लाई:
पासुङ्ग,
बेलायत
बाट:
मानसिंह
नेपाल
पासुङ्ग,
बेलायत
प्रिय हृदयी एवं अादरणीय मित्र पासुङ्ग, सेवा!
हामी यहाँ अारामै छौं र वहाँ हजुरहरू पनि अारामै हुनुहुन्छ भन्ने विश्वासका साथ कामना सहित देवादीदेव महादेव किराँतेश्वरको दरवारमा हजुरहरूको सुखशान्तिको प्रार्थना गर्दछौं!
भन्नलाई हामीहरू यहाँ सबै ठिकै छौं पासुङ्ग। समय परिवर्तनशिल छ भन्छन् तर हामी, हाम्रो देश र समाजलाई तपाईले जस्तो छोडेर र जहाँ छोडेर जानू भएको थियो त्यस्तै अनि जहाँको त्यहीँ छौ भन्दा फरक नपर्ला। मानिसको शरीर र भौतिक संरचनाको स्वरूपमा निकैनै परिवर्तन अाएपनि समाजको संस्कृतिमा अलिकति पनि उत्तम परिवर्तन अाएको देखिदैन। अझ दलदल र संकटमा फस्दैछौं झनझन। समय बितिरहेको छ दिन दिनै तर त्यो समयलाई सदुपयोग न राज्यले गर्न सकेको छ, न त समाजले, न त व्यक्तिले नै। हामी त विश्वको कमजोर मुलुकहरूको पहिलो सूचिमा पर्ने राष्ट्रमा छौं। त्यसैले होला हामी नेपाली समाज दरिद्री, गरिबी र बाध्यतामा जिउने अादत परिसकेको रहेछ। अब हामी यस्तै सामाजिक संरचनामा जीवन त्याग गर्ने छौं जो निश्चित त। किनकि यहाँ त्यो संस्कारको संरचनालाई अझ विकसित र परिवर्तन गर्ने मन वचन र कर्मको मेल नभएको स्पष्ट देखिन्छ। जो परिवर्तन गर्न सक्छन् तिनिहरू त्यस् प्रकारको परिवर्तन पटक्कै चाहदैनन्। र जो परिवर्तन गर्न चाहना राख्छन् तिनको ताकत र शक्तिले भ्याउदै भ्याउदैन। यो समाजको एउटा पाटो भयो भने यस्तै अवस्थामा पनि नेपाली समाजले विश्वव्यापीकरण स्विकारेको त छ तर त्यसलाई अाफ्नो डङ्गले व्यवस्थापन गर्न नसकेको अवस्था देखिन्छ। विश्वबजारमा एक उपभोक्ता र दान मागीखाने हैसियत भन्दा माथि जान सकेको छैन्। त्यसको प्रमाण राष्ट्र व्यापार घाटा र प्रतिव्यक्ति ऋण कति रहेछ भन्ने तथ्यांकले सजिलै अनुमान लगाउन सकिन्छ। यो विश्वबजारीकरण र विश्वव्यापीकरण बाट कुनै लाभ लिन सकेको छैनौं। अाफुले उत्पादन गर्ने भन्दा उपभोक्तावादको भूमरीमा पसिसक्यौं। देहव्यपार र जुवालाई पाप मान्ने हाम्रो समाज तर त्यसैको नाममा विश्वको अागन्तुक भित्रियाएर केही मुलुकले अाफ्नो देशलाई सफल र सबल बनाउन सकेको देखिन्छ तर हाम्रो मन्दिरै मन्दिरको शहर, समाज र राज्य हुदापनि खै कुन देवताको कुदृष्टि परेको हो थाहा छैन। र कतै कुनै सम्भावना देखिन्न। तर पनि हामी सगरमाथाको देश र बुद्ध जन्मिएको देश हो भन्न छाडने छैनौं किनकि त्यो पनि खरितेहरूले खरिदने र दलालहरूले बेच्छन भन्ने डर भईसक्यो। कसैसँग ईमानदारी मात्दङ्को।
पासुङ्ग तपाई त एक ऐतिहासिक कालखण्डमा घाम नअस्ताउने शक्तिशाली मुलुक बेलायतमा हुनुहुन्छ जहाँ मानवता छ, मानव अधिकार छ। जहाँ लोकतन्त्र छ, उदार प्रजातन्त्र छ। मानिसले मानिसलाई मानिसकै नजर बाट हेर्छन् जहाँ मानिस हुनुको गर्व छ। तर यहाँ विविधता बिचको एकता भनेर राज्यको मुल कानुन संविधानको पहिलो पानामा लेखिएको भएपनि हामी मन, वचन र कर्मले एक हुन नसकेको अझै झल्कन्छ, खै कसको अाँखा लागेको हो! यहाँ मान्छेले मान्छेलाई मान्छे मान्दैनन् अनि त्यस्तैले अाफुलाई मान्छे ठान्छन् र अरूले मान्छे मानीदिनु पर्ने अरे। यहाँ हामी मान्छेको नाममा सिङ पुच्छर नभएको बोल्न सक्ने र बुद्धिमा दुईखुट्टे पशुझै बाँचिरहेका छौं। हेर्दा मानिसहरूको बसोबास जस्तो शहर देखिन्छ तर जंगल राज छ। जसको शक्ति उसको भक्तिका भक्तजन र कार्यकर्ताहरू प्रशस्त पाईन्छ पहिलेको भन्दा अझ बढेको छ।
अन्त्यमा, नेपाली समाजमा गहिरो गरि गढेर बसेको संस्कारको संस्कारमा विश्वव्यापीकरण संग हातेमालो गर्ने संस्कारको विकास हुदैन तब सम्म महादेवको तेस्रो नेत्रले पनि भस्म बनाउन सक्दैन त्यो विकास र समृद्धि ल्याउन नदिने संस्कार। राष्ट्रियताले अोतपोत तपाईं र तपाईं जस्ता सम्पुर्ण पासुङ्गहरू त्यहाँ बाट फर्केर अाफ्नो देश अाउदा इष्ट मित्र, छरछिमेकी, नाता गोतालाई जे जे कोसेली भेटी ल्याएपनि मेरोलागि र यो नेपाली समाजकालागि अलिकति ईमानदारीता र मानवताको संस्कारको जोडन लिएर अाउनु हुनेछ भन्दै हजुर संग अाफ्नो गाउँ ठाँउ घुमफिर गरेको र अाफ्ना अाफन्त संग भेटाघाट गरेको बहुतै याद अाउछ। त्यही तपाईंको पवित्र प्यार, विश्वास र प्रगाढ मित्रताको सम्झनाकासाथ फेरि सुख दुखका बात सहित भेटने बाचाका साथ विदा हुन्छौं।
उहीँ हजुरको प्रिय मित्र मानसिंह!
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्!
#जयनेपाल
मानसिंह
नेपाल

No comments:
Post a Comment