Wednesday, April 22, 2020

माछो माछो, भ्यागुतो

             देश भित्र भित्रिएको सुन पक्रिनु मात्र आम निर्वाचनमा भाग लिदै दुई तिहाईको मतदान गरेका हैनन् ती न्याय, विकास तथा समृद्धि प्रेमी जनताले। युरोप अमेरिका बनाउने क्षमता रहेको जोश र मेहनतले भरिपूर्ण, बाहिरीन बाध्य बनाएको त्यो युवाशक्ति र परनिर्भरता एवं आयातका कारणले बेहोर्नुपरेको व्यपार घाटा बाट बाहिरिने गरेको त्यो पैसा रोक्न पठाएका हुन् सरकारमा। 
              अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक आधिकारीक राष्ट्र हो नेपाल। राष्ट र राष्ट्रियता संग जोडीएको जनताको मान, सम्मान र भावना कुनै कबड्डी कबड्डी खेल्ने कोर्ट हैन। "माछो माछो, भ्यागुतो" खेलाउने पालोका लागि पठाएका हैनन्, न त "चि मुसी ची, चि मुसी ची, तेरो बाउ मेरो बाबू.." खेल्न। 
              धरै नबोल, चटके-जादुगर जस्तो कार्य नगर, फेरि पालो आउने वातावरण बनाउ। जनताले सुम्पिसकेका छन्, राजिनामा पास गर्देका छन्, देशको लालपुर्जा, धनिपुर्जा तिम्रो हो, मोहियानी खोज्ने कोही छैनन्। निर्धक्क हौं। त्यो भाग तिम्रो हो, त्यसको हकदार तिमी नै हौ तर नोक्सानको भागिदार नबनाउ देश र जनता लाई।

No comments:

Post a Comment