राज्यको छेपारे विकास अवधारणा
हामी नेपालीको प्रवृत्ति र सँस्कृति ठ्याक्कै हिउदको रातमा जाडो हुदा भोलि चै मुढा काटेर बाल्छु भन्ने छेपारोको कथा जस्तो । दिनभरि उत्तानो परेर घाम ताप्ने त्यो छेपारे प्रवृत्ति विकसित र समृद्ध नेपाली समाज निर्माणको बाधक मात्र नभई घातक रोग पनि हो । विचार चोगेँ ।
नेपाल सरकारका तिनै तहमा निति तथा योजना र कार्यान्वयनको दुरदर्शिता र दिगो विकासको अवधारणाको पक्षमा कागजमा रहेको बौद्धिकता, व्यवहारिकता, र वैज्ञानिकता मसख्य कारक हो । व्यवहारिक पक्षमा धेरै अभाव देखिन्छ विकासको bottom up approach मा पनि । त्यसैले हो राज्यले नागरिकको सामाजिक, न्याय-सुरक्षा तथा मौलिक हक तथा मानव अधिकारका विषयमा गुणस्तर डेलिभर गर्न नसकेको । नेपलको साझा समस्या हो लामो र दिगो सोच्न र गर्न नसक्ने चाहे त्यो राज्य पक्षमा होस्, समाज पक्षमा होस् । यस्त विषय र पक्षलाई स्विकार्दै र सुधार्दै लानु पर्दछ ।
वडा अध्यक्ष, स्थानिय पालिका प्रमुख, संसद र मन्त्री विषय विज्ञ हैनन् तर स्वयंलाई विषय विज्ञा ठान्ने गरेको स्पष्ट छ तर ती पात्र जनप्रतिनिधि मात्र हुन । सबैमा यो कुरा नमिल्ला तर हैन भन्न सकिन्न । निर्वचित भईसकेपछी स्वयंलाई विषय विज्ञ (भस्मासुर) ठान्ने प्रवृत्ति र सँस्कृति दक्षिण एसिया तथा नेपालको जो छ त्यो विकास र समृद्धिकालागि अत्यन्तै घातक छ । त्यसैले सम्बन्धित निकायले समयमै विषय विज्ञहरूलाई खोज अध्ययन गर्न लगाई कार्यान्वयनमा जान र लान सक्नु पर्दछ ।
प्रतिनिधिको पक्षबाट दलाल, नश्लवादी, जातिवादी, धार्मिक अतिवादी, नातावादी, कृपावादी, भाग्यवादी, कर्मफलवादी र चाप्लुसीवादी बाट टाढा रहेर विषय विज्ञको बीचमा बस्ने र निर्णय लिएर कार्य गर्न सके कार्यकाल सफल हुनेछ । राज्य तथा स्थायी अस्थायी प्रतिनिधिमा गढेर बसेको छेपारे विकासको प्रवृति र व्यवहारिकता बाट जतिसक्दो चाँडो निक्लन वा छोडन सके नागरिकलाई गुणस्तर डेलिभरी गर्न सकिनेमा कसैले रोक्न सक्दैन । शुभकामना !
कृतिम र प्राकृतिक विपत्ति सबै हामीलाई लागोस्
प्राकृतिक प्रकोपमा हामी करदाता मतदाता र कतै नभएको राष्ट्रवादी एवं उच्च तथा शासक वर्गको सुशेच्छुक नागरिकलाई जे जे भएपनि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रतिनिधि र कर्मचारीहरूलाई केही नहोस् !
सिंहदरबार, मन्त्री क्वाटर, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको सितल निवास, मुख्य मन्त्री तथा मन्त्रीका मन्त्रालय र क्वाटर, स्थानिय प्रमुख तथा वडाको कार्यालय र अख्तियारवाला प्रतिनिधि तथा व्युरोक्रयाटहरू प्राकृतिक प्रकोपबाट सुरक्षित भए पुग्छ । उहाँहरूलाई केही नहोस् ! नुहाउदा केस पनि नझरोस्, हिडदा ठेस सम्म नलागोस् !
"नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ,कास्की लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति भएको छ। यी घटनाले मर्माहत बनाएको छ। हाम्रो भौगोलिक बनावट निक्कै संवेदनशील छ तर पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अबलम्बन हुन सकेको छैन।भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने हाम्रो तरिकाले पनि यस्ता दु:खद घटना बढिहेका छन्।अर्कोतर्फ घटना घटेपछि मात्र संबेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्व तयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ। भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरुप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाइ गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ। यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ।" मा. गगन थापा
विपत्तिको समयमा एक हौँ !
जय नेपाल !

No comments:
Post a Comment