Wednesday, April 1, 2020

अघोषित नाकाबन्दी गर्ने लोकतान्त्रिक भनाउदा मित्रराष्ट्रको समर्थन र ती दिन जो अाम नेपालीले भोगेको सास्ती र पिडाको बेला चुईक्क नबोल्नेले महाशक्तिशाली भनाउदा लोकतन्त्र (Democracy)को पुजारी राष्ट्र चै दातृराष्ट्र। हित चाहनेवाला हरूको विषय सुन्दा बुझ्दा पनि बडो अचम्म। तिमी र तिमीहरू लिन अाएको हो कि दिन अाएको, सहयोग गर्न हो कि लुट्न हो त्यो तिमीहरूलाईनै थाहा छ, कि हाम्रो नेताहरूलाई नै थाहा छ। कसैले रोक्ने छेक्ने छैन, जे गर्ने हो त्यो खुलेअाम गर किन यति धेरै नाटक मञ्चन गर्दैछौं। नपुसकको दादागिरी (Hegemony) हाम्रो जस्तो सरल र सामान्य मुलुकहरूलाई देखाउने त हो नी। विश्वव्यापीकरण (Globalization)को नाममा लेनिनले विकास गरेको त्यो साम्राज्यवाद (Imperialism)को र नव उपनिवेशवाद (Neocolonialism)को बेसर्मी नाङ्गोनाच लज्जास्पद छ।

साम्राज्यवाद (Imperialism) त्यो नीति हो जस अन्तर्गत एक देश आफ्नो सीमादेखि बाहिर गएर अरु देशहरू र प्रदेशहरूमा हस्तक्षेप गर्छ। यो हस्तक्षेप राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै प्रकारको हुन सक्छ। यसलाई प्रत्यक्ष रूपले कुनै पनि क्षेत्रलाई आफ्नो राजनीतिक अधिकारमा लिनु र त्यस क्षेत्रका निवासीहरूलाई विविध अधिकारहरूले वंचित गर्नु हो। देशका नियंत्रित क्षेत्रहरूलाई साम्राज्य भनिन्छ।
चार्ल्स ए-बेयर्डका अनुसार "सभ्य राष्ट्रहरूले कमजोर एवं पिछडिएका मानिसहरू माथि शासन गर्ने इच्छा व नीतिलाई नै साम्राज्यवाद भनिन्छ।"

अाफ्नैलाई पटक पटक  जिम्मदिइयो देश बनाउन भनी, अब जनता अाफै लागे देश बचाउन भनी। तिमी तिम्रो स्वार्थकालागि बन्दी गर्न सक्छौ, मौन रहन सक्छौ भने, अाफ्नो राष्ट्रहितकालागि सामान्य नागरिक ले राष्ट्रवादी अावाज उठाउनु गलत हो र?

No comments:

Post a Comment