स्व. तिम्सिना प्रति भावपूर्ण श्रद्धाञ्जली
विश्वव्यापीकरण संग हाडनाताको सम्बन्ध भएको आधुनिकीकरण र विज्ञान तथा प्रविधि मानवकालागि अवसर देखिएपनि यो वास्तवमै घातक बन्दैछ । अौंलामा गन्ती गर्न सकिने पूँजीपति व्यक्ति, समूह, संस्था तथा राज्यहरूले आफू शक्तिशाली बन्न, आफ्नो नाफाको वृद्धि गर्न, नाफाको नामको असामाजिक तथा वैधानिक चोरी डकैतिको कुलतमा फँसेकाहरूले विश्वमानवको दैनिक संस्कृति र जिविकोपार्जनमा आफुपायक कब्जानै गरेका छन् । मानवको जीवन र मृत्युको प्रकृतिको फैसला गर्दछ ।
हिजोको सरल समाजमा जन्म, दैनिक जीवन व्यवहार र मृत्यु सामान्य र प्राकृतिक हुन्थ्यो । तर जब पश्चिमा पूँजीवादी समाजले विश्वव्यापीकरणका नाममा विज्ञान तथा प्रविधिलाई सस्त्र र शास्त्रको रूपमा प्रयोग गरि विश्वसमाजलाइ आधुनिकीकरण गर्ने अभियानमा लागे तब शक्ति राज्यलाई अवसर भएपनि कमजोर मुलुक तथा सरल समाजलाई भने चुनौती र जोखिम बढी रहेको अनुमान लगाउन सकिन्छ ।
आजकलको मृत्युको प्रकृति हिजोको सरल समाज भन्दा अजिबों गरिब रहेको छ । मृत्युलाई अस्पतालमा आफ्नो सबै जायजेथा बेचेर खरिद गर्नु पर्दछ । मृत्युको प्रकृतिको अध्ययन गर्दा उमेरदारी जवान मान्छे सुतेको सुतै हुन्छ जसले भोलिको सूर्य देख्न पाएका हुदैनन् । अर्को पट्टी सवारी दुर्घटना पनि मृत्युको मुख्य कारक बनेको छ । हिजोको सरल समाजमा मानव जीउनकालागि जीउथे, न्याय, परोपकार तथा मानवतावादकालागि जीउथें तर वर्तमान समाजका मानव हरेक पाईलामा रहेको मृत्युको जोखिम टार्न बाँच्न संघर्ष गरिरहेका हुन्छन् ।
विकास र आधुनिकीकरणका नाममा भईरहेको क्रियाकलाप वा संस्कृति अन्य मुलुक संगै नेपाली समाजलाई पनि चुनौतीपूर्ण छ । नेपाली समाज जस्तो संस्कृति संकरमणको कालखण्डमा रहेको राज्यले मृत्युको कारणमा बृहत् छलफल गरि संस्कृति पुनःनिर्माण गरि शाश्वत मृत्युलाई अकाल मृत्युबाट टार्न सक्नु पर्छ हामी मानवले । हामी मानव जीव बाँच्नकालागि मात्र सधै संघर्ष गरिरहने कि, सिङ्गो मानव सकारात्मक खुशी वृद्धि, उच्च जीवनप्रत्याशा, गुणस्तर जीवनकालागि भन्ने अध्ययन, चिन्तन र बृहत् छलफल गरि सामाजिकीकरण सहित संस्कृति पुनःनिर्माण गर्न अग्रसरता देखाउनु पर्दछ ।
यदी आज कोही व्यक्ति तथा परिवारले निजी अस्पतालमा आफ्नो सबै जायजेथा बेचेर/सकेर महंगोमा स्वस्थ र मृत्यु खरिद गर्नु पर्दछ भने, सडक/सवारी दुर्घटनाबाट ज्यान अकालमा गुमाउनु पर्दा, दिर्घरोग वा कम/उच्च रक्तचाप भएकै कारण अजिबों गरिब मृत्यु हुन्छ भने, त्यो आज उस्लाई परेको भनेर हेरेर बस्नेहो र पाठ नसिक्ने हो भने निश्चित रूपमा भोलि त्यसले सबैलाई पालैपालो सिकार बनाउनेछ ।
त्यसैले पूँजीवादलाई सच्याउन, पूँजीवादलाई समाप्त गर्न, पूँजीवादले बैसाखी बनाएका यस्ता आधुनिकीकरण, उदारवाद, विश्वव्यापीकरण, विज्ञान तथा प्रविधिलाई नियन्त्रण, निर्देशन र परिमार्जन गर्न संस्कृति संक्रमण बाट उठेर वैज्ञानिक र व्यवहारिक साथै मानवतावादी सामाजिक संस्कृति पुनःनिर्माण गर्नु पर्ने हुन्छ । जसले अकालमा हुने मृत्यु टार्न सकोस, गुणस्तर जीवन साथै जीवन प्रति आशा उच्च बनाउन सकोस् । जीउने रहर रहेसम्म अौसत आयु जीउन गुणस्तरीयताका साथ पाउने साथै अकाल, भवितव्य, र दूर्घटना बाट मृत्यू टार्न हर प्रयास गर्नु पर्दछ विश्व मानवले ।
जीउने तिब्र इच्छा जोस, जाँगर भएका परोपकारी एवं सामाजिक व्यक्तित्व जेष्ठनागरीक आदरणीय श्री डण्डीराम तिम्सिनाले दैनिक आउने जोखिम टार्न सकेनन् । आधुनिकीकरणले निर्माण गरेको आधुनिक युगमा आधुनिक काल रूपि यमराजले आधुनिक सडकमा सवारी दुर्घटना गराएरै उहाँलाई पनि आफ्नो सिकार बनाईकन छाड्यो ।
मिति २०७८ चैत्र १३ गते आइतबार(चैत कृष्ण दशमी)का दिन उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.१० अन्तर्गतको मदनभण्डारी लोकमार्गमा सवारी दुर्घटनामा परि असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ ।
एड्वकेट राजकुमार र गुरूराज साथै उमा तिम्सिनाको पुज्यनीय पिताजी स्व. डण्डिराम तिम्सिना प्रति आत्माको शान्तिको कामना गर्दै स्वर्गमा बास होस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुखःद घडिमा सकाकुल परिवारमा सोकलाई शक्तिमा बदल्ने साहस इश्वरले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।
भुवनमान श्रेष्ठ
जिल्ला सदस्य,

No comments:
Post a Comment