Tuesday, March 22, 2022

विकसित शक्तिशाली र COVID19

 विकसित शक्तिशाली र COVID19

समय र परिस्थितिले कठिन जाँच लिएको विपत्तिको बेलामा कुनैपनि राज्य वा प्रशासनले आफ्नो समाज, विश्वसमाज वा सिङ्गो मानव सभ्यता र प्रकृतिको रक्षा गर्नसक्ने साहस र क्षमता राख्न सक्छ भने त्यस्तो कुनै पनि समाज, प्रशासन वा मुलुकलाई विकसित र शक्तिशाली मान्न सकिन्छ।

विकासको अर्थ तथा परिभाषा पढन र सुन्न जति सजिलो देखिन्छ त्यति नै कठिन छ यसको पूर्णप्राप्ति अझ भन्दा पूर्ण र उच्च विकसित के लाई भन्ने, मान्ने र कसरी प्राप्त गर्ने विषय असम्भव छ। किनकि यो सिधै मानवको स्वतन्त्रता, आवश्यकता र गुणस्तर जीवन संग जोडिएको हुन्छ जो समय अनुशार परिवर्तन भईरहन्छ। यसै क्रममा UNDP (United Nations Development Programme) को Human Development Report- अनुसार "विकासको मुख्य अभिप्राय मानिसहरूको छनौटलाई विस्तार गर्नु हो"(The basic purpose of development is to enlarge people's choices.1996)। 

"Human development is the end- economic growth a means."- 2009 मा भनेका छन् भने Dictionary of Sociology मा "व्यक्तिका सम्पूर्ण पक्षहरूको सम्मुनत अवस्था नै विकास हो" (Development is the fruitful betterment of individual in all aspects.)। अर्थात समग्रमा भन्दा मानवको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रक्रिया विकास हो (The process of improving the quality of all human lives is development)। 

यसरी नै शक्तिको अर्थ र परिभाषामा Anthony Giddencs ले  "परिस्थितिलाई रूपान्तर गर्न सक्ने क्षमता (Ability to transform the situation)" भनेका छन्। यी सबै विषयको चिन्तन मन गर्दै गर्दा आज सम्म समाजको Pre-modern, Modern र Post-modern Society को अध्ययन गर्दै गर्दा पुनर्जागरण युग भन्दा पहिले, फ्रान्सको महान रक्तिम क्रान्ति, पहिलो-दोस्रो विश्वयुद्ध, अौद्योगिकरण हुँदै अाज सम्म आईपुग्दा जे जति भएको थियो सबै विकास र शक्तिका लागि भएको थियो भन्ने कुरा अस्विकार गर्न सकिन्न। यत्रो विज्ञान तथा प्रविधिको सहारामा आर्थिक वृद्धि गर्दै आफ्ना नागरिकको सामाजिक सुरक्षा, सामाजिक न्याय र कल्याणकारी राष्ट्रको ढोल पिट्दै आफ्नो मुलुकलाई विकास गरेको भनेर प्रमाणित गराउथे। अन्य मुलकलाई आफ्नो नियन्त्रण र निर्देशनमा राख्न विभिन्न योजनाको लोभ देखाएर आर्थिक साथै सैन्य बलको भरमा दादागिरी देखाउदै सर्वशक्तिमान पहिलो मुलुकहरू हौं भन्थे। तर विकास र शक्तिको परिभाषाको मापदण्ड भित्र नपरेको एउटा कोरोनाले प्रमाणित गरिदिएको छ। न विकासले दिने त्यो मानव सुरक्षा दिन सकेको देखियो नत परिस्थितिलाई रूपान्तरण गर्ने शक्तिशालीमा हुने क्षमता नै देखियो। आफ्नो नागरिक र विश्वसमाजको सुरक्षा गर्न नसक्नुले तिमी जस्तो राष्ट्रको परिचय फेरि एक पटक संकटमा परेको छ। के तिमी साँचैमा उच्च विकसित र महाशक्तिशाली हौ त!

क्षेप्यस्त्र, परमाणु बम, जैविक-अजैविक हतियार बनाएर मानव जगत तर्साउने, नियन्त्रणमा राख्न चाहने र निच एवं विनाशकारी क्रियाकलाप सहित विस्तारवाद, साम्राज्यवाद र दादागिरी प्रदर्शन गर्ने यस्ता मुलुकहरूको नामावली विश्वको हरेक मानवलाई थाहा भएको विषय हो। तर त्यस्ता मै हुँ भन्नेहरू एउटा सामान्य रूघाखोकिको अौषधी पत्तो लगाउन नसक्नेले आफुलाई उच्च विकसित र सम्पन्न मुलुक ठान्न्नेहरूको हैसियत बेला बेलामा उदाङ्गो बनाई रहेको छ। 

माक्र्सवाद अनुसार उत्पादनका साधनमा हुने पहुचको आधारमा निर्माण भएको वर्गहरूमा हुने त्यो असमानता र शोषणका कारण उत्पति हुने रोग समाजले वा समाजबाटनै सृजना भएको मान्दछ। त्यही रोगहरू मध्ये असामाजिक जीवनशैली बाट देखापरेको सामान्य सर्दिमौसममा देखिने कोरोना भाईसर (COVID-19) ले उच्च वर्गीय र विशिष्ट ठान्ने मुलुकहरूको जबर्जस्त बनिबनाएको सिर-नाक काटिएको र इज्जत नङ्ग्याईदिएको अजिवों गरिब अवस्था छ। मानवको वा आफ्नो मुलुकका नागरिकको गुणस्तर जीवन, सुख, खुशी, स्वास्थको सुरक्षा र ग्यारेन्टी जस्ता कुरा अार्थिक वृद्धिदर, सैनशक्ती र आविस्कार मात्रले निर्धारण गर्न नसक्ने रहेछ भन्ने पाठ सिकाएको छ।

विज्ञान तथा प्रविधि विकास प्राप्ति गर्ने साधन मात्र हो, साध्य होईन त्यसैले यसलाई दास बनाअौं, यसको दासी नबनौं। विज्ञान तथा प्रविधिको विकास र उच्चतम प्रयोग नै उच्च विकसित मान्न नसकिने अवस्था स्पष्ट देखियो। यस्तो विशेष परिस्थितिमा नेपालले आफ्नो  दैनिक जीवनमा यस प्रकारको सशक्ताको स्तर देखाउन सकेको छ त्यस्लाई विकास मान्न सकिन्छ कि सकिँदैन? प्रश्न यहाँ छ।

कुनै पनि कृतिम संकट होस् वा प्रकृतिक विपत्ति, त्यस्तो विशेष परिस्थितिमा आफ्नो समाज र मुलुकलाई  स्थिर, संयम, सरल र सामान्य अवस्थामा राख्न सक्ने र रहन सक्ने नेपाल र नेपाल जस्तो अन्य समाजलाई विकसित मान्ने कि नमान्ने? 

थोरै प्राकृतिक वा कृतिम विपत्ति वा सामाजिक संतुलनमा दायाँबायाँ, माथितल वा कुनैपनि खालको सामान्य गडबडी हुदा मानव सभ्यतानै संकटमा पर्ने धराप राष्ट्रहरू आफुलाई विकसित र शक्तिशाली भन्दै गर्दा सबैभन्दा बढी हाँस्यासपद विषय हुन सक्छ। तिम्रो विकासको परिभाषा भित्र तिमी आफै पर्न नसक्दै गर्दा तिमीलाई के आधारमा हाम्रो जस्तो मुलुकले महाशक्ति राष्ट्रको गन्तिमा राख्नु!

अन्त्यमा, यो मानव सभ्यता नै धरापमा पर्नसक्ने अवस्था आउदै गर्दा टुलुटुलु हेरेर बस्ने आफुलाई पहिलो र महाशक्तिशाली मुलुकमा राखेर अरूलाई दर्जा प्रदान गर्ने तिम्रो हैसियत छ कि छैन रहेछ भन्ने आफै बिचार गर। श्रोतसाधनको उच्चतम परिचालन गर्दै आर्थिक वृद्धिकालागि प्रमुख सहयोगी बनाईएको अौद्योगीकरण, विज्ञान तथा प्रविधिकरण, आधुनिकिकरण, प्रजातान्त्रिकरण र जैविक अजैविक हतियारको अविस्कारले उच्च विकसित, उच्च सम्पन्नता र महाशक्तिशाली हुनुको मापन गर्दैन रहेछ भन्ने सामान्य COVID-19 ले सबै राज्यहरूको क्षमता र भ्रम उदाङ्गो बनाईदिएको हुन सक्छ। अर्थात विकास र विकसित, सम्पन्न र सम्पन्नता, महाशक्ति मुलुकको परिभाषा र परिचय समय र अवस्था, परिवेश र परिस्थितिले निर्धारण गर्ने रहेछ भन्ने कुराको पाठ सिक्न जरुरी छ। सामाजिक सभ्यता, मानव सभ्यता र प्राकृतिक पर्यावरणको विनाशक वा सुरक्षा गर्न नसक्ने कुनै पनि मुलुक वा प्रशासनलाई कसरी विकसित र शक्तिशाली मान्नु!

१२/१३अौं शताब्दीमा जब धेरै यस्ता देशहरूको जन्म र न्वारान नभएको बेला आफ्नै कला, भाषा धर्म, संस्कार, संस्कृति, र परंमपरागत प्रविधि बाट सुसज्जित अति सभ्य र सम्पन्नताले परिचित वर्तमान नेपाली समाज, नेपाल र नेपाल जस्तो शान्ति र सुखी मुलुकलाई अविकसित भन्ने, अन्य मुलुकलाई दर्जा प्रदान गर्ने र दोस्रो, तेस्रो दर्जामा राख्ने मुलुकहरू पनि संकटमा परेको छ। यो विपत्तिको घडीमा र विशेष परिस्थितिमा अात्तिहाल्नु हुदैन र सामान्य अवस्थामा मात्तिहाल्नु हुदैन भन्ने पाठ सिक्दै विशिष्ट वर्गका राज्यहरूले अाफ्नो‍ सामाजिक, भौतिक, मनोवैज्ञानिक अवस्था, अनुशासन एवं हौसलाको स्तरलाई  कायम राख्नु पर्दछ।

ब्रह्माण्ड, पृथ्वी र विश्वसमाजको शुभचिन्तकको हैसियतले कोरोना भाईरसको संक्रमण बाट विभिन्न स्थानमा मृत्यु हुने मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं साथै संक्रमितहरूमा शिघ्र स्वास्थ लाभको कामना। 

दर्द र पिडा सबैको एकै हो। तिम्रो मुलुकलाई चोट लाग्दा हामीलाई पनि दुख्दछ र हामीलाई चोटलाग्दा तिमीलाई पनि दुख्नु पर्दछ। हर परिस्थितिमा विश्वसमाज एक भई हर सुख-दुख, हौसला र सहानुभूति आदान प्रदान गर्ने, आड भरोसा बन्ने एवं मन, वचन र कर्मका साथ मानवतावाद प्रदर्शन गर्दै कोरना भाईरस मात्र नभई हरेक विश्वसंकट र विपत्ति बिरूद्ध लडौं, बाँचौं र बचाअौं।


No comments:

Post a Comment