डरपोक मानव
मानव डरपोक छ । भोक, तिर्खा र निन्द्रा देखि डराउदछ मानव । भोक मेटन अन्न, तिर्खा मेटन पानी र निदाउन सुरक्षीत स्थान प्रबन्ध मिलाउनकालागि क्रिया अन्तरक्रिया गरिरहेको हुन्छ । किनकी भोक, तिर्खा र निद्रा मानव जीवनको प्राण सँग सम्बन्ध राख्दछ । त्यसैले मानव अन्नकालागि उत्पादन सँग जोडिने, पानीकालागि प्रकृतिको सँरक्षण गर्ने र निन्द्राकालागि सुरक्षित स्थानको छनौट गरि बासस्थानको निर्माण गर्ने गर्दछ । तर पुँजीवादले मानवलाई अर्थ प्रधान सँस्कृतीको ईन्जेक्ट गराईदिएको छ । मानवमा यति डर पसेको वा पसाईएको छ कि आफ्नो र परिवारको भोक, तिर्खा र निन्द्राकालागि अर्को मानव तथा परिवारको भागको अन्न, पानी र बास खोस्नमा लागेको र लगाएको देखिन्छ । त्यही अभद्रता र अमानवीय क्रियाकलापलाई पुँजीवादले उत्प्रेरित गर्दै सदर गरेको छ । राज्यले पनि त्यसैलाई कानुनी मान्दछ ।
उत्पादन सँग नजोडिएकाहरूमा तुलनात्मक रूपमा त्यो भोक, प्यास र निन्द्राको भय अत्यधिक देखिन्छ । उत्पादन सँग जोडिएका किसान मजदुर त्यस मामलामा निर्भय देखिन्छ । प्रकृतिको दोहन, हिंसात्मक, अपराधिक र अमानविय कार्यमा संलग्नता तिनै अर्थकेन्द्रित पुँजीजीविको पाउन सकिन्छ । मानिसको शान्ति, अमन चैन र सम्पत्ति कसरी र कहिले खोस्ने भन्ने योजनामा हुन्छन् हरप्रहर । तर त्यो पुँजीजीवीको जीवनमा रहेको प्राणलाई बचाईरहने ती खाद्य र पोषण उत्पादन सँग जोडिएको, प्रकृति संरक्षक किसान मजदुर उदार, कारूणीक र मानवतावादी हो भनेर ठोकुवा दिन सकिन्छ ।
अन्न उत्पादन दिने जल, वायु, जमिन लगायत स्रोत तत्व बाहक प्रकृतिको रक्षा, अन्न उत्पादन गर्ने मानव साधनको सुरक्षा र सशक्तीकरणमा समयमै लाग्न नसके ढिलो चाँडो मानव जीवनले भोग्ने जटिल परिस्थितिको सामना गर्न तैयार रहनु पर्ने हुन्छ । त्यसैले मानव प्राणकालागि पवित्र खाद्य उत्पादन गर्ने कृषि गर्ने कृषकको स्थान बरियता क्रममा सबैभन्दा माथी हुनु पर्दछ । देवतावादीले देवता भन्दा माथी, ती बौद्धिक भन्दा पनि उच्च, र विभिन्न कथित शक्तिशाली पदभन्दा पनि माथी मान्नु पर्दछ ती किसानहरूलाई जसले कठिन र प्रतिकुल परिस्थितिमा पनि उत्पादन गर्न निरंतर लागिरहेका छन् ।
सलाम ती सम्माननिय किसान मजदुरहरूमा !
✊

No comments:
Post a Comment