Thursday, March 3, 2022

विषलाई अमृत बनाअौं

 जसरी अत्यधिक अमृतको सेवन हानिकारक हुनसक्छ त्यसरी नै निश्चित समय र विशेष परिस्थितिमा मात्रा मिलाएर प्रयोग गर्नसके उक्त विषले पनि कोही र कसैलाई अमृत समान गुणकारी सावित हुन सक्छ।


सृष्टिकर्ताले अमृत र विषको उत्पत्ति कसैलाई क्षति पुर्‍याउन वा नोक्सानी गर्नकालागि पक्कै पनि थिएन होला। तर अमृत र विषले बोकेको पवित्र गुणलाई जुन विचारले त्यसको प्रयोग मानवले गरिरहेको छ, त्यस बाट अाज सम्म देखिएको नतिजाले मानव सर्वश्रेष्ठ प्राणी हो भन्ने उक्ति अव्यवहारीक देखिन्छ। अमृतलाई विषगुणी बनाउने र विषलाई विषगुणी बनाउने मानव हुन् तर मानवमा अमृतलाई अमृत र विषलाई अमृतगुणी बनाउन सक्ने त्यस्तो उत्कृष्ट क्षमता रहेको हुन्छ।


अर्थात मानव अाफैमा दैवीक र दानवीय गुण र क्षमता रहेको हुन्छ। देव र दानव शक्ति र क्षमताले भरिएको मानव वास्तवमै सर्वश्रेष्ठ मात्र नभई शक्तिशाली पनि हुन्छ। विचारले मानवतावाद गुण भएका मानिस नै प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी मानव कहलिन्छ, जसले विषलाई पनि गुणकारी प्रयोगमा ल्याउन सक्छ।हामी हरेकले स्मरण गरौं कि शान्ति दुत भगवान गौतमबुद्ध मानव थिए र  मानवमा भगवान गौतमबुद्ध हुन्छ भनेर।


No comments:

Post a Comment