Thursday, March 3, 2022

त्यसैले म भन्छु एमसिसि चाहिन्दैन।

 श्री छविन्द्र राई, उदयपुर: बैदेशिक अनुदान र ऋणले मात्र देश बिकास हुन सक्दैन महाशय हो। धेरै टाढा नजाउँ हाम्रै सार्क राष्ट्र अफगानिस्तानलाई हेरे पुग्छ।

        शितयुद्धकालीन समयमा अफ्गानिस्तानलाई आफनो पक्षमा पार्न अमेरिका र सोभियत संघले प्रतिष्पर्धा गर्दै सहयोगको खोलै बगाए। अन्तत सोभियत संघले हस्तक्षेप गरेर कम्युनिष्ट शासन स्थापना गरे। सोभियत संघको कठपुतली सरकार गिराउन अमेरिकाले ठूलो धनराशी खर्चेर मुस्लिम एकताको नाममा तालिवानलाई जन्माउने हुर्काउने पालन पोषण गर्ने काम गर्यो सन्सारभरका मुस्लिमहरु तालिवानमा समाबेश भए। कम्युनिष्ट सरकारको बिरुद्धमा छापामार युद्ध शरु गरे। अन्तत कम्युनिष्ट सरकार ढलेर तालिवानको हातमा सत्ता गयो।

      अमेरिकाको नेतृतवमा २८ राष्ट्र सम्मिलित बहुराष्ट्रिय सेनाद्वारा इराकमाथि आक्रमण गर्ने भए। यो आक्रमण मुस्लिम एकताको खिलाफमा थियो त्यसैले तालिवान साथै अलकायदा नेता ओस्माबिन लादेनले त्यसको बिरोध गरे तर आक्रमण गरेरै छाडे। त्यसको बदला स्वरुप अमेरिकाको ट्विन टावर ध्वस्त गराइयो। त्यसको जिम्मेवारी अलकायदाद्वारा लिइयो। उक्त समय अलकायदाका ओस्माबिन लादेन अफगानिस्तान बस्ने भएको हुँदा उनलाई सुपुर्दगी गर्न अमेरिकी सरकारले तालिवान सरकारलाई अनुरोध गर्यो तर तालिवान सरकारले उक्त आग्रहलाई इन्कार गरि दिए। फलस्वरुप अमेरिकाले त्यही निहुँमा अफ्गानिस्तान बिरु्द्ध युद्धको घोषणा गरे केही दिनको युद्ध पश्चात् अफ्गानिस्तानको तालिवान सरकारले अमेरिका सामु आत्मसमर्पण गर्यो। हमिद कारजाईलाई राष्ट्रपती बनाएर अमेरिकी कठपुतली सरकार बन्यो। त्यस पछि अमेरिकाले पुन सहयोगको खोलै बगायो। तालिवानले अमेरिकी कठपुतली सरकारको बिरुद्धमा छापामार युद्ध जारी राख्यो। अन्तमा अमेरिकाले अफ्गानिस्तान तालिवानलाई छाडेर गयो। त्यस उप्रान्त हालत के भयो सबैले देख्दै र सुन्दै आउनु नै भएको छ सबैले।

              त्यसैले म भन्छु एमसिसि चाहिन्दैन। 

श्री छविन्द्र राई, उदयपुर

No comments:

Post a Comment