल्लाह र क्राइष्टलाई किन ईश्वर्यकरण गरिएको छैन र महादेवको कुनै रूपमा किन बनाईएन/मानिएन ? यस भित्रको छुपाउन खोजेको तर अजिबो गरिब उदाङ्गो राज के हो ?
समाजमा भईरहेको यस्ता अभ्यास र क्रियाकलाप मार्क्सको धर्म प्रतिको धारणा "धर्म अफिम हो" "धर्म हतियार/साधन हो" भन्ने तर्फ बढी आकर्षित हुन्छ ।
No comments:
Post a Comment