Tuesday, March 29, 2022

त्यो पत्थरको अर्थ

त्यो पत्थरको अर्थ


हिन्दु सम्प्रदायले पत्थरलाई मन्दिरमा राखेर जसरी अर्थ(देवता) निर्माण गरेका छन् त्यसरी नै कोशी बिचमा रहेको प्रकृतिप्रदत्त त्यस पत्थर लाई किराँत समुदाय द्वारा पनि उत्तिकै अर्थ(खुवालुङ) निर्माण गरेको पाईन्छ। मानवहरूले निर्माण गरेको सामाजिक संरचनामा दुवैको आआफ्नै कार्य, अर्थ र अाफैमा महत्त्वपूर्ण रहेको हुन्छ।


समाजमा रहेका विविध सम्प्रदाय वा समुदायले समान समुहमा रहेर निर्माण गरेको त्यो अर्थ र महत्वलाई कुनै समाज वा राज्यले विनाकुनै भेदभाव संरक्षण र प्रवर्द्धन गर्नु पनि विकास र समृद्धिको अभ्यास हो भन्ने समाजले बुझ्न अति अावस्यक छ। समय परिस्थिति, भुगोल- वातावरण अनुसार समुदायले निर्माण गरेको अर्थ, महत्व रूपि संस्कार संस्कृति नेपाली समाजको मात्र नभई विश्व समाजको सम्पत्ति हो। यसको सम्मान गर्नु पनि मानवता वा मानवधर्म हो। मानव एकता र सद्भाव नै शान्तिको मुल हो।


कुनै समुदायले त्यस्तो कुनै विषय प्रति निर्माण गरेकोे अर्थ रूपी संस्कृतिलाई कुनै  अर्को सम्प्रदाय वा समुहले तुलना गरेर मनपर्ने-नपर्ने, राम्रो-नराम्रो, सभ्य-असभ्य भनेर तौलीने कसैलाई पनि छुट हुदैन सिवाय स्विकार्नुको। स्विकार्नुमा नै सभ्य मानव र मानव सभ्यताको पहिचान रहेको हुन्छ भने त्यसको संरक्षण राज्यको दायित्व। 


समाजद्वारा निर्माण विनिर्माण र पुनःनिर्माण गरिएको सामाजिक/एकाइको सांस्कृतिक मान्यता, मूल्य प्रतिको एकआपसको छेडखानी, लापरबाही र संवेदनशीलता गुमाउनाले सामाजिक सद्भाव भड्किन सक्छ भन्नेेेे विषयलाई मध्यनजर गर्दै समाज र सामाजिक एकाई राज्यले विषयको उठान संयमित भएर गर्नुपर्ने हुन्छ। राज्यको पलभरभित्र गरेको लापरबाही निर्णयले व्यहोर्नुपर्ने नोक्सानी युग युगले भोगु पर्ने हुन्छ। 


जब पत्थरलाई पवित्र अर्थ लगाईन्छ तब त्यो पत्थर, पत्थर रहन्न त्यसले कुनै पवित्र अर्थ राखेको हुन्छ जो जीवन पूर्व र पश्चातको अदृश्य तर शक्तिशाली र संवेदनशील अर्थ लगाईएको हुन्छ। जो कसैको त्यो गहिरो विश्वास र पवित्र आस्था माथि  पटक्क छेडखानि नगरौं।


No comments:

Post a Comment