प्रिय कमरेड!
शरीरको करार जो संग पनि गर्न सक्छौं तर जुन दिन त्यो पवित्र आत्मा संगको मेल हुनेछ हामी जीवनको कुबेर हुनेछौं, बादशाह हुनेछौं। त्यो पवित्र आत्मा जसले जीवन धन्य बनाउने अदृश्य शक्तिका साथ तिमीलाई पहिचान गरेर खोज्दै आउनेछ र ब्रह्मज्ञानको सयर गराउनेछ। ब्रह्मज्ञानको आदर्श बोकेको आदर्शवादी समाजमा प्रवेश गराउने छ जसको सुखको आभाष हाम्रो आत्माले गर्ने छ। बस धैर्यता र प्रतीक्षा बाट आफुलाई भड्किन नदिअौं।
हामी आफैमा प्रकृतिको सर्वश्रेष्ठ र सुन्दर सृजना हौं जो स्वतन्त्र साथै अति शक्तिशाली छौं। आफुलाई अप्राकृतिक विचार एवं व्यवहारले बनावटी (Artificial) नबनाअौं जसले आफुमात्र नभई आफ्नो सिङ्गो समाजनै रोगी बन्न सक्छ।
कुरा शारीरिक सन्तुष्टिको हैन, आत्मीक पवित्रता र आनन्दको हो।
जय कैलाशपते!
No comments:
Post a Comment