Wednesday, April 1, 2020

हामी मानव प्राणी एक प्रकारको जीव हौं। हामी भित्र त्यस्ता कयौं प्रकारको रासायनिक पदार्थहरू छन्। अाध्यात्मको रूपमा मनोविज्ञान पनि रहेको हुन्छ जो सामाजिक संरचनाको संस्कार एवं परंपरागत नियमको लिकमा चल्दछ। अर्थात हामी मानव जैविक, रासायनिक पदार्थको संयोजन मात्र नभई मनोवैज्ञानिक र सामाजिक पनि हौं। तर मानव त्यतिबेला मानव हुन्छ जब गुणस्तर संस्कार त्यो मनोविज्ञानमा गढेर बस्दछ। हामी मानव सर्वश्रेष्ठ प्राणी हो भन्ने सामाजिक संरचनाको संस्कारले निर्धारण गर्ने रहेछ।
गुणस्तर संस्कारको गुणस्तर समाज, गुणस्तर समाजको गुणस्तर संस्कार।  अाध्यात्मिक अादर्शवादले भरिएको मानवतावादी सामाजिक संस्कारको विधाता फेरीपनि हामी समाज रूपी मानवहरू नै हौं।

No comments:

Post a Comment