Wednesday, April 1, 2020

डियर कमरेड!
समाजमा रहेको जातीय व्यवस्थामा मनोवैज्ञानिक अतिवाद नहुने हो भने, पौराणिक जातीय व्यवस्था वैज्ञानिक व्यवस्था मान्न सकिन्छ। यसले समाजमा एकता, सहमति, सहकार्य, नियमितता, विकास र सुव्यवस्था कायम गर्न सक्छ। तर अाज सम्म विविधता बिचको एकता स्थापित गराउन नसक्नुले नेपाली समाजले त्यसको भरपुर फाईदा लिन नसकेको वा लिन नचाहेको जस्तो संकिर्णता वा चेतनाको कमी देखिन्छ। नेपालमा जात वा वर्ण भन्नू बित्तिकै जोगिलाई देखेर भैंसी तर्सने र भैंसीलाई देखेर जोगी डराउने जस्तै भएको महसुस गर्न सक्छौं। जो सिङ्गो नेपालको बिग्रदो भविष्यको जवाफदेहिता समाज अाफैले लिनुपर्ने हुन्छ। निजी लोभ र स्वार्थले देशको विकासको गति विपरीत दिशातर्फ बहदैछ।
नेपाल र नेपाली समाज साँचैमा एक साझा फुलबारी हो। पृथ्वीलोकको स्वर्ग मानिने यो हाम्रो देश सुन्दरताको नमुना हो।
जथाभावी नगर सरकार नेपालको संविधान २०७२ ले हामी नागरिकलाई अधिकार सम्पन्न बनाएको छ। बाठो भएर विधिको शासन छोडेर असंवैधानिक कार्यमा नलाग। नत्र फेसो उखेल्ने बाँदरको कथा जस्तै हुनसक्छ। दुखपाईस मंगले, अाफ्नै ढङ्गले भन्नुको विकल्प हुदैन। म त रामराम भन्दैछु कामरेड, अरू काङ्ग्रेसीले त काँचै निलौला जस्तो गर्न सक्छ। शुभकामना कमरेड!

No comments:

Post a Comment