Thursday, March 3, 2022

बनावटी विवेचना

 श्रेष्ठ लिङ्ग, जात, जाती र वर्गले गरेको बनावटी (spurious) विवेचनाले नेपाली समाजलाई भ्रममा पारेको छ।


राष्ट्रएकता र श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्बन्ध 

प्रजातन्त्र र श्री ५ त्रिभुवन शाहको सम्बन्ध

हिन्दु धर्म र राजा (विष्णुको अौतार)को सम्बन्ध 

के? राष्ट्रएकता, प्रजातन्त्र र विष्णु भएको समाज बस्ने देशको हालत यस्तै हुन्छ! जो वर्तमानमा भोगिरहेका छौं!


वास्तवमा यि सबैकुरा ति सम्राट लिङ्ग, शासक जात, शक्तिशाली जाती र उच्च वर्गले अाफु र अाफ्नो समुहले पद, प्रतिष्ठा, साधन, श्रोत, अर्थ, राजनिती र शक्ति प्राप्त गर्न वा उक्त शक्तिको उपलब्धिलाई स्थिर र स्थायी राख्न गरेको बनावटी(spurious) विवेचना ले नेपाली समाजलाई भ्रममा पारेको छ अाज सम्म। यस्ता विषय सम्पूर्ण रूपमा सुनियोजित खेल थोयो जो समाजमा ऐ प्रकारको संस्कृति निर्माण गर्ने र अाफु शासक बनेर बहुमतमाथी शासन गर्नेे। जसका कारणले नेपाललाई यस अवस्थामा पुर्‍याएको हो। 


यस्ता संस्कार, संस्कृतिको निर्माण शासकले शासक बन्न र शक्तिशाली बनेर शासन चलाउन फैलाएको भ्रम मात्र हो। महामानव मानवतावादी माक्र्सले भन्नुभएको विषय यहाँ जोड्न सकिन्छ कि उच्च वर्गले अाफु उच्च वर्गमा रहिरहन र निम्न वर्गलाई निम्न वर्गमा राखिरहन साधन, अौजार वा हतियार हो धर्म, कानुन र राष्ट्रियता। हुबहु यस्तै अासयले चलेका शासक थिएन भनेर मान्न सक्ने थोरै पनि ठाँउ छैन, जुन अवस्था, श्रेणी र स्तरमा अाज हामी, हाम्रो समाज र राष्ट्र, विश्वसमाजको तुलनामा छौं। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष संविधान रहेको राष्ट्रमा अाजकल पनि त्यही प्रवृत्ति स्पष्ट देख्न पाईन्छ जो माक्र्सवादले देखेको छ।


नेपाल र नेपाली नागरिक कुनै शासकले शासनको अभ्यास गर्ने क्रिडास्थल हैन नत प्रयोगशाला। यस्ता भ्रमहरूले समान अधिकार राख्ने नागरिकहरूलाई कहिले  रैती, त कहिले भक्तको रूपमा दास बनाई रहेका छन्। हिजो अाज पनि अाफु को हुँ, अाफ्नो अधिकार के छ र अाफु अाफ्नालागि बोल्दैछुकि छैन भन्ने बुझ्न नखोज्नुको पछाडि तत्कालीन शासक द्वारा यस्तै बनावटी विवेचनाले निर्माण  गरेको संस्कृति हो। यस्ता सेवक संस्कृतिको विनिर्माण गरि समान अधिकार राख्ने मानव र अाफै शक्तिशाली नागरिक हौं भन्ने संस्कृतिको पुन:निर्माण गर्न जरुरी छ। नागरिक नै शासक हो, शासक नै नागरिक। विधिको शासन निर्माण गर्ने, स्थापना गर्ने र त्यसको उत्कृष्ट न्यायीक कार्यान्वयन गर्ने शक्तिशाली नागरिक हुन् नकि कुनै दैवीक व्यक्ति वा त्यस्ता निरंकुश व्यवस्था संस्था।


No comments:

Post a Comment