चौदण्डीगढी नगरपालिका ७ निवासी अादरणीय दाजु केशव अधिकारीले स्वर्गीय फुपु महेश्वरा अधिकारीको सम्झनामा भुल्के स्थित श्री सगरमाथा अाधारभूत विद्यालय प्राङ्गण भित्र सहयोग र स्मृति स्वरूप निर्माण गरेको सरस्वती मन्दिर स्थापना विषयमा कसले कसले के लाभकालागि राजनीति गर्दैछ थाहा छैन। तर अाफ्नै समाजका सदस्य, छिमेकी, मृतकमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार प्रति दर्साउनुपर्ने समवेदना तथा संवेदनशीलता गुम्नु गुमाउनु निश्चित रूपमा असामाजिक, अमानवीय कार्य र अभिव्यक्ति हो। यस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर भड्काउने भन्दा पनि समाजमा सुसंस्कार र सभ्यता स्थापित गर्ने मार्गमा लाग्नु पर्दछ भन्ने विषय भुल्नु हुदैन। कुनै समुदायले, सम्प्रदायले अाफ्नो धर्म प्रति अास्था राख्ने श्रद्धाभाव र मृत्यु संस्कार संग राज्यको नियम कानुनले पनि छुट दिने हुन्छ तर हाम्रो समाजले गर्दै गरेको संघर्ष केका लागि हो त्यो बडो अचम्मको मूर्खता देखिदैछ।
मौकामा शिकारी बन्नेहरू एक दिन त्यही मौकाले अाफुलाई शिकार गर्नसक्छ भन्ने सोच्नु अावस्यक छ। समाजमा कस्तो खालको संस्कार निर्माण गर्नेहो त्यसको विधाता हामी नै हौं। त्यसमा कसैले गलत कार्य गरे फटाही कहलिन्छ। राजनीति र शक्तिको नाममा जथाभावी नगरौं। होस सम्हालौं। समूह र जत्था बनाएर गलत लाई सहि बनाउने र सत्यलाई झुठो बनाउने त्यो सामन्तवाद समाजको अतिवादी समय छैन हिजो अाज। सत्य र धर्मकालागि लडौं, भिडौं र वकालग गरौं। महामानव वि.पि. कोईरालाले भन्नू भएजस्तो नेपाली समाजले हरवक्त सम्वाद, सहमति, सहकार्य र एकतामा सदैब विश्वास राख्नु पर्दछ।
नेपाली समाजमा कुनै प्रार्थिव शरीर प्रति र स्मृति प्रति अफ्नै संस्कार अनुसार अात्मको शान्तिको कामना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दछौं। स्वर्गीय महेश्वरा अधिकारी फुपुमा #भावपूर्ण_श्रद्धाञ्जली अर्पण गर्दै फुपुको सम्झनामा निर्माण गरिएको पवित्र कार्यकालागि #सपरिवारमा_धन्यवाद व्यक्त गर्दछौं।
No comments:
Post a Comment