MCC समर्थनका माननीय सदस्यहरूले 'धन्यवाद' भन्नुस् ।
MCC बिरोधमा हुने माननीय सदस्यहरूले 'मूर्दावाद' भन्नुस् ।
समर्थन गर्ने वा बिरोध गर्ने कुन पक्ष चै पवित्र राष्ट्रवादी हो वा कुन नक्कली राष्ट्रवादी हो छुट्याउन नसक्ने भूईमान्छे माननीय सदस्यहरूले आफ्नो कला, सीप, अौजार, पेशा, व्यवसायलाई निरंतर राख्नु होस् । किनकि सक्कली नक्कली राष्ट्रवादको आरोप प्रत्यारोप र विवाद हामी भएको तल्लो तह सम्म आईपुग्दैन । जसरी राष्ट्रवाद कुनै वर्ग वा समुह साथै प्रतिक्रियावादी प्रवृत्तिको पेवा हो त्यसरी नै MCC तिनैको हो । बिगत देखि MCC हरू खान पल्केकाहरूको भाग पुग्ने नपुग्नेको खेल हो जो हामी सम्म कहिले आईपुगेन अनि आईपुग्ने छैन । MCC आएपनि हर्ष छैन MCC गएपनि बिष्मत छैन । किनकि हामी आर्थिकले, सामाजिकले, राजनैतिकले, सांस्कृतिकले, भूगोलले पहुचमा भूईमान्छे हौं । हामी भूईमनुखेको दैनिकीमा सहजता, जीवनयापनमा गुणस्तर, मौलिकहकको वास्तविक महसुस, मानवअधिकारको निश्चितता साथै सामाजिक सुरक्षामा वृद्धि संविधान कार्यान्वयन ले हुने हो नकि MCC जस्ता योजना परियोजनाले । हात्ती आयो हात्ती आयो भने जस्तै हो यस्ता MCC हरू आउछन् जान्छन् तर हामी राष्ट्रिय अन्तर्राष्ट्रिय भूईमान्छे एकआपस बीचको एकता, सद्भाव र सम्बन्धमा प्रगाढता स्थिर, स्थायी र दिगो रहोस् ।
MCC समर्थनका पार्टी कार्यकर्ताले 'धन्यवाद' भन्नुस् ।
MCC बिरोधमा हुने दलका कार्यकर्ताहरूले 'मूर्दावाद' भन्नुस् ।
हामी भूईमान्छेले 'धन्यवाद' र 'मूर्दावाद' भन्ने सबैको जयहोस् भन्नुस् ।
जयनेपाल!
No comments:
Post a Comment