चेतना र साम्यवाद
हामी आफू कति होसमा छौं ?
कहिले महसुस नै गरेको छैन ।
किन थाहा छ !
किनकि हामीलाई होसमा आउन दिईएको छैन,
गाँजा, भाङ, धतुरोको विभिन्न नशामा राखेका छन् ।
त्यही अचेतमा रमाई रहेका छौं ।
त्यही मातलाई हामी चेतना ठान्दैछौं ।
तर एक दिन त्यो नशा पनि
नशा देखि दिक्क हुन्छ ।
अनि एक दिन त्यो अचेत पनि
अचेत देखि दिक्क हुन्छ ।
नशाले आफुलाई होसमा ल्याउछ ।
अचेतले आफुलाई चेतमा ल्याउछ ।
जब छोराले सोध्नेछ आफ्नो बुबालाई ।
पत्निले सोध्ने छिन जब आफ्नो पतिलाई ।
हजुरले जे सोच्नु र गर्नु हुदैछ
के यही हो त वास्तविकता ?
के यही हो गुणस्तर चेतना ?
बाब, कतै यो भ्रमको चेतना त हैन !
ए बूढो, यो नशाको चेतना त हैन !
आफ्नो निर्णयले
आफैलाई हित गरेको देखिदैन !
आफ्नो सुविधाले
आफैलाई आनन्द आईरहेको छैन !
यो वास्तविक चेतना नहोला !
वास्तविक चेतनाको खोजी गर्नु पर्छ
अनि वास्तविकतामा रहनु पर्दछ
किनकि सचेतना यस्तो हुँदै हुदैन ।
यो नशाको बेहोसी हो ।
यो भाङको भ्रम हो ।
किनकि अहिले जे सोच्दैछौं,
अहिले जे गर्दैछौं त्यो
वास्तविक चेतनाले गर्दै गर्दैन ।
आफुले अरूलाई
अन्याय र शोषणमा राखेको,
विभेद र बहिष्कारणमा राखेका हौं
भन्ने सोचमा रहन्छ
तब सम्म त्यो नशाको अचेत हो ।
तब सम्म त्यो नशाको अचेत हो,
जब सम्म त्यो चेतनाले आफ्नो
र आफुमाथी परेको अन्याय देख्न हेर्न खोज्दैन ।
नशा हुन्छ नै त्यस्तो होसमा आउन मन गर्दैन ।
अचेत हुन्छ नै त्यस्तो चेतमा आउन मन गर्दैन ।
तर एक दिन त्यो नशा पनि
नशा देखि दिक्क हुन्छ ।
अनि एक दिन त्यो अचेत पनि
अचेत देखि दिक्क हुन्छ ।
नशा होसमा आउँछ
अचेत चेतमा आउँछ
त्यही दिन समाजवाद आउँछ ।
जुन दिन सबैमा समान चेतना आउँछ,
त्यसै दिन देखि विश्वमा समाजवाद आउँछ ।
त्यही उच्च चेतनशील समाजवादले
वैज्ञानिक साम्यवादी समाजको विकास गर्नेछ ।
समाजवाद, साम्यवाद मानव चेतनाको अवस्था हो ।
न यो कुनै राजनीतिक दलले ल्याउने
व्यवस्था हो ।
न पेवा हो
न घोषणापत्र ।
यो सामाजिक चेतनाको विकासको चरण हो ।
यो समाजको संरचनात्मक गुणस्तर चेतनाको अवस्था हो ।
पूँजीवादी मस्तिष्कको चेतनाले
सामाजवाद जसले बुझे
ती माक्रस भए ।
सामन्तवादी मस्तिष्कको चेतनाले
साम्यवाद जसले बुझे ती बुद्ध भए ।
जब संरचनाको चेतनाले माक्र्स बुझ्दछ तब समाजवाद ।
जब सामाजिक संरचनाको चेतनाले बुद्ध बुझ्दछ तब साम्यवाद ।
संरचनात्मक गुणस्तर चेतनाको गुणस्तरीयता हो साम्यवाद ।

No comments:
Post a Comment