Tuesday, July 30, 2024

पुँजीवादको सिकार हो मानव

 पुँजीवादको सिकार हो मानव



पुँजीवादका चरित्रहरू मध्ये प्रमुख विशेषता हो आर्थिक संकट (Economic Crisis), आर्थिक मन्दी (Economic Depression), आर्थिक संक्रमण (Economic Transition) । यस्ता आर्थिक संकट, मन्दी र संक्रमणले सामाजिक मात्र नभई व्यक्तिगत जीवनमा पनि गहिरो प्रभाव परेको हुन्छ । पुँजीवाद द्वारा सृजित आर्थिक मन्दीका कारणले मानव समाजको दैनिक जीवनमा जटिल समस्या र अकल्पनीय घटनाहरू घटिरहेको हुन्छ । आफुलाई परेको छैन भनेर यस्ता घटनालाई सामान्य रूपमा लिने गरेको पाईन्छ तर अन्नत्वगत्व यो पुँजीवादले हामीलाई पनि जटिलता र संकटमा धकेल्ने निश्चित हुन्छ । उस्लाई त खाएको हो भनेर दर्शक भएर बस्छौँ । तर उस्लाई खाने बाघले हामीलाई पनि खान्छ/खानसक्छ भनेर स्वयंका लागि सम्म सोच्ने फुर्सद निकाल्दैनौँ । 


समाज रूपान्तरण, परिवर्तन र विकासको चरण हो पुँजीवाद (Capitalism) जसलाई स्विकार्नुको विकल्प छैन । तर यसको चरित्रमा भएको जटिलता र संकट सृजना गर्ने चरित्रलाई घटाउदै लान सक्नु पर्दछ जो कदापि असम्भव छैन । त्यसैले पुँजीवादलाई पनि समाजवाद उन्मुखकालागि सामाजिक संस्था तथा व्यक्तिले प्रयास र अभ्यास अनिवार्य गर्नु पर्दछ । जसरी मानव तथा समाजको जटिलताको एक मात्र प्रमुख कारक पुँजीवाद हो त्यसरी नै यसको समाधानमा निर्विकल्प समाजवाद (Socialism) नै हो । मानव समाजले निर्माण र अभ्यास गरेको पुँजीवाद मानव जीवनकालागि अत्यन्त घातक बनेको स्पष्ट छ । यसलाई समयमै विनिर्माण वा पुनःनिर्माण गर्न सकिएन भने यो पुँजीवादले मानवको जीवन सँग खेलवाड गरिरहनेछ । 


पुँजीवादलाई समयमै सिकार गर्न नसके यसले हामी मानवलाई ढिलो चाँडो, पालैपालो सिकार गरिरहने छ । एकातर्फ पुँजीवादले सिकार गर्ने मानवलाई हो भने अर्को तर्फ दोहन गर्ने भनेको प्रकृतिलाई नै हो । सिकार गरेपनि र दोहन गरेपनि मानव जीवन र मानव तथा सम्पूर्ण जीवको प्राण माथि खेलवाड गर्ने पुँजीवाद राक्षसी प्रवृति भएको हिंस्रक र हत्यारा हो ।

No comments:

Post a Comment