Wednesday, March 2, 2022

समाजलाई वैज्ञानिक, व्यवहारिक साथै आध्यात्मिक बनाअौं

 विविधताले मनाउदै आएका वा मनाउने गरेका पवित्र चाड पर्वको नाममा विभिन्न पक्षबाट हुने गरेका भड्किलो क्रियाकलाप के के हुन साथै कस्ता कस्ता अन्धविश्वासी अभ्यासलाई भड्किलो मान्न सकिन्छ ! समाजलाई वैज्ञानिक, व्यवहारिक साथै आध्यात्मिक बनाउने जिम्मा कसको !


विभिन्न संस्कार, संस्कृति, मूल्य, मान्यताका नाममा जब सम्म हामीले अन्धविश्वास लाई निजी, पारिवारिक तथा सामाजिक जीवन र अभ्यास बाट परास्त गर्न सक्दैनौं तब सम्म हाम्रो सुख र खुशीको सम्बोधन गर्न सक्ने विकास र रूपान्तरणको बाधक हामी नै हौं भन्ने कहिले बुझ्ने ! म स्पष्ट छु, यो देशको विकास र समृद्धिको बाधक र साधक मै हुँ भनेर । किनकि यो देश र समाज हाम्रो हो, सपार्ने र बिगार्ने पनि हामी नैं हौं भनेर । राष्ट्र सम्पन्न र शक्तिशाली पनि हामीले बनाउने हो र समाजलाई व्यावहारिक र वैज्ञानिक पनि हामीले नै बनाउने हो नकि अन्यले ।


यो राज्य र समाज अरूले गर्दा यस्तो भयो, त्यसले गर्दा यस्तो हुनेछ भनेर मान्ने दृष्टिकोण बौद्धिक दृष्टिकोण नहुन पनि सक्छ । यदि यसो हो भने चेतनाको स्तरमा गुणस्तरको मात्रा बढाउन तर्फ उन्मुख हुनु पर्दछ, त्यही उत्सुकताको स्वभाव मानव हुनुको प्रमाण हो, जसले मानवतामा हुने सम्भावनाको संकेत गर्दछ । मानव चेतनाको सम्भावना कति छ भनेर यकिन गर्न नसकेपनि मानव मात्रमा अदभूत सम्भावना रहेको हुन्छ भन्ने प्रमाणीत छ । मानवको हरेक अभ्यास र प्रयोग चेतनाकालागि हुनुपर्दछ भने हरेक क्रियाकलाप र अभिव्यक्ति चेतनाबाट हुनु पर्दछ । मानव चेतनाले नै मानव, राष्ट्र, समाज र विश्वसमाजलाई वैज्ञानिक, व्यवहारिक र आध्यात्मिक बनाउन सक्नेछ ।




No comments:

Post a Comment