हिउँ परिरहने त्यो हिमाली भेगका नागरीकहरूमा यस्तै खुशी छाएको होला त ! हिउँ हेर्न जाँदाको त्यो व्यक्तिगत अनुभव र हिँउ पर्ने हिमाली भूगोलमा स्थायी बसोबास गर्दै आफ्नो जीविकोपार्जनमा बाध्यता नितान्त फरक फरक विषय हो । एकातिर विशुद्ध मनोरञ्जनात्मक पक्ष छ भने अर्को तर्फ सिमान्तकृत, विकटता, गरिबी र बाध्यताको पक्ष होईन भन्न सकिन्न ।
मानव जीवनमा खुशी र मनोरञ्जन अत्यधिक महत्वपूर्ण पाटा हो भने बहुमतका भूइमान्छे अभाव, बाध्यता र गरिबी मै आफ्नो जीवन बिताउनु भनेको असमान र रोगी समाजको लक्ष्यण हो ।
No comments:
Post a Comment