Thursday, March 3, 2022

साम्यवाद आफैमा उत्कृष्ट स्वरूप

 डियर कमरेड!

माक्र्सवादको करोडौं अर्थरूपि कोषहरू मध्ये एक कोषलाई बुझ्न खोज्दा उत्पादनको स्वरूप मध्येका साम्यवाद आफैमा उत्कृष्ट स्वरूप हो। जो सामाजिक पृथ्वीमा राज्य र वर्ग विहीन अर्थात वैज्ञानिक आदिम समाजको कल्पना गरिएको आदर्शवाद हो। यसैलाई मध्यनजर गर्दा विश्व समाज एक समाजको कल्पना गरिएको छ जहाँ राज्य, राष्ट्र साथै त्यस संग जोडिएको भावना राष्ट्रियताको कुनै तुक हुन्छ मान्दैनन्। माक्र्सवाद आफैमा अति उदारवादी वाद देखिएको स्पष्ट हुन्छ।

अब प्रसंग यहाँ आउछ कि आफुलाई साम्यवादका अभियान्ता मान्ने व्यक्ति वा संस्थाले "जय नेपाल" प्रयोग नगर्नु खराब देखिन्न। आजको विश्व विश्वसमाज पनि यही धारणा र मानवतावादी दृष्टिकोण अन्तर्गत अघि बढेको देखिन्छ। विश्वमा वा युरोपमा यस्ता दृष्टिकोण राख्ने राष्ट्र र मानिसहरू पनि छन् जसका लागि राष्ट्रवादी नारा अतिवाद मानिन्छ। कुनै समय परिस्थिति र परिवेशमा राष्ट्रियता, राष्ट्रवाद एवं राष्ट्रवादी नारा अतिवाद हुन सक्छ अर्थात मानवतावादी साम्यवाद विपरीत हुन जान्छ। भने कुनै समयमा त्यसैको पवित्रता, धर्म र नैतिकताले आफु आफु बिचमा प्रगाढता वा मेल पनि ल्याउन सक्छ जो केही हाम्रो जस्तो राष्ट्रकालागि विकास र समृद्धिको अचुक मन्त्र बन्न सक्छ र बनेको पनि प्रशस्तै छन्। 

सन्तुलित राष्ट्रवादी दृष्टिकोणलाई पनि सलाम!

मानवतावादी साम्यवादी दृष्टिकोण लाई पनि सलाम!!

मानव र समाज दुवैलाई अध्ययन गर्ने दृष्टिकोणलाई सलाम!!!

#जयनेपाल 

#साम्यवादी_अभिवादन


No comments:

Post a Comment