Thursday, March 3, 2022

पृथ्वी तेरो मेरो हैन हाम्रो हो

 पृथ्वी तेरो मेरो हैन हाम्रो  हो


कसैले पृथ्वी मेरो हो भन्दैमा उस्को पेवा हुने र कसैले मेरो भनेर दावी विरोध गर्यो भन्दैमा पृथ्वी मेरो हैन भन्ने यस्ता दुवै सोच अतिवादी (extremist) सोच हो । यो पृथ्वीमा सम्पन्न र शक्तिशाली अमेरिकाहरू (strong and powerful states) को जति अधिकार छ त्यति नै अधिकार तिनै द्वार शोषित (discriminated) , विभेदित (subordinated) , गरिबीले निराश साथै असंतुष्ट (frustrate and agressive) नेपाली समाजको हैन भन्नू मिल्दैन । प्रकृतिमाता (mother nature) द्वारा प्रदत्त पृथ्वी ग्रह, मानव जगत (social world) साथै हरेक राजनीतिक राज्य (political states), सबैको समान अधिकार रहेको साझा थलो हो । आफ्नो हक जताउने, साथै यो पृथ्वी अरूको पनि हो भन्न मान्न नसक्ने र पृथ्वी सक्नेको हो तथा उसैको हो सोच्ने र त्यस प्रति अाफ्नो हक नजताउने, दुवै मानसिक दरिद्री होईन मान्ने ठाँऊ छैन ।


स्व. राजा पृथ्वीनारायण सबैका साझ हुन् । कसैले तेरो मेरो गरेर कसैको हुने र नहुने हुदैन । जे गर्नु थियो गरिसके, तर स्व. हिटलरलाई त्यहाँकाले मनपराए पनि मन नपराएपनि जर्मनीका थिए, हुन र रहनेछन् । पृथ्वीनारायण न कसैको पेवा हो न कसैको शत्रु । पृथ्वीनारायण सबैको साझा हो भन्न नसक्नु वा पृथ्वीनारायण त्यसैको मात्र निजी हो मान्नु अतिवादी धारणा हो । पृथ्वी ग्रह हामी जीवजलाचर, पंक्षी, मानव सबैको अस्थायी साझा बासस्थान हो भने तितो मीठो ऐतिहासिक सन्दर्भ बोकेको स्व. पृथ्वीनारायण तेरो मेरो हैन हामी सबैको साझा इतिहास हो । पृथ्वी हाम्रो हो । यो ब्रह्माण्ड हामी सबैको । 


ऐतिहासिक सन्दर्भ (historical context)लाई अालोचना वा प्रसंसा गरेर आफु र आफ्नो समयलाई बर्बाद गर्नु भन्दा वर्तमान सुधारेर गुणस्तर भविष्यको निश्चितको अभ्यासमा लाग्नु वैज्ञानिक र व्यवहारिक हुनेछ । स्व. पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्नु र दानवियकरण गर्नु दुवै मानसिकता गलत हो तर दुवै एक आपसका शत्रु हैन, बरू नातावाद (nepotism), कृपावाद (favouritism), अन्धविश्वास (superstition) साथै बेईमान गर्ने र सहने तथा घुस लिने र दिने सबै प्रवृत्ति यो समाज तथा राज्यको शत्रु हो । 


पृथ्वी जयन्ती सबैको साझा र सबैकालागि समानता र न्यायको अवसर बन्न सकोस् । हरेक पृथ्वी जयन्तीको अवसरमा नेपाल, नेपाली र मानव जगतको एकता, सद्भाव एवं सुन्दर र गुणस्तर भविष्यको कामना ।


No comments:

Post a Comment