समाजको रोगका कारण हो अस्थिरता न कि संविधान
संविधान भन्दा माथि हुने रहेछ नियत र नैतिकता । नियत र नैतिकताले संविधानलाई चन्दन बनाउने कि ट्वाईलेट पेपर बनाउने भन्ने निर्धारण गर्नेहुदो रहेछ । त्यसैको उदाहरण हुन सक्छ वेलायत, अमेरिका साथै कल्याणकारी राज्यहरू त्यस्तै नेपाल ।
कुनै राज्यको समाज तथा नेताहरूमा रहेको नियत र नैतिकताले सामजको विकास र समृद्धि निर्धारण हुने हुन्छ रहेछ । राजनीतिक स्थिरता/अस्थिरताको जग समाजको संरचनामा रहेको सँस्कृति र मूल्य-मान्यताले निर्धारण हुन्छ रहेछ न कि संविधान र संविधानको धाराहरू ।
संविधानको मर्म र भावना सँग खेलवाड गर्ने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सदस्य, प्रतिनिधि तथा अख्तियारवालाहरूको नियत र नैतिकतामा रहेको गुणस्तरका कारणले कुनै राज्यको अवस्था निर्धारण हुन्छ भन्ने विषय बुझ्न सजिलै सकिन्छ । तर हामी समाजको सँस्कृति, मूल्य-मान्यताको परिणाम हो वर्तमान समाज तथा परिस्थिति भन्ने मूख्य विषयलाई स्विकार्न सकिरहेको देखिदैन ।
ईमानदार, नैतिकवान, मर्यादित तथा सभ्य समाजको गर्भ बाट जन्मिने हरेक नागरिक, नेता तथा कर्मचारी इमानदार, नैतिकवान र मर्यादित हुनेछ । कर्मचारी तथा नेतालाई हैन त्यो समाजलाई सिघ्र स्वास्थ्यलाभको कामना ।

No comments:
Post a Comment