Wednesday, April 1, 2020

कर्णाली पनि तिम्रो सुस्वास्थको कामनामा छौं

डियर कमरेड!
हरेक अार्थिक, सामाजिक, राजनीतिक, नैतिक, भौतिक एवं शारीरिक लगायत सम्पूर्णको दिर्घ रोग साथै हैजाको उपचार यसरी नै होस् जसरी तिम्रो भयो। अाफु मात्र बाँच्ने प्रायस त हरेक जीव जलचरको पनि हुन्छ। तर नेपालको वर्तमान समय र परिस्थितिले तिमीलाई दैवीक शक्तिको मेनडेट दिईएको छ पालनकर्ताको।अाफु शक्तिको मायामा परेर अधिनायकवादी बन्दै संहारकर्ता नबन। अाफै महादेव बन्न खोजे तिमी र तिमी संग सम्बन्धितलाई भस्मासुर बनाउन सक्ने क्षमता राख्छन् जनता जनर्दनले।
तिम्रो सफल उपचारको खुशी विश्व समाज र मानवले मनाई रहेछ त्यस्तै हामी नेपाली समाजपनि तिमी र तिम्रो प्रशासन संग यो खुशी साटासाट गर्न चाहान्छौं। हामी अाफुले उपचार पाउन नसकेको कर्णाली पनि तिम्रो सुस्वास्थको कामनामा छौं।
यसरी नै बाँच र यसरी नै बचाउ।

No comments:

Post a Comment