अन्तर्राष्ट्रिय नारी दिवस किन मनाईन्छ र शुभकामना कसलाई ?
विश्वव्यापी रूपमा असामाजिक अभ्यास जस्तै शोषण, विभेद, अन्याय साथै असमानतामा राखेर रमाउने त्यो प्रवृत्ति, विचार तथा पितृसत्तात्मक संस्था नै हो मान्दछ समाजशास्त्रले । त्यो असामाजिक क्रियाकलापले आफुलाई विनिर्माण गरि पुनःनिर्माण गर्दै न्यायीक र सभ्य समाजको पुनःस्थापनामा लाग्नुको विकल्प नखोजी नारीलाई सिमान्तकृत गर्नु अव्यवहारिक र अवैज्ञानिक हो । न्यायीक समाज गठन गर्न गुणस्तर चेतना नै पहिलो र अन्तिम निर्धारक पक्ष हो जो समाजको विकास संग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्यसै मध्ये नारी मुक्ति तथा अवसर र सहभागीतामा समानता पनि एक हो । शुभकामना त्यस चेतना, प्रवृत्ति तथा संस्थालाई जरुरी छ जो सधैं असमानतामा रमाउन चाहान्छ, नकि लिङ्गको आाधारमा नारीलाई । आफ्नो लाभकालागि नारीको प्रयोग गर्ने र उपभोक्त बनाउने साथै मूल्य मान्यता र परंपराको नाममा नारी क्षमतालाई कैद गर्ने त्यो बनिया, निरंकुश साथै असामाजिक पुँजीवादी पितृसत्तात्मक संस्थालाई शुभकामना ।
आजकै दिनमा अन्तर्राष्ट्रिय रूपमा विश्वसमाजले मानाउने गरेको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा न्यायिक समाज निर्माणमा लागेका तर स्थापना गर्न नसकेका प्रयासरत विश्वसमाजलाई सुन्दर एवं गुणस्तर चेतनाको शुभकामना । म र म जस्ता पितृसत्ताका प्रतिक्रियावादी प्रवृत्तिका सिपाहीलाई हार्दिक शुभकामना ।
No comments:
Post a Comment