पुँजीवादी समाजमा कुनै पनि वस्तु तथा सेवाको उत्पादनमा गरिएको लगानी वा आयात निर्यातमा मध्यस्थता गर्ने दलाल पुँजीपतीले नाफा आर्जन गर्ने, पुनः लगानी गरेर अझ मुनाफा बढाउनेमा केन्द्रित हुनुले निम्त्याएको भ्रष्टाचार, कालाबजारी लगायत विषय ऐ पुँजीवादी समाजको विकृति हो, विकार हो। त्यस्ता पुँजीवादी समाजका उच्च वर्गको लगानी र लगानीकर्ताले मुनाफा बिर्सिएर वस्तु वा सेवा प्रदान गरेको छ भनेर बुझ्नु अनविज्ञता हो। बजारको सिद्धान्तमा चलेको जो आफ्नो बजार आफै सृजना गर्छन् र त्यसैबाट लक्षित मुनाफा आर्जन गर्छन्। अर्थात उपभोक्तावादमा आवश्यक्ता सृजना गराईन्छ र आफ्नो बृहत् उत्पादनका वस्तु तथा सेवको माग पूर्ति गराएर मुनाफा बढाउदछन्। पुँजीवादमा त्यस्ता बजार केन्द्रित नाफामुखी संस्थाहरू सेवामुखी वा सेवाप्रदत्त संस्था नभएको सबैले होस् राख्नु पर्ने हुन्छ। नत्र यस्तो पृथ्वीमा रहेको मानव समाजको सभ्यता र अस्तित्व अन्तिम अवस्थामा रहेको थाहा पाउँदा पाउदै फेरिपनि मानवीय संवेदनशीलता बिर्सिएर नाफा खोज्नु र त्यसको सृजनामा लाग्नु पुँजीवादको विकार पक्ष हो। त्यस्ता मानव अस्तित्व संकटमा परेको बेलामा मौकाको फाईदा उठाउने भ्रष्ट मानसिकता भएको अमानवीय कार्य गर्ने कालाबजारीका वादशाह र सिपाहीहरू दण्ड र सजायको भागिदार हुन्।
त्यस्ता अमानुस जो अमानवीय कार्यमा संलग्न सबैलाई आजीवन पेशा व्यवसाय वा आर्थिक कारोबार गर्न दिने अधिकार बाट बन्चित गराईनु पर्छ। त्यस्ता सबै ग्रुप, निजी कम्पनी वा बहुराष्ट्रिय कम्पनीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा र हदै सम्मको दण्ड, सजाय र जरिवान गराएर सुधारको बाटो तिर जाने र सामाजिक हुने मौका दिनु पर्दछ।

No comments:
Post a Comment